Social Icons

Friday, September 27, 2013

Aashishma लाई नेवार


नायिका एवं मोडल आशिष्मा नकर्मीले खुलेर नै नेवार केटो चाहिएको इच्छा जाहेर गरेकी छिन्। योग्य युवक पाए उनी विवाह गर्नसमेत तयार छिन्। एक अनलाइनसँगको कुराकानीमा साप्ताहिक जोय फस्टरनर्सअप आशिष्माले भनेकी छिन्- 'स्मार्ट, हेन्डसम, अनुशासित र समस्या बुझिदिने, अपनाएको पेसालाई इज्जत गर्ने चाहिन्छ।' हाल चलचित्र बुद्ध वाज बर्न इन नेपालमा व्यस्त आशिष्माले आठवटा नेवारी चलचित्रमा काम गरेकी छिन्। चुलबुले स्वभावकी आशिष्माले आफ्नो विगत पनि लुकाएकी छैनन्। मिस अन्डरस्ट्यान्डिङकै कारण अफेयर टुक्रिएको बताउँदै उनले एक युवकलाई मन पराए पनि उसले वास्ता नगरेकाले आफूले पनि प्रेम जाहेर नगरेको बताएकी छिन्। आफ्नै पछि लाग्नेहरू पनि थुप्रै भएको बताउँछिन् तर कुराकानीका क्रममा यौन अनुभवका बारेमा सोधिएको प्रश्नमा भने उनले यस्ता कुरा सार्वजनिक गर्न नमिल्ने बताएकी छिन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???