Social Icons

Thursday, August 29, 2013

करिश्मालाई नेकलेस उपहार...

 
Necklace Gift to Karishma karki

भनिन्छ, नेपाली कलाकारका जर्बजस्त शुभ चिन्तक छैनन् । नेपाली कलाकारले दर्शक माझ त्यो किसिमको छाप छोड्न सकेका छैनन् । तर, यी आरोप राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा जस्ता स्टारहरुको हकमा भने लागु नभए जस्तो देखिन्छ ।

प्रसंग हो अभिनेत्री करिश्मा मानन्धरको । एक फिल्मको कार्यक्रममा पाहुना बनेर पुगेकी करिश्माले एक शुभ चिन्तकबाट अनौठो किसिमको माया पाइन् । आफुलाई दार्जिलिङबाट आएको बताउने ती महिला फ्यानले करिश्मा प्रति यति धेरै माया दर्शाइन् की करिश्मा उनको माया देखेर अवाक भइन् ।

महिला फ्यानले करिश्मासँग नजिक आएर केही बेर कुरा गरेकी थिइन् । कुराकानीको क्रममा करिश्माले उनलाई 'योर नेकलेस इज ब्यूटिफुल' भनेकी थिईन् । सायद उनलाई करिश्माको प्रसंशाले मनमा छोएछ क्यारे नेकलेस फुकालेर करिश्मालाई नै दिइन् । सुरुमा त करिश्मालाई अड फिल भएछ । ती फ्यानको जिद्धीपनले गर्दा करिश्मा नेकलेस लिन बाध्य भइन् ।

फ्यानले नेकलेस उपहार दिएको बारे करिश्मा भन्छिन्- 'यसले मेरो दर्शक माझ स्टारडम अझै बाँकी छ भन्ने देखाउँछ ।'

♥♥Monika Basnet♥♥



♥♥Monika Basnet♥♥

 
in music video

sheetal moktan and suwani moktan

 
शितल मोक्तान र सुवानी मोक्तान

रोमान्टिक किताब पढ्दै Priyanka Karki

 
रोमान्टिक किताब पढ्दै प्रियंका...

अभिनेत्री प्रियंका कार्की 'द बुक एन्ड द कभर' नामक सर्ट फिल्मको सुटिङमा व्यस्त छिन्। तीन मिनेटको सर्ट फिल्मको सुटिङ पोखरामा भइरहेको जानकारी उनले दिइन्। 'कलाकारको लागि सबै फिल्महरुको महत्व उस्तै हुने हुन्', प्रियंकाले भनिन्- 'सर्ट फिल्मको स्टोरीलाइन मन पर्‍यो। काम गरेँ।'

पुस्तकलाई कभरको आधारमा निर्णय गर्ने सोचलाई फिल्मले व्यंग्य गरेको छ। ब्रिटिस लेखक इएल जेम्स्को रोमान्टिक उपन्यास 'फिप्टी सेड्स अफ ग्रे' अध्ययन गरिरहेकी छिन्। 'कहिल्यै पनि पुस्तको कभर हेरेर जर्ज नगर्नु होला। बरु पुस्तक पठेपछि पुस्तकको कभरमाथि गहिरो अध्ययन गनुपर्छ भन्ने लाग्छ,' उनले भनिन्।

निर्देशक अनुप सापकोटाले 'द बुक एन्ड द कभर' नामक सर्ट फिल्म निर्देशन गरेका छन्। यस फिल्ममा प्रियंकालाई अनुपविक्रम शाहीले साथ दिएका छन्।

प्रियंका निर्देशक सुवास कोइरालाको 'आवरण' फिल्मको बाँकी सुटिङ सिध्याउने तरखरमा छिन् । 'त्यसपछि निर्देशक भाष्कर ढुंगानाको 'सुन्तली' को लागि बन्दीपुर जानु पर्नेछ। त्यसलगत्तै दशैमा दोहामा आयोजना हुने सांस्कृतिक कार्यक्रमको तयारीमा व्यस्त हुन्छु', उनले आफ्नो व्यस्त तालिक सुनाइन्।


Interview with ANJU PANTA

 
पटक–पटक विवादमा मुछिने गरेकी गायिका अन्जु पन्त पछिल्लो समय गुमनाम छिन् । २०६९ सम्म अत्यन्तै खोजीको सूचीकी गायिका पन्तलाई सबै भन्दा धेरै उनको घरासयसी विवादले तनावमा परेकी थिईन् ।
विभिन्न पार्टीमा हुने मदिरा सेवन, नाचगान, पहिरनलगायतका विषयले उनी चर्चामा रहेकी हुन् ।
हुन त उनी १५ बर्षको उमेरदेखि नै गायन क्षेत्रमा छिन् । पन्तले अहिले सम्म झण्डै ५ हजार गीतमा आवाज दिई सकेको दाबी गर्छिन् । यो क्षेमा स्थापित हुन पन्तले १८ वर्ष बसन्त पार गरेको बताईन् । गायिका पन्तसँग गरिएको कुराकानीका सम्पादित अंश :–

गीत/संगीतकै क्षेत्रमा आउने प्रेरणा कसरी मिल्यो ?
– मलाई मेरो फुपु जानकी केसीले गीत/संगीतको क्षेत्रमा आउन प्रेरणा दिनु भएको हो । उहाँले नै संगीत क्षेत्रमा डोर्‍याएर मलाई ल्याउनु भयो । शुरुमा मलाई गुरु बा’कोमा पुर्‍याइ दिनु भएको थियो । गुरुबा अहिले स्वर्गीय भइसक्नुभएको छ । तर उहाँको भूमिका पनि धेरै नै छ । रेडियो नेपालमा भएको कम्पिटिशनमा प्रथम भएपछि मलाई झनै प्रेरणा मिल्यो ।

गीत/संगीतमा लागेर के भनेर लाग्नु भो ?
– हा..हा..कहाँ हुन्छ ? त्यो कसैलाई पनि हुँदैन । म त्यतिबेला संगीतमा लागेर उन्नति गरौंला भन्ने सोंचमा थिइन । यो क्षेत्रमा म रहरै रहरमा लागेकी हुँ ।

तपाई चर्चित हुनुहुन्छ ? यो अवस्था आउला भनेर सोंच्नु भएको थियो ?
– त्यो त मैले सोचेकै थिइन । त्यो त कसैले पनि सोच्दैन होला । तर संघर्ष गरे इमान्दार र दृढ भएर लागि परेमा जुन क्षेत्रमा पनि सफल हुन सकिन्छ भन्ने कुरा चाहिँ थाहा पाएँ । शुरुवाती दिनमा म १४ घण्टा त रियाज नै गर्थे । कतिपय ठाउँमा गीत गाउँदा मलाई सबैले राम्रो स्वर छ भनेर प्रतिक्रिया दिँदा लाग्थ्यो म पनि केही गर्न सक्छु । लोकप्रियता नै पाउँछु भन्ने कुरामा दरिलो विश्वास भने राखेको थिइन ।

सबैभन्दा पहिला कुन गीत गाउँनु भएको थियो ?
– मेरो परिवार तथा श्रोताहरु सबैलाई थाहा छ होला मेरो स्वरमा पहिलोपटक सजिएको गीत ‘मनवा मन नै योगी बनाउ….’ भन्ने भजन हो ।


भजन पछि तपाईले कति समयमा अर्को गीत गाउँनु भयो ?
– भजन पछि मैले धेरै कम्पिटिशनहरुमा भाग लिन थाले । त्यसपछि आधुनिक, नेवारीलगायतका गीतहरु गाउँदै अघि बढ्न मद्दत पुग्यो ।

आजकाल के मा व्यस्त हुनु हुन्छ ?
– त्यही हो । संगीतलाई पेशाको रुपमा अंगालीसके पछि त्यतैपट्टी ध्यान र मन जानु स्वभाविक नै भैहाल्यो । गीत रेकर्ड गर्छु । कन्सर्टहरुमा गाउने प्रस्ताव आउँछन् । त्यता पनि समय मिलाएर जान्छु । तर मौसमका कारणले गर्दा आजभोलि अलि कमै कार्यक्रममा जान थालेको छु ।

दिनमा कतिवटा गीत रेकर्ड गर्नु हुन्छ ?
– पहिला ५ वटासम्म गीत रेकर्ड गर्थे । आजभोलि दिनमा एउटा र कहिले काहिँ एक दिन रेष्ट लिएर दिन विराएर पनि रेकर्ड गर्छु ।

एउटा गीत रेकर्ड गरेको कति लिनु हुन्छ ?
– हा..हा..। ओहो….भन्नु र ? नभनुम होला ।

भन्न मिल्छ भने भनिदिनुस् न…।
– विदेशमा रहनुभएकाहरुलाई अन्जु पन्तले ४०/५० हजार लिने हल्ला रैछ । कतिपय ठाउँमा ४०/५० हजार अन्जु पन्तको रेट हो भनि कारोबार पनि हुँदो रै’छ तर वीचमा कता–कता पुग्छ । कस–कसले के गर्छन ? त्यो त थाहा भएन । तर मैले लिने पारिश्रमिक चाहिँ २० हजार हो ।

कन्सर्टको चाहिँ कति लिनुहुन्छ ?
– आ, भ्याली बाहिर जानुपर्दा ९० हजार हो ।

भ्याली बाहिर जाने प्रस्ताव आएको छ ?
– आ केही दिन अघि उदयपुरको रामपुर ठोक्सिलाको लागि प्रस्ताव आएको छ । कार्यक्रमकै लागि कोरिया पनि जाँदै छु ।

चर्चाको शिखरमा पाइला टेकिसक्नुभएकी तपाई, आजभोलि सेलाउनु भयो नी ?
– सेलाउनु भन्ने कुरा त्यस्तै हो । काम गरिनै रा’ छु । मिडियामा पनि आइराको छु । यहाँ तडकभडक नहुँदैमा सेलायो भन्ने मानिन्छ । तर चर्चामा आउन कि त एल्बम निकालेको हुनु पर्‍यो । कि त कुनै विषय वा कारण हुनु पर्‍यो । अब कारण नै नभईकन के हाइलाइटमा आइरहनु । हैन ? तर पनि मेरो बारेमा विभिन्न भएका नभएका चर्चा भने आइनै रहेका छन् ।

मिडियामा आएका कुरामा सहमत हुनु हुन्छ ?

– छैन । कतिपयमा त मलाई धेरै चित्त दु:खाई छ । मेरो बारेमा नराम्रो लेख्दा उहाँहरुलाई राम्रो हुन्छ भने म सहिदिन्छु । पछिल्लो समय फेसबुक कन्ट्रोभर्सबारे आएका हल्लाले मलाई आश्चर्यचकित तुल्याएको छ ।

तपाईका पति मनोजराजसँग किन टुट्यो सम्बन्ध ?
– त्यो एउटा समय हो । समय बलवान भनिन्छ । जे चिजको पनि एउटा समय हुन्छ । जे हुन्छ फेरि जिन्दगीमा राम्रैको लागि हुन्छ । क्या खुसी छु अब । यस्तै हो बलेको आगो सबैले ताप्ने रै’छन् । अब उहाँले अर्को विवाह गरेर नानी पनि हुने बेला भएको छ । खुसी नै छु । अनि अर्को कुरा नेपालमा फिमेलहरुलाई चाहिँ गाह्रो हुने रै’छ ।
 

SEXY NEPALI DANCER- PARBATI RAI



Glamourous Model and dancer from Nepal


 
sexy dancer




Sushma karki दुब्लाएको कि स्लिम भएको ?

शुष्मा दुब्लाएको कि स्लिम भएको ?

लभ लाईफमा बारम्बार आएको उतार चढावले शुष्मा कार्की निकै तनावमा रहेको प्रष्ट हुन्छ उनका आँखाहरु पढ्दा । त्यति मात्र हैन शुष्मा निकै दुब्लाएकी पनि छिन् यति खेर । ५५ केजीको हाराहारीमा रहेर आफूलाई फिट एण्ड फाईन बनाएको तर्क गर्ने शुष्मा ४५ केजी भन्दा कम भएको देख्न सकिन्छ ।


 
romantic movie song


Actress Rekha Thapa in action

 
रेखा थापाको एक्सन...

मन नपरे कमेन्ट गर्नु होला ..!!!


तिज आउदै छ ....


तिज आउदै छ ....

 
Most hit song of the year

Red...sexy ♥♥Sadichha Shrestha♥♥



Red... ♥♥Sadichha Shrestha♥♥

Monday, August 26, 2013

हामी दुइ जनामा को राम्रो ..???


हामी दुइ जनामा को राम्रो ..???

 
most wanted video


विपना भन्छिन्- 'तिघ्रा देखाएर राम्रो हिरोइन भइदैन'...

 
कुनै बेलाकी चर्चित नायिका विपना थापा ५ वर्षदेखि चुपचाप छिन्। बिहेपछि फिल्मी दुनियाँबाट आराम लिएकी विपना आफन्त भेट्न हालै दैलेखमा झुल्किइन्। भारतको मथुरामा परिवारसँगै बसिरहेकी विपनाले बच्चा हुर्केपछि पुनः नेपाली फिल्ममा अभिनय गर्ने सोच बनाएको सुनाइन्। 'जिन्दगी र समयको माग बुझ्नुपर्छ। यो समय बच्चाको पालनपोषणकोलागि हो,' उनले भनिन्, 'बिहेपछि पत्नी, बुहारी र आमाको भूमिका निर्वाह गर्नैपर्दो रहेछ।'

साढे तीन वर्षको छोरा कुशाग्र र केही आफन्तसहित दैलेख आइपुगेकी विपनाको डेढ वर्षपछि फिल्ममा फर्किने योजना रहेको खबर आइतबार कान्तिपुर दैनिकमा प्रकाशित छ। १ सय ११ फिल्ममा अभिनय गरेकी विपनाले बलिउडतिर भने कुनै योजना नभएको बताइन्, भनिन्, 'जे गर्छु नेपाली फिल्म उद्योगमै गर्छु।' पाँच वर्षअघि उनको बिहे मथुराको एउटा राजनीतिक परिवारको डा. आशुतोष भारद्धाजसँग भएको थियो।

आफ्नो पालामा फिल्म उद्योग, निर्देशक र कलाकारलाई 'एउटा लेबलमा' हेरिने गरेको दाबी गर्दै पछिल्लोपटक 'पब्लिक सम्मान'मा आँच आएको हो कि भन्दै उनले चिन्ता प्रकट गरिन्। 'फिल्म हेर्न गाउँ सहर उल्टिन्थ्यो,' उनले दुःख व्यक्त गर्दै भनिन्, 'पछिल्ला वर्ष अश्लील चलचित्रको बाढी नै लागेको रहेछ।' कतिपय निर्माता, निर्देशकले ग्ल्यामरस् र भल्गारिटीलाई समान अर्थमा बुझेको पनि उनले आरोप लाइन्। 'यी दुईमा धेरै फरक छ। तिघ्रा देखाएर राम्रो हिरोइन बनिँदैन्,' उनी भनिन्।




कुराकानीका क्रममा उनले भने कलाकारहरु धमाधम पार्टी प्रवेश गरिरहेका सन्दर्भ निकाल्दै 'स्क्यान्डल' बन्न मात्र राजनीतिमा प्रवेश नगर्न आग्रह गरिन्। 'चुनाव लड्ने अफर मलाई पनि आएको हो। पाएको टिकट पनि 'नो' भन्दिएकी थिएँ,' फिल्ममा नाम कमाउने अनि त्यसको फाइदा उठाउँदै राजनीति गर्ने चलनले फिल्मप्रति जनताको वितृष्णा बढ्ने उनले दाबीसमेत गरिन्। 'राजनीतिमा युवाको खाँचो छ। तर, हाम्रा नेताहरु न आफू गर्छन्, न त अरुलाई गर्न दिन्छन्," उनले मुलुकको राजनीतिक ट्रेन्डबारे पनि बोलिन्, 'कलाकार राजनीतिमा गएर बिगेरको राजनीतिलाई सपार्न सक्छ भने ठीक छ, तर खाली भाषण गरेर स्क्यान्डल मच्चाउनचाहिँ राजनीति काम छैन।'


Sunday, August 25, 2013

नेपालकी प्रख्यात मोडल रीमा विश्वकर्मा



एङ्ग्री बर्डस्‌को नाम कसले सुनेको छैन होला र। स्मार्टफोन बोक्ने धेरैको मोबाइलमा यो गेम हुन्छ। क्यान्डी क्रसको लत लाग्नुअघि धेरै नेपालीलाई एङ्ग्री बर्डस्‌को लतले छोएको थियो। यही एङ्ग्री बर्डस्‌मा नेपालकी प्रख्यात मोडल रीमा विश्वकर्माको नाम कसरी जोडिन पुग्यो त ? कुरा रमाइलो छ। धेरै नेपाली म्युजिक भिडियोमा मोडल बनिसकेकी रीमाले भर्खरै एक पञ्जाबी म्युजिक भिडियोमा काम गरेकी थिइन्। अमन खैराको त्यही गीतको म्युजिक भिडियोमा हाम्री राम्री मोडल रीमा एङ्ग्री बर्डस्‌‌का रिसाहा चराहरुसँग खेल्दै गरेको देखिन्छ।

 
Rema biswakarma on music video

SEXY Sashi khadka.. Satahik Blowup



 

यो साता साप्ताहिकमा शशी खड्काको ब्लोअप..

कस्तो लाग्यो कमेन्ट गर्नु होला..??


 
Sexy dancers Indira Joshi



 

Alok Nembang's Favourite

 
आलोकका फेबरेट...

म्युजिक भिडियो तथा चलचित्रका कुशल निर्देशक हुन् आलोक नेम्वाङ। म्युजिक भिडियोको निर्देशन गर्दै चलचित्र निर्देशक बनेका आलोक यतिबेला पुनः भिडियो निर्देशनमै व्यस्त छन्। इमेज च्यानलबाट प्रारम्भ भएको उनको भिडियो निर्देशन यात्राले लामो बाटा तय गरिसकेको छ। सयौं म्युजिक भिडियोका यी निर्देशकले थुप्रै कलाकारसँग काम गरिसकेका छन्। दर्जनौं नायक-नायिकासँग काम गरिसकेका आलोकलाई उनका मनपर्ने १० नायिकाहरू को-को हुन् भनेर जिज्ञासा राख्दा जवाफ कस्तो आउला ? दुई साताअघि उनले फेसबुकको आफ्नो टाइमलाइनमार्फत यो कुराको जवाफ दिएका छन्। आलोकका अनुसार उनका फेबरेट नायिकाहरूको सूचीमा प्रसिद्धिका रायमाझी पहिलो नम्बरमा छिन्। आलोकको दोस्रो रोजाइमा झरना बज्राचार्य छिन् भने तेस्रोमा नम्रता श्रेष्ठ। त्यसपछि क्रमशः सन्चिता लुइँटेल, रीमा विश्वकर्मा, मेलिना मानन्धर, केकी अधिकारी, मलिना जोशी तथा नीता ढुंगानालाई उनले 'माई फेबरेट गल्र्स' का रूपमा प्रस्तुत गरेका छन्।


 
Beautiful song


Most sexy NEPALI model



How is the Beautiful MOdel from Nepal?? DO comment ur views...

 
Most Beautiful Nepali music video




Thursday, August 22, 2013

Face of The day..♥♥ Nepali models



Face of The day..

Sangam Rai गाइजात्रा सुरु भयो है..

 

गाइजात्रा सुरु भयो है..

 
nisha adhikari


♥♥Jenisha Kc♥♥




Nepali actress Usha Poudel in Hindi Film

 
नेपाली नायिका उषा पौडेल हिन्दी चलचित्रमा...

साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अव बलिउडको चलचित्रमा देखिने भएकी छिन् । ओस्कार बिजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सेको चलचित्रको शीर्षक हो ‘सुन लड्की’ । चलचित्रमा नायक तथा नायिका नयाँ छन् । उषा पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्री हुन् । ‘मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु । कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा ।’ उषाले नाम बदल्नु परेको प्रसंग सुनाईन कान्तिपुर साप्ताहिकमा खबर छ ।
विगत डेढ महिनादेखि काठमाण्डौंमा रहेकी रुक्मणी अर्थात उषाले भनिन् ‘मुम्बईमा साढे तीन बर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु । अहिले दुईमहिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ । यसपटकको मेरो बसाई नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिए । त्यही स्ट्याटसका कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो । मैले पनि नजिकका साथीहरुलाई भेटेँ । भेटघाटमै बित्यो डेढ महिना ।’ उनी आज मुम्बई जाँदैछिन् ।



महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमाथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन् । यता स्थापित भैसकेकी उषा अनायासै मुम्बई पलायन भईन् । ‘मुम्बई पलायन हुने सोच थिएन । हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ । ‘ अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ ।

Wednesday, August 21, 2013

Posy Nepali actresses

 

पोज कस्तो छ ?

साँस्कृतिक कार्यक्रमका लागि युरोप भ्रमणका रहेका नायिकाद्धय गरिमा पन्त र नन्दिता केसी मेकअप रूममा पोज दिंदै ।


 
Best song of the season
 

गाउँले केकीले जितिन् मन...



गाउँले केकीले जितिन् मन...

नेपाली फिल्म क्षेत्रमा एकको अर्कोसँग अनावश्यक नाम जोडिने कारण पनि कलाकारहरू बदनाम छन् । यस मानेमा नायिका केकी अधिकारी भने अहिलेसम्म कुनै लफडामा परेकी छैनन् । त्यसैले पनि कलाकार बद्रीकी छोरी केकीले बाबुको नाम जोगाइराखेकी छन् । सानो गाँठीका कारण हिरोइनमा जम्न नसकिरहेकी केकीले फिल्म 'महसुस' बाट भने अत्यधिक स्याबासी पाउँदा पुलकित बनेकी छन् ।
नवल नेपाल निर्देशित 'महसुस' मा उनी आर्यन सिग्देल र बेनिसा हमालसँगै फिल्ममा अटाएकी छन् । तर बिरामी आमाको उपचारका लागि गाउँदेखि सहर आएकी सोझी तर हक्की स्वभावकी गौरीको चरित्रमा रहेकी केकीले दर्शकको भावनालाई आफूतिर तान्न सफल भएकी छन् । यसअघि पनि नीर शाह निर्देशित फिल्म 'मसान' मा हेलेनको चरित्रमा दमदार देखिएकी केकीको गौरीको अभिनयलाई भने दर्शकले अहिलेसम्मकै राम्रो भनी तारिफ गरेको निर्देशक नवल नेपालले सुनाए । नायिका पनि कामको प्रशंसा बढ्दै गएपछि हल-हलमा गएर दर्शकसँगै फिल्म हेर्दै प्रतिक्रिया बटुलिरहेकी छन् ।

आखिर मान्छे सानै भए पनि केकीको कामलाई भने दर्शकले ठूलै मानिदिएका छन् । क्या बात गौरी उर्फ केकी !

सबेरै मन्दिरमा धागो बाँधदै.. - Pallavi Dhakal

 
सबेरै मन्दिरमा धागो बाँधदै.. जनै पूर्णिमा र रक्षाबन्धनको शुभकामना |
- Pallavi Dhakal


 
Nepali unplugged song


Monday, August 19, 2013

'कम्प्रमाईज गर्नु परे फिल्म नै खेल्दिन` :ANAMIKA ( NEW HEROINE)


कमलकृष्ण निर्देशित फिल्म 'प्राण भन्दा प्यारो' मार्फत रजतपटमा अनामिका चौलागाईं नव नायिकाको रुपमा आउँदै छिन् । मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह हासिल गरेकी अनामिका भन्छिन्- 'कम्प्रमाईज गरेर फिल्म खेल्दिन ।'

जन्मथलो काभ्रेपलाञ्चोक जिल्ला भए पनि विगत चार वर्ष देखि राजधानी बस्दै आएकी अनामिका थप्छिन्- 'छाडा फिल्ममा काम गरेर मलाई रातारात हिट हुनु छैन । बरु वर्षमा एउटा फिल्म खेल्छु तर निरन्तर यही क्षेत्रमा रहन्छु ।' सानै देखी अभिनय र नृत्यमा सौखिन अनामिका आफ्नो क्षमताले प्राण भन्दा प्यारो खेल्ने अवसर पाएको बताउँछिन् । भन्छिन्- 'मेरो आत्मविश्वास देखेर कमल सरले मलाई अवसर दिनुभयो ।'



सुटिङ सेटमा निर्देशक कमलकृष्णले आफुलाई धेरै नै सहयोग गरेको उनको भनाई छ । भन्छिन्- 'गाली गरेर होस् या माया गरेर उहाँले मलाई राम्रो अभिनय गर्न सहयोग गर्नुभयो । सुटिङ अवधीभर हामी परिवार जस्तो भएर काम गर्यौं ।' नव अभिनेता बासु पुडासैनीले पनि आफुलाई उत्तिकै सहयोग गरेको उनले सुनाइन् ।

फिल्म क्षेत्रमा नायिका माथि हुने विभेदका घटना पढ्न र सुन्न पाएकी अनामिका आफु माथि भने त्यस्तो घटना नभएको अनुभव साट्छिन् । भन्छिन्- 'मैले पनि यस्ता घटना नसुनेकी हैन । तर, सुने जस्तो चाहि हैन रहेछ यो क्षेत्र ।' अनामिका दोहोर्याउँछिन्- 'कथाले त्यस्तो पनि माग्दैन होला कि जुन समाजमा अपच हुन्छ । समाजलाई अपच हुने फिल्ममा अभिनय गर्ने छैन ।'


Friday, August 16, 2013

Srijana subba

 

साप्ताहिक ब्लो अपमा सिर्जना सुब्बा.. कस्तो लाग्यो कमेन्ट गर्नुस् ..

 
Best song of the year


Sexy singer sajana shrestha


Sexy singer sajana shrestha

 
sexy gangnam girls


Hottie Sangam rai Lovely

 
मलाई मन पर्छ - संगम राई -लभ्ली

हास्यकलाकारः दीपाश्री निरौला
सहज अभिनय गर्ने भएकाले मात्र होइन, उहाँ कहिल्यै ओभर-एक्टिङ नगरी सबै प्रकारका भूमिका निर्वाह गर्न सिपालु हुनुहुन्छ।
चलचित्रः सायद
यो चलचित्रको प्रस्तुतिसँगै नयाँ कलाकारहरूको बेजोड अभिनयका कारण।
निर्देशकः दमन रूपाखेती
कलाकारलाई दुःख नदिई काम गराउन सक्ने क्षमता भएकाले।
स्थानः फिक्कल
गर्मी मौसममा समेत चिसो अनुभव गर्न पाइनुका साथै त्यहाँको हरियालीले मलाई मोहित तुल्याएको छ।
गीतः फूलको आँखामा फूलै संसार
यथार्थता झल्कने यो गीत जति सुने पनि सुनौं-सुनौं लाग्छ।
गायकः राजेशपायल राई
चलचित्र र आधुनिक दुवै विधाका गीत उत्तिकै मिठासपूर्ण ढंगले गाउनु हुन्छ।
संगीतकारः सुरेश अधिकारी
मेलोडियस संगीत सिर्जना गर्ने भएकाले।
रंगः कालो
चाँडै फोहोर नहुने भएकाले। कालो रंगमा अरूको नजर पनि लाग्दैन नि !
चाडपर्वः होली
सबै जना रंगीचंगी भएर खेल्न पाइने भएकाले।
टेलिभिजन कार्यक्रमः कमेडी सर्कस
हास्य कलाकार भएकाले यो कार्यक्रमबाट दर्शक हँसाउने धेरै टिप्स पाइन्छ।
पहिरनः वन पिस
लगाउन सजिलो हुनुका साथै सुहाउने भएकाले।
मन्दिरः स्वयम्भू
घरको झ्यालबाट बिहान-बेलुकै स्वयम्भूनाथको दर्शन गर्न पाउँछु। त्यहाँ पुग्दा मनै शान्त हुन्छ।


 
YAAD AUCHA

Wednesday, August 14, 2013

हलिउड सपनाका पछिपछि...Nepali model Aashma Giri

 

हलिउड सपनाका पछिपछि...

नेपालमा सफल कलाकारका लागि बलिउड सपनाको अर्को केन्द्रबिन्दु हो। हलिउडको सपना भने नेपाली कलाकारले त्यति देख्दैनन्। तर, भर्खरै १५ वर्ष टेकेकी आश्मा गिरीको सपना, लक्ष्य र भविष्य जे भने पनि हलिउड हो। नेपालमा जन्मेहुर्केर हाल क्यालिफोर्नियामा रहँदै आएकी उनी यतिबेला त्यही हलिउड सपनाका पछिपछि कुदिरहेकी छिन्।





क्यालिफोर्नियामा रहेको बार्बिजोन मोडलिङ ट्रेनिङ सेन्टरमा छ महिना ट्रेनिङ लिएपछि उनले मोडल ट्यालेन्ट म्यानेजमेन्टको अडिसन पास गरिन्। यतिबेला त्यही संस्थासँग आबद्ध उनले अभिनय कक्षा पनि लिइरहेको बताइन्। बर्खे छुट्टीमा जन्मथलो आएकी उनले नेपालका केही फोटोग्राफरबाट तस्बिर पनि खिचाएकी छिन्।


Smile Of The Day.. ♥♥Alina Baskota♥♥



Smile Of The Day.. ♥♥Alina Baskota♥♥

 
sunaulo samjhana- Sano sansar


आमा छोरीको स्टाइल.. karishma manandhar and her daughter


आमा छोरीको स्टाइल.

 
Gai jatra special


Tuesday, August 13, 2013

♥♥Miki♥♥

धेरै हुन्छ के !

 
धेरै हुन्छ के !
पोस्टप्रोडक्सनमा रहेको फिल्म 'भिमदत्त'का नायिकाद्धय निशा अधिकारी र सुमिना घिमिरे भोजनमा रमाउँदै ।


 

sunaulo samjhana-sano sansar


Manisha koirala on Big boss


 















बिग बोसमा मनिषा कोइराला पनि...

भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सातौं संस्करणको बिग बोसमा जनाउने छिन् । यद्पी सेम्टेम्वर देखि कलर्स टेलिभिजनबाट प्रसारण हुने बिग बोस सहभागीको नाम भने आधिकारीक रुपमा बाहिर ल्याइएको छैन ।

पाठेघरको क्यान्सर मुक्त जीवन बिताइरहेकी मनिषाले नेपालको तर्फबाट बिग बोसमा दोस्रो पटक प्रतिनिधित्व गर्दै छन् । बिग बोसको पाँचौ संस्करणमा यसअघि नेपालको प्रतिनिधित्व गर्दै विश्व विख्यात अपराधी चाल्र्स शोभराजकी प्रेमिका भनिएकी निहिता विश्वासले सहभागीता जनाएकी थिइन् । नेपाली करावासमा रहेका शोभराजकी प्रेमिका निहिता बिग बोसको अन्तिम भरण सम्म भने पुग्न सकिनन् ।



बिग बोसको ७ औ संस्करणमा नेपाली चेली मनिषा सहित बाबा राम देव, पुनम पाण्डे, एकता कपुर, करण जोहर, क्रिकेटर युवराज सिंह, हरबजन सिंह लगायतले सहभागीता जनाउने बताईएको छ । बिग बोसको यो संस्करणलाई बलिउड अभिनेता सलमान खानले सञ्चालन गर्नेछन् ।

पाठेघरको क्यान्सर पछि पुजापाठसँगै स्वास्थ्य लाभ गरिरहेकी मनिषा कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । क्यान्सर पश्चात एकान्त प्रेमी बनिरहेकी मनिषाले बिग बोसको घरलाई कस्तो पाउने छिन् ? शो सुरु भएपछि थाहा हुनेछ ।

Sipora Gurung Photo for Folio Magazine...


 
















Sipora Gurung Photo for Folio Magazine...



 
 most comedy rap battle of nepal


♥♥Chandani Shah♥♥ Posie



How is ♥♥Chandani Shah♥♥  Posie??? :D


 

most wanted nepali film song



most beautiful nepali song

Jharana Bajracharya A still from the new music video PANCHHI

Jharana Bajracharya 

Hottie Sabita bhandari on pose

 

♥♥सविता भण्डारी♥♥

सुदूरपूर्व ताप्लेजुङमा बग्ने काबेली नदीको छेवैमा पर्छ उनको घर,तर अहिले उनी काठमाडौंको कोटेश्वरमा बस्छिन्। तीन वर्षअघि राजधानी आएकी सविता भण्डारी -२०)को संघर्ष जारी छ। ग्लामरस हुन नसकेकीले अघि बढ्न नसकेको उनी बताउँछिन्, तर हिम्मत भने हारेकी छैनन्। हाल उनी नृत्य एवं अभिनय सिकिरहेकी छिन्। एक दर्जनजति म्युजिक भिडियोमा देखिइसकेकी सविता भविष्यप्रति ढुक्क छिन्। उनी आफ्नो नाकलाई अरूले पनि मन पराउने भएकाले आफूलाई पनि मन पर्ने बताउँछिन्। खुला स्वभावकी सविता आफ्नो केटा साथी अग्लो र गोरो हुनुपर्ने बताउँछिन्। नेपाली चलचित्रको अवस्था खस्कँदै गएकोमा भने उनी दुखी छन्। सविता भन्छिन्- वैकल्पिक व्यवस्थाम खोज्नुपर्ने अवस्था छ।




पुजना स्त्री सँग प्रेम र रोमान्सका कुरा..

 

पुजना स्त्री सँग प्रेम र रोमान्सका कुरा..

प्रेम गर्नुभएको छ?
प्रेम गरेकी पनि छैन, परेको पनि छैन। प्रेम गर्न लायक केटो भेटेकी पनि छैन, तर गर्नचाहिँ जानेकी छु।

प्रेमविवाह गर्ने कि भागी विवाह -फ्लाइङ म्यारिज) गर्ने? अनि हनिमुन कहाँ मनाउने इच्छा छ?
पहिले प्रेम गर्ने अनि म्यारिजका लागि भागेर जाने। मलाई लसएन्जल्समा हनिमुन मनाउने इच्छा छ। त्यहाँ हनिमुन मनाउन पाए त कति मज्जा हुन्थ्यो होला, है? हाहाहा.....

तपाईं ध्यान गर्नुहुन्छ र आफूलाई माता भन्नुहुन्छ। ध्यान र सेक्समा के सम्बन्ध छ, माताजी?
ध्यान र सेक्सबीच कुनै सम्बन्ध छैन। सेक्स भौतिक सुखका लागि र ध्यान आन्तरिक सुखका लागि हो। यद्यपि दुवैमा उत्तिकै आनन्द हुन्छ।

प्रेमबिनाको सेक्स र सेक्सबिनाको प्रेम सम्भव छ?
प्रेममा सेक्स हुन्छ, सेक्समा प्रेम हुँदैन। सेक्स पैसाले पनि किन्न पाइन्छ तर त्यसमा प्रेम हुँदैन, तर कसैलाई तपाईंले अथाह माया गर्नुर्भयो भने सेक्स एक्सचेन्ज गर्न सकिन्छ।

त्यसो भए कस्तो केटा देख्नुभयो भने लठ्ठिनु हुन्छ र सबै थोक गर्न सक्नुहुन्छ?
म लठ्ठिने एउटै केटो सलमान खानसँग हो। उसले जस्तो अरूले मलाई आकषिर्त गर्न सक्दैनन्। उसँग त म जे पनि गर्न सक्छु।


Surabhi Jain & Karishma Manandhar


Surabhi Jain & Karishma Manandhar

 
Best newari song


Nepali actress Sashi khadka

 
♥♥शशि खड्का♥♥

संख्यात्मक रूपमा कम चलचित्रमा अभिनय गरेर चर्चामा आउने नायिका हुन् शशि खड्का। ओखलढुंगामा जन्मिएकी शशि लामो समयदेखि काठमाडौंका स्थायी बसोबास गरिरहेकी छिन्। २२ वर्षीया शशिले उकेश दाहालको चलचित्र 'पलपलमा' बाट डेब्यू गरेकी थिइन्। ५ फिट २ इन्च अग्ली यी नायिका अहिले बीबीएस तेस्रो वर्षमा अध्ययरन छिन्। शशिले सानो पर्दाबाट अभिनय यात्रा प्रारम्भ गरेकी हुन्। नेपाल टेलिभिजनबाट प्रसारण भएको 'थोरै भए पुगीसरी' श्रृंखलाका करिब ३० भागमा अभिनय गरेपछि उनी दर्शकको नजरमा पर्न सफल भएकी थिइन्। टेलिश्रृंखलापछि उनले गायक जबिकको 'आँखाभरि आँसु किन...' गीतबाट म्युजिक भिडियोको यात्रा प्रारम्भ गरिन्। हेमन्त शर्माको आउँदै गर मालती, मिङ्मा शेर्पाको के लेखौं हुँदै अनिल सिंहको 'घिन्ताङ' सम्म आइपुग्दा शशिले आधुनिक, पप, लोक आदि विधाका गरी करिब दुई सयवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। राजु गिरीको 'चन्द्रावती' शशिले अभिनय गरेको दोस्रो चलचित्र हो भने उकेश दाहालकै 'किन किन' उनले हालसम्म अभिनय गरेको अन्तिम चलचित्र हो। नृत्यमा पारंगत शशिले दर्जनौं स्टेज कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन्। नेपालका अधिकांश सहरमा आफ्नो नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेकी शशिले कतार, दुबई, बहराइन, भारत आदि देशमा समेत प्रस्तुति दिइसकेकी छिन्। केही विज्ञापनमा मोडलिङ समेत गरेकी शशिसँग कुराकानी:

शशि खड्कालाई 'चुजी’ नायिका भनिन्छ नि, किन होला ?

म चलचित्र छनौट गर्दा धेरै कुरामा ध्यान दिन्छु त्यसैले होला। प्रस्ताव गरिएका सबै चलचित्रमा अभिनय गरेको भए दुई दर्जन पुग्थे होला, तर मैले आधा दशकको अवधिमा तीनवटामा मात्र काम गरेकी छु। 



सबैमा किन काम गर्नुभएन त ?

वास्तवमा म चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढी रमाउँछु। अध्ययनमा व्यस्त भएकाले चलचित्रमा लामो समय दिन भ्याउँदिनँ।

नायिकाहरू त भिडियोभन्दा चलचित्रमै बढी सक्रिय हुनुपर्ने होइन र ?

त्यो त हो, तर आफूलाई चित्तबुझ्दो भूमिका भएका चलचित्रबाट प्रस्ताव नआउँदा अनि अध्ययन र म्युजिक भिडियोमा बढी व्यस्त रहँदा चलचित्र कम भएको हो।

यौन-विवाद सिर्जना हुने चलचित्रमा मात्र देखिनुभयो नि ? 


यो चाहिँ संयोगको कुरा हो तर मैले पृथक् भूमिकामा प्रस्तुत हुने प्रयास गरेकी छु। चलचित्र पलपलमा पुरुष वेश्याहरूको कथा थियो, अर्थात यौनसँग प्रत्यक्ष जोडिएको विषय। चन्द्रवतीमा म बलात्कृत युवतीको भूमिकामा प्रस्तुत भएकी थिएँ। किनकिनमा भने मैले नचाहेरै चुम्बन दृश्य दिनुपरेको छ।

'टङ किस' दिँदा अप्ठ्यारो लागेन ?

किन नलाग्नु नि ! निर्देशकले मलाई 'लिप किस' मात्र गर्नुपर्छ भन्नुभएको थियो, तर छायांकनस्थलमा टङ किस नगरी हुँदैन भन्नुभयो। विरोध गर्ने क्रममा म रोएकी समेत थिएँ, तर पछि नाइँ भन्न सकिनँ।

त्यस्ता दृश्यमा अभिनय गरेपछि परिवार र समाजबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

परिवारका सदस्यहरूलाई पहिलो पटक अभिनयका रूपमा गरेको भनेर कन्भिन्स गरेँ, दर्शक र समाजलाई म के भन्छु भने कलाकारले हरेक प्रकारको अभिनय गर्नुपर्छ।
 

Lovely ♥♥Priyanka Karki♥♥



Lovely ♥♥Priyanka Karki♥♥

 
new film promo-haku kale


उडायो है पछ्यौरी... ♥♥ज्योती मगर♥♥



उडायो है पछ्यौरी... ♥♥ज्योती मगर♥♥

 
most comedy rap battle in Nepal


Beautiful ♥♥Shreesty Shrestha♥♥

 

Beautiful ♥♥Shreesty Shrestha♥♥

 
karma band best song


नम्रता श्रेष्ठ फेसबुकमा हिट...

 

नम्रता श्रेष्ठ फेसबुकमा हिट...

फिल्ममा हिट नभए नि फेसबुकमा हिट रहिछिन्, नम्रता श्रेष्ठ। फेसबुक प्रयोगकर्ताबीच उनी नम्बर एक हिरोइनमै रहिछिन् त। नम्रताको फ्यान पेज 'लाइक' गर्नेहरूको संख्या १ लाख ७१ हजार छ। दोस्रोमा छिन्, पूर्वमिस नेपाल माल्भिका सुब्बा। नम्रता र माल्भिकाबीच २ हजार ४ सयको अन्तर छ। हिट भनिएकी रेखा थापा ५५ हजार लाइकसहित तेस्रो स्थानमा र नौ हजार लाइकसहित चौथो स्थानमा पि्रयंका कार्की छिन्। सगरमाथाको चुचुरो उक्लेकी निशा फेसबुकमा भने फेदतिरै छिन्। उनको फ्यान पेज लाइक गर्नेहरूको संख्या भर्खरै पाँच हजार पुगेको रहेछ।



Who is beautiful..??

 

Who is beautiful..??

a) Keki adhikari
b) Benisha Hamal

Beautiful nepali model

 

♥♥


 
song of the year


Beautiful actress Priyanka karki

 

नायिका प्रियंका कार्कीले अभिनय गरेको चलचित्रहरु त्यति राम्रो व्यापार गर्न नसकेता पनि प्रियंकालाई चलचित्रको अफरहरु भने आईरहेको छ ।

 
best song


Richa Sharma on Karima path

 

हिरोइनहरूमा बलिउडकी करिना कपुरझैँ जिरो फिगर बनाउने होडबाजी चलेका बेला ऋचा शर्मा भने करिना होइन, करिमापथमा हिँड्ने भएकी छन्। थप्पड काण्डबाट चर्चामा आएकी पूर्वमन्त्री करिमा बेगमको रूप लिएर उनी एउटा फिल्ममा देखिने छिन्। दासढुंगा बनाएका अपिल विष्टले बनाउने फिल्म प्रतापमा उनलाई त्यस्तो भूमिका दिइएको छ। अनुप बराल र दयाहाङ राईको पनि अभिनय रहने उक्त फिल्ममा एउटी महिला सभासद्को जीवन उतारिँदै छ। अब क-कसलाई चड्काउने हुन् ऋचाले !

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???