Social Icons

Friday, September 27, 2013

Interview with Sabina Karki , RJ

रेडियो कान्तिपुरका नियमित श्रोताहरुका लागि सविना कार्की लोकप्रिय नाम हो। विगत १२ वर्षदेखि रेडियो कान्तिपुरमा रेडियो जक्की -आरजे) का रूपमा सक्रिय सविनाले यो अवधिमा सयौं कार्यक्रममार्फत श्रोताहरूलाई मनोरञ्जन प्रदान गरिसकेकी छिन्। यतिबेला पनि उनी साताको ९ पटक श्रोतामाझ पुगिरहेकी हुन्छिन्। आइतबार 'द टर्निङ प्वाइन्ट' र 'हिन्दी हंगामा', मंगलबार 'म्युजिक एन्ड मोर' र 'सँगालो', बुधवार 'मिड विक म्युजिक' र 'टेस्ट बज', बिहीबार 'फेमिना' र 'माया भन्ने चीज यस्तै हो' तथा शनिबार 'सेन्चुरी टप टेन' कार्यक्रममार्फत उनी प्रत्येक साता श्रोतामाझ प्रस्तुत भैरहेकी छिन्। सविनाले सञ्चालन गर्ने विभिन्न कार्यक्रममध्ये 'यो माया भन्ने चीज यस्तै हो' अत्यधिक लोकप्रिय छ। प्रत्येक बिहीबार राति ८ बजेपछि प्रसारण हुने यो कार्यक्रम सुन्न बस्ने श्रोताहरूको संख्या दिन-प्रतिदिन बढ्दो छ। उक्त कार्यक्रम सञ्चालन हुँदा सविनाको फ्यानपेजमा करिब १ हजार श्रोताले प्रेमपूर्ण सन्देश पठाइरहेका हुन्छन्। अघिल्लो साता मात्र उनको फ्यान पेजमा 'लाइक' गर्नेहरूको संख्या १ लाख नाघेको छ। रेडियोकर्मीका रूपमा फ्यान पेजमा यति धेरै लाइक पाउने उनी एक मात्र नेपाली रेडियोकर्मी हुन् भन्दा फरक पर्दैन। सुमधुर स्वरकी धनी सविना आमसञ्चार विषयमा स्नातकोत्तर गरेर प्लस टु तथा स्नातक तहमा आमसञ्चार विषय अध्यापनसमेत गरिरहेकी छिन्। विज्ञापन तथा वृत्तचित्रमा भ्वाइस ओभरसमेत गरिरहेकी सविना सार्वजनिक समारोहमा कुशल उद्घोषिकाका रूपमा समेत स्थापित छिन्। पछिल्लो समय गहना इन्फोमेसियलमा सिइओका रूपमा समेत कार्यरत सविनासँग साप्ताहिकका कृष्ण भट्टराईको तीन प्रश्न ः

तपाईंको लोकप्रियताको रहस्य के हो ?

इमान्दारिता र कडा परिश्रम नै मेरो सफलता र लोकप्रियताको रहस्य हो। म आफ्ना हरेक कार्यक्रममा मौलिकता दिने प्रयास गर्छु। सम्भवतः श्रोतालाई मेरो त्यही मौलिकता मनपर्छ।

फेसबुक फ्यान पेजमा पाएको लोकप्रियतालाई कसरी लिनुभएको छ ?

रेडियो कान्तिपुरका लाखौं श्रोताको मायाकै कारण मैले फेसबुकको फ्यान पेजमा १ लाखभन्दा बढी श्रोताको प्रत्यक्ष माया पाएकी छु। 'माया भन्ने चीज यस्तै हो' कार्यक्रमको सफलतासँग फ्यान पेजको प्रत्यक्ष सम्बन्ध छ भन्दा फरक पर्दैन।

आगामी दिनमा के-कस्ता नयाँ कार्यक्रम ल्याउँदै हुनुहुन्छ ?

हप्ताको नौवटा कार्यक्रमलाई स्तरीयता प्रदान गर्न दिनरात मेहनत गरिरहेकी छु। भविष्यमा पनि श्रोताहरूको समेत सहभागिता रहने कार्यक्रमका बारेमा योजना बनाउँदैछु।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???