Social Icons

Wednesday, September 11, 2013

मौन नम्रता’ : नम्रताको सुन्दरतामा लठ्ठ अर्पण


नायिका नम्रता श्रेष्ठको चर्चा सिने नगरीमा दिनानुदिन चुलिएको छ । विशेषगरी नम्रताले सिनेमामा निर्वाहा गर्ने फरक खालका भूमिकाले गर्दा पनि उनको चर्चा चुलिएको हो । असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मौन’मा नम्रतालाई बोल्न नसक्ने युवतीको भूमिकामा देख्न सकिनेछ ।चलचित्रमा उनको साथमा कलाकार अर्पण थापा मुख्य भूमिकामा छन् । चलचित्रमा नायिका श्रेष्ठलाई निक्कै सुन्दर देखाइएको छ । सुरज भुषालको निर्देशनमा तयार भएको यो चलचित्रमा शेखर चापागाँई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय छ ।




मौन क्वार्क फिल्म र आदित्य इन्टरटेन्मेन्ट प्रालीको संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्रले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । नेपालमा यस्ता बिषयमा चलचित्र खासै बनेका छैनन् । यसैले पनि ‘मौन’ यतिबेला चर्चामा छ ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???