Social Icons

Friday, September 20, 2013

पत्रकार प्रियंका

नायिका प्रियंका कार्की अहिलेकी हट नायिका हुन्। प्रियंकाद्वारा अभिनीत चलचित्रले सफलताको स्वाद चाख्न नपाए पनि ग्लामर उद्योगमा उनको उपस्थिति अग्रणी मानिन्छ। उनको एटिच्युड, अदा र गेटअपले धेरैको ध्यानाकर्षण गरेको छ। त्यसो त उनी तस्बिर खिच्ने भन्ने बित्तिकै पोज क्रिएट गर्न उत्तिकै माहिर छिन्। मोडलिङ र अभिनय दुवै क्षेत्रमा आफ्नो बलियो पहिचान बनाउँदै अघि बढेकी प्रियंका फेसबुकमा भनें पत्रकार झैं देखिइन्। गत साताको बन्दमा प्रियंकाले फेसबुकको फ्यानपेजमा सोधिन्- 'आज बन्दको दिन, सबै जना के गर्दै हुनुहुन्छ, सेयर विद मि' उनको यो स्टाटसमा सयौंले प्रतिक्रिया जाहेर गरे। नायिका र मोडलका रूपमा स्थापित भए पनि पूर्व मिस टिन प्रियंकाबाट संचारकर्मीका रूपमा काम गरेको ह्याङओभर उत्रिएको रहेनछ। कुनै समय मिस टिन भएपछि कान्तिपुर टेलिभिजनमा मिडिया पर्सनालिटीको परिचय बनाएकी प्रियंका पब्लिक इन्टरएक्सनमा उत्तिकै रुचि राख्छिन् भन्ने कुरा यो प्रश्नोत्तर शैलीले प्रस्ट पारेको छ। कि यो फ्यानपेजमा मेम्बर बढाउने स्ट्राटेजी मात्र हो, प्रियंकाजी ?

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???