Social Icons

Saturday, September 7, 2013

अशिष्मा नकर्मी, नायिका... Interview Wtih AAshisma

 
अशिष्मा नकर्मी, नायिका...

चलचित्र ः पिएस आई लभ यू
मलाई रोमान्टिक चलचित्र मन पर्छन्। यो जस्तो राम्रो प्रेम कथा भएको अर्को चलचित्र मैले हेरेकी छैन।

 
नायक ः भुवन केसी र राजेश हमाल
भुवन केसीको लुक्स असाध्यै आकर्षक लाग्छ भने राजेश हमालको व्यक्तित्व राम्रो छ।

नायिका ः करिश्मा मानन्धर
उहाँको सौन्दर्य र व्यक्तित्वका बारेमा जति नै वर्णन गरे पनि कम हुन्छ।

गीत ः तिमीले त होइन तिम्रा भाकाहरूले...
मलाई पुराना नेपाली गीतहरू असाध्यै मन पर्छन्, ती मध्ये यो सबैभन्दा बढि मन पर्छ।

गायक ः बच्चु कैलाश
उहाँको गीत गाउने शैली एवं स्वर प्रभावशाली छ।

गायिका ः तारा देवी र अञ्जु पन्त
दुई भिन्न पुस्ताका यी गायिका मनैदेखि फिल गरेर गीत गाउनुहुन्छ।

हास्यकलाकार ः मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
उहाँहरू कलाकार भएकाले मात्र मन पराएकी होइन, असल नागरिकका रूपमा सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भएकाले पनि मन पर्नुभएको हो।

चाडपर्व ः तिहार
झिलिमिली र देउसी-भैलोसँगै नेवार समुदायको नयाँ वर्ष पनि यही बेला मनाइन्छ, त्यसैले।

स्थान ः मुस्ताङ
त्यहाँबाट देखिने हिमाल...मलाई वाउ भन्न मनलाग्छ।

मौसम ः गर्मी
चिसोमा रुघा-खोकीले सताइरहने भएकाले।

पहिरन ः सारी र वनपिस
सारीमा नारीको व्यक्तित्व आकर्षक देखिन्छ अनि वन पिस लगाउन सजिलो हुन्छ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???