Social Icons

Thursday, September 26, 2013

गफ नदेउ न यार !!

चलचित्रमा अभिनय गर्नै पर्छ र ?



चलचित्रमा अभिनय गर्नै पर्छ र ?

     - ऋचा सिंह ठकुरी, नायिका

नायिका भएर मःम पसल खोल्ने त ?



पाइएन मनले खाएकी !

     - राजेशपायल राई, गायक

अझै ढिला गर्नुभयो भने झन् के गति होला ?



"फेरि नाई नभन्नु ल" मेरो नयाँ चलचित्रको शीर्षक हो ।

     - विकास आचार्य, निर्देशक

नयाँ शीर्षक फेला नपरेर कि यो पनि हिट हुन्छ भनेर ?



चर्चा पाउन केही चलचित्रकर्मीहरू सर्वोच्च अदालत जानुभएको हो ।

     - धर्मेन्द्र मरबैता, अध्यक्ष, चलचित्र विकास बोर्ड

बल्ल थाहा भो, चर्चा पाउन अदालत जानुपर्ने रहेछ भन्ने कुरा !



चुनाव बिथोल्न खोजे कडा कारबाही गरिनेछ ।

     - माधवप्रसाद घिमिरे, गृहमन्त्री

मतपेटिकामा बन्चरो हान्नेलाई के कारबाही गर्नुभयो त ?



प्रेममा फस्नेवाला छैन ।

     - नीता ढुंगना, नायिका

केमा फस्ने त ?



दलहरू असफल भए भन्ने कुरा गलत हो ।

     - भीम रावल, नेता

सही कुरा चाहिँ के हो त ?



संविधानसभा निर्वाचनबाट एमाले एक नम्बर पार्टी बन्छ ।

     - माधवकुमार नेपाल, नेता

बोल्नलाई पैसा लाग्दैन क्यारे !



चलचित्र हिट भएपछि मात्र विवाह गर्छु ।

     - सुमन सिंह, नायक

तपाईं पनि राजेश हमालकै बाटोमा हो ?

 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???