Tuesday, November 26, 2013
क्या बात ! शरद
भारतीय क्रिकेटका भगवान मानिने सचिनले वेस्टइन्डिजविरुद्धको दोस्रो टेस्टपछि खेल जीवनबाट संन्यास लिए। जताततै त्यसको चर्चा भयो। त्यसै दिन बेलुकी करिब ७ बजे शरदले युएईको मैदानमा जोडदार रूपमा ब्याट घुमाए र फेरि सचिनसँगै चर्चामा आए। नेपालले क्रिकेटको छोटो संस्करणमा अहिलेसम्मकै सबैभन्दा ठूलो १ सय ८३ रन पछ्याइरहेका बेला अन्तिम ओभरमा जितका लागि १७ रन आवश्यक थियो। क्रिजमा रहेका शरदले पहिलो बलमा ६, दोस्रोमा २, तेस्रोमा ६ र चौथोमा पनि ६ रन प्रहार गर्दै २० रन जोडेर नेपालको जित २ बल बाँकी छँदै सुनिश्चित गरिदिए अनि फेरि त्यही भयो, गएको आइतबार शरद् र सचिनको तस्बिर नेपाली पत्रपत्रिकाको पहिलो पृष्ठमा छायो।
आधुनिक यूगकी सुन्दरी
श्रीमान् त्याग्ने नायिका
हलिउडकी १९ वर्षीया नायिका कर्टनी स्टोडेनले आफ्ना ५३ वर्षीय श्रीमान् डग हचिन्सनलाई छाडिदिएकी छिन्। उनीहरूले तीन वर्षअघि विवाह गरेका थिए। तीन वर्ष लामो वैवाहिक जीवन टुंगिएपछि नायिका कर्टनीले त्यसको कारण पनि सार्वजनिक गरेकी छिन्। कर्टनीले बेलायतमा बिग ब्रदरमा सहभागिता जनाउने क्रममा श्रीमान्सँगको सम्बन्ध चिसिन थालेको बताएकी छिन्। 'मैले आफ्ना इच्छाहरू दबाइरहेकी थिएँ र म स्वतन्त्रता चाहन्थे,' सम्बन्ध विच्छेदपछि उनले भनेकी छिन्— 'अहिले म आराम महसुस गरिरहेकी छु।' गत नोभेम्बर ५ का दिन दुवैले अलग हुने निर्णय गरेका थिए। कर्टनीले सन् २०११ मा आफूभन्दा ३५ वर्ष जेठा अभिनेतासँग लस भेगासमा विवाह गरेकी थिइन्। त्यतिबेला उनको उमेर १६ वर्षको थियो। श्रीमान्सँग अलग भएपछि कर्टनीले आफूलाई जेलबाट मुक्त भएजस्तो अनुभव भैरहेको बताएकी छिन्।
कुरा बजेटको
मिस नेपाल हिरोइन (Miss Nepal)
पूर्व मिस नेपाल झरना बज्राचार्य नायिका भइन् र कल्पना गरेभन्दा धेरै चर्चा पाइन्, तर उनले अभिनय गरेका एउटा पनि चलचित्र व्यावसायिक रूपमा सफल मानिएनन्। त्यसपछि अर्की मिस नेपाल सुमी खड्का पनि नायिकाका रूपमा देखा परिन्, उनले पनि कुनै जादु देखाउन सकिनन्। मिस नेपालको पगरी गुथिसकेकी माल्भिका सुब्बाले पनि एकाध चलचित्रमा आफ्नो रहर मात्र पूरा गरिन्। मिस नेपालमा सहभागिता मात्र जनाएकी रेखा थापाले भने चलचित्र नगरीमा जादु छरिरहेकी छिन्। चलचित्र 'कलिउड'को शीर्षगीत 'नशा हो यो कलिउडको नशा'मा नृत्य गरेपछि चलचित्र नायिका बन्न सक्ने सम्भावना बोकेर आएकी अर्की मिस नेपाल मलिना जोशी चलचित्रकी नायिका भएपछि अहिले चलचित्रकर्मीहरूको आँखा उनीतर्फ सोझिएको छ। अस्ट्रेलियामा निर्माण भएको र उतै खिचिएको चलचित्र 'ऋतु'बाट नायिकाका रूपमा मलिनाको आगमन हुँदैछ। छायांकन र पोष्ट प्रोडक्सन सम्पन्न भैसकेको उक्त चलचित्रमा मलिनाको पर्फमेन्स हेर्न आतुर छन्, केही नाम चलेका चलचित्रकर्मी। मलिनाको काम र सुन्दरताबाट यदि ती चलचित्रकर्मी प्रभावित भएछन् भने यो क्षेत्रमा मलिनाको गाडी फुल स्पिडमा गुड्नेछ, अन्यथा झरना र सुमीजस्तै उनी पनि हराउन के बेर ?
Subscribe to:
Comments (Atom)