Social Icons

Tuesday, September 3, 2013

अभिनयबाट प्रशंसा बटुल्दै छिन् Keki Adhikari

 

अभिनयबाट प्रशंसा बटुल्दै छिन् केकी...

नायिका केकी अधिकारीको चर्चा यतिबेला कलिउड नगरीमा चुलिदै छ । यसअघि प्रदर्शनमा आएका चलचित्रबाट गतिलो सफलता नपाएपछि केकी म्यूजिक भिडियोमा नै खुम्चने हुन् कि भन्ने अड्कल धेरैको थियो । तर हालै मात्र प्रदर्शनमा आएको चलचित्र ‘महशुश’ले केकीलाई प्रशंसाको शिखरमा चढाइदिएको छ ।चलचित्रमा उनले निर्वाहा गरेको गौरीको भूमिकालाई समिक्षक र दर्शकले रुचाएपछि उनको चर्चा चुलिएको हो । विशेषगरी सिनेकर्मीहरुले समेत केकीको अभिनयलाई स्विकार गरेका छन् ।
यस्तै पौष महिनामा प्रदर्शनमा आउन लागेको चलचित्र ‘वितेका पल’ले केकीको उचाइलाई अझै माथि पुर्‍याउने विश्वास केही चलचित्रकर्मीको छ । सिनेमा हेरेका केही चलचित्रकर्मी भन्छन्,’साच्चै केकीको अभिनय तारिफ योग्य नै छ ।’



नेपाली सिनेमामा नायिकाहरु अभिनय भन्दा पनि अंगप्रदर्शन, स्क्यान्डलका कारण मिडियामा समाचार बनिरहेका हुन्छन् । तर आजसम्म स्क्यान्डल र सम्बन्धका कारण चर्चामा नआएकी केकीबाट सिने नगरीले ठूलै आशा गर्न थालेको छ ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???