Social Icons

Wednesday, October 2, 2013

सानो संसार देखि मौन सम्म नम्रताको फिल्मी यात्रा ?...

 
नम्रता श्रेष्ठ युवा पुस्तामा नोटिस हुने अभिनेत्री हुन् । नम्रताको रजतपटमा डेव्यु सन् २००८ मा निर्देशक आलोक नेम्वाङको फिल्म 'सानो संसार'बाट भयो । फिल्म सानो संसार त्यती बेलाको फिल्मी बजारमा व्यावसायिक रुपमा चलेन तर नम्रता राम्रैसँग चलिन् ।

सानो संसार पछि नम्रताले निर्देशक सुदर्शन थापाको फिल्म 'मेरो एउटा साथी छ'मा अभिनय गरिन् । जहाँ उनको अपोजिटमा अभिनेता आर्यन सिग्देल थिए । तर, विडम्वना मेरो एउटा साथी छ रिलिजकै बेला नम्रताको भिडियो सार्वजनिक भयो । भिडियो काण्डले फिल्मको व्यापारमा भन्दा नम्रताको व्यक्तिगत जीवनमा बढी असर पुर्यायो । उनले सार्वजनिक कार्यक्रममा बहिस्कार सम्मको अवस्था भोग्नु पर्यो । भिडियो काण्डकै कारण निर्माता निर्देशकले फिल्म खेलाउने हिम्मत गरेनन् ।

अभिनेता दिलिप रायमाझीले मिस यू फिल्म मार्फत नम्रतालाई ब्याक गराए । मिस यु चलेन तर यसै फिल्मबाट नम्रताको अभिनयको ढोका खुल्यो । गएको वर्ष (२०६९) फिल्म छड्के मार्फत दर्शकले नम्रतालाई हेर्ने मौका पाए । नम्रतालाई मात्रै हैन पूरै फिल्म हेरेर दर्शक निराश बने । छड्केमा नम्रता दर्शकको नजरमा पर्न सकिनन् । तर पनि अहिले नम्रताको राम्रै डिमाण्ड छ ।

असोज ११ मा अल नेपाल रिलिज हुने मौन फिल्ममा नम्रता बोल्न नसक्ने लभर गर्लको भुमिकामा देखा पर्दैछिन् । अर्पण थापा अपोजिटमा रहेको फिल्मले समिक्षात्मक टिप्पणी र व्यावसाय कस्तो गर्ला ? अनुमान गर्न कठिन छ । तर, सुरज भूषाले निर्देशित मौनलाई फिल्मकर्मीले केही गर्न सक्ने फिल्मका रुपमा हेरेका छन् ।

मौनसँगै नम्रताको मेघा फिल्म पनि प्रदर्शनको पखाईमा छ । सम्झना रौनियारले नम्रतालाई म्यारिड वुमनको रुपमा पर्दामा उतारेकी छिन् । नम्रतालाई मेघामा सिद्धार्थ कोइराला र रेमनदास श्रेष्ठले साथ दिएका छन् ।

मेघाका रेमनसँगै नम्रताको एक समय नाम नजोडिएको हैन । तर, यो हल्लामा मात्रै सिमित भयो । अहिले नम्रताको सम्बन्ध फिल्म क्षेत्र भन्दा बाहिरका प्रेम घलेसँग छ । नम्रताले प्रेम घलेसँगको सम्बन्धलाई लङ लास्ट रहेको बताउँदै आएकी छिन् ।

हाल नम्रता अभिनेता आर्यन सिग्देलको फिल्म नेभेम्वर रेनको सुटिङमा व्यस्त छिन् । वर्तमान नेपाली रजतपटमा नम्रताको प्रतिष्पर्धामा थुप्रै अभिनेत्रीहरू छन् । प्रतिस्पर्धीलाई पाखा लगाएर नम्रताले रजतपटमा कस्तो अभिनय यात्रा तय गर्छिन् ? चासो र चर्चाको विषय हुनेछ ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???