Social Icons

Tuesday, November 26, 2013

Aruna Lama Blowup in saptahik

क्या बात ! शरद




जुन दिन मुम्बईको वांनखडे स्टेडियममा भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको २४ वर्षीय क्रिकेट करियरको बिदाइ भयो। त्यही दिन शनिबार दुबईको मैदानमा देशका लागि खेलेको करिब १५ वर्षपछि भर्खरै नेपाली नागरिकता पाएका शरद भेषावकरले उत्कृष्ट प्रदर्शन गरे। उनले ६ बलमा २३ रन जोडेपछि नेपालले आईसीसी ट्वान्टी-२० विश्वकप छनौटमा केन्यामाथि ६ विकेटको जित निकाल्यो। सम्भवतः यो संयोग नै होला, जति बेला भारतीय लिजेन्डबाट केही उल्लेखनीय काम भएको हुन्छ, त्यही दिन नेपालका शरदले पनि केही न केही गरेकै हुन्छन्। हुन त सचिन शरदलाई मन पर्ने खेलाडी पनि हुन्। 'मैले उहाँबाट धेरै कुरा सिकेको छु,' शरदले भनेका थिए, 'मलाई उनी सबैभन्दा मन पर्ने खेलाडी हुन्।'

सन् २०१० को फेब्रुअरी २४। त्यति बेला नेपालमा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन-५ भैरहेको थियो भने भारतमा घरेलु टिमविरुद्ध दक्षिण अफ्रिकाको वान-डे शंृखला। सचिनले त्यो दिन वान-डे क्रिकेटमा नयाँ कीर्तिमान बनाए। सचिन पहिलोपल्ट वान-डे क्रिकेटमा दोहोरो शतक प्रहार गर्ने खेलाडी बने। उनले १ सय ४७ बलमा २५ चौका र ३ छक्का प्रहार गर्दै नटआउट २ सय रन बनाएका थिए। यता, कीर्तिपुर मैदानमा शरदले भने फिजीविरूद्ध नटआउट १ सय ५ रन जोडे। जुन शरदको पहिलो र एकमात्र अन्तर्राष्ट्रिय सतक हो। त्यसको भोलिपल्ट नेपाली पत्रपत्रिकामा शरद र सचिन दुवैको तस्बिर पहिलो पृष्ठमा प्राथमिकताका साथ प्रकाशित भयो। शरदले त्यतिबेला भनेका थिए, 'मलाई निकै खुसी लाग्यो। आफ्नो आदर्श खेलाडीसँगै तस्बिर आउँदा।'

भारतीय क्रिकेटका भगवान मानिने सचिनले वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टपछि खेल जीवनबाट संन्यास लिए। जताततै त्यसको चर्चा भयो। त्यसै दिन बेलुकी करिब ७ बजे शरदले युएईको मैदानमा जोडदार रूपमा ब्याट घुमाए र फेरि सचिनसँगै चर्चामा आए। नेपालले क्रिकेटको छोटो संस्करणमा अहिलेसम्मकै सबैभन्दा ठूलो १ सय ८३ रन पछ्याइरहेका बेला अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक थियो। क्रिजमा रहेका शरदले पहिलो बलमा ६, दोस्रोमा २, तेस्रोमा ६ र चौथोमा पनि ६ रन प्रहार गर्दै २० रन जोडेर नेपालको जित २ बल बाँकी छँदै सुनिश्चित गरिदिए अनि फेरि त्यही भयो, गएको आइतबार शरद् र सचिनको तस्बिर नेपाली पत्रपत्रिकाको पहिलो पृष्ठमा छायो।

आधुनिक यूगकी सुन्दरी

सेलिब्रेटी फोटोग्राफर टेरी ओ'नीलाई विश्वास गर्ने हो भने हलिउड सुपरस्टार एन्जेलिना जोली नै आधुनिक युगकी एकमात्र त्यस्ती सुन्दरी हुन् जसले पर्दाका महानायिकाहरू मर्लिन मुनरो र एवा गार्डनरसँग प्रतिस्पर्धा गर्न सक्छिन्। बेलायती फोटोग्राफरले आफ्नो सफल करियरका क्रममा विश्वका थुप्रै सुन्दरीका तस्बिर खिचेका छन्। उनका अनुसार आजको समयमा एउटी सुन्दरी त्यस्ती छिन् जो अरूभन्दा निकै माथि छिन्, उनी हुन् 'टम्ब राईडर' की नायिका एन्जेलिना जोली। ओ'नील भन्छन्— 'एवा गार्डनर, लाना टर्नर, मर्लिन मुनरोको सुन्दरता अति नै मोहक तथा गजबको थियो तर आजको समयमा जोली मात्र त्यस्ती युवती हुन् जो त्यही श्रेणीमा कायम रहन सफल छिन्।'

श्रीमान् त्याग्ने नायिका



हलिउडकी १९ वर्षीया नायिका कर्टनी स्टोडेनले आफ्ना ५३ वर्षीय श्रीमान् डग हचिन्सनलाई छाडिदिएकी छिन्। उनीहरूले तीन वर्षअघि विवाह गरेका थिए। तीन वर्ष लामो वैवाहिक जीवन टुंगिएपछि नायिका कर्टनीले त्यसको कारण पनि सार्वजनिक गरेकी छिन्। कर्टनीले बेलायतमा बिग ब्रदरमा सहभागिता जनाउने क्रममा श्रीमान्सँगको सम्बन्ध चिसिन थालेको बताएकी छिन्। 'मैले आफ्ना इच्छाहरू दबाइरहेकी थिएँ र म स्वतन्त्रता चाहन्थे,' सम्बन्ध विच्छेदपछि उनले भनेकी छिन्— 'अहिले म आराम महसुस गरिरहेकी छु।' गत नोभेम्बर ५ का दिन दुवैले अलग हुने निर्णय गरेका थिए। कर्टनीले सन् २०११ मा आफूभन्दा ३५ वर्ष जेठा अभिनेतासँग लस भेगासमा विवाह गरेकी थिइन्। त्यतिबेला उनको उमेर १६ वर्षको थियो। श्रीमान्सँग अलग भएपछि कर्टनीले आफूलाई जेलबाट मुक्त भएजस्तो अनुभव भैरहेको बताएकी छिन्।

कुरा बजेटको

नेपाली चलचित्रको औसत बजेट ५० लाख रुपैयाँ हो। यति बजेटले चलचित्रको छायांकन, पोष्ट प्रोडक्सनदेखि प्रचार-प्रसारसमेत गर्न भ्याइने निर्माताहरू बताउँछन्। पहिलो पटक निर्माता बनेका हास्यकलाकार दीपकराज गिरीले भने चलचित्र 'छ एकान छ' को छायांकनमै ५० लाख रुपैयाँ खर्च गरे। 'चाहिने ठाउँमै खर्च गरिएको हो, साप्ताहिकसँगको एक भेटमा गिरीले भने— 'तर छायांकनमै यति धेरै खर्च होला भन्ने लागेको थिएन।' तिहारलगत्तै चलचित्रको शीर्षक गीतको छायांकनपछि उत्साहित देखिएका दीपकले पोष्ट प्रोडक्सन र प्रचारप्रसारको खर्चका लागि भने दौडधूप गर्नुपर्ने बताएका छन्। चलचित्र सिनेमा हलमा पुग्दा बजेट बढेर ७५ लाख पुग्न सक्ने अनुमान गरिँदैछ। पुस २६ गते सार्वजनिक हुने यो चलचित्रको निर्देशन दिनेश डिसीले गरेका हुन्। लोकपि्रय हास्यकलाकार दीपकराज गिरी, जितु नेपाल, शिवहरि पौडेल, केदार घिमिरे, सन्दिप क्षेत्री तथा सिताराम कट्टेलले चलचित्रमा नायकको भूमिका निर्वाह गरेका छन् र उनीहरूलाई साथ दिएकी छिन् एक्ली नायिका नीता ढुंगानाले। हास्यकलाकार निर्मल शर्मा समेत निर्माता रहेको यो चलचित्र आफ्नो डि्रम प्रोजेक्ट भएको दीपकराजको दाबी छ। 

मिस नेपाल हिरोइन (Miss Nepal)


पूर्व मिस नेपाल झरना बज्राचार्य नायिका भइन् र कल्पना गरेभन्दा धेरै चर्चा पाइन्, तर उनले अभिनय गरेका एउटा पनि चलचित्र व्यावसायिक रूपमा सफल मानिएनन्। त्यसपछि अर्की मिस नेपाल सुमी खड्का पनि नायिकाका रूपमा देखा परिन्, उनले पनि कुनै जादु देखाउन सकिनन्। मिस नेपालको पगरी गुथिसकेकी माल्भिका सुब्बाले पनि एकाध चलचित्रमा आफ्नो रहर मात्र पूरा गरिन्। मिस नेपालमा सहभागिता मात्र जनाएकी रेखा थापाले भने चलचित्र नगरीमा जादु छरिरहेकी छिन्। चलचित्र 'कलिउड'को शीर्षगीत 'नशा हो यो कलिउडको नशा'मा नृत्य गरेपछि चलचित्र नायिका बन्न सक्ने सम्भावना बोकेर आएकी अर्की मिस नेपाल मलिना जोशी चलचित्रकी नायिका भएपछि अहिले चलचित्रकर्मीहरूको आँखा उनीतर्फ सोझिएको छ। अस्ट्रेलियामा निर्माण भएको र उतै खिचिएको चलचित्र 'ऋतु'बाट नायिकाका रूपमा मलिनाको आगमन हुँदैछ। छायांकन र पोष्ट प्रोडक्सन सम्पन्न भैसकेको उक्त चलचित्रमा मलिनाको पर्फमेन्स हेर्न आतुर छन्, केही नाम चलेका चलचित्रकर्मी। मलिनाको काम र सुन्दरताबाट यदि ती चलचित्रकर्मी प्रभावित भएछन् भने यो क्षेत्रमा मलिनाको गाडी फुल स्पिडमा गुड्नेछ, अन्यथा झरना र सुमीजस्तै उनी पनि हराउन के बेर ?

Tuesday, October 22, 2013

यौन र अंगप्रदर्शनको विरोधी हुँ : उषा...

 
म्युजिक भिडीयोबाट अभिनय सुरुवात गरेकी उषा खनाल पछिल्लो समय अभिनय तिर निखारिदै छिन् । एक दर्जन म्युजिक भिडियो अभिनय पछि चलचित्र अभिनयमा पाइला बढाएकी उषा हाल जीवन शाहीको निर्देशनमा बनिरहेको चलचित्र ‘आर्टिस’मा अभिनय गरी रहेकी छन् ।
‘गाउँबाट नायिका बन्न अडिसन दिन आएको एक युवतीको भूमिका चलचित्रमा मैले निर्बाह गरेकी छु,’ उषाले भनिन्, ‘चलचित्रमा रहेका नायिका मध्ये... मेरो भूमिका पनि महत्वपूर्ण छ ।’ चलचित्रमा अभिनेता हिमाल खत्रीको अपोजिट भूमिकामा आफु देखिएको उनले खुलाइन् ।
हुन त उषाको यो पहिलो चलचित्र हो । तर पनि चलचित्रमा ब्याबसायिक नायिकाले भन्दा आफुले कुनै कम काम नगरेको उषाको दाबी छ । अबका निदमा पनि चलचित्र अभिनयलाई निरन्तरता दिने सोचाइमा रहेकी उषा जुन पायो त्यही चलचित्रमा अभिनय नगर्ने बताउछिन् ।
सेक्स र ग्ल्यामरको नाममा खुल्ला हृदयकी उषा अभिनयको नाममा अश्लिल चलचित्र नखेल्ने बताउछिन् । अहिलेसम्म प्रेमको चक्करमा नपरेकी उनी प्रेम प्रस्ताव राख्नेसँग सिधैं बिबाहमा बाँधिने बताउछिन् । भन्छिन्, ‘मलाई प्रेमका नाममा बिश्वास पनि छैन र यसमा समय बर्बाद पार्न म चाहन्न ।’
हसिलो अनुहार मन्दमुस्कानले जो कोहीलाई पनि घायल पार्ने खालकी उषा फुर्सदको समय साथीभाई संग घुम्न मन पराउछिन् । उनी भन्छिन् ‘घुमफिरले जीवनमा नयाँ रंग ल्याउँछ
Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???