Social Icons

Wednesday, June 26, 2013

जन्मदिनमा नम्रताका तीन गोप्य प्रसंग...


जन्मदिनमा नम्रताका तीन गोप्य प्रसंग... 

सुन्दरी नायिका नम्रता श्रेष्ठ आज (जेठ ३१ गते) को मितिमा धरानमा जन्मिएकी हुन् । नम्रताका प्रायः व्यक्तिगत देखी व्यवसायिक प्रसंगहरु मिडियामा सार्वजनिक छन् । जन्मदिनको अवसरमा पारेर तीन गोप्य प्रसंगहरुलाई सार्वजनिक गरेको छ ।
  
abo atii vayo


नम्रताले सोलो रहेको एउटा नेपाली प्रोजेक्टमा साइन गरेकी छिन् । जुन प्रोजेक्ट उनले अहिलेसम्म खेलेको फिल्म भन्दा पूर्ण रुपमा फरक हुनेछ । त्यस फिल्ममा नम्रता बाहेक अन्य कलाकार मुख्य भुमिकामा हुने छैनन् । फिल्मको कथा, निर्माण युनिट तथा निर्देशक बारे भने उनले गोप्य नै राख्न चाहिन् । नम्रताले भनिन्- 'यस विषयमा मलाई मिडियामा बोल्न निर्माण युनिटले अनुमती दिएको छैन ।'

त्यस्तै नम्रताले १ महिना अगाडी गाडी पनि खरिद गरेकी छिन् । उनले भक्स विमनको पोलो कार परिवासँगको सहकार्यमा करिब ३१ लखमा किनेकी हुन् । नम्रताले ज्याज् डान्सको क्लास पनि लिएकी रहिछिन् । एक साता जतिको डान्स क्लास सौखले मात्र लिएको उनले बताइन् ।

नम्रता आफ्नो जन्मदिनलाई केही विशेष बनाउन चाहन्छिन् । साँझ ३ बजे नक्सालस्थित बहिराहरुको स्कुलमा केक काटेर जन्मदिनको उत्सब मनाउने उनले बताइन् । प्रदर्शनको क्रममा रहेको नम्रता र अर्पण थापाको रोमान्टिक फिल्म मौनको पोष्टर पनि त्यही मौकामा सार्वजनिक गरिनेछ । नम्रताले सम्पूर्ण मिडियाकर्मीलाई वर्थ डे सेलिव्रेसन तथा पोष्टर लञ्च कार्यक्रममा निमन्त्रणा समेत गरिन् ।

मेरो एउटा साथी छ फिल्मबाट चम्किएकी नम्रताको मिय यु र छड्केले भने सोचे अनुरुप सफल हुन सकेन् । केही वर्ष अभिनयबाट विश्राम लिएकी नम्रता अहिले भने सक्रिय देखिएकी छिन् । मौनसँगै नम्रता अभिनित मेघा फिल्म पनि प्रदर्शनको पर्खाइमा छ । युवापुस्ताकी ढुकढुकी नायिका नम्रता श्रेष्ठलाई जन्मदिनको शुभकामना

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???