Social Icons

Friday, September 27, 2013

साडी : सेक्सी र ग्ल्यामरस




साडी दक्षिण एशियाली देशहरूमा महिलाहरूको महत्वपूर्ण पहिरन हो। नेपालमा चौबन्दी चोलो र साडीलाई भद्र पोसाकका रूपमा लिइन्छ। पहिले-पहिले साडीले पूरै शरीर ढाकेकी महिलालाई असल चरित्र भएकीमा गनिन्थ्यो, तर पछिल्लो समयमा साडी लगाउने शैलीमा समेत परिवर्तन आएको छ। कुनै बेलाको टे्रडिसनल आउटफिट साडी यतिबेला अन्यन्त सेक्सी र ग्ल्यामरस पहिरनका भएको छ। आधुनिकता सँगै साडीको लुक र स्टाइल परिवर्तन हुँदै गएको छ।

बारुले कम्मरमा गज्जबको मुजा बनाएर अड्याइएको साडीमाथि नाभी नदेखिए र पिठ्यूँ खुल्ला भएको ब्लाउज नलगाए साडीको गरिमा नै घट्न थालेको छ। नाभी र पिठ्यूँ देखिने ग्ल्यामरस सारी बिहेबारी, चाडपर्व, पार्टी तथा जमघटहरूमा अनिवार्य भएको छ।

हिन्दू नारीहरूले साउन महिनामा हरियो, तीज र दसैंमा रातो साडी लगाउँछन्। चाडपर्वका बेला महिलाहरूले लगाउने साडीको स्टाइलले पश्चिमा फेसनलाई समेत ओझेल पारेको छ। हिन्दू नारीहरूको सौदर्यको प्रतीकका रूपमा साडी र गरगहनालाई नै लिइन्छ। पछिल्लो समयमा युनिक र स्टाइलिस साडीले महिलाहरूलाई सेक्सी एवं ग्ल्यामरस देखाउन थालेको छ।

रक गायिका झरना गुरुङ भन्छिन्- '८० को दशकमा बलिउडका नायिकाहरूले साडी लगाउने शैली परिवर्तन गरेसँगै नेपाली गाउँ-सहरमा त्यसको प्रभाव परेको छ। ' बलिउडका नायिकाहरू साडी लगाउनेका मामिला ट्रेण्ड सेटर नै मानिन्छन्। बलिउडमा ५० को दशकदेखि साडीको रंग रूप र स्टाइल परिवर्तन हुँदै आएको पाइन्छ। ५० को दशकमा बैजयन्ती माला, माला सिन्हा आदि अभिनेत्रीहरू साधारण साडीमा सिल्भर स्क्रिनमा देखा पर्थे। ब्ल्याक एन्ड ह्वाइट चलचित्रको त्यो युगमा साडीको रंग छुट्याउन सकिँदैनथ्यो। यस्तोमा अभिनेत्रीहरूले लगाएको हाइनेक फुल स्लिभ ब्लाउज र साडीको डिजाइनलाई नै आममहिलाले अनुसरण गर्थे। चलचित्र रंगीन भएपछि अभिनेत्रीहरूको साडी थप आकर्षक देखियो।

आधुनिक तथा डिजिटल युगको सुरुवातसँगै साडीको स्टाइल र लुक्समा परिवर्तन आएको छ। आजभोलि बलिउड अभिनेत्रीहरू ऐश्वर्या राय, काजोल, रानी मुखर्जी हुँदै विद्या वालन, करिना कपुर, विपासा बसु, दिपिका पादुकोणले चलचित्रमा लगाए जस्तो स्टाइलमा नेपाली नारी पनि रङ्गएिका छन्। कतिपय म्युजिक भिडियोमा देखिएको साडीको स्टाइलले नेपाली नारीहरूलाई पूर्ण रूपमा ग्ल्यामरस बनाएको छ। अहिले कतिपय बुटिकमा साडी लगाउने शैली सिक्न पाइन्छ। टे्रडिसनल साडी पनि विकिनी व्लाउजमा लगाए पछि बोल्ड र ग्लामरस बन्छ। जालीदार तथा हलुका साडीदेखि लिएर बनारसी साडी नेपाली महिलाहरूका रोजाइ हुन। त्यसबाहेक सिल्क, सिफन, नेट, लेहेंगा, जर्जेट आदि साडी पनि नेपाली नारीको छनौटमा पर्छन्।

नेपालमा साडी भारत र जापानबाट आयात हुन्छ। नेपाली बजारमा सामान्य साडीको मूल्य ५ सयदेखि ५० हजारसम्म पर्ने बागबजारस्थित वान्ट टु वेयरका सञ्चालक पुरु तण्डुकार बताउँछन्। सादा साडीमा 'मोती, सितारा, पोते, पत्थर आदि भर्छौं र नयाँ डिजाइनमा तयार पारेर बिक्री गर्छौं,' तन्डुकारले भने।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???