Social Icons

Friday, September 27, 2013

कार्यालय पहिरन




कार्यालयमा सकेसम्म औपचारिक पोसाक लगाउनु उपयुक्त हुन्छ। यसबाट व्यक्तित्व आकर्षक देखिन्छ। त्यसैले जतिसक्दो भलाद्मी देखिने पहिरन लगाउनुपर्छ। कार्यालयले तोकेको पहिरन छैन भने पनि संवेदनशील भएर पहिरन रोज्नुपर्छ। युवाहरूले जिन्स पेन्टमा टिसर्ट लगाउनुभन्दा सर्ट लगाउनु उत्तम हुन्छ। यसले न त पूरै औपचारिक देखिन्छ, न त अनौपचारिक नै।

उमेर ढल्किएकाहरूले भने जिन्सको सट्टा औपचारिकदेखि अरू कपडाको पेन्ट र सर्ट लगाउँदा व्यक्तित्वमा निखार आउनुका साथै उमेरअनुसार तालमेल पनि मिल्छ।

पोसाकको रङ्ग शान्त अर्थात् आँखालाई शीतलता प्रदान गर्ने खालको हुनुपर्छ। यसले गर्दा वरिपरि बस्ने सहकर्मीलाई चिडचिडाहट हुँदैन।

युवतीहरूको कार्यालय पहिरन सुन्दर, आकर्षक तथा भलाद्मी देखिने खालको हुनुपर्छ। स्कर्ट, वनपिसभन्दा कुर्ती र लेगिन उत्तम हुन्छ। विभिन्न डिजाइनका कुर्ता-सुरुवालले सुन्दर देखिन मद्दत गर्छ।

सादा डिजाइनको जिन्स पेन्टमा टिसर्ट, सर्ट वा कुर्ति लगाउन सकिन्छ।

उमेर ढल्किएकाहरूले भने कुर्ता-सुरुवाल वा सारी-ब्लाउज लगाउन सक्छन्। कार्यालयमा उमेरअनुसारको पहिरन नै उपयुक्त हुन्छ।

कार्यालयमा काम गर्ने वातावरण शान्त हुनुपर्ने हुँदा पोसाकको रङ्ग पनि शान्त रोज्नुपर्छ।

यस्ता पहिरनमा अनुकूलता हेरेर क्लोज सुज, ओपन सुज वा थोरै हिल भएका स्यान्डल वा वेइज हिल लगाउन सकिन्छ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???