Social Icons

Wednesday, September 11, 2013

‘बब्ली लुक्स’मा बर्थडे मनाईन् रञ्जनाले...


‘बब्ली लुक्स’मा बर्थडे मनाईन् रञ्जनाले...

गए राती अभिनेत्री तथा निर्देशक श्याम भट्टराईकी पूर्व पत्नी रञ्जना शर्माले आफ्नो जन्मदिनको केट काटिन् । उता रञ्जनाले केट काटिरहँदा यता पूर्व पती श्यामले आफ्नो मुटु चिरिएको बताएका छन् ।

न्यूयोर्कमा आफ्नो जन्मदिन मनाएकी रञ्जनालाई बर्थडे विस स्वरूप श्यामले फेसबुकमा स्टाटस अपलोड गर्दै लेखेका छन्- 'तपाईंले केकलाई काटेर बर्थडे मनाउँदै गर्दा कहिल्लै सोच्नु भएको छ ? कसैको अथाह प्रेम र निष्ठा भरिएको मुटु कुनै दिन तपाईंले यसरी नै काट्नु भएको थियो ।' प्रस्तुत स्टाटस हेर्दा लाग्छ श्याम अझै रञ्जनाको वियोगमा छन् । 'उहाँलाई यो स्टाटस मेरो जन्मदिनको शुभकामना,' श्यामले भने ।

कुराकानीमा श्यामले भनेका छन् -'उहाँले खोलो तर्नु भयो तर लौरो भने बिर्सनु भयो ।' यसबाट के बुझ्न सकिन्छ भने, श्यामले रञ्जनालाई अमेरिका पठाउन धेरै ठूलो कसरत गरेका थिए । तर, रञ्जनाले भने श्यामलाई अमेरिका पुगेपछि वास्ता गरिनन् ।
बर्थडे केक काट्दा परिवार सम्झेर रञ्जना रोईन रे ! श्यामलाई प्रश्न गर्‍यो, तपाईं त रूनु भएन नि ? उनले जवाफ दिए- 'धुजाधुजा भएको यो मन भर्खर सिलाएको छु । अब सम्झेर रोएँ भने यो मन फेरि धुजाधुजा हुन्छ । त्यसैले मैले पनि सम्झन्न र उहाँलाई पनि अब नसम्झन आग्रह गर्दछु ।' कविताको भावमा श्याम थप्छन्-

बिर्सेर फेरि नहेर यहाँ
एक जीवन आँशुमा डुब्छ
निको भैसकेको पुरानो घाउ
अनायसै फेरि बल्झेर दुख्छ
रञ्जनाको बर्थडे पार्टीमा गायक यम बराल सहितका केहि सेलिब्रेटीको उपस्थिती रहेको बताईएको छ । तीन बर्ष देखि अमेरिकामा नै रहेकी रञ्जनाले नेपाल आएर फिल्म निर्माण गर्ने सोच बनाएको केहि समय अगाडी नै बताएकी थिईन् । उनको यो सोच अझै कायम नै छ ।


 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???