Social Icons

Tuesday, February 25, 2014

सर्जरीपछि न्यूड

प्रचारप्रसार भनेपछि हुरुक्कै हुने हलिउड नायिका कर्ट्नी स्टोडनले हालै एउटा फोटोसेसन गराएकी छिन्। उक्त फोटोसेसनका क्रममा उनी निकै कामुक मुद्रामा प्रस्तुत भएकी थिइन्। यसपटकको फोटोसेसन उनले आफ्ना प्रशंसकहरूप्रति समर्पित गरेकी छिन्। आफ्नो ब्रेस्ट सर्जरी गरेपछि उनी पहिलो पटक फोटोसेसनमा प्रस्तुत भएकी हुन्। 'सर्जरीपछि मेरो शरीर हेर्न चाहने प्रशंसकहरूका लागि नै यो फोटोसेसन गरिएको हो,' कर्ट्नीले स्पष्ट पारेकी छिन्। ब्रेस्ट सर्जरीपछि कर्टनी अझ सुन्दर देखिएकी छिन्। फोटोसेसनका क्रममा कर्ट्नीले ग्ल्यामरस मुद्रा प्रस्तुत गरेकी छिन्। अंग प्रदर्शन गर्न नहिचकिचाउने कर्ट्नीले यो सेसनमा पनि खुलेर अंग प्रदर्शन गरेकी थिइन्।

मोडलको रोमान्स

२१ वर्षीया अन्तर्राष्ट्रिय मोडल नीना एजडलले आफू प्रेममा परेको घोषणा गरेकी छिन्। डेनिस मोडल नीना पछिल्ला दिनहरूमा नयाँ प्रेमी म्याक्स जर्जसँग देखिएकी छिन्। त्यसो त उनका प्रेमी जर्जले पनि नीनालाई संसारकै सबैभन्दा सुन्दर महिला भएको दाबी गरिसकेका छन्। नीना र जर्जले सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू पोस्ट गर्दै आफ्नो रोमान्सको समाचार सार्वजनिक गरेका हुन्। विवाह गरेर सँगै बस्ने कि डेटिङमा मात्र सीमित रहने भन्ने विषयमा यो सेलिब्रेटी जोडीले केही योजना नबनाएको बताइन्छ। नीना भन्छिन्— 'जर्जमा असल प्रेमीमा हुनुपर्ने सबै गुण भएकाले मैले उसलाई रोजेको हुँ।' प्रेममा मात्र रमाइरहँदा मोडलिङ करियरमा पर्ने प्रभावका बारेमा पनि नीना सचेत छिन्। 'त्यसो त म पहिले काम अनि मात्र प्रेममा विश्वास गर्छु,' नीना भन्छिन्— 'करियरलाई अघि बढाउन समेत प्रेमीको साथ चाहिने रहेछ।'

बियोन्सलाई प्रतिबन्ध - sexy Beyonce




अमेरिकी नायिका तथा गायिका बियोन्सका प्रशंसकहरू विश्वभरि नै छन्। अभिनय तथा गायनबाट करोडौं प्रशंसक कमाउन सफल यी सुन्दरीलाई एउटा देशले भने प्रतिबन्ध लगाएको छ। मिश्रका एक पूर्व मन्त्री जाही हवासले हालै एउटा अन्तर्वार्ताका क्रममा उक्त कुरा सार्वजनिक गरेकी हुन्। त्यसो त ३२ वर्षीया बियोन्सले भने उक्त कुरामा सत्यता नभएको दाबी गरेकी छिन्। वास्तवमा बियोन्सका श्रीमान् जे जेडलाई मिश्रको यात्राका क्रममै उनलाई सुप्रसिद्ध पर्यटनस्थलबाट निकालिएको थियो। बियोन्सले यस्तो हुनुमा मिश्र सरकार नै दोषी भएको बताएकी छिन्। समाचारअनुसार जे जेडले गरेको एउटा गल्तीका कारण मिश्रको पिरामिडमा उनलाई प्रतिबन्ध लगाइएको थियो जुन अहिलेसम्म जारी छ। घटनाक्रमलाई बियोन्सले गलत भनेकी छिन्। त्यसअघि बियोन्स सन् २००९ मा मिश्र पुग्दा त्यहाँका पूर्वमन्त्री हवाससँग भएको विवाद अहिलेसम्म कायम रहेको समाचारमा उल्लेख गरिएको छ।

गायिकाको तस्बिर चर्चा - Sexy Lady gaga



३१ वर्षीया गायिका निकी मिनाज आफ्ना नयाँ तस्बिरका कारण चर्चामा छिन्। गत सोमबार इन्स्टाग्राममार्फत उनले आफ्ना केही अन्तरंग तस्बिर सार्वजनिक गरेकी हुन्। तस्बिरमा उनले आफ्नो कामुक शरीर प्रदर्शन गरेकी छिन्। आकर्षक पहिरनमा सजिएकी निकी तस्बिरमा विशेष देखिएकी छिन्। तस्बिरका लागि उनले आफ्ना डिजाइनरलाई क्रेडिट दिएकी छिन्। सन् २००७ देखि सांगीतिक क्षेत्रमा व्यस्त मिनाज गीतकार तथा नायिकाका रूपमा समेत चिनिन्छिन्।

अझै अविवाहित



नेपाली कानुनले विवाह गर्न योग्य उमेर महिलाका लागि १८ तथा पुरुषका लागि २१ वर्ष तोकिदिएको छ। स्वेच्छाले गर्ने विवाहमा केटी १६ वर्ष तथा केटा १८ वर्ष पुग्नैपर्ने सामाजिक परम्परा छ। समाज आधुनिक हुँदै जाँदा विवाह गर्ने उमेर बिस्तारै पछाडि धकेलिँदैछ। अचेल युवकहरू ३० नपुगी विवाह गर्न अग्रसर भएको पाइँदैन भने युवतीहरू पनि २५ वर्ष पूरा भएपछि मात्र विवाहको योजना बनाउन थाल्छन्।

केही समयअघि साप्ताहिकले महानायक राजेश हमालसँग विवाहसम्बन्धी एउटा जिज्ञासा राख्ने क्रममा सोधेको थियो, 'अविवाहित हुनुको सबैभन्दा ठूलो फाइदा के हो?' उनको जवाफ थियो— 'मेरो विचारमा अविवाहित हुनुको एउटा मुख्य फाइदा एक्लोपन हो। म अविवाहित भएकैले धेरै पटक एक्लोपन महसुस गरेको छु तर मलाई कहिल्यै पनि विवाह नगरेर म एक्लो भएँ भन्ने पछुतो लागेन। एक्लोपन पनि जीवनको एउटा पाटो  हो। एक्लो हुनुको मीठो अनुभूति सायद अरू केहीमा नहोला।' त्यही प्रश्नको जवाफ दिने क्रममा अविवाहित गायक राजेशपायल राईले भनेका थिए— 'अविवाहित व्यक्तिलाई श्रीमती र छोराछोरीको चिन्ता हुँदैन। सबैभन्दा ठूलो फाइदा यही नै हो कि?' नेपाली समाजमा सामान्यतयाः ३० वर्ष पुग्दा-नपुग्दै विवाह गर्ने चलन छ। चर्चामा आइरहने यी दुई पुरुष सेलिब्रेटी विवाह गर्ने उमेरभन्दा माथि छन्। हमालभन्दा राजेशपायल उमेरले निकै कान्छा हुन् तर सञ्चारमाध्यममा यी दुईले हालसम्म विवाह नगरेको कुरा समाचार बनिरहन्छ।

नायिका गरिमा पन्त विवाहको उमेर पुगेर पनि विवाह नगर्ने चर्चित महिला सेलिब्रेटी हुन्। उनलाई पनि साप्ताहिकले अविवाहित रहनुको फाइदाका बारेमा जिज्ञासा राखेको थियो। जवाफमा उनले भनेकी थिइन्— 'अविवाहित रहनुका पाँचवटा फाइदा छन्। सबैभन्दा पहिलो त स्वतन्त्रता पाइन्छ। कसैको दवावमा जीवन बिताउनुपर्दैन। उत्तरदायित्व कम हुन्छ। आमाबुवासँग बस्न पाइन्छ।' नायिका निशा अधिकारीले भनेकी थिइन्— 'मेरो विचारमा अविवाहित हुनुको एउटा मात्र फाइदा छ, त्यो हो जिम्मेवारीबाट मुक्ति। विवाह हुनासाथ एक-अर्काको काँधमा पहाडभन्दा ठूलो जिम्मेवारी आइलाग्छ।' गरिमा र निशाले अविवाहित महिला सेलिब्रेटीको प्रतिनिधित्व मात्र गरेका हुन्। नेपाली समाजमा विवाह गर्ने उमेर कटिसकेका तथा विवाहका लागि योग्य यस्ता थुप्रै सेलिब्रेटी छन्।

केही चर्चित अविवाहित महिला तथा पुरुष

अशिष्मा नकर्मी

नेपाली चलचित्र क्षेत्रमा राम्रो संभावना बोकेकी नायिका हुन् अशिष्मा नकर्मी। नेवार भाषाका चलचित्रमा अभिनय गर्दै अघि बढेकी अशिष्मा यतिबेला नेपाली चलचित्रमा रमाइरहेकी छिन्। म्युजिक भिडियोहरूमा समेत अभिनय गरिरहेकी अशिष्माले हालसम्म आधा दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनले अभिनय गरेका केही चलचित्र प्रदर्शन भैसकेका छन् भने केही प्रदर्शनको क्रममा छन्।

कला सुब्बा

मिस नेपालको एउटा प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि जितेपछि ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी कला सुब्बालाई बहुप्रतिभाशाली मान्नेहरू धेरै छन्। उनी स्थापित रेडियो जक्की तथा भिडियो जक्की त हुन् नै, साथै उनले मोडलिङ क्षेत्रमा पनि आफूलाई स्थापित गराइसकेकी छिन्। दर्जनौं फेसन शोमा क्याटवाक गर्दै अघि बढेको उनको मोडलिङ करियर यतिबेला कोरियोग्राफीमा केन्दि्रत छ। थुप्रै रियालिटी शो तथा सुन्दरी प्रतियोगितामा निर्णायक तथा उद्घोषिकाका रूपमा काम गरिसकेकी कला हालसम्म अविवाहित छन्। 'सँगै करियर प्रारम्भ गरेका साथीहरूले घरजम गरिसके, कला भन्छिन्—'म चाहिँ अहिलेसम्म करियरकैपछि लागें तर अब विवाहका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ।'

मलिना जोशी

पूर्व मिस नेपाल मलिना जोशी अब चलचित्रमा समेत देखिने छिन्। उनको डेब्यु चलचित्र 'ऋतु' प्रदर्शनको तयारीमा छ। मिस नेपालका रूपमा आर्जन गरेको ख्यातिलाई उनले चलचित्रमा कसरी सदुपयोग गरेकी छिन्, हेर्न बाँकी नै छ तर चलचित्रमा राजबल्लभ कोइरालासँगको उनको केमेस्ट्री आकर्षक देखिएको बताइन्छ। यतिबेला मलिना प्रेममा भएको दाबी पनि गरिन्छ।

आस्था बी

गायिका आस्था बीको स्वरमा जति मिठास छ, त्योभन्दा बढी उनको सुन्दरताको प्रशंसा गर्नेहरू छन्। पछिल्लो समय 'मलाई पुगेन यो बैंसले...' गीतको लोकप्रियतासँगै उनको सांगीतिक व्यस्तता पनि बढेको छ। यही गीतले उनलाई केही म्युजिक एवार्डमा मनोनीतसमेत गराएको छ। कन्सर्टमा समेत सहभागिता जनाइरहने यी गायिका केही अघिसम्म प्रेममा परेको चर्चा थियो, यतिबेला त्यो चर्चा पनि सेलाएको छ।

आस्था राउत

'खै त मलाई झुम्के बुलाकी...' गीत लोकप्रिय भएपछि गायिका आस्था राउतको क्रेज ह्वात्तै बढेको छ। त्यसो त चलचित्र 'मायाज बार' को 'माया यो माया...' गीतले पनि उनलाई कन्सर्टहरूमा व्यस्त नबनाएको होइन। 'सालको पात टपरी गाँसेर....' गीतको रिमिक्स गाउँदै सांगीतिक क्षेत्रमा सक्रिय भएकी आस्था यतिबेला सांगीतिक कार्यक्रमहरूमा नछु्ट्ने नाम बनेको छ। लोकगायक हरिबहादुर राउतकी यी अविवाहित छोरीले प्रेमका बारेमा अहिलेसम्म सोच्नसमेत नभ्याएको बताउँदै आएकी छिन्।

अनु शाह

म्युजिक भिडियोमा अभिनय गर्दै मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने नायिका हुन्— अनु शाह। थुप्रै नेपाली चलचित्रमा अभिनय गरे पनि उनी अहिलेसम्म आफूलाई स्थापित गराउने चलचित्रकै खोजीमा छिन्। आगामी चलचित्र 'आधीबाटो' बाट आशावादी शाहको नाम पछिल्लो समय नायक सविन श्रेष्ठसँग नजोडिएको होइन तर अनुले त्यसको खण्डन गरिसकेेकी छिन्। अविवाहित यी नायिकाले भविष्यमा प्रेम विवाह गर्ने योजना बनाइएकी छिन् ।

साहाना बज्राचार्य

मिस नेपालकी फस्ट रनर्सअप साहाना बज्राचार्य स्थापित भिडियो जक्की समेत हुन्। मोडलका रूपमा पनि उनले उत्तिकै ख्याती आर्जन गरेकी छिन्। कान्तिपुर टेलिभिजनको चलचित्रसँग सम्बन्धित कार्यक्रम 'फ्रेम बाई फ्रेम' की प्रस्तोता साहाना ट्रेन्डसेटर्स शीर्षकको फेसन शोकी एक मोडलसमेत हुन्। साहानाको क्याटवाक र कार्यक्रम प्रस्तुती जति आकर्षक छ, उनको फिगर र सुन्दरता त्योभन्दा बढी आकर्षक मानिन्छ।

गरिमा पन्त

नायिका गरिमा पन्तलाई वर्ष २०७० भाग्यमानी सावित भएको छ। गरिमा आफ्नो करियरलाई लिएर 'झोला' ले व्यावसायिक सफलताका साथै उनको अभिनयले प्रशंसा पाएपछि गरिमा चलचित्र क्षेत्रप्रति उत्साहितसमेत छिन्। चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी गरिमाले यसअघि पनि दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी थिइन् तर झोलाको जस्तो लोकप्रियता उनले कुनै पनि चलचित्रबाट पाएकी थिइन्।

अकेशा विष्ट

मिस नेपालकी पूर्वप्रतिस्पर्धी अकेशा विष्ट यतिबेला भिडियो जक्कीका रूपमा सक्रिय छिन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम 'कल कान्तिपुर' की यी भिजे म्युजिक भिडियोहरूमा समेत उत्तिकै व्यस्त छिन्। अग्लो कदकी यी सुन्दर भिजे तथा मोडललाई मन पराउनेहरू प्रसस्त छन्। करियरमै व्यस्त रहेकाले अकेशाले अहिले नै प्रेम र विवाहका बारेमा सोच्ने हतार देखाएकी छैनन्।

यी पनि अविवाहित

कोमल वली (गायिका), ऋचा शर्मा (नायिका), दीपाश्री निरौला (हास्यअभिनेत्री), केकी अधिकारी (नायिका), रेजिना उप्रेती (नायिका), नन्दिता केसी (नायिका), श्वेता खड्का (नायिका), जेनिसा मोक्तान (नायिका), निरुता सिंह (नायिका), निशा अधिकारी (नायिका), नम्रता श्रेष्ठ (नायिका), बेनिशा हमाल (नायिका), रीमा विश्वकर्मा (नायिका), हषिर्का श्रेष्ठ (नायिका), सुष्मा कार्की (नायिका), नीता ढुंगाना (नायिका), इन्दिरा जोशी (गायिका), सुनिता दुलाल (गायिका), सुमिना घिमिरे (नायिका), साहाना बज्राचार्य (भिजे), कला सुब्बा (आरजे), बिनिता बराल (नायिका), दिया मास्के (नायिका), समुना केसी (नायिका), अनिता आचार्य (नायिका) ।



अनमोल केसी

अभिनेता भुवन केसीका छोरा अनमोल केसी पनि नायकका रूपमा स्थापित भैसकेका छन्। 'होस्टल' का यी हेन्डसम नायकले त्यसअघि आफ्नै बुवाको चलचित्र 'साथी म तिम्रो' मा अभिनय गरेका थिए। अग्लो कदका अनमोल आफ्ना पिता जस्तै युवतीहरूमाझ प्रिय छन्। लजालु स्वभावका यी नायकले आफ्नो प्रेम जीवनका बारेमा कुनै पनि कुरा सार्वजनिक गरेका छैनन्। विवाहको प्रसंगमा उनी आफूलाई केटाकेटी नै मान्छन्।

फुपू तेन्जिङ शेर्पा

५ फिट १० इन्च अग्ला फुपू तेन्जिङ शेर्पाले यही वर्ष नेपाली चलचित्रमा नायकका रूपमा डेब्यु गरेका छन्। सञ्चारकर्मी डब्बू क्षेत्रीको चलचित्र 'राहदानी' बाट डेब्यु गर्दै उनी शेर्पा समुदायको पहिलो नायक समेत बनेका छन्। इभेन्ट म्यानेजरका रूपमा समेत स्थापित भैसकेका तेन्जिङ मार्शल आर्ट्सका खेलाडी समेत हुन्। आकर्षक व्यक्तित्वका धनी यी नायक युवतीहरूमाझ प्रिय मानिन्छन्। उनी यतिबेला एउटी युवतीसँगको प्रेममा त छन् तर विवाह गर्ने मिति तय भैनसकेको बताउँछन्।

गौरव पहारी

गौरव पहारीले नेपाली चलचित्र क्षेत्रमा दोस्रो पुस्ताको अभिनेताको प्रतिनिधित्व गरेका छन्। पुराना अभिनेता टीका पहारीका जेठा छोरा गौरवले यसै वर्षको प्रारम्भमा चलचित्र 'मञ्जरी' मा नायकका रूपमा डेब्यु गरेका हुन्। मुम्बईमा चार वर्ष बसेर अभिनयलगायत हरेक किसिमका प्रशिक्षण प्राप्त गरेका गौरवलाई 'होस्टल' चलचित्रले थप चर्चा दियो। यतिबेला बिकाउ अभिनेताका रूपमा स्थापित भैसकेका गौरव अविवाहित छन्। अभिनयमा स्थापित भैसकेपछि मात्र प्रेम र विवाहका बारेमा योजना बनाउने तयारी उनको छ।

अशुसेन लामा

साउथ एसियन स्टारको उपाधि पाएका आकर्षक व्यक्तित्वका धनी गायक हुन् अशुसेन लामा। आधुनिक, पप, सेलो, लोकपपसहित हरेक विधाका गीत गायन सिपालु अशुसेन कुशल संगीतकारसमेत हुन्। उनले सहभागिता जनाउने कन्सर्टमा युवाभन्दा युवतीको संख्या बढी देखिन्छ। युवती प्रशंसकहरू धेरै कमाएका यी गायकले प्रेम गर्न भने समय नै पाएका छैनन्। लामा भन्छन्- 'गीत-संगीतका कारण विवाह त के प्रेमका बारेमा समेत योजना बनाउन पाएको छैन।'

पृथु बास्कोटा

नेपाली क्रिकेटको राष्ट्रिय टिमका हेन्डसम खेलाडी हुन्- पृथु बास्कोटा। उनी दायाँहाते ब्याट्सम्यान हुन् भने अफ ब्रेक बलर। २२ वर्ष नपुग्दै यी खेलाडीले नेपाली दर्शकहरूको मन जितिसकेका छन्। यू-१६ देखि नै नेपाली राष्ट्रिय टिमका लागि खेल्दै आएका बास्कोटा युवतीमाझ पनि उत्तिकै प्रिय मानिन्छन्। भनिन्छ, पछिल्लो समय उनी प्रेममा पनि छन्। प्रेममा भए पनि आफ्नी प्रेमिकासँग लगनगाँठो बाँध्ने विषयमा पृथुले अहिले नै कुनै योजना बनाएका छैनन्।

संयम पुरी

चलचित्र 'शायद' का नायक संयम पुरी चलचित्र निर्देशक नारायण पुरीका छोरा पनि हुन्। पहिलो चलचित्रबाटै अभिनयमा स्थापित भएका संयम त्यसपछिका केही समय खाली बसे। यतिबेला उनी चलचित्र 'पुन्टे परेड' मा अभिनय गरिरहेका छन्। 'सायद' को सफलतासँगै युवतीहरूका प्रिय बनेका संयम यतिबेला प्रेममा त छन् तर विवाहका बारेमा अहिले नै केही निर्णय गरिसकेका छैनन्।

सलोन बस्नेत

निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेत चकलेटी नायकका रूपमा लोकप्रिय छन्। सलोनले सुनिल रावलको चलचित्र 'होस्टल' बाट डेब्यु गरेका हुन्। उक्त चलचित्रको व्यावसायिक सफलतापछि सलोन पनि अभिनय क्षेत्रमा स्थापित भए। यतिबेला उनी दोस्रो चलचित्र 'एउटा साथी' मा व्यस्त छन्। युवतीहरूमाझ राम्रो छवि बनाएका सलोनलाई मन पराएर प्रेम प्रस्ताव राख्ने युवतीहरूको संख्या एक दर्जन नाघिसकेको बताइन्छ।

कोसिस क्षेत्री

गायक तथा संगीतकार कोसिस क्षेत्रीलाई २०७० सुख र दुःखले भरिएको वर्ष सावित भएको छ। यो वर्ष उनले आफ्ना संगीतकर्मी बुवा ज्ञानवीर क्षेत्रीलाई गुमाए। बुवालाई गुमाएकै वर्ष उनी नेपाली चलचित्रमा नायकका रूपमा उदाए। गत माघ २४ गते प्रदर्शन भएको चलचित्र 'मोक्ष' मा नायकका रूपमा डेब्यु गर्दै उनले प्रशस्त प्रशंसा बटुले। यसअघि गायक तथा संगीतकारका साथै म्युजिक भिडियोका मोडलका रूपमा समेत स्थापित भैसकेका कोसिस अविवाहित छन्।

कमल खत्री

'आत्मामा...' गीतका गायक कमल खत्री युवापुस्ताका लोकप्रिय गायक हुन्। उनी प्रायः रोमान्टिक गीत गाउन रुचाउँछन्। चकलेटी अनुहारका यी गायकले पनि युवकभन्दा युवती प्रशंसक बढी कमाएका छन्। उनका म्युजिक भिडियोहरूका दर्शकमात्र होइन, कन्सर्टका दर्शकमा पनि युवतीहरूकै संख्या बढी हुन्छ। यी अविवाहित गायकले जीवनसाथीका रूपमा कुन क्षेत्रकी युवती रोज्ने हुन्, प्रतीक्षाकै विषय छ।

यी पनि अविवाहित

राजेश हमाल (नायक), राजेशपायल राई (गायक), आर्यन सिग्देल (नायक), राजबल्लभ कोइराला (नायक), श्रीकृष्ण श्रेष्ठ (नायक), बिमलेश अधिकारी (मोडल), सुमन सिंह (नायक), आयुष रिजाल (नायक), सौगात मल्ल (नायक), कर्मा (नायक),राज घिमिरे (नायक), अविनाश घिसिङ (गायक), यूवराज चौलागाईँ (गायक), किरण खनाल (भिजे), विल्सन विक्रम राई (हास्यअभिनेता), सुरज गिरी (भिजे), बादल प्रसाई (गायक), रेमन दास श्रेष्ठ (नायक), हेमन्त राना(गायक), पारस खड्का (क्रिकेटर)।



जो अविवाहित छन्

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो अहिले रूसी मोडल इरिना शायकसँग प्रेम-रोमान्सको चक्करमा छन्। पोर्चुगलका यी फुटबल स्टारसँग गर्लफ्रेन्ड र अफेयरको लामो सूची छ। आकर्षक व्याक्तित्वका रोनाल्डोलाई थुप्रै सुन्दरीले पछ्याएका छन्। यद्यपि यी २९ वर्षीय फुटबलरले विवाहको साइत जुराएका छैनन्। उनले हलिउडका चर्चित अभिनेत्री तथा मोडलसँग प्रेमसम्बन्ध गाँसिसकेका छन्। पेरिस हिल्टनदेखि किम कार्दशियनसम्म रोनाल्डोका गर्लफ्रेन्ड भए। रमाइलो कुरा, अविवाहित भए पनि उनी एउटा छोराका बुबा भैसकेका छन्। उनका गर्लफ्रेन्डमध्ये नुरिया बर्मुडेज सवैभन्दा विवादित थिइन्। नुरियाको रोनाल्डोबाहेक रियल म्याडि्रडका अन्य ६ जना फुटबलरसँग अफेयर थियो। कतिसम्म भने, रोनाल्डोसँग डेटिङमा भएका बेला पनि उनी डेभिड वेकह्यामलाई लभ म्यासेज पठाउँथिन्।

   लेडी गागा

स्टेजमा अनेकौं हर्कत गरेर चर्चा र विवादको घेरामा आइरहने गायिका लेडी गागाले विवाह गरेकी छैनन्। २७ वर्षीया यी गायिका अभिनेता टेलर किन्नेसँग डेटिङ गर्छिन्। २०१२ मा 'यू एन्ड आई' भिडियोको छायांकनका क्रममा उनीहरूको भेट भएको थियो। भिडियो तयार भैसकेपछि उनीहरू नियमितजसो एकसाथ देखिन थाले। लेडी गागा र टेलरको प्रेम-रोमान्सले वेलावेला हलचल ल्याउने गरेको छ।

  रिहान्ना

गायिका रिहान्नाले एक अन्तर्वार्तामा भनेकी थिइन्- 'म १६ वर्षसम्म आमाको कडा निगरानीमा थिएँ। त्यतिबेलासम्म मलाई डेटिङमा जान कुनै अनुमति थिएन।' अहिले भने उनी ठूली भैसकेकी छिन् र घरपरिवारको बन्धनवाट मुक्त पनि। त्यसैले त २६ वर्षीया यी काली सुन्दरी कामुक रूप धारण गरेर बेपर्वाह रोमान्स गर्दै हिँड्छिन्। २००५ मा 'म्युजिक अफ द सन' सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा चर्चा वटुलेकी रिहान्ना र्‍यापर एएसएपी रकीसँग लभ अफेयरका कारण पनि चर्चामा आउने गरेकी छिन्। यसअघि उनको सम्बन्ध क्रिस ब्राउनसँग गासिएको थियो। क्रिससँगको सम्बन्ध नटुट्दै रिहान्नाले र्‍यापर एएसएपीलाई आफ्नो ब्वाइफ्रेन्ड बनाएकी हुन्। अहिले भने उनको कुनै ब्वाइफ्रेन्ड छैन।

  रोबर्ट पेटिन्सन

टि्वलाइट शृंखलाका जोडी क्रिस्टिन स्टेवार्डसँग लामो समयदेखि प्रेममा रहे पनि रोबर्ट पेटिन्सनले विवाहको निर्णय गरेका छैनन्। टि्वलाइटमा सँगै काम गरेपछि उनीहरू प्रेमी-प्रेमीका भएका थिए। यसबीच निर्देशक रुपट स्यान्डर्ससँग क्रिस्टिनको डेटिङ तस्बिर प्रकाशित भएपछि रोबर्ट र क्रिस्टिनको सम्बन्ध चिसिँदै गयो। अन्ततः उनीहरूको तीन वर्ष लामो प्रेमसम्बन्धमा पूर्णविराम लाग्यो। त्यही बेला रोबर्टको एलोपन मेट्न आइपुगिन्, केटी पेरी। केटी पनि कमेडियन रसेल ब्रान्डसँग छुट्टिएकी थिइन्। पछि, माफी मागेपछि रोवर्टले पुनः क्रिस्टिनालाई गर्लफ्रेन्ड बनाए।

   सान्ड्रा वुलक

ओस्कार पुरस्कार विजेता अमेरिकी अभिनेत्री एवं निर्माता सान्ड्रा वुलक अहिले एक्लै छिन्। पति जेम्ससँग सम्बन्धविच्छेद गरेपछि उनी एक्लिएकी हुन्। जेम्सले चार जना महिलासँग मस्ती गरेको चर्चा मिडियामा आएपछि सान्ड्राले उक्त सम्बन्धबाट बिट मार्ने निर्णय गरेकी थिइन्। ४९ वर्षीया सान्ड्राले १९९० को दशकमा डेमोलिशन म्यान, स्पिड, द नेट, अ टाइम टु किलजस्ता चलचित्रमा अभिनय गरेकी छिन्।

   रासेल विल्सन

'द लास्ट किस' की अभिनेत्री रासेल विल्सन पनि अविवाहितकै सूचीमा छिन्। सुरुमा उनको अभिनेता एडम ब्रोडीसँग चक्कर थियो। यद्यपि त्यो सम्बन्ध लामो समय टिक्न सकेन। त्यसपछि उनी ह्याडेन्स क्रिस्टिनसँग नजिकिइन्। क्रिस्टिनसँग उनको भेट साइन्स फिक्सन फिल्म 'जम्पर'को सेटमा भएको थियो। उनीहरूले २००८ मा इंगेन्जमेन्ट गरे पनि २०१० को मध्यतिर आएर त्यसलाई तोडे।

माइली साइरस

एक अन्तर्वार्तामा माइली साइरसले भनेकी थिइन्- 'म एक्लोपनमै रमाउन सक्छु। यस्तै जिन्दगी मस्ती हुन्छ।' उमेरले २१ वर्ष काटेकी यी गायिका प्रेम गर्छिन्, रोमान्स गर्छिन्। स्टेजमा कामुक हाउभाउ साथ प्रस्तुत हुने साइरसको निक जोनसँग सम्बन्ध रहेको चर्चा छ।

नयाँ आइटम संगीता

नृत्यांगना संगीता लामा नेपाली चलचित्रकी नयाँ आईटम गर्ल हुन्। दर्जनौं स्टेज कार्यक्रममा अत्याधुनिक नृत्य गरेर दर्शकको मन जितिसकेकी संगीताले नेपाली तथा भोजपुरी भाषाको चलचित्र 'फेरि आउँदैन त्यो समय' तथा जादुगर महादेव त्रिपाठीको नेपाली चलचित्र 'च...चमत्कार' मा आइटम नृत्य प्रस्तुत गरिसकेकी छिन्। एक दर्जन म्युजिक भिडियोमा समेत नृत्य गरिसकेकी संगीताले स्वदेशका महोत्सवदेखि विदेशका स्टेजसम्म आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकी छिन्। हालैमात्र ओमानमा सम्पन्न सांगीतिक कार्यक्रममा नृत्य प्रदर्शन गरेर फर्किएकी संगीता केही सातामै मलेसिया पुगेर आफ्नो कला प्रदर्शन गर्दैछिन्। 'चलचित्रमा अभिनय गर्ने प्रस्तावसमेत पाउन थालेकी छु, साप्ताहिकसँगको एक भेटमा संगीताले भनिन्— 'मलाई नायिकाभन्दा पनि नृत्यांगनाकै रूपमा स्थापित हुनुछ।' नृत्यमा आधारित रियालिटी शो 'कोभन्दा को कम' मा विजयी भएपछि प्रारम्भ भएको आफ्नो नृत्य-करियरको भविष्य उज्वल रहेको बताउँदै लामाले थपिन्— 'हरेक चलचित्रमा आइटम गीत समावेश गर्ने हो भने हाम्रो भविष्य उज्ज्वल छ।'

प्रेमीसँग रेस्टुराँ

सुष्मा कार्कीको चर्चा अचेल त्यति हुँदैन। केही महिनायता गुप्तवास बसेकी कार्की भ्यालेन्टाइन डेको साँझ ठमेलको एउटा रेस्टुराँमा प्रेमी नरेन शाहीसँग देखा परिन्। साथमा थिए झरना थापा, सुनिल कुमार थापा, पुजना स्त्री, सञ्चिता लुइँटेल, सुमन गैह्रे आदि। सुष्माले आफ्नो २७ औं बर्थ डे मनाउन सबैलाई निम्तो गरेकी थिइन्। अन्डरग्राउन्ड ब्यान्ड अनुप्रस्थका लिड भोकलिस्ट नरेनसँग सुष्माको चक्कर चलेको धेरै भैसकेको छ। बर्थ डे केक काटेर प्रेमीलाई ख्वाएपछि सुष्माले ठमेलमा सञ्चालनमा आएको रेस्टुराँ उनी र नरेनले संयुक्त रूपमा सञ्चालनमा ल्याएको रहस्य खोलिन्। त्यसका अतिरिक्त मैतिदेवीमा खाद्यान्नको होलसेल व्यापार पनि थालेको उनले बताइन्। 'निर्माता नै हिरो बन्न खोजेकाले मेरा केही चलचित्र चलेनन्, तर अब लिड भूमिकामा कसैले अफर गर्नुहुन्छ भने मात्र चलचित्रमा काम गर्छु अन्यथा म व्यवसायी महिला भएरै दिन बिताउँछु' -सुष्माले दन्तलहर देखाउँदै भनिन्।

झोले, झोला, झेली अनि झमेला

अर्थ फरक भए पनि सुन्दा उस्तै लाग्ने शीर्षक राखेर चलचित्र बनाउँदा तीनवटा चलचित्रलाई व्यवसाय गर्न गाह्रो पर्ने देखिएको छ। यतिबेला सहरमा कृष्ण धरावासीको कथामा आधारित चलचित्र 'झोला'को प्रशंसा सुनेर केही दर्शक हलमा पुगेछन्। हलमा उनीहरूले चलचित्र 'झोले' को पोस्टर देखेछन् र कन्फ्युज हुँदै हलका कर्मचारीसँग सोधेछन्। कर्मचारीले झोला चलिरहेको र झोले आउन बाँकी रहेको जानकारी दिएपछि मात्र उनीहरू ढुक्क भए। अब फेरि अर्को चलचित्र 'झेली' पनि आउनै लागेको छ। 'झोला' हेर्न जानेहरू पनि हलमा 'झोले' को ट्रेलर देखेर छक्क पर्छन्। त्यसमाथि 'झेली'को ट्रेलर पनि आउन थाल्यो भने त के गर्लान्? झोले, झोला, झेलीजस्ता झुक्याउने शीर्षक सुनेर एक जना चलचित्र वितरक टाउकोमा हात राख्दै भन्दै थिए- 'धन्य होस् भगवान्, कसैले झमेला शीर्षकमा चलचित्र बनाएनन्?'

Saptahik Blow up - sexy Sarina tamang

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???