Social Icons

Thursday, September 26, 2013

फोस्टरको प्रयोग




१३ वर्षको उमेरदेखि चलचित्रमा अभिनय गर्ने नायिका जोडी फोस्टरले सन् १९८९ मै चलचित्र 'द ऐक्युजड' बाट ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्रीको एवार्ड जितेकी थिइन्। उक्त चलचित्रमा फोस्टरले बलात्कारको सिकार भएकी युवतीको भूमिका निर्वाह गरेकी थिइन्। त्यसबाहेक फोस्टर अन्य तीन चलचित्रका लागि पनि ओस्कार तथा गोल्डेन ग्लोब एवार्डमा मनोनयन भएकी थिइन्। अभिनय क्षमताका कारण प्रायः व्यस्त रहने यीनै फोस्टर यतिबेला सोनी पिक्चर्सको चलचित्र 'इलिजियम' मा व्यस्त छिन्। यो चलचित्रमा उनले आफ्नो वास्तविक उमेरभन्दा धेरै वर्ष खाएकी वृद्धाको भूमिका निर्वाह गरेकी छिन्। चलचित्रमा फोस्टरलाई १ सय ८ वर्षीया वृद्धाको भूमिकामा प्रस्तुत गरिएको छ। 

प्लेव्वाइको चाहना

हलिउडकी चर्चित मोडल तथा सोसलिस्ट किम कार्दशिनले बहुचर्चित एडल्ट पत्रिका प्लेब्वाइका लागि पुनः एक पटक न्यूड पोज दिने चाहना व्यक्त गरेकी छिन्। हालै मात्र एक प्रमोशनल सुटका क्रममा किमले तीन महिनाअघि आमा बनेपछि आफ्नो तौल घटिरहेको बताएकी थिइन्। तौल घटेर पहिलेकै जस्तो कामुक शरीर भएपछि उनले पुनः एक पटक प्ले ब्वाई पत्रिकाको आवरणमा कामुक पोज दिने भित्री चाहना भएको बताएकी हुन्। किमले यसअघि वर्ष २००७ मा प्लेब्वाइका लागि न्यूड पोज दिएर सनसनी मच्चाएकी थिइन्। किमले अमेरिकी टेलिभिजनमा प्रसारण हुने रियालिटी शो 'किपिङ अप विद द कार्दसिन' बाट लोकप्रियताको शिखर चुमेकी थिइन्।

 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???