Social Icons

Sunday, September 29, 2013

BREAKING NEWS: Nepal Qualifies for AFC U-16 Championship

 
BREAKING NEWS: Nepal Qualifies for AFC U-16 Championship. What a historic day.

Nepal beats Turkmenistan 4-0 to collect seven points, tops the group to play final round in Thailand next year.

CONGRATULATIONS!

Aaayooooooooooooooooooooo Gorkhali!
 


 
watch Game Highlights


 




Qualified Teams In AFC U-16 Championship are :

Nepal Australia
China PR
Hong Kong
Iran
Japan
Malaysia
North Korea
Oman
Thailand (host)
Uzbekistan

More five teams Are yet to be announced.

Barsha Thapa Representing Satya

VARSHA-THAPA-SATYA-JEWELRY

Barsha Thapa Representing Satya



VARSHA-THAPA-SATYA-JEWELRY-1
Though we’ve already started to see the end of summer, the very exotic Varsha Thapa clearly brings the heat for the fall 2013 campaign of jewelry label SATYA. The jewelry label has boutiques in the UK and the USA. The international model has been photographed by Daniel Garriga and is decked out in the new collection styled by Kelly Brown.VARSHA-THAPA-SATYA-JEWELRY-2VARSHA-THAPA-SATYA-JEWELRY-3
Varsha Thapa is also in the UNIQLO fall and winter 2013 catalog.


VARSHA-THAPA-SATYA-JEWELRY-4VARSHA-THAPA-SATYA-JEWELRY-5

Varsha-Thapa-UNIQLO
Varsha Thapa is also in the UNIQLO fall and winter 2013 catalog.

Nepal VS Turkismistan भिडदै - LIVE हेर्नका लागि यो लिङकमा थिच्नुहोस !!

 
नेपाल र तुर्कुमिनिस्थान भिडदै - प्रत्यक्ष प्रसारण हेर्नका लागि यो लिङकमा थिच्नुहोस !! 

Most fashinable and Sexy Girl -Alaca Baby

Alaca is one of the most glamorous and Fashionable model . She has the charm and cuteness with the sexy & hot luks as well. Here are some of the most Favourite pictures of her.....


 sexy Alaca baby Great posie



 
She luking stunning in her red dress...wow


 
stunning what a great kiss ..is she lesbian :p Sweet kiss on the mirrror


wow luks like an angel from the heaven...



we will come with more glamorous and fashionable people from the world... and the beauties from the Facebook.. keep subscribing us and like us in Facebook as well..

have a gud day dear frens...


प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको उम्मेदवारी घोषणा

 

यस्तो छ प्रचण्डलाई थप्पड हान्ने पदम कुँवरको उम्मेदवारी घोषणाको भिडियो -

 
Padam Slapp Prachanda


Saturday, September 28, 2013

Priyanka Karki - A Glamorous Actress in Nepal

 Priyanka Karki Writes in Facebook page:

To my sweethearts all over the world.. Here is my official video for all of you straight from my heart..
Thank you for the undying love and support. .
30000 likes.. phew! I feel blessed!
THANK YOU ♥

 
Small speech on facebook Page..


I promise yo photo nakkal pardai khicheko haina.. its a candid photo.. shoot ma pani khai ra bela ma....

 

Further she post some of the pics as :

 
Standing tall and independent♥
Wearing Bishwo Gautam♥


 
Now this ones for all my #sweethearts. . I'll keep smiling for you no matter what <3


   
Watch her video with beautiful charm - Priyanka karki

Other post on her fb are :

 
Simplicity
On that note, have a great night my beautiful #sweethearts
Just know, I love you all soooo much!

Hair and MUA: Sakil Kunwar
Styled by: Sayal Shrestha
Shashank Pradhan Photography


  
watch her hot dress on News


Friday, September 27, 2013

मिस वर्ल्डको अन्तिम स्पर्धामा Ishaani Shrestha

KTM-
Miss Nepal Ishaani Shrestha has entered into the final category of miss world competition. She has been entitled with the award of " Beauty with a purpose" which is prestigious and for the first time for any miss Nepal thus setting history...


 
Her video that rewards her with beauty with a purpose

She has been selected for showing her cultural dance performance . She said happily with a smile up on her face...

इशानीले फेसबुकमार्फत् अन्तिम स्पर्धाको रात आफ्नो नृत्य हेर्न नछुटाउन सबैमा आग्रह गरेकी छन्। यसअघि मलिना श्रेष्ठले पनि यो अवसर पाएकी थिइन्। 

'ब्युटि विथ अ परपस्'का लागि इशानीले जुम्लामा पुगेर 'प्रोजेक्ट स्माइल' नामको बृत्तचित्र निर्माण गरेकी थिइन्। सोही भिडियोले उनलाई अन्तिम स्पर्धाका लागि छनौट गराएको हो। - See more at: http://www.nagariknews.com/entertainment/fashion/story/7953#sthash.6KY75Gj6.dpuf
इशानीले फेसबुकमार्फत् अन्तिम स्पर्धाको रात आफ्नो नृत्य हेर्न नछुटाउन सबैमा आग्रह गरेकी छन्। यसअघि मलिना श्रेष्ठले पनि यो अवसर पाएकी थिइन्। 

'ब्युटि विथ अ परपस्'का लागि इशानीले जुम्लामा पुगेर 'प्रोजेक्ट स्माइल' नामको बृत्तचित्र निर्माण गरेकी थिइन्। सोही भिडियोले उनलाई अन्तिम स्पर्धाका लागि छनौट गराएको हो। - See more at: http://www.nagariknews.com/entertainment/fashion/story/7953#sthash.6KY75Gj6.dpuf




मिस वर्ल्डको अन्तिम स्पर्धामा इशानी

She requested her Facebook fan not to miss her dance and performance in the Miss world competition to all Nepalese fans. She has carried out the "Project Smile " with a week tour to the Jumla which is one of the Remote part of the Nepal.. This video has awarded her the Award of " Beauty with a purpose".





 
MOST FUNNY RAP BATTLE OF NEPAL



काठमाडौं- मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्डको फाइनल चरणमा प्रवेश गरेकी छन्। 'ब्युटी विथ अ परपस्' विधामा उत्कृष्ट हुँदै इशानी अन्तिम स्पर्धाका लागि छनौट भएकी हुन्। शनिबार इन्डोनेसियाको बालिमा हुने अन्तिम स्पर्धामा उनले आफ्नो प्रस्तुतीसमेत देखाउने छन्। विभिन्न छ विधा रहेको मिस वर्ल्डका विजेता सिधै अन्तिम स्पर्धाका लागि छनौट हुने प्रावधान छ।  - See more at: http://www.nagariknews.com/entertainment/fashion/story/7953#sthash.6KY75Gj6.dpuf
काठमाडौं- मिस नेपाल इशानी श्रेष्ठ मिस वर्ल्डको फाइनल चरणमा प्रवेश गरेकी छन्। 'ब्युटी विथ अ परपस्' विधामा उत्कृष्ट हुँदै इशानी अन्तिम स्पर्धाका लागि छनौट भएकी हुन्। शनिबार इन्डोनेसियाको बालिमा हुने अन्तिम स्पर्धामा उनले आफ्नो प्रस्तुतीसमेत देखाउने छन्। विभिन्न छ विधा रहेको मिस वर्ल्डका विजेता सिधै अन्तिम स्पर्धाका लागि छनौट हुने प्रावधान छ।  - See more at: http://www.nagariknews.com/entertainment/fashion/story/7953#sthash.6KY75Gj6.dpuf

चितवनमा समर पुल पार्टी




गत शनिबार क्षेत्रपुरस्थित होटल कासा डेल इन्टरनेसनल परिसरमा बेग्लै चहलपहल थियो। स्वीमिङ पुल भएकाले त्यहाँबाक्लो भीडभाड देखिन्थ्यो। कोही स्वीमिङ पुलमा नाचिरहेका थिए भने कोही बाहिरै बसेर रमिता हेरिरहेका थिए। गर्मीले पिरोलिएकाहरूलाई स्वीमिङ पुलसम्म ल्याउने काम भने दाता इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरले गरेका थिए। जिल्लामै पहिलो पटक समर पुल पार्टीको आयोजना गरिएपछि युवा पुस्ताले गर्मीलाई बिर्सने अवसर पाए। डान्स पार्टीमा ५ सयभन्दा बढी युवाको सहभागिता थियो।

स्वीमिङ पुलमा पौडी खेल्न झुम्मिएकाहरूलाइ गीत-संगीतमा झुमाउने काम भने डिजे बी तथा डिजे राजले गरे। उक्त अवसरमा स्वीमिङ पुलबाहिर नाच्ने जोडीहरूको भीड पनि कम थिएन। युवतीहरूले समेत युवासँग प्रतिस्पर्धा गर्दै कम्मर मर्काएको पुलपार्टीमा साँझ ८ बज्दासमेत उस्तै भीड थियो। प्रहरीले समय सकिएपछि सबैलाई स्वीमिङ पुलबाट निकालेर गन्तव्यतर्फ पठाएको थियो।

जंगेको घोषणा




 
 
छायांकार तथा निर्माता सुसन प्रजापतिले 'जंगे' शीर्षकको चलचित्र निर्माण गर्ने घोषणा गरेका छन्। गत साता काठमाडौंमा सम्पन्न एक समारोहमा उत्कल थापाले यो चलचित्रको डेब्यू निर्देशन गर्ने जानकारी गराइयो। जंगबहादुरलाई प्रतिक बनाएर निर्माण गरिने यो चलचित्रमा कान्तिपुर टेलिभिजनकर्मी सुरजसिंह ठकुरीले जंगेको भूमिका निर्वाह गर्नेछन्।

'sugam song गीत' र 'SAAYAD'




विधाः आधुनिक/पप

स्वरः सुगम पोखरेल

संगीतः सुगम पोखरेल र मोहित मुनाल शब्दः विजय सुब्बा, घमराज लुइँटेल, बेनी माधव भट्टराई, भार्गव सुवेदी, भूपेन्द्र खड्का, चट्याङ मास्टर, जिएम प्रधान तथा सुगम पोखरेल

बजारः स्टेरियो रेकर्ड्स



विधाः पप

स्वरः मोनिका लिम्बु

संगीतः मोनिका लिम्बु, न्हृयू बज्राचार्य तथा धीरज राई

शब्दः मोनिका लिम्बु, सन्तोष थपलिया, धीरज राई तथा दुर्गालाल श्रेष्ठ

बजारः एक्सन इन्टरटेन्मेन्ट

राम्री युवती देखेपछि मुटुको धड्कन किन बढ्छ ?




तपाईंलाई दमको रोग छ कि क्या हो सम्पादकज्यू ? चाँडै उपचार गराउने हो कि ?

   - त्रिदेव

यो शरीरभित्रको कुनै केमिकलका कारणले हो।

   - आशिष राहुल

त्यस्तो हुँदैन। त्यो त बानी हो नि।

   - सफल पिके

त्यही त हो रूपको शक्ति भनेको।

   - शशि मगर

आफ्नै केटी साथीलाई देखे जस्तो लाग्छ, त्यसैले।

   - रमेश सिग्देल

राम्रो चिज कसलाई मन पर्दैन र ? राम्रो चिज देखेपछि मुटु धड्कन बढिहाल्छ नि।

   - मुना भण्डारी

त्यो त मानिसको स्वभाव नै होला नि। अरू कारण त के होला र ?

   - शोभा पाठक

राम्रा युवतीको छेउ पर्ने बित्तिकै मेरो त मुटु नै पड्किन खोज्छ।

   - युगेश राई, संगीत

निहुँ मात्र राम्री युवतीको हो, दमको बिमारी अथवा क्षयरोगले च्यापेको हुनसक्छ।

   - कमला राई

यस्तो प्रश्न गरेर युवाहरूलाई भड्काकाउन खोजेको हो ?

   - खुम रायमाझी

यौनचाहनाले हो कि ?

   - हीरा

त्यस्तो पनि हुन्छ र ? मेरो त -धड्कन) बढ्दैन।

   - मनोज महत

भगवानले नै यस्तै बनाइदिएका छन् नि त।

   - राजेश कट्टेल

राम्रीलाई देखेपछि होइन माया गर्नेलाई देखेपछि चाहिँ त्यस्तो हुन्छ।

   - उज्ज्वल थापा काजी

अनि नराम्रीलाई देख्दाचाहिँ के हुन्छ ? अचम्म छ बा।

   - सुवास उप्रेती

किन र ? राम्रीलाई देख्दा तपाईंको पनि ढुकढुकी बढ्छ र ?

   - रकि झापाली

राम्रो मान्छे देखेपछि के गर्ने के-कसो गर्ने भन्ने उकुसमुकुस हुन्छ, त्यसैले होला।

   - सन्देश कठायत

खोइ, आफ्नो आँखाले त सबैलाई राम्रो नै देख्छ। धड्कन बढ्ने कुराचाहिँ आँखा र मुटुको सम्बन्ध भएर पो हो कि ?

   - गंगा विवश गिरी

मेरो त जस्तै युवती देखे पनि धड्कन बढ्छ।

   - विज्ञान अधिकारी

राम्री केटी हिरोइनजस्ता हुन्छन्, मुटुको धड्कन त बढिहाल्छ नि।

   - तेजन क्षेत्री

मेरो त मुटुको धड्कन बढ्नुभन्दा पनि आँखा फर्फराउँछ। यो पापी आँखा किन फर्फराउँछ थाहा छैन।

   - प्रज्वल सैंजु

हंसले ठाउँ छाडेर होला नि।

   - भीम योगी

आफूलाई आक्रमण गरिहाल्छिन् कि भनेर हो कि ?

   - नवीन थापा

के हो सम्पादक ज्यू, भाउजुलाई मन पराउन छाड्नु भो कि क्या हो ? तर धड्कन बढे पनि के गर्नु, आकाशको फल आँखा तरी मर त हो नि।

   - धु्रव लामिछाने

मलाइचाहिँ अहिलेसम्म त्यस्तो भएको छैन। बरु यस्तै प्रश्न युवतीहरूसँग सोधे कसो होला ?

   - रामजी चौधरी

खै, किन होला थाह भएन।

   - सरिता गुरुङ

युवतीहरूमा चुम्बक हुन्छ होला नि। त्यही भएर युवाहरू आकषिर्त हुन्छन् र उनीहरूको मुटुकोे धड्कन बढ्छ।

   - रौनक बस्नेत

राम्रीलाई कसरी आफ्नो बनाउने भन्ने चिन्ताले होला। यस्तो सबैलाई हुन्छ।

   - नवजीवन चौधरी

यो पनि भनि रहनु पर्ने कुरा हो र ? मुटुको काम नै धड्किने हो। कहिले छिटो, कहिले ढिलो त भैहाल्छ नि।

   - सुमनकुमार श्रेष्ठ

यस्ता सबै कुरा थाहा भएको भए त कहाँ आफ्नी प्रेमिकालाई गुमाउनुपथ्र्यो र ?

   - असफल लभ्ली काफ्ले

विपरीत लिंगीमा हुने आकषर्णले होला।

   - सन्तोष गाउँले

राम्रीको अगाडि पर्दा नराम्रो देखिन्छु भन्ने डरले हो कि ?

   - कीर्ति चौधरी

धड्कनभन्दा पनि सेक्स डिजायरचाहिँ पक्कै बढ्छ।

   - राज

युवतीहरूप्रति बढी क्रेजी भएर होला।

   - भीम आले

चुम्बन र सेक्स गर्ने इच्छाले त्यस्तो भएको हो।

   - मनोज कुमार

यो पनि सोध्ने कुरा हो र ? सबैको जीवनमा यस्तो आकर्षण त भैहाल्छ नि।

   - निवेश पुन

६ नम्बरको चप्पलले ९ नम्बरको डाम बसाउँछ भन्ने डरले।

   - शंकर अर्याल

उनलाई मायालु बनाउन पाए हुन्थ्यो भनेर होला नि।

   - शिव गुरुङ

आफू नराम्रो भएपछि बढ्छ ह्यान्सी हुने हो भने त उल्टै केटीको धड्कन बढ्छ।

   - विराज गिरी

यो स्वाभाविक प्रक्रिया हो। सम्भवतः तपाईंको धेरै बढेको होला।

   - सुनिता सापकोटा

कार्यालय पहिरन




कार्यालयमा सकेसम्म औपचारिक पोसाक लगाउनु उपयुक्त हुन्छ। यसबाट व्यक्तित्व आकर्षक देखिन्छ। त्यसैले जतिसक्दो भलाद्मी देखिने पहिरन लगाउनुपर्छ। कार्यालयले तोकेको पहिरन छैन भने पनि संवेदनशील भएर पहिरन रोज्नुपर्छ। युवाहरूले जिन्स पेन्टमा टिसर्ट लगाउनुभन्दा सर्ट लगाउनु उत्तम हुन्छ। यसले न त पूरै औपचारिक देखिन्छ, न त अनौपचारिक नै।

उमेर ढल्किएकाहरूले भने जिन्सको सट्टा औपचारिकदेखि अरू कपडाको पेन्ट र सर्ट लगाउँदा व्यक्तित्वमा निखार आउनुका साथै उमेरअनुसार तालमेल पनि मिल्छ।

पोसाकको रङ्ग शान्त अर्थात् आँखालाई शीतलता प्रदान गर्ने खालको हुनुपर्छ। यसले गर्दा वरिपरि बस्ने सहकर्मीलाई चिडचिडाहट हुँदैन।

युवतीहरूको कार्यालय पहिरन सुन्दर, आकर्षक तथा भलाद्मी देखिने खालको हुनुपर्छ। स्कर्ट, वनपिसभन्दा कुर्ती र लेगिन उत्तम हुन्छ। विभिन्न डिजाइनका कुर्ता-सुरुवालले सुन्दर देखिन मद्दत गर्छ।

सादा डिजाइनको जिन्स पेन्टमा टिसर्ट, सर्ट वा कुर्ति लगाउन सकिन्छ।

उमेर ढल्किएकाहरूले भने कुर्ता-सुरुवाल वा सारी-ब्लाउज लगाउन सक्छन्। कार्यालयमा उमेरअनुसारको पहिरन नै उपयुक्त हुन्छ।

कार्यालयमा काम गर्ने वातावरण शान्त हुनुपर्ने हुँदा पोसाकको रङ्ग पनि शान्त रोज्नुपर्छ।

यस्ता पहिरनमा अनुकूलता हेरेर क्लोज सुज, ओपन सुज वा थोरै हिल भएका स्यान्डल वा वेइज हिल लगाउन सकिन्छ।

साडी : सेक्सी र ग्ल्यामरस




साडी दक्षिण एशियाली देशहरूमा महिलाहरूको महत्वपूर्ण पहिरन हो। नेपालमा चौबन्दी चोलो र साडीलाई भद्र पोसाकका रूपमा लिइन्छ। पहिले-पहिले साडीले पूरै शरीर ढाकेकी महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो, तर पछिल्लो समयमा साडी लगाउने शैलीमा समेत परिवर्तन आएको छ। कुनै बेलाको टे्रडिसनल आउटफिट साडी यतिबेला अन्यन्त सेक्सी र ग्ल्यामरस पहिरनका भएको छ। आधुनिकता सँगै साडीको लुक र स्टाइल परिवर्तन हुँदै गएको छ।

बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूँ खुल्ला भएको ब्लाउज नलगाए साडीको गरिमा नै घट्न थालेको छ। नाभी र पिठ्यूँ देखिने ग्ल्यामरस सारी बिहेबारी, चाडपर्व, पार्टी तथा जमघटहरूमा अनिवार्य भएको छ।

हिन्दू नारीहरूले साउन महिनामा हरियो, तीज र दसैंमा रातो साडी लगाउँछन्। चाडपर्वका बेला महिलाहरूले लगाउने साडीको स्टाइलले पश्चिमा फेसनलाई समेत ओझेल पारेको छ। हिन्दू नारीहरूको सौदर्यको प्रतीकका रूपमा साडी र गरगहनालाई नै लिइन्छ। पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरूलाई सेक्सी एवं ग्ल्यामरस देखाउन थालेको छ।

रक गायिका झरना गुरुङ भन्छिन्- '८० को दशकमा बलिउडका नायिकाहरूले साडी लगाउने शैली परिवर्तन गरेसँगै नेपाली गाउँ-सहरमा त्यसको प्रभाव परेको छ। ' बलिउडका नायिकाहरू साडी लगाउनेका मामिला ट्रेण्ड सेटर नै मानिन्छन्। बलिउडमा ५० को दशकदेखि साडीको रंग रूप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ। ५० को दशकमा बैजयन्ती माला, माला सिन्हा आदि अभिनेत्रीहरू साधारण साडीमा सिल्भर स्क्रिनमा देखा पर्थे। ब्ल्याक एन्ड ह्वाइट चलचित्रको त्यो युगमा साडीको रंग छुट्याउन सकिँदैनथ्यो। यस्तोमा अभिनेत्रीहरूले लगाएको हाइनेक फुल स्लिभ ब्लाउज र साडीको डिजाइनलाई नै आममहिलाले अनुसरण गर्थे। चलचित्र रंगीन भएपछि अभिनेत्रीहरूको साडी थप आकर्षक देखियो।

आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्समा परिवर्तन आएको छ। आजभोलि बलिउड अभिनेत्रीहरू ऐश्वर्या राय, काजोल, रानी मुखर्जी हुँदै विद्या वालन, करिना कपुर, विपासा बसु, दिपिका पादुकोणले चलचित्रमा लगाए जस्तो स्टाइलमा नेपाली नारी पनि रङ्गएिका छन्। कतिपय म्युजिक भिडियोमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरूलाई पूर्ण रूपमा ग्ल्यामरस बनाएको छ। अहिले कतिपय बुटिकमा साडी लगाउने शैली सिक्न पाइन्छ। टे्रडिसनल साडी पनि विकिनी व्लाउजमा लगाए पछि बोल्ड र ग्लामरस बन्छ। जालीदार तथा हलुका साडीदेखि लिएर बनारसी साडी नेपाली महिलाहरूका रोजाइ हुन। त्यसबाहेक सिल्क, सिफन, नेट, लेहेंगा, जर्जेट आदि साडी पनि नेपाली नारीको छनौटमा पर्छन्।

नेपालमा साडी भारत र जापानबाट आयात हुन्छ। नेपाली बजारमा सामान्य साडीको मूल्य ५ सयदेखि ५० हजारसम्म पर्ने बागबजारस्थित वान्ट टु वेयरका सञ्चालक पुरु तण्डुकार बताउँछन्। सादा साडीमा 'मोती, सितारा, पोते, पत्थर आदि भर्छौं र नयाँ डिजाइनमा तयार पारेर बिक्री गर्छौं,' तन्डुकारले भने।

डिजाइनर कुराकानी


 


रोजिना श्रेष्ठले डेढ वर्षदेखि कुपन्डोलमा कायरा बुटिक सञ्चालन गरिरहेकी छिन्। ब्लु बर्ड आईएक्सआईमा फेसन डिजाइनको कोर्स पूरा गरेकी रोजिनाले सिटी सेन्टरमा पनि आफ्नो शाखा खोलेकी छिन्। यति बेला दसैंको परिहन तयार पार्न जुटेकी रोजिनासँग साप्ताहिकले गरेको कुराकानी ः

दसैंका लागि कस्तो पहिरन तयार गर्दै हुनुहुन्छ ?

नेपाली संस्कृति झल्कने पहिरन मेरो प्राथमिकतामा परेको छ। विभिन्न जातिको पहिरनलाई अलिकति फरक तरिकाले बनाउने प्रयासमा छु। दसैंका लागि विदेशी परिहनभन्दा पनि नेपालकै विभिन्न पहिरनमा जोड दिएकी छु।

बुटिकले तयार पारेका यस्ता पहिरन सामान्य नेपालीले प्रयोग गर्न सक्लान् र ?

सक्छन्, किन नसक्नु ? बुटिक भन्नेबित्तिकै महँगो भन्ने मानसिकता राख्नु हुँदैन। हामी पनि ग्राहकको क्षमताअनुसार पहिरन तयार गर्छौं। उनीहरूको सन्तुष्टि नै हाम्रो उपलब्धि हो।

तर बुटिकहरूले चाडपर्वमा अनावश्यक मूल्य असुल्छन् भन्ने गुनासो छ नि ?

यो पनि सत्य हो। कतिपयले त्यसो पनि गर्छन्। अर्को कुरा कामको चटारो हुन्छ, छोटो समयमै पहिरन तयार गर्नुपर्ने हुन्छ। कामदारको श्रम र आफ्नो खर्च पनि छुट्याउनुपर्छ।

ग्राहकहरु तपाई कै बुटिकमा किन आउने ?

म ग्राहकलाई भगवान समान मान्छु।  हरेक पहिरन तयार गर्दा फरक डिजाइन दिने प्रयास गर्छु। चाडपर्वमा त झन् सबैलाई फरक देखिने चाहना हुन्छ। त्यसका लागि म कुनै पनि कुरामा सम्झौता गर्दिनँ। सबैले प्रयोग गर्न सक्ने मूल्यमा पहिरन तयार पार्छु।

बुटिकहरूले त पैसावाल ग्राहकको अगाडि सामान्यलाई त वास्तै गर्दैनन् रे नि ?

हो, यो कुरा मैले पनि सुनेको छु। एउटा राम्रो डिजाइनरले सबै ग्राहकलाई समान सम्झनुपर्छ।

चाडपर्वका लागि तपाईंको बुटिकले दिने विशेष सुविधा ?

हामीले सकेसम्म सबै ग्राहकले राम्रो पहिरन लगाउन पाउन भनेर छुटको व्यवस्था गरेका छौं। सस्तोमा राम्रो पहिरन तयार गरिदिन्छौं। ग्राहकहरूलाई चाडपर्वमा विशेष देखाउने प्रयास गर्नेछौं।

करिश्मा मानन्धर -नायिका) बाट राजेश हमाल -नायक)




असल बाइट्स

-  साधारणतया उहाँ राम्रो-नराम्रो भन्दा पनि फरक किसिमको हुनुहुन्छ। उहाँको स्वरूप आमरूपमै फरक छ। त्यो नै राम्रो पक्ष हो। उहाँ भीडमा पनि छुट्टै किसिमको देखिनुहुन्छ।

-  २५ वर्षको अभिनय यात्रामा निर्माता, निर्देशक तथा अन्य कलाकारहरूलाई इन्टरफेयर नगर्ने उहाँको स्वभाव कदरयोग्य छ। जे भूमिका गर्नुपर्ने हो, त्यो गर्ने र त्यसबाहेक टिप्पणी गर्न नरुचाउने स्वभाव छ। यद्यपि अहिले सल्लाह दिन थाल्नुभएको छ रे।

-  चलचित्र उद्योगमा भएपछि गसिपदेखि विभिन्न नकारात्मक कुरा भैरहेका हुन्छन्, तर त्यसलाई मतलब नगर्ने उहाँको बानी छ। नराम्रो कुरा गरेर मजा लिने स्वभाव छैन्।

-  सानो बजेटमा काम हुने हाम्रो चलचित्र निर्माणमा उहाँ जहाँ जस्तो अवस्थामा पनि व्यावहारिक भैदिनुहुन्छ। आधारभूत कुरा आफ्नै घरबाट ल्याउने उहाँ युनिटसँगै बसेर खाना खान अप्ठ्यारो मान्नुहुन्न। म यस्तो पृष्ठभूमिको भनेर रवाफ देखाउनुहुन्न।

-  हरेक क्षेत्रलाई नियालेर, गहिरो रूपमा बुझेर ज्ञान लिनुहुन्छ। जस्तोसुकै विषयमा पनि उहाँलाई ज्ञान हुनु भनेको सम्भवतः उहाँले धेरै पुस्तक अध्ययन गर्नु हो अनि उहाँ इम्प्रेसिभ पनि हुनुहुन्छ। उहाँ ज्ञान र क्षमतालाई उपयोग गर्दै तर्कसंगत कुरा गरेर जो-कसैलाई प्रभावित गर्न सक्नुहुन्छ। उहाँ स्वास्थ्यप्रति पनि सचेत हुनुहुन्छ।

खराब बाइट्स

-  अहिले धेरैले मलाई राजेशजीले यस्तो चलचित्रमा चाहिँ काम नगरिदिए हुन्थ्यो भनेर भन्नुहुन्छ। यो कुरा उहाँले पनि सुन्नुभएको होला। जस्तो पनि काम गर्ने उहाँको स्वभावलाई सबैले सही मानेका छैनन्। यद्यपि उहाँ तर्कका साथ यसकारण काम गरेको भनेर जवाफ दिन सक्नुहुन्छ।

-  उहाँ व्यावहारिक हुनुहुन्न, सायद एक्लै बसेको प्रभाव हुनसक्छ। मलाई उहाँ आफैं भित्र हराइरहेजस्तो लाग्छ, रहस्यमय पनि हुनुहुन्छ।

-  पहिले-पहिले उहाँमा डे्रसअप सेन्स ठीकै मात्र थियो, राम्रो थिएन, तर अहिले केही सुधि्रएको छ।

-  सुटिङमा ढिलो पुग्ने उहाँको बानी नै थियो, यद्यपि अहिले समयमै आउनुहुन्छ रे।

-  मानिसहरूका अनुसार उहाँ चाँडै घुलमिल नहुने मानिस हो रे, तर मसँग चाहिँ कहिले सहजै घुलमिल हुने र कहिले बोल्दै नबोल्ने पनि भैरहेको हुन्छ।

चलचित्र 'मौन' र चलचित्र 'बर्बाद'




चलचित्र 'मौन'

निर्देशकः सुरज भुसाल

कलाकारः अर्पण थापा, नम्रता श्रेष्ठ,

संगीतकारः सुगम पोखरेल र स्वप्निल शर्मा

आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र 'मौन' लाई नेपालको पहिलो सांकेतिक भाषाको चलचित्रका रूपमा प्रचार गरिएको छ। चलचित्रका मुख्य कलाकार अर्पण थापा तथा नम्रता श्रेष्ठले बोल्न नसक्ने तथा कान सुन्न नसक्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन्। नायिका नम्रता श्रेष्ठले लामो समयपछि कमब्याक गर्न लागेको यो चलचित्रमा नम्रता र अर्पणको रोमान्स देखाइएको छ। नायक अर्पण थापाकै कथामा निर्माण गरिएको यो चलचित्रका दुई मुख्य पात्र जो बोल्न र सुन्न सक्दैनन्, उनीहरूबीचको आकर्षण तथा प्रेम नै यसको मुख्य कथा हो। यसअछि ब्याच नं. १६ तथा धन्दा जस्ता चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका सुरज भुषालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन्। चलचित्रको कथाअनुसार एउटा अस्वाभाविक दुर्घटनापछि बोल्न र सुन्न नसक्ने अवस्थामा पुगेको युवकको भूमिकामा नायक अर्पण थापा प्रस्तुत भएका छन् भने नम्रताले बोल्नै नसक्ने भूमिका निर्वाह गरेकी छिन्। यो चलचित्र करिब ५५ लाखको लागतमा निर्माण भएको हो। काठमाडौं, ललितपुर तथा भक्ततपुरमा छायांकन गरिएको यो चलचित्रको निर्माण नवीन गुरुङले गरेका हुन्। चलचित्रमा तीनवटा गीत छन्।



चलचित्र 'बर्बाद'

निर्देशक ः रिम विश्वकर्मा

कलाकार ः जिया केसी, जिके शर्मा, गणेश गिरी

संगीतकार ः दीपक शर्मा


सेन्सर बोर्डले अश्लीलताको कारण दर्साउँदै सेन्सर पास गर्न अस्वीकार गरेको चलचित्र 'बर्बाद' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। करिब ३ मिनेट लामो अश्लील दृश्य सम्पादन गरेपछि मात्र यो चलचित्रले प्रदर्शनको अनुमति पाएको हो। यसअघिका केही चलचित्रमा अत्यन्त अश्लील दृश्यमा अभिनय गरेकी नायिका जिया केसी 'बर्बाद' चलचित्रकी मुख्य आकर्षण हुन्। उनले यो चलचित्रमा पनि खुलेर उत्तेजक दृश्य दिएकी छिन्। सहरिया जीवनशैली र यहाँका विकृतिहरूलाई चलचित्रको मुख्य विषय बनाइएको छ। चलचित्रमा पैसाको मात्र पछि लाग्ने श्रीमान् तथा श्रीमान्को अनुपस्थितिमा घरमा एक्लै बस्ने श्रीमतीबीचको सम्बन्धलाई चित्रण गरिएको छ। श्रीमान्बाट हरेक प्रकारको मायाको आशा गर्ने श्रीमतीले त्यस्तो माया नपाएको अवस्थामा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने यथार्थतालाई चलचित्रले मुख्य विषय बनाएको छ। सेन्सर बोर्डबाट एडल्ट सर्टिफिकेट पाएको यो चलचित्रका कतिपय दृश्य अझै पनि अश्लील नै भएको बताइन्छ। एउटा व्यस्त श्रीमान्ले श्रीमतीको चाहनाभन्दा पैसालाई बढी प्राथमिकता दिँदा एउटा सुखी घर-परिवार कसरी बर्बाद हुन्छ भन्ने विषयलाई पनि चलचित्रले उठाएको छ।

Interview with Sabina Karki , RJ

रेडियो कान्तिपुरका नियमित श्रोताहरुका लागि सविना कार्की लोकप्रिय नाम हो। विगत १२ वर्षदेखि रेडियो कान्तिपुरमा रेडियो जक्की -आरजे) का रूपमा सक्रिय सविनाले यो अवधिमा सयौं कार्यक्रममार्फत श्रोताहरूलाई मनोरञ्जन प्रदान गरिसकेकी छिन्। यतिबेला पनि उनी साताको ९ पटक श्रोतामाझ पुगिरहेकी हुन्छिन्। आइतबार 'द टर्निङ प्वाइन्ट' र 'हिन्दी हंगामा', मंगलबार 'म्युजिक एन्ड मोर' र 'सँगालो', बुधवार 'मिड विक म्युजिक' र 'टेस्ट बज', बिहीबार 'फेमिना' र 'माया भन्ने चीज यस्तै हो' तथा शनिबार 'सेन्चुरी टप टेन' कार्यक्रममार्फत उनी प्रत्येक साता श्रोतामाझ प्रस्तुत भैरहेकी छिन्। सविनाले सञ्चालन गर्ने विभिन्न कार्यक्रममध्ये 'यो माया भन्ने चीज यस्तै हो' अत्यधिक लोकप्रिय छ। प्रत्येक बिहीबार राति ८ बजेपछि प्रसारण हुने यो कार्यक्रम सुन्न बस्ने श्रोताहरूको संख्या दिन-प्रतिदिन बढ्दो छ। उक्त कार्यक्रम सञ्चालन हुँदा सविनाको फ्यानपेजमा करिब १ हजार श्रोताले प्रेमपूर्ण सन्देश पठाइरहेका हुन्छन्। अघिल्लो साता मात्र उनको फ्यान पेजमा 'लाइक' गर्नेहरूको संख्या १ लाख नाघेको छ। रेडियोकर्मीका रूपमा फ्यान पेजमा यति धेरै लाइक पाउने उनी एक मात्र नेपाली रेडियोकर्मी हुन् भन्दा फरक पर्दैन। सुमधुर स्वरकी धनी सविना आमसञ्चार विषयमा स्नातकोत्तर गरेर प्लस टु तथा स्नातक तहमा आमसञ्चार विषय अध्यापनसमेत गरिरहेकी छिन्। विज्ञापन तथा वृत्तचित्रमा भ्वाइस ओभरसमेत गरिरहेकी सविना सार्वजनिक समारोहमा कुशल उद्घोषिकाका रूपमा समेत स्थापित छिन्। पछिल्लो समय गहना इन्फोमेसियलमा सिइओका रूपमा समेत कार्यरत सविनासँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न ः

तपाईंको लोकप्रियताको रहस्य के हो ?

इमान्दारिता र कडा परिश्रम नै मेरो सफलता र लोकप्रियताको रहस्य हो। म आफ्ना हरेक कार्यक्रममा मौलिकता दिने प्रयास गर्छु। सम्भवतः श्रोतालाई मेरो त्यही मौलिकता मनपर्छ।

फेसबुक फ्यान पेजमा पाएको लोकप्रियतालाई कसरी लिनुभएको छ ?

रेडियो कान्तिपुरका लाखौं श्रोताको मायाकै कारण मैले फेसबुकको फ्यान पेजमा १ लाखभन्दा बढी श्रोताको प्रत्यक्ष माया पाएकी छु। 'माया भन्ने चीज यस्तै हो' कार्यक्रमको सफलतासँग फ्यान पेजको प्रत्यक्ष सम्बन्ध छ भन्दा फरक पर्दैन।

आगामी दिनमा के-कस्ता नयाँ कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

हप्ताको नौवटा कार्यक्रमलाई स्तरीयता प्रदान गर्न दिनरात मेहनत गरिरहेकी छु। भविष्यमा पनि श्रोताहरूको समेत सहभागिता रहने कार्यक्रमका बारेमा योजना बनाउँदैछु।

शिल्पा अब नायिका

अन्ततः विराटनगरकी मोडल शिल्पा पोखरेल चलचित्रमा नायिका बन्ने पक्का भएको छ। करिब डेढ सय म्युजिक भिडियोकी यी मोडललाई छवि ओझाले चलचित्रमा ब्रेक दिन लागेका हुन्। छविराज फिल्म्सको तेस्रो चलचित्र 'लज्जा' मा शिल्पाले मुख्य नायिकाको भूमिका निर्वाह गर्ने छिन्। उक्त चलचित्रमा शिल्पाले आर्यन सिग्देलसँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाउनेछिन्। नवल नेपालले निर्देशन गर्ने यो चलचित्र आफ्नो अभिनय यात्राको टर्निङ प्वाइन्ट हुने शिल्पाले बताएकी छिन्। यही चलचित्रमा अभिनय गर्न विगत दुई महिनादेखि कुनै पनि म्युजिक भिडियोमा काम नगरी अभिनय तथा नृत्यको प्रशिक्षणमा व्यस्त शिल्पा नायिका बन्न विशेष तयारी गरिरहेको स्पष्ट पार्छिन्।

Aashishma लाई नेवार


नायिका एवं मोडल आशिष्मा नकर्मीले खुलेर नै नेवार केटो चाहिएको इच्छा जाहेर गरेकी छिन्। योग्य युवक पाए उनी विवाह गर्नसमेत तयार छिन्। एक अनलाइनसँगको कुराकानीमा साप्ताहिक जोय फस्टरनर्सअप आशिष्माले भनेकी छिन्- 'स्मार्ट, हेन्डसम, अनुशासित र समस्या बुझिदिने, अपनाएको पेसालाई इज्जत गर्ने चाहिन्छ।' हाल चलचित्र बुद्ध वाज बर्न इन नेपालमा व्यस्त आशिष्माले आठवटा नेवारी चलचित्रमा काम गरेकी छिन्। चुलबुले स्वभावकी आशिष्माले आफ्नो विगत पनि लुकाएकी छैनन्। मिस अन्डरस्ट्यान्डिङकै कारण अफेयर टुक्रिएको बताउँदै उनले एक युवकलाई मन पराए पनि उसले वास्ता नगरेकाले आफूले पनि प्रेम जाहेर नगरेको बताएकी छिन्। आफ्नै पछि लाग्नेहरू पनि थुप्रै भएको बताउँछिन् तर कुराकानीका क्रममा यौन अनुभवका बारेमा सोधिएको प्रश्नमा भने उनले यस्ता कुरा सार्वजनिक गर्न नमिल्ने बताएकी छिन्।

बेड सिन सजिलो




नेपाली चलचित्रमा अहिले बेड सिन आम भैसकेको छ। बेड सिन र अश्लील दृश्य नेपाली चलचित्रका आधार बन्न थालेको छ भन्दा फरक पर्दैन। भर्खरै चलचित्रमा आएका नायिकाहरू खुलेर यस्ता दृश्य दिन तयार हुन्छन्। पुराना नायिकाहरू यो प्रसंगमा केही सचेत भए पनि नायिका अरुणिमा लम्सालले भने एउटा विपरीति किसिमको प्रतिक्रिया दिएकी छिन्। विवाह गरेर एक सन्तानकी आमा भैसकेकी अरुणिमाले पुनः चलचित्रमा कमब्याक गरेकी छिन्। उनका दुई चलचित्र 'उर्वशी' तथा 'पीपल' प्रदर्शनको क्रममा छन्। विवाहपछि नायिकाहरू बेड सिन दिन अग्रसर भैरहेको प्रसंगमा अरुणिमाले 'विवाहपछि बेड सिनमा अभिनय गर्न अझ सहज हुने' धारणा व्यक्त गरेकी छिन्। प्रदर्शनको तयारीमा रहेका उनका चलचित्रमा उनले के कस्तो सिन दिएकी छिन्, त्यो त खुलाएकी छैनन् तर भविष्यमा बेड सिन भएका चलचित्रबाट प्रस्ताव राखियो भने उनले 'नाइँ' नभन्ने स्पष्ट संकेत भने दिएकी छिन्।

Saptahik Blow up today- Soniya Sharam

http://www.ekantipur.com/uploads/saptahik/blow_up_image/blow_up_image_gallary/2013/blow_up_image_193/blowup-vertical_20130927.jpg

Saptahik Blow up today- Soniya Sharam

Thursday, September 26, 2013

Rekha Bhusal Blow up - Saaptahik

पैसाले व्यक्तित्व बनाउँछ कि व्यक्तित्वले पैसा कमाइन्छ ?


अब हाम्रो पालो



पैसाबिना हामी बाँच्न पनि सक्दैनौं, तर जीवनमा व्यक्तित्व धेरै आवश्यक छ।

    - गोकुलप्रसाद पौडेल

पैसा धेर-थोर सबैले कमाउन सक्छन्, तर व्यक्तित्व सबैसँग हुँदैन। लुटेर कमाएको पैसाले व्यक्तित्व बनाउँदैन। मेहनत गरेपछि व्यक्तित्व र पैसा दुवै कमाइन्छ।

    - भीम बिडी

पहिलेको जमानामा व्यक्तित्वले पैसा कमाइन्थ्यो तर यो कलियुगमा पैसाले व्यक्तित्व बनाउँछ र बिगार्छ पनि।

    - बिन्दु थापा

च्यवनप्रास र हर्लिक्सले पो व्यक्तित्व बनाउँछ, कहाँ पैसाले बनाउनु ? पैसाले त जीवनलाई आलुजस्तै बनाउँछ।

    - दीप मगर

व्यक्तित्वले पैसा कमाइन्छ।

    - शान्ता भण्डारी श्रेष्ठ,

    - विकास अधिकारी

पैसाले व्यक्तित्व बनाउँछ र व्यक्तित्वले इज्जत बढाउँछ।

    - सन्तोष बलाम्पाकी मगर

व्यक्तित्वले पैसा कमाइने हो। पैसा छ भन्दैमा मूर्खहरूको व्यक्तित्व कहिल्यै बन्दैन। बरु भएको पैसा पनि गलत काममा प्रयोग गर्छन्।

    - प्रकाश कट्टेल

दुईवटा पी अर्थात् पावर र पैसाचाहिँ सुन्या हो। यो दुइटा भएपछि त पुगिहाल्यो नि। तेस्रो पी पर्सनालिटी त तपसिलको कुरा हो नि।

    - पदमजंग आङबुहाङ

अचेल त पैसा भए सबै थोक पाइन थालेको छ। पैसा भए जे पनि गर्न सकिन्छ।

    - पेम्बा शेर्पा

परिस्थितिमा भर पर्छ। कुनै बेला पैसाले व्यक्तित्व बनाउँछ भने कुनै बेला व्यक्तित्वले पैसा कमाइन्छ।

    - शंकर चौधरी, तिलक बास्तोला

पैसा जीवन चलाउने साधन मात्र हो। यसलाई ठूलो नमानेकै राम्रो।

    - एक्लो मुटु

हुन त व्यक्तित्वले पैसा कमाउनुपर्ने हो तर अचेल पैसाले व्यक्तित्व बनाउँछ।

    - अनुपराज खनाल

वास्तवमा व्यक्तित्वले पैसा कमाइन्छ, तर अहिले पैसाले व्यक्तित्व किन्न सकिने जमाना आयो। सबैका लागि पैसा नै ठूलो भयो।

    - पर्वत बस्याल

दुवै एक-अर्काका परिपूरक हुन्। किनभने पैसा छैन भने व्यक्तित्व बन्दैन। व्यक्तित्व बनाउन पैसाको आवश्यकता पर्छ।

    - टीकाराम गौतम

पैसाले व्यक्तित्व बनाउँछ भन्ने कुरा विनोद चौधरी र हरिवंश आचार्यको पुस्तक पढेपछि थाहा भयो।

    - अशोकविक्रम केसी

पैसा भएपछि मानिसको आर्थिक, सामाजिक अनि राजनैतिक हैसियत आफैं बन्छ।

    - दिपेश तामाङ योञ्जन

पैसाले पैसा तान्छ भन्ने कुरा बिर्सनुभयो कि क्या हो ? व्यक्तित्वले पैसा कमाउने भए त  नेपालका सबैभन्दा धनी मिस नेपाल र मिस्टर नेपालहरू हुने थिए ।

    - सुमित, पन्जाब, भारत

कुखुरा पहिले कि अण्डा भनेजस्तो पो लाग्यो। खोइ के खोइ के ? भन्नै सकिएन।

    - फन्नी केटो, विश्वराज

व्यक्तित्व ठूलो हो तर व्यक्तित्वले नै पैसा कमाउँछ भन्नचाहिँ सकिँदैन।

    - उद्धवराज भट्टराई

पैसाले व्यक्तित्व कमाउन सकिएला तर व्यक्तित्वले पैसा कमाइँदैन। मान-सम्मान भने कमाइन्छ।

    - उज्ज्वल लामिछाने

व्यक्तित्वले पैसा कमाइन्छ। पैसाले व्यक्तित्व कमाइँदैन।

    - आलम

एउटै सिक्काका दुई पाटा हुन्। पैसाले मात्र व्यक्तित्व बन्दैन। त्यो त उही सुन भन्दा कम छैन, हराएमा डर छैन भनेर कमसल धातुमा सुनको जलप लगाउनुजस्तै हो। फेरि व्यक्तित्व विकासका लागि पैसा पनि अपरिहार्य छ।

    - संघर्ष क्षेत्री, बानेश्वर

इमानदारिता, कर्तव्यनिष्ठता भन्ने कुरा पैसाले बनाउँदैन। पैसाले जंगलको बँदेललाई काठमाडौंवासी मात्र बनाउँछ।

    - गणेश गुरुङ

व्यक्तित्वले मात्र पैसा कमाइँदैन। मैले देखेअनुसार पहिले मानिसको व्यक्तित्व बनिरहेको छ। उदाहरणका लागि विनोद चौधरीलाई हेरौं न। उहाँको लगानीले व्यापार बढायो, जसले गर्दा व्यक्तित्व पनि बढायो। यदि उहाँसँग व्यक्तित्व मात्र भएको भए पैसा कमाउन सक्नुहुन्नथ्यो।

    - मोना कार्की

खासमा व्यक्तित्वले पैसा कमाइन्छ। किनभने पैसाले व्यक्तित्व बनाउला तर त्यो सीमित समयका लागि मात्र हुन्छ। आज छ भोलि नहुन सक्छ, तर यदि उच्च व्यक्तित्व छ भने त्यो इज्जत कहिल्लै खेर जाँदैन।

    - निसान बानियाँ

व्यक्तित्वले पैसा कमाउन सकिन्छ तर पैसाले व्यक्तित्व कमाउन सकिँदैन।

    - गोपाल चन्द परिवर्तन

आफूमा भएको जाँगर, खुबी एवं सीपले पैसा कमाइन्छ। पैसाले कतिलाई सपार्छ कतिलाइ बिगार्छ पनि।

    - न्यारो वे

पैसाले व्यक्तित्व कमाउन धेरै गार्‍हो छ, तर व्यक्तित्व भएपछि पैसा कमाइन्छ।

    - सुगम जिसी

स्पोर्ट्स अफ बिट




 
 
 
महिला बास्केटबल खेलाडी ज्ञानु गौचन बसुन्धरामा आयोजित एक प्रतियोगितामा सहभागी भएपछि जुस पिउँदै।

गफ नदेउ न यार !!

चलचित्रमा अभिनय गर्नै पर्छ र ?



चलचित्रमा अभिनय गर्नै पर्छ र ?

     - ऋचा सिंह ठकुरी, नायिका

नायिका भएर मःम पसल खोल्ने त ?



पाइएन मनले खाएकी !

     - राजेशपायल राई, गायक

अझै ढिला गर्नुभयो भने झन् के गति होला ?



"फेरि नाई नभन्नु ल" मेरो नयाँ चलचित्रको शीर्षक हो ।

     - विकास आचार्य, निर्देशक

नयाँ शीर्षक फेला नपरेर कि यो पनि हिट हुन्छ भनेर ?



चर्चा पाउन केही चलचित्रकर्मीहरू सर्वोच्च अदालत जानुभएको हो ।

     - धर्मेन्द्र मरबैता, अध्यक्ष, चलचित्र विकास बोर्ड

बल्ल थाहा भो, चर्चा पाउन अदालत जानुपर्ने रहेछ भन्ने कुरा !



चुनाव बिथोल्न खोजे कडा कारबाही गरिनेछ ।

     - माधवप्रसाद घिमिरे, गृहमन्त्री

मतपेटिकामा बन्चरो हान्नेलाई के कारबाही गर्नुभयो त ?



प्रेममा फस्नेवाला छैन ।

     - नीता ढुंगना, नायिका

केमा फस्ने त ?



दलहरू असफल भए भन्ने कुरा गलत हो ।

     - भीम रावल, नेता

सही कुरा चाहिँ के हो त ?



संविधानसभा निर्वाचनबाट एमाले एक नम्बर पार्टी बन्छ ।

     - माधवकुमार नेपाल, नेता

बोल्नलाई पैसा लाग्दैन क्यारे !



चलचित्र हिट भएपछि मात्र विवाह गर्छु ।

     - सुमन सिंह, नायक

तपाईं पनि राजेश हमालकै बाटोमा हो ?

 

Interview wid Parbati Rai - नृत्य नै मेरो ब्वाइफ्रेन्ड हो




'वास्तवमा मलाई फरक अन्तर्वार्ता दिन मन थियो,' पार्वती राईको सुरिलो आवाज गुञ्जियो, 'आज त्यो रहर पूरा हुने भयो।' नयाँ बानेश्वरस्थित एउटा क्याफेको कुनामा उनी आफ्नो संघर्ष, सफलता र जीवनको भित्री पाटो खोतल्न आतुर थिइन्। 'आज घडी लगाउन छुटाएछु।' आफ्नै हाततिर नजर लगाउँदै पार्वतीले मुख खोलिन्, 'प्रायः म ठूलो साइजको घडी लगाउन मन पराउँछु।' विशेष गरी दोहोरी र तीज गीतको म्युजिक भिडियोकी 'हट् केक' राई गगल्सकी सौखिन हुन्। कतै निस्कँदा उनका आँखाहरू गाजलले सजिएका हुन्छन्, ओठहरू लिपिस्टकले पोतिएका हुन्छन्। कोठामा ८/१० वटा गगल्स छन्। बजारमा नयाँ आइटमको गहना आयो कि उनलाई किन्न मन लागिहाल्छ। सुनभन्दा चाँदीका गहनाप्रति उनको मन बढी लोभिन्छ। उनी घर बाहिर निस्कँदा इयर रिङ लगाउन छुटाउँदिनन्। सबैभन्दा बढी मनपरेको गहना भएर होला घरमा इयर रिङकै संख्या बढी छ, तर कति छ, उनलाई ठ्याक्कै सम्झना छैन। थरीथरीका औंठी त्यस्तै १५/२० वटा भएको अनुमान गर्छिन्। त्यसबाहेक आफ्नै कमाइले किनेको सुनको सिक्री, एकजोर चाँदीको बाला र नेकलेस छ।

'कमाएको पैसा सपिङ र मेकअपमै त जान्छ।' कफीको चुस्कीमा पार्वतीका गुलाबी ओठहरू चलमलाए, 'तर म बचत पनि गर्छु।' एकपटक सपिङ गर्न जाँदा २०/३० हजार रुपैयाँ खर्च हुने उनले बताइन्। टि-सर्ट, पाइन्ट र वानपिस लगाउन सबैभन्दा सजिलो लाग्छ। लेहंगा र झुमरमा उनको मन बसेको छ। दौडधूपको दैनिकी हुनाले सारी-कुर्ता लगाउन उनलाई अप्ठ्यारो लाग्छ। सुरु-सुरुमा थाइकट मन परे पनि यतिबेला भने रहर फेरिएको छ। उनी अहिले लामो केश पाल्न रुचाउँछिन्। रातो मेहन्दीले हाइलाइट गरिएको उनको लामो केश कुमको अगाडि पट्टी छाडेको खुब सुहाएको देखिन्थ्यो।

पार्वतीलाई तीन वर्षअघि म्युजिक भिडियोमा नाच्ने अवसर जुर्‍यो। राजु गुरुङ र मुना थापा मगरले स्वर भरेको हेर्छौं ओठ टोकी गीतमा उनको पहिलो प्रस्तुतिले आमदर्शकको मन जित्यो, त्यसैबाट उनको पहिचान बन्यो। यतिबेला हरेक दर्शकको मुखमा झुन्डिने प्रायःजसो लोकदोहोरी तथा तीज गीतका म्युजिक भिडियोमा पार्वतीलाई नै देख्न पाइन्छ। पार्वतीको विचारमा एउटा राम्रो म्युजिक भिडियो बन्नुमा मुख्यतया निर्देशकको हात हुन्छ र त्यसपछि कलाकारको अभिनय आउँछ। हात, मुद्रा र हरेक स्टेपमा स्पष्टता भएकै कारण आफू अरूभन्दा भिन्न देखिएको उनी बताउँछिन्।

पार्वतीलाई कहिलेकाहीँ छिटो दौडिएँ कि जस्तो पनि लाग्छ। उनले दिनमा कम्तीमा एउटा बढीमा तीनवटा म्युजिक भिडियोमा काम गर्न भ्याएकि छिन्। दुई वर्षअघि १ लाख ६० हजार रुपैयाँ खर्चेर किनेको स्कुटरले उनको जीवन सहज बनाएको छ। एकाबिहानै जोरपाटीस्थित निवासमा उनलाई लिन सुटिङको गाडी आइपुग्छ। सुटिङ स्पटमा चना, चिउरा र अण्डाबाट सुरु हुने दैनिकीले अबेर साँझ मात्र विश्राम पाउँछ। कुनै दिन त राति अबेरसम्म सुटिङमै व्यस्त भइन्छ। राई समय र मागअनुसार चल्न सिपालु छिन्। त्यही व्यस्तताले ब्युँझिने र सुत्ने दैनिकी एकै प्रकारको छैन। कामअनुसार फेरबदल भैरहन्छ। उनलाई जतिबेला पनि काममा व्यस्त भैरहन मन लाग्छ। 'काम भएन भने त बहुलाउँछु होला,' जोसिँदै राईले सुनाइन्, 'घरमा एकछिन पनि बस्न सक्दिनँ।' पार्वती फुर्सदमा घर सफा गरेर वा फेसबुक चलाएर बस्छिन्। उनलाई बढीजसो त काममै डुबिरहन मन लाग्छ। प्रतिस्पर्धाको जमाना छ। भीड ठूलो छ। यद्यपि यसो भन्दैमा उनी कत्ति पनि डराएकी छैनन्। कडा परिश्रम गर्दै सधैं पहिलो हुन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ।

'आफूलाई दोहोरी म्युजिक भिडियोकी हट् केकजस्तो लाग्छ।' मुसुक्क मुस्कुराउँदै पार्वतीले सुनाइन्, 'सबैले खान खोज्छन् नि।' नृत्यले नै उनलाई कोरिया, हङकङ, कतार अनि मलेसिया पुर्‍यायो। स्वदेश र विदेशमा पार्वतीले कैयौं त्यस्ता दर्शक भेटिन् जसले उनले अभिनय गरेका म्युजिक भिडियो मोबाइलमा डाउनलोड गरेर राखेका थिए। 'तपाईंको नाच हेरेपछि हामीलाई पनि नाचौं-नाचौं लाग्छ, ऊर्जा मिल्छ, अरू हेर्नै मन लाग्दैन।' भन्दै दर्शकहरूले प्रेम दर्शाएपछि उनमा बिछट्टै आनन्दको अनुभूति हुन्छ। उनको सफलताप्रति परिवार तथा उनको समुदायले पनि गौरव गरेको छ। उनका बुबा भक्तबहादुर, 'मेरो छोरी जस्तो राम्री कोही छैन।' भन्दै फुक्र्याइदिनुहुन्छ। फुर्कन्छिन् पनि उनी तर काममा भने पटक्कै सम्झौता गर्दिनन्।  दुनियाँले उनको तृत्यको प्रशंसा गर्छ। उनी आफैंलाई भने भयंकर राम्री मान्दिनन्। ठिक्ककै छु जस्तो लाग्छ तर 'नृत्य' भने भगवान्ले आफूलाई दिएको उपहार हो भन्ने कुरामा उनलाई कुनै शंका छैन। आफ्नो नृत्यमा अझ त्यस्तो चुम्बकीय शक्ति मिसाउन मन छ, जसलाई हेरेर सारा दुनियाँ भुलोस्। उनी एक्लै हुँदा गीत बजाएर कोठाको ऐना हेर्दै नाचिरहन्छिन्। नाच्दा-नाच्दै आफैंमा हराउँछिन्। खुट्टा दुखे पनि त्यसको कुनै अनुभूति नहुँदो रहेछ। यसरी एक्लै नाच्दा बेग्लै प्रकारको आनन्द मिल्छ। नयाँ पोज र स्टेप पनि सिकिने रहेछ। पार्वतीलाई चौबीसै घन्टा नाच्दा पनि थाक्दिन जस्तो लाग्छ। आफ्नो रगत-रगत र नशा-नशामा नृत्य नै बगेझैं लाग्छ। साँच्चिकै शिवको 'पार्वती नै हुँ कि' भन्ने पार्वती नृत्यका लागि जुनसुकै चिज पनि त्याग्न तयार छिन्। जुन दिन नाच्न छाडिन्छ, त्यो दिन संसार नै छाड्छु कि जस्तो लाग्छ। कहिलेकाहीं पूर्वजन्ममा इन्द्रको दरबारमा नाच्ने अप्सरा नै थिएँ कि झैं पनि लाग्छ।

उदयपुरको लेखानीमा जन्मिएकी, काठमाडौंको जोरपाटीमा हुर्किएकी पार्वती स्कुल, कलेजमा 'हिरोइन' भन्दा कम थिइनन्। नृत्य प्रतियोगिता हुँदा उनले हरेक पटक बेस्ट डान्सरको उपाधि हात पारिन्। टेलिभिजनमा हिरो-हिरोइन नाचेको हेर्दै त्यस्तै गर्न खोज्थिन्। सारंगा श्रेष्ठको नृत्य, करिश्मा मानन्धरको अभिनय एवं रेखा थापाको निडरपन उनलाई खुब मनपर्छ। मामाघर र आफन्तहरूको घर पुग्दा खुब नाच्थिन्। सबैले उनको कानमा पैसा सिउरिदिन्थे। त्यसपछि त उनी अझ उत्साहित हुँदै नाच्न थाल्थिन्। अतिरिक्त क्रियाकलापमा सक्रिय पार्वती अरुणिमा उमाविको गल्र्स हाउसकी क्याप्टेन थिइन्। कराँतेको ब्ल्याक बेल्ट हात पारेकी राई सुरु-सुरुमा त केटा जस्तै थिइन्। टोलका कतिपय केटालाई कुटेको अनुभव पनि सुनाइन् उनले। केटाहरूसँग स्वभाव मिलेकाले परिवारमा उनलाई जेठा छोरा पनि भनिन्थ्यो। जे गरे पनि इज्जतिलो काम रोज्नुपर्छ र पहिलो नै हुनुुपर्छ भन्दै बुबाले हौस्याएपछि उनमा जोस थपिन्थ्यो। त्यो बेला चर्चित हिरोइन बन्छु जस्तो लाग्थ्यो। बिस्तारै-बिस्तारै थालेको अभ्यासले यतिबेला पूर्णता पाउने क्रममा छ। राईले कौडा, मारुनी, घाटु, सालैजो, टप्पा, साकेला, धिमालजस्ता सांस्कृतिक नृत्यहरूसँगै साल्सा, बिबोइङजस्ता आधुनिक नृत्य पनि सिकिसकेकी छिन्। आफ्नो पेसालाई समाजले हेर्ने दृष्टिकोण फेर्नुपर्ने धारणा छ उनको। अरू पेसा जस्तै यसलाई पनि सम्मान र इज्जत गरिदिए हुन्थ्यो भन्ने लाग्छ।

पार्वतीले तीजमा व्रत बस्न थालेको धेरै भैसक्यो। एकपटक पानी पनि नखाई व्रत बस्दा उनी ज्वरोले थलिइन्। अचेल उनी पानी र फलफूल खाएर व्रत बस्ने गरेकी छिन्। पार्वती व्रत बस्दा पढे लेखेको, राम्रो, माया गर्ने, केयर गर्ने वर पाउँ भन्ने कामना गर्छिन्। उनलाई बानी, बेहोरा, आचरण राम्रो भएका पुरुष मनपर्छन्। हरेक मंगलबार गणेश मन्दिर जाने, पूजा गर्ने बानी छ उनको। पार्वती बिहीबार माछा, मासु खादिनन्। धर्मकर्म, पूजापाठप्रति अगाध आस्था छ। उनले यो प्रेरणा आमा मिथिलाबाट पाएकी हुन्। यसै वर्ष लोकदोहोरी प्रतिष्ठानबाट दोहोरी बेस्ट नायिकाबाट सम्मानित भएकी पार्वती सधैं खुसी रहन चाहन्छिन्। दुःखलाई जहाँ छ त्यही छोडिदिन्छिन्। जिस्किने, नलजाउने र फरासिलो स्वभाव छ उनको। मुडअनुसार गीत सुन्न मन लागे पनि शान्त वातावरणमा भने बाँसुरीको धुनमा मन रमाउँछ। साथीभाइ जम्मा भएका बेला उनीहरूलाई गाउन लगाएर आफूलाई नाचिहाल्न हतार हुन्छ। नेपाल टेलिभिजनले आयोजना गरेको छमछमी कार्यक्रममा उत्कृष्ट पाँचभित्र पर्न सफल भए पनि पहिलो नहुँदा उनलाई एकदम नरमाइलो लागेको थियो। 'म त्यो बेला खुब रोएँ।' पार्वती केही भावुक देखिइन्, 'त्यसले मलाई डिप्रेस पनि बनायो।'

पार्वतीलाई कुकिङमा खुब रुचि छ। रेसिपी हेरेर घरमा कतिपय परिकार आफैं बनाउँछिन्। आलुका परिकार, माछा, मासु, पुलाउ, खिर, सेलरोटी, चाउमिन, साँधेको सुकुटीजस्ता परिकार मीठो बनाउने पार्वतीको एकताका नारायणटारमा होटल पनि थियो। आमालाई सघाउने क्रममा उनले सबै परिकार बनाउन सिकिन्। घरमा सबैले तिमीले बनाएको मीठो हुन्छ भन्दै फुक्र्याउँछन्। घरमा पाहुनाहरू पुग्दा उनी नै विभिन्न परिकार बनाउन तम्सिन्छिन्। साथीभाइहरूसमेत उनको हातको मीठो खाजा खान उनको घरमा पुग्छन्। पार्वती आफैंलाई भने दूध, फलफूल, दही, मोही, घिउका साथै अनार र स्याउको जुस मनपर्छ। रेस्टुराँ छिर्दा मेनुमा मःम नै उनको रोजाइमा पर्छ। पहिले-पहिले त तोङवा र झ्वाँइखट्टे खाने बानी थियो।

पार्वतीलाई प्रेम प्रस्तावभन्दा विवाहका प्रस्ताव बढी आउँछन्। अहिलेसम्म कसैसँग प्रेम नगरेको र डेटिङ नगएको बताउने राई सकभर ढिलो विवाह गर्ने सोचमा छिन्। अहिले त काममै समर्पित हुने चाहना छ। कतै अल्झेर, बाँधिएर कामको गती रोक्न चाहन्नन् उनी। पार्वतीले आफ्नो कामलाई नै ब्वाइफ्रेन्ड मान्छिन्। कहिलेकाहीँ विवाहित जोडीहरूले झगडा गरेको देख्दा, मनमुटाव भएको देख्दा विवाह नै नगरौं कि जस्तो पनि लाग्छ। बुबासँग भने ठूलो पार्टी प्यालेसमा विवाह गराइदिनु भनेर ठट्टा गर्छिन्। भोजमा मात्र ५-७ लाख रुपैयाँ सिध्याइदिन्छु भन्न पनि पछि पर्दिनन्। जोरपाटीका व्यापारीकी छोरी पार्वतीलाई धेरैले लाहुरेकी छोरी मान्छन्, होइन भनेर अरूलाई आश्वस्त तुल्याउन खोज्छिन् उनी। आफ्नो नाक, मुस्कान, दाँत तथा चिउडो उनलाई मनपर्ने अंग हुन्। उनी जति रिस उठे पनि हरपल मुस्कुराइरहन्छिन्। सुटिङ स्पटमा कहिलेकाहीं ढिलो पुग्दा जब उनी मुसुक्क मुस्कुराउँछिन्, निर्देशकहरूको रिस त्यतिकै सेलाउँछ। त्यतिबेला उनलाई लाग्छ- मुस्कानले पत्थरलाई पनि पगाल्न सक्छ।

पार्वतीको अनुभबले भन्छ, जीवनमा रिस्क लिने हो भने सफलता मिल्छ। 'नत्र त नयाँ कुरा गर्नै सकिँदैन।' नङमा रातो नेल पोलिस पोतिएका औंलाहरूले कफिको कप उठाउँदै राइले भनिन्, 'मान्छेको जीवन त्यत्ति सजिलै कहाँ पाइएको हो र ?' बेलाबेला आफ्नै जीवन उनलाई सपना जस्तो लाग्छ। एउटा कुरा सोच्दा अर्कै भैदिन्छ। एकातिर जान खोज्दा अर्कैतिर पुगिन्छ। जहाँ पुगे पनि हार नखाने बानी छ उनको। 'संघर्ष जारी राखे अवश्यै जित हुन्छ।' यसोभन्दा उनको मुहार उज्यालो देखियो। त्यति बेलासम्म कफीको चौथो कप रित्तिइसकेको थियो।

तपाईंको स्वभाव कस्तो छ ?

मिलनसार, हँसिलो, फरासिलो।

ब्वाइफ्रेन्ड छ ?

मेरो काम नै मेरो ब्वाइफ्रेन्ड हो।

कसैसँग चक्कर चलेको छैन ?

आफ्नो कामबाहेक कसैसँग छैन।

विवाह कहिले गर्ने ?

विवाहितहरूले झगडा गरेको देख्दा नगरौं कि जस्तो लाग्छ।

आफ्नो कुन अंग मनपर्छ ?

चिउँडो।

पुरुषको कुन अंग मनपर्छ ?

अंगभन्दा पनि व्यक्तित्व मनपर्छ।

व्रत बस्नुहुन्छ ?

बस्छु।

केका लागि ?

माया गर्ने, राम्रो बर पाऊँ भनेर।

पहिलो पारिश्रमिक

२० हजार -सोल्टी क्यासिनोले आयोजना गरेको नृत्यमा दोस्रो भएबापत)।

निरन्तर चौबीसै घण्टा के गर्न सक्नुहुन्छ ?

नाच्न।

नाच्न छोडेको दिन ?

यो संसार त्याग्छु होला।

झोलामा कुन सामान छुट्दैन ?

पर्स, मोबाइल र चार्जर।

पर्समा कति पैसा बोक्नुहुन्छ ?

२-३ हजार।

ज्योतिषलाई हात हेराउनुहुन्छ ?

कहिलेकाहीँ।

केमा रुचि छ ?

खाना पकाउन।

सपना देख्नुहुन्छ ?

देख्छु, हिरोसँग फिल्म खेलेको, नाचेको, कुनै बेला भूतले लखेटेको।

मनपर्ने ग्याजेट

सामसुङ ग्यालेक्सी एसफोर।

मनपर्ने कलाकार

सारंगा, करिश्मा तथा रेखा।

लक्ष्य

नृत्यसम्बन्धी स्कुल खोल्ने।

Shakira Lovers




चर्चित पप गायिका साकिराले आफ्नो जन्मथलो कोलम्बियाका सडक बालबालिकाहरूका लागि नयाँ योजना सार्वजनिक गरेकी छिन्। साकिराले एउटा फाउन्डेसनमार्फत आफ्नो देशका विभिन्न ग्रामीण क्षेत्रमा ६ वटा विद्यालय निर्माण गर्ने छिन् जसमा अभिभावकविहीन बालबालिकाहरूले अध्ययन गर्न सक्नेछन्। साकिराले आफ्नो बाल्यकाल दुःखका साथ बिताएको स्मरण गर्दै पैसाको अभावलाई नजिकबाट नियालेकाले अहिले आफू सक्षम भएपछि आफ्नो देशमा समाजसेवालाई निरन्तरता दिएको बताएकी छिन्।

चलचित्र 'बाउन्सर'




बाउन्सर

निर्देशकः मदन घिमिरे

कलाकारः सुष्मा कार्की, प्रशान्त गिरी तथा प्रज्जयुल गिरी

संगीतकारः चेतन सापकोटा, अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू

एक्सन प्रधान को सार्वजनिक प्रदर्शन पनि आज शुक्रबारदेखि नै प्रारम्भ हुँदैछ। लामो समयपछि मदन घिमिरे यो चलचित्रमार्फत दर्शकमाझ आउन लागेका हुन्। सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको यो चलचित्र डान्स बारमा काम गर्ने युवतीहरूले भोग्नुपरेको पीडामा केन्दि्रत छ। चलचित्रमा नायिका सुष्मा कार्कीले बार डान्सरको भूमिका निर्वाह गरेकी छिन्। डान्स बारको सुरक्षा व्यवस्था हेर्ने व्यक्तिलाई बाउन्सर भनिन्छ, चलचित्रको कथा तिनै बाउन्सरले बार डान्सरहरूलाई दिने सुरक्षामा केन्दि्रत छ। कृष्ण श्रेष्ठ यो चलचित्रका छायांकार हुन् भने मौनता श्रेष्ठ चलचित्रका कथा, पटकथा तथा संवाद लेखक हुन्। चलचित्रको नृत्य निर्देशन कविराज गहतराजले गरेका छन्।

करिश्मा मानन्धर, नायिका


KArishma Manandhar - Nepali Actress

मलाई धेरैले राम्री भन्छन्। हामी सो पीस भएकाले राम्रो भएर हिँड्नु, शरीरलाई मेन्टेन गर्नु बाध्यता पनि हो। यसका लागि म विशेष ध्यान त दिन्न, तर केही सजग भने अवश्य नै हुन्छु। जस्तो मलाई के थाहा छ भने उमेर बढ्दै जाँदा मान्छे मोटाउन थाल्छ, त्यसलाई रोक्न भोगटेको रस पिउँनुपर्छ। खाने बित्तिकै सुत्नु हुँदैन भन्ने ज्ञान भएकाले म खाना खाएर केहीबेर टहलिन्छु वा केही काममा व्यस्त हुन्छु। राति सकेसम्म हेभी खाना खान्न। अनुहारलाई ताजा राख्न शुद्ध तोरीको तेलमा दूध मिसाएर अनुहारको मसाज गर्छु। बिहानै मह र कागती मिसाएर करिब आधा लिटर पानी पिउँछु। दैनिक दुई गिलास दूध पिउँछु, राति र दिउँसो। सुत्नेबेलामा दूध पिउँनु राम्रो हो भन्ने कुरा एक चिकित्सकले बताएपछि म त्यसलाई दैनिक फलोअप गरिरहेको छु।

अल्कोहलका विषयमा पनि मेरो आफ्नै धारणा छ।  मादकपदार्थ यस्तो वस्तु हो, जसलाई तपाईं कुन फिलिङ्समा पिउनु हुन्छ, त्यसको असर त्यही हुन्छ। मानौं तपाईं दुःखी हुनुहुन्छ, दुःख भुलाउन त्यसलाई पिउनु हुन्छ। त्यो अल्कोहल रगतमा मिसिएर बिहानसम्म तपाईंलाई दुःखी नै बनाइरहेको हुन्छ। अब त्यही अल्कोहललाई तपाईं साथीभाइसँग खुसी बाँड्न लिनुहोस्, बिहान तपाईंको मुड फ्रेस नै हुन्छ। अर्को कुरा मादकपदार्थ तपाईंको कमजोरी हो कि कहिलेकाहीँ रमाइलो गर्ने माध्यम हो त्यसले पनि फरक पार्छ।

अल्कोहल पिउँदा एक पेग सिध्याउन आधा घण्टा लगाउनुपर्छ। त्यसलाई दुई मिनेटमा घुट्क्याउनु हुन्छ भने त्यो तपाईंको दोष हो, अल्कोहलको होइन। तपाईं ३ पेग पिउनुहुन्छ भने त्यसलाई कम्तीमा पनि दुई घन्टा लगाउनुपर्छ। हाम्रो शरीर भनेको पीठो पिस्ने मेसिन जस्तै हो। मेसिनको सोलीमा त्यति मात्र हाल्नुपर्छ, जुन त्ससले पिस्न सक्छ। एकैपटक धेरै गहुँ हाल्नुहोस्, मेसिनले राम्रो पीठो निकाल्न सक्दैन। मानिसहरू फलफूल खाँदा मोटाइँदैन भन्ने धारणा राख्छन्। फलफूलमा कार्बोहाड्रेडको मात्रा प्रसस्त हुन्छ। मेरो विचारमा फलफूल दैनिक खानुपर्छ, तर त्यो दुई चार पिसभन्दा बढी हुनुहुँदैन।

फोस्टरको प्रयोग




१३ वर्षको उमेरदेखि चलचित्रमा अभिनय गर्ने नायिका जोडी फोस्टरले सन् १९८९ मै चलचित्र 'द ऐक्युजड' बाट ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्रीको एवार्ड जितेकी थिइन्। उक्त चलचित्रमा फोस्टरले बलात्कारको सिकार भएकी युवतीको भूमिका निर्वाह गरेकी थिइन्। त्यसबाहेक फोस्टर अन्य तीन चलचित्रका लागि पनि ओस्कार तथा गोल्डेन ग्लोब एवार्डमा मनोनयन भएकी थिइन्। अभिनय क्षमताका कारण प्रायः व्यस्त रहने यीनै फोस्टर यतिबेला सोनी पिक्चर्सको चलचित्र 'इलिजियम' मा व्यस्त छिन्। यो चलचित्रमा उनले आफ्नो वास्तविक उमेरभन्दा धेरै वर्ष खाएकी वृद्धाको भूमिका निर्वाह गरेकी छिन्। चलचित्रमा फोस्टरलाई १ सय ८ वर्षीया वृद्धाको भूमिकामा प्रस्तुत गरिएको छ। 

प्लेव्वाइको चाहना

हलिउडकी चर्चित मोडल तथा सोसलिस्ट किम कार्दशिनले बहुचर्चित एडल्ट पत्रिका प्लेब्वाइका लागि पुनः एक पटक न्यूड पोज दिने चाहना व्यक्त गरेकी छिन्। हालै मात्र एक प्रमोशनल सुटका क्रममा किमले तीन महिनाअघि आमा बनेपछि आफ्नो तौल घटिरहेको बताएकी थिइन्। तौल घटेर पहिलेकै जस्तो कामुक शरीर भएपछि उनले पुनः एक पटक प्ले ब्वाई पत्रिकाको आवरणमा कामुक पोज दिने भित्री चाहना भएको बताएकी हुन्। किमले यसअघि वर्ष २००७ मा प्लेब्वाइका लागि न्यूड पोज दिएर सनसनी मच्चाएकी थिइन्। किमले अमेरिकी टेलिभिजनमा प्रसारण हुने रियालिटी शो 'किपिङ अप विद द कार्दसिन' बाट लोकप्रियताको शिखर चुमेकी थिइन्।

 

Wednesday, September 25, 2013

ATM HEROINE ले भनिन्- मलाई मर्यादा थाहा छ



atm heroine jiya kc




काठमाडौं– हिरोइन जिया केसीले आफू 'भल्गर' नभई 'भर्सटाइल' भएको दाबी गरेकी छिन्। काठमाडौंमा मंगलबार फिल्म 'बर्बाद'को पत्रकार सम्मेलनमा उपस्थित उनले भनिन्, 'फिल्म नहेरी मलाई नानाथरी उपनाम दिइएको छ, जुन सही होइन ।' - See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/7836#sthash.YyUlIZMM.dpuf
'भर्सटाइल' भएको दाबी गरेकी छिन्। काठमाडौंमा मंगलबार फिल्म 'बर्बाद'को पत्रकार सम्मेलनमा उपस्थित उनले भनिन्, 'फिल्म नहेरी मलाई नानाथरी उपनाम दिइएको छ, जुन सही होइन ।'
Nagarik | Samsung Dashain Mahamela
आउँदो शुक्रबार रिलिज हुन लागेको फिल्म 'बर्बाद'मा आफ्नो भूमिका सभ्य रहेको पनि उनले जनाइन् । 'पहिलेपहिले दर्शकहरुले मलाई वारिपारि देखिने ड्रेसमा देख्नुहुन्थ्यो तर यो पटक सारी सारीमा देख्नुहुनेछ,' उनले भनिन् ।

आफ्नो सार्वजनिक छविको बचाउमा समय खर्चिएकी उनले 'बर्बाद'
- See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/7836#sthash.YyUlIZMM.dpuf
काठमाडौं– हिरोइन जिया केसीले आफू 'भल्गर' नभई 'भर्सटाइल' भएको दाबी गरेकी छिन्। काठमाडौंमा मंगलबार फिल्म 'बर्बाद'को पत्रकार सम्मेलनमा उपस्थित उनले भनिन्, 'फिल्म नहेरी मलाई नानाथरी उपनाम दिइएको छ, जुन सही होइन ।' - See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/7836#sthash.YyUlIZMM.dpuf
काठमाडौं– हिरोइन जिया केसीले आफू 'भल्गर' नभई 'भर्सटाइल' भएको दाबी गरेकी छिन्। काठमाडौंमा मंगलबार फिल्म 'बर्बाद'को पत्रकार सम्मेलनमा उपस्थित उनले भनिन्, 'फिल्म नहेरी मलाई नानाथरी उपनाम दिइएको छ, जुन सही होइन ।' - See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/7836#sthash.YyUlIZMM.dpuf

काठमाडौं– हिरोइन जिया केसीले आफू 'भल्गर' नभई 'भर्सटाइल' भएको दाबी गरेकी छिन्। काठमाडौंमा मंगलबार फिल्म 'बर्बाद'को पत्रकार सम्मेलनमा उपस्थित उनले भनिन्, 'फिल्म नहेरी मलाई नानाथरी उपनाम दिइएको छ, जुन सही होइन ।' - See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/7836#sthash.YyUlIZMM.dpuf
Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???