Social Icons

Friday, September 27, 2013

चितवनमा समर पुल पार्टी




गत शनिबार क्षेत्रपुरस्थित होटल कासा डेल इन्टरनेसनल परिसरमा बेग्लै चहलपहल थियो। स्वीमिङ पुल भएकाले त्यहाँबाक्लो भीडभाड देखिन्थ्यो। कोही स्वीमिङ पुलमा नाचिरहेका थिए भने कोही बाहिरै बसेर रमिता हेरिरहेका थिए। गर्मीले पिरोलिएकाहरूलाई स्वीमिङ पुलसम्म ल्याउने काम भने दाता इभेन्ट म्यानेजमेन्टका दाताराम घिमिरले गरेका थिए। जिल्लामै पहिलो पटक समर पुल पार्टीको आयोजना गरिएपछि युवा पुस्ताले गर्मीलाई बिर्सने अवसर पाए। डान्स पार्टीमा ५ सयभन्दा बढी युवाको सहभागिता थियो।

स्वीमिङ पुलमा पौडी खेल्न झुम्मिएकाहरूलाइ गीत-संगीतमा झुमाउने काम भने डिजे बी तथा डिजे राजले गरे। उक्त अवसरमा स्वीमिङ पुलबाहिर नाच्ने जोडीहरूको भीड पनि कम थिएन। युवतीहरूले समेत युवासँग प्रतिस्पर्धा गर्दै कम्मर मर्काएको पुलपार्टीमा साँझ ८ बज्दासमेत उस्तै भीड थियो। प्रहरीले समय सकिएपछि सबैलाई स्वीमिङ पुलबाट निकालेर गन्तव्यतर्फ पठाएको थियो।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???