Showing posts with label nepali filmy news. Show all posts
Showing posts with label nepali filmy news. Show all posts
Friday, September 20, 2013
कटरिना नम्बर वान सेक्सी
मुम्बईमा पुजनाको नृत्य
Usha Poudel in Hindi Cinema
विगत डेढ महिनादेखि काठमाडौंमा छुट्टी मनाइरहेकी रुक्मणी अर्थात् उषाले आज शुक्रबार मुम्बई र्फकनुअघि मंगलबार साप्ताहिकसँग केही अनौपचारिक कुराकानी गरिन्। 'मुम्बईमा साढे तीन वर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु। अहिले दुई महिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ। यसपटकको मेरो बसाइ नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिएँ। त्यही स्ट्याटस्का कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो। मैले पनि केही नजिकका साथीहरूलाई भेटेँ। भेटघाटमै बित्यो डेढ महिना।'
महाकवि लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'माथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन्। यता स्थापित भैसकेकी उषा अनायसै मुम्बई पलायन भइन्। 'मुम्बई पलायन हुने सोच थिएन। हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ।' अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ।
अक्षय कुमारले सञ्चालन गरेको रियालिटी शो 'मास्टर सेफ'को प्रोमोसनल उनको करियर अघि बढाउने ढोका बन्यो। त्यसपछि उनले चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा काम लगाइदिने एजेन्टहरू भेटिन्। सुरुवातमा उनले धार्मिक टेलिसिरियलहरूमा मुख्य भूमिका पाउँदै गइन्। 'जय जय जय बजरंगबली', 'जय शनीदेव', 'विष्णु पुराण' जस्ता धार्मिक तर महँगो बजेटका श्रृंखलामा उनको व्यस्तता बढ्दै गयो। उनले त्यसपछि 'अदालत', 'चिन्टु चिंकी और एक बढी सी लभस्टोरी'मा पनि मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्। नेपाल आउनुअघि हरर श्रृंखला 'फेयर फाइल्स'मा अभिनय गरिन्। 'तुझसंग पि्रत लगाई सजना'मा उनको कामको निकै प्रशंसा भयो।
'मैले नेपाली चलचित्रलाई चटक्क माया मारेकी छैन, तर तत्काल फर्केर यता आउने मेरो कुनै योजना छैन। बीचमा मलाई अशोक शर्माले एउटा चलचित्रका लागि अफर गर्नुभएको थियो। म त्यतिबेला 'तुझसँग पि्रत लगाई सजना'को टाइट सेड्युलमा थिएँ। कुनै बेला मुम्बईमा पनि फुर्सद हुन्छ, त्यतिबेला यताको काम पाइयो भने गर्न पनि सकिन्छ,' -उषाले नेपाली चलचित्रप्रतिको लगावलाई व्यक्त गरिन्। समकालीन रेखा थापा, ऋचा घिमिरे, झरना थापा, अरुणिमा लम्साल, सञ्चिता लुइँटेलहरूले विवाह गरिसकेको र कतिपयले फिल्म लाइन नै छोडिसकेको अवस्थामा उषा भने अहिलेसम्म अविवाहित नै छिन्। विवाह र प्रेमका बारेमा उषाले भनिन्- 'प्रेम गर्ने समय छैन, विवाह हुन्छ कि हुँदैन थाहा छैन।'
हिन्दी चलचित्र 'सुन लड्की'मा काम गरिसकेपछि त्यसबाट आउने रेस्पोन्सले उनको बलिउड करियर निर्धारण गर्नेछ। तैपनि उषा हिन्दी श्रृंखलाहरूमा भने लगभग स्थापित भैसकेकी छिन्। 'हेर्दै जानु कुनै दिन मैले गोल हान्नेछु,' छुट्टनिे बेलामा उषाले हाँस्दै भनिन्।
पत्रकार प्रियंका
अटाइनन् रेखा
आगामी संविधानसभाको निर्वाचनका लागि उम्मेदवारी पाउने व्यापक चर्चा भए पनि
नायिका रेखा थापालाई एमाओवादीले समानुपातिकतर्फ भने अटाउन सकेन। सभासद्का
लागि एमाओवादीले गत सोमबार १४ जना कलाकारलाई उम्मेदवारका रूपमा सिफारिस गरे
पनि त्यसमा रेखा थापा पर्न सकिनन्। एमाओवादीको अखिल नेपाल जनसांस्कृतिक
महासंघले समानुपातिकतर्फ चलचित्र, संगीत तथा रंगमञ्चका कलाकारहरूको नाम
घोषणा गरेको हो। सभासद्का लागि सिफारिस गरिएका कलाकारहरूमा नायिका मौसमी
मल्ल -काठमाडौं), गणेश भण्डारी -सुर्खेत), द्वन्द्व निर्देशक राजेन्द्र
खड्गी -काठमाडौं), निर्देशक केपी पाठक -काठमाडौं), निर्माता शिवजी लामिछाने
-कास्की), निर्देशक उदय सुब्बा -झापा), निर्देशक दीपक श्रेष्ठ -सुनसरी),
निर्देशक विजय बस्नेत -महोत्तरी), निर्देशक राजु केसी -मकवानपुर), संगीतकार
लक्ष्मण शेष -मकवानपुर), संगीतकार चेतन सापकोटा -मकवानपुर) तथा धीरेन्द्र
प्रेमषिर् -सिरहा) सिफारिस भएका छन्। नायिका रेखा थापाको नाम समानुपातिकमा
नपरे पनि उनले प्रत्यक्षतर्फ उम्मेदवारीको टिकट पाउने सम्भावना भने टरेको
छैन।
Thursday, September 19, 2013
आमिर भन्छन्, ‘चेन्नई एक्सप्रेसको रेकर्ड ब्रेक गर्नु छैन’
बलिउडमा
नायक आमिर खानका सिनेमाले सफलताको नयाँ रेकर्ड बनाउछन् । उनले नै अभिनय
गरेको सिनेमाले पहिलो पटक १ सय र २ सय करोडको व्यापार गरेका थिए । तर
आमिरको चलचित्र ‘थ्री इडियट्स’ले बनाएको २०२ करोडको रेकर्डलाई साहरुख खान
अभिनित चलचित्र ‘चेन्नई एक्सप्रेस’ले तोडेको छ । यो चलचित्रले आफ्नो
लाइफटाइम व्यापार २२७ करोड पुर्याएको छ ।
यसैले
यतिबेला बलिउडमा यो रेकर्डलाई कसले तोड्छ या तोड्न सक्छन् सक्दैनन् भन्ने
अड्कल - See more at:
http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
ले
भने चेन्नइको रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्,
‘बक्स अफिसको रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु - See more at:
http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
सुरु भैसकेको छ । यो भिडमा आमिर खान अभिनित चलचित्र ‘धुम ३’ अग्रपंक्तीमा छ ।
तर बलिउड नायक आमिर खानले भने चेन्नइको
रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको
रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु मेरो चलचित्रले दर्शकलाई खुशी
बनाओस् र उनीहरु सन्तुष्ट होउन ।’
‘म दर्शकको माया पाउन चाहन्छु र सधै यही
कुरामा म तिर्खाएको हुन्छु, यसैले पनि हरेक सिनेमामा म नयाँ प्रयोग गर्न
चाहन्छु र उनीहरुलाई सरप्राइज दिन चाहन्छु’, आमिरले भनेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
सुरु भैसकेको छ । यो भिडमा आमिर खान अभिनित चलचित्र ‘धुम ३’ अग्रपंक्तीमा छ ।
तर बलिउड नायक आमिर खानले भने चेन्नइको
रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको
रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु मेरो चलचित्रले दर्शकलाई खुशी
बनाओस् र उनीहरु सन्तुष्ट होउन ।’
‘म दर्शकको माया पाउन चाहन्छु र सधै यही
कुरामा म तिर्खाएको हुन्छु, यसैले पनि हरेक सिनेमामा म नयाँ प्रयोग गर्न
चाहन्छु र उनीहरुलाई सरप्राइज दिन चाहन्छु’, आमिरले भनेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpuf
सुरु भैसकेको छ । यो भिडमा आमिर खान अभिनित चलचित्र ‘धुम ३’ अग्रपंक्तीमा छ ।
तर बलिउड नायक आमिर खानले भने चेन्नइको
रेकर्ड तोड्ने कुनै सोच नभएको बताएका छन् । उनले भनेका छन्, ‘बक्स अफिसको
रकेर्डमा मलाई कुनै ईच्छा छैन, म चाहन्छु मेरो चलचित्रले दर्शकलाई खुशी
बनाओस् र उनीहरु सन्तुष्ट होउन ।’
‘म दर्शकको माया पाउन चाहन्छु र सधै यही
कुरामा म तिर्खाएको हुन्छु, यसैले पनि हरेक सिनेमामा म नयाँ प्रयोग गर्न
चाहन्छु र उनीहरुलाई सरप्राइज दिन चाहन्छु’, आमिरले भनेका छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/09/117456/#sthash.XREHxvuh.BDkerqJ1.dpufFriday, September 13, 2013
नेपाली नायिकाको सौन्दर्य परीक्षण
रिडीकोट, अछाममा जन्मिएर परिवारका सदस्यहरूसँगै बाल्यकाल तथा युवावस्था भारतको मुम्बईमा बिताएकी नन्दाले मुम्बईमै ब्युटिपार्लरसम्बन्धी ज्ञान हासिल गरेकी थिइन्। नेपाल आएपछि उनले वरिष्ठ मेकअप आर्टिस्ट सन्तु तामाङसँग मेकअपको औपचारिक प्रशिक्षण लिइन्। मनोरञ्जनका प्रायः सबै विधामा सक्रिय हुने नायिका तथा मोडलहरूको मेकअप गर्ने क्रममा नन्दाले कुन नायिकाको छाला कस्तो छ, कुन नायिकालाई कस्तो मेकअप सुहाउँछ, कुन नायिकाले आफ्नो सौन्दर्यलाई विशेष ध्यान दिनुपर्छ भन्ने कुराको अध्ययनसमेत गर्न भ्याएकी छिन्।
मेकअप आर्टिस्टका रूपमा आधा दशकभन्दा बढी समयदेखि नेपालको मनोरञ्जन क्षेत्रमा सक्रिय नन्दा अधिकारीले नेपाली नायिकाहरूको छाला औसतभन्दा राम्रो भएको मूल्यांकन गरेकी छिन्। 'धेरैजसो नायिकाको छालाको रंग गहुँगोरो छ, नन्दा भन्छिन्— 'सामान्य हेरचाह गर्दा नै उनीहरूको छाला आकर्षक हुन्छ तर कतिपय नायिका छालाको हेरचाहमा ध्यान नदिँदा सोचेजस्तो आकर्षक देखिन सकेका छैनन्।'
साप्ताहिकको आग्रहमा नन्दाले करिब एक दर्जन नेपाली महिला सेलिब्रेटीको छाला तथा साैन्दर्यको मूल्यांकन गरेकी छिन्। नन्दाको मूल्यांकन उनकै शब्दमा ।
करिश्मा मानन्धर
नेपाली नायिकाहरूमध्ये करिश्मा मानन्धरको छालाको गुणस्तर उत्कृष्ट छ। मैले आजसम्म उनको मेकअप गर्ने अवसर त पाएकी छैन तर विभिन्न सभा-समारोहमा मैले उनको छाला र सौन्दर्यलाई नजिकबाट नियाल्ने अवसर पाएकी छु। उनको छाला प्राकृतिक रूपमै नरम छ। अनुहारको छाला प्राकृतिक भएकाले हल्का मेकअपमै उनलाई सुन्दर देखाउन सकिन्छ। अनुहारको बनावट नै आकर्षक भएकाले हेभी मेकअपको आवश्यकता पर्दैन।
निरुता सिंह
नीता ढुंगाना
नेपाली चलचित्रका नयाँ नायिकाहरूमध्ये नीता ढुंगानाको छाला सबैभन्दा आकर्षक छ। एउटा दुर्घटनाका कारण गालामा हल्का दाग बसे पनि उनको अनुहारको छाला नरम छ। चलचित्र अथवा म्युजिक भिडियोको छायांकनअघि उनको मेकओभर गर्दा दाग नदेखियोस् भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ। प्राकृतिक रूपमै गोरो छाला भएकाले नीतालाई लाइट मेकअप सुहाउँछ। छालालाई दीर्घायु बनाउन उनले त्यसको विशेष हेरचाह गर्नु आवश्यक छ।
केकी अधिकारी
पछिल्लो पुस्ताकी लोकपि्रय नायिका केकी अधिकारीको मैले थुप्रै म्युजिक भिडियोका लागि मेकओभर गरेकी छु। केकीको अनुहारको छालाको क्वालिटी 'रफ' छ। उनको छालाको रंग गहुँगोरो छ। आउटडोर छायांकनमा व्यस्त भएकाले होला केकीको अनुहारको छाला डढेजस्तो देखिन्छ। त्यसैले मेकअप आर्टिस्टले उनको मेकओभर गर्दा अलि बढी नै मेहनत गर्नुपर्छ। केकीलाई हेभी मेकअप सुहाउँछ। हेभी मेकअपपछि केकीको लुक्स असाध्यै आकर्षक देखिन्छ। केकीलाई म व्यक्तिगत रूपमा के भन्न चाहन्छु भने उनले घरबाहिर घाममा निस्कँदा सधैं सनस्किन क्रिम लगाउनुपर्छ। प्रसस्त पानी पिउनुपर्छ। खानपिनमा फलफूलको मात्रा बढाउनुपर्छ। यति गरेको खण्डमा केकीको रफ छालाले चाँडै नै नरम छालाको रूप लिनेछ।
सुष्मा कार्की
पि्रयंका कार्की
पछिल्लो समयकी व्यस्त नायिका पि्रयंका कार्की गहुँगोरो वर्णकी छिन्। गहुँगोरो भए पनि उनको छाला नरम छ। मेकअप गर्न सजिलो हुने छाला छ। लाइट मेकअपमै उनलाई राम्री देखाउन सकिन्छ। उनले छालाको सौन्दर्यलाई अझ बढाउन खानपिनमा विशेष ध्यान दिनुपर्छ। खानेबानीमा परिवर्तन ल्याउन सके पि्रयंकालाई पर्दामा अझ राम्री देखाउन सकिन्छ।
दिया मास्के
निशा अधिकारी
निशा अधिकारीको छाला असाध्यै राम्रो छ। गोरो वर्ण भएकाले पनि उनको मेकओभर गर्दा कम परिश्रम गरे पुग्छ। उनलाई लाइट मेकअप सुहाउँछ। खानपिनमा सामान्य मेहनत गर्दै पानीको मात्रा बढाए निशाको छाला भविष्यसम्म पनि कोमल रहनेछ।
सुष्मा अधिकारी
पछिल्लो समयकी नायिका सुष्मा अधिकारीको छाला रफ छ। अनुहारमा डन्डिफोर आएकाले पनि उनको छाला रफ देखिएको हो। यसबाहेक उनको छाला हल्का डढेजस्तो पनि देखिन्छ। उनको छालाले हेभी मेकअप माग्छ। गहुँगोरो वर्णकी सुष्माले छालाको सौन्दर्य बढाउन घामबाट जोगिनु अत्यावश्यक छ। यसबाहेक बाहिर निस्कँदा सनस्किनको प्रयोग अनिवार्य रूपले गर्नुपर्छ। खानपिनमा ध्यान दिन सके सुष्माको छालाको सौन्दर्य बढ्छ।
नन्दिता केसी
गहुँ गोरो भए पनि नन्दिताको छाला नरम छ। उनलाई लाइट मेकअप सुहाउँछ। मेकओभर गर्दा उनको छालामा धेरै मेहनत गरिरहनु पर्दैन। खानपिनमा केही बढी ध्यान दिन सके नन्दिताको छाला धेरै वर्षसम्म एकसमान रहनेछ।
रिमा विश्वकर्मा
रिमाको छाला गोरो र नरम छ। उनलाई लाइट मेकअप सुहाउँछ। यति हुँदाहुँदै पनि रीमाले आफ्नो अनुहारको छालामा विशेष ध्यान दिनु अनिवार्य छ। जस्तै घाममा सनस्किनको प्रयोग, पानी र फलफूलको अत्यधिक सेवन आदि।
जिया केसी
जियाको छाला पनि गोरो र मुलायम छ। उनलाई लाइट मेकअप सुहाउँछ र मेकअप गर्दा खासै परिश्रम पनि गर्नुपर्दैन। अमिलो र पिरो बढी मन पराउने भएकाले जियाले समयमै यी दुई कुरा रोक्नु आवश्यक छ अन्यथा उनको छालामा समस्या आउन सक्छ।
सौजन्य सुब्बा
सौजन्यको छाला रफ छ। उनका लागि हेभी मेकअप गर्नुपर्छ। घाममा हिँड्दा विचार नपुर्याएकाले उनको छाला रफ भएको हो। सकेसम्म घामबाट बच्ने प्रयास गर्नुपर्छ। सनस्किनको प्रयोगले छालालाई घामबाट बचाउन सकिन्छ। सौजन्यले पनि खानपिनमा ध्यान दिनु आवश्यक छ।
उषा पौडेल
मेकअप आर्टिष्ट नन्दा अधिकारीका अनुसार नायिका मल्लिका कार्कीलाई हेभी मेकअपको आवश्यकता पर्छ भने गायिका आस्था बीको छाला प्राकृतिक रूपमै कोमल भएकाले लाइट मेकअप सुहाउँछ। इन्दिरा जोशीलाई पनि लाइट मेकअपमै सुन्दर देखाउन सकिन्छ। निशा सुनार गहुँगोरी छिन् त्यसैले उनका लागि हेभी मेकअप आवश्यक छ। गायिका रेश्मा सुनुवारलाई पनि हेभी मेकअप सुहाउने नन्दाको निष्कर्ष छ।
हालै बलिउडमा प्रदर्शन भएको चलचित्र 'सत्याग्रह' का मेकअप आर्टिस्ट विक्रम केसी नन्दा अधिकारीका काका हुन्। विक्रमले थुप्रै हिन्दी धारावाहिकमा मेकअप आर्टिस्टका रूपमा काम गरिसकेका छन्। बलिउडमा मेकअप आर्टिस्टका रूपमा स्थापित भैसकेका काकाकी भतिजी नन्दालाई अहिले बलिउडबाटै प्रशिक्षणसहित काम गर्ने प्रस्ताव पनि आइरहेका छन्। 'नेपाली मनोरञ्जन क्षेत्रमै व्यस्त हुने कि मुम्बई जाने निर्णय गर्न सकिरहेकी छैन। एक दर्जन चलचित्र, तीन दर्जन म्युजिक भिडियो तथा केही दर्जन विज्ञापनमा मेकअप आर्टिस्टका रूपमा काम गरिसकेकी नन्दा नेपालमै पनि मेकअप आर्टिस्टको भविष्य उज्ज्वल रहेको धारणा व्यक्त गर्छिन्।
Wednesday, September 11, 2013
मौन नम्रता’ : नम्रताको सुन्दरतामा लठ्ठ अर्पण

नायिका नम्रता श्रेष्ठको चर्चा सिने नगरीमा दिनानुदिन चुलिएको छ । विशेषगरी नम्रताले सिनेमामा निर्वाहा गर्ने फरक खालका भूमिकाले गर्दा पनि उनको चर्चा चुलिएको हो । असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मौन’मा नम्रतालाई बोल्न नसक्ने युवतीको भूमिकामा देख्न सकिनेछ ।चलचित्रमा उनको साथमा कलाकार अर्पण थापा मुख्य भूमिकामा छन् । चलचित्रमा नायिका श्रेष्ठलाई निक्कै सुन्दर देखाइएको छ । सुरज भुषालको निर्देशनमा तयार भएको यो चलचित्रमा शेखर चापागाँई, बसन्त भट्ट, रश्मी, अरुणा कार्की, विजय बराल लगायतका कलाकारको अभिनय छ ।
मौन क्वार्क फिल्म र आदित्य इन्टरटेन्मेन्ट प्रालीको संयुक्त व्यानरमा निर्माण भएको यो चलचित्रले दर्शकलाई हलसम्म तान्ने विश्वास गरिएको छ । नेपालमा यस्ता बिषयमा चलचित्र खासै बनेका छैनन् । यसैले पनि ‘मौन’ यतिबेला चर्चामा छ ।
‘बब्ली लुक्स’मा बर्थडे मनाईन् रञ्जनाले...

‘बब्ली लुक्स’मा बर्थडे मनाईन् रञ्जनाले...
गए राती अभिनेत्री तथा निर्देशक श्याम भट्टराईकी पूर्व पत्नी रञ्जना शर्माले आफ्नो जन्मदिनको केट काटिन् । उता रञ्जनाले केट काटिरहँदा यता पूर्व पती श्यामले आफ्नो मुटु चिरिएको बताएका छन् ।
न्यूयोर्कमा आफ्नो जन्मदिन मनाएकी रञ्जनालाई बर्थडे विस स्वरूप श्यामले फेसबुकमा स्टाटस अपलोड गर्दै लेखेका छन्- 'तपाईंले केकलाई काटेर बर्थडे मनाउँदै गर्दा कहिल्लै सोच्नु भएको छ ? कसैको अथाह प्रेम र निष्ठा भरिएको मुटु कुनै दिन तपाईंले यसरी नै काट्नु भएको थियो ।' प्रस्तुत स्टाटस हेर्दा लाग्छ श्याम अझै रञ्जनाको वियोगमा छन् । 'उहाँलाई यो स्टाटस मेरो जन्मदिनको शुभकामना,' श्यामले भने ।
कुराकानीमा श्यामले भनेका छन् -'उहाँले खोलो तर्नु भयो तर लौरो भने बिर्सनु भयो ।' यसबाट के बुझ्न सकिन्छ भने, श्यामले रञ्जनालाई अमेरिका पठाउन धेरै ठूलो कसरत गरेका थिए । तर, रञ्जनाले भने श्यामलाई अमेरिका पुगेपछि वास्ता गरिनन् ।
बर्थडे केक काट्दा परिवार सम्झेर रञ्जना रोईन रे ! श्यामलाई प्रश्न गर्यो, तपाईं त रूनु भएन नि ? उनले जवाफ दिए- 'धुजाधुजा भएको यो मन भर्खर सिलाएको छु । अब सम्झेर रोएँ भने यो मन फेरि धुजाधुजा हुन्छ । त्यसैले मैले पनि सम्झन्न र उहाँलाई पनि अब नसम्झन आग्रह गर्दछु ।' कविताको भावमा श्याम थप्छन्-
बिर्सेर फेरि नहेर यहाँ
एक जीवन आँशुमा डुब्छ
निको भैसकेको पुरानो घाउ
अनायसै फेरि बल्झेर दुख्छ
रञ्जनाको बर्थडे पार्टीमा गायक यम बराल सहितका केहि सेलिब्रेटीको उपस्थिती रहेको बताईएको छ । तीन बर्ष देखि अमेरिकामा नै रहेकी रञ्जनाले नेपाल आएर फिल्म निर्माण गर्ने सोच बनाएको केहि समय अगाडी नै बताएकी थिईन् । उनको यो सोच अझै कायम नै छ ।

Monday, September 9, 2013
Sexy Sumina ghimire
सुमिनालाई सेक्स दाल भात तरकारी खाए जस्तै...
फिल्म स्टारको ट्रेलरमा अभिनेत्री सुमिना हट रुपमा प्रस्तुत भएकी छन् । यसअघि नाइन ओ क्लक र लभ फरेभरमा जस्तै स्टारमा पनि सुमिनालाई गरम रुपमा देख्न सकिनेछ ।
फिल्म हेरेर कति दर्शक गरम हुनेछन् ? असोज २५ सम्म प्रतिक्षा गर्रौ । तर, जतिले प्रोमो हेर्छन् ? हेर्ने जति सबै गरम बन्नेछन् । महेन्द्र बुढाथोकी निर्देशित फिल्ममा सुमिनाले सेक्सलाई दाल भात तरकारीको संज्ञा दिएकी छिन् ।
Tuesday, August 13, 2013
धेरै हुन्छ के !
धेरै हुन्छ के !
पोस्टप्रोडक्सनमा रहेको फिल्म 'भिमदत्त'का नायिकाद्धय निशा अधिकारी र सुमिना घिमिरे भोजनमा रमाउँदै ।
sunaulo samjhana-sano sansar
Manisha koirala on Big boss
बिग बोसमा मनिषा कोइराला पनि...
भारतीय सञ्चार माध्यममा उल्लेख भए अनुसार नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले पनि सातौं संस्करणको बिग बोसमा जनाउने छिन् । यद्पी सेम्टेम्वर देखि कलर्स टेलिभिजनबाट प्रसारण हुने बिग बोस सहभागीको नाम भने आधिकारीक रुपमा बाहिर ल्याइएको छैन ।
पाठेघरको क्यान्सर मुक्त जीवन बिताइरहेकी मनिषाले नेपालको तर्फबाट बिग बोसमा दोस्रो पटक प्रतिनिधित्व गर्दै छन् । बिग बोसको पाँचौ संस्करणमा यसअघि नेपालको प्रतिनिधित्व गर्दै विश्व विख्यात अपराधी चाल्र्स शोभराजकी प्रेमिका भनिएकी निहिता विश्वासले सहभागीता जनाएकी थिइन् । नेपाली करावासमा रहेका शोभराजकी प्रेमिका निहिता बिग बोसको अन्तिम भरण सम्म भने पुग्न सकिनन् ।
बिग बोसको ७ औ संस्करणमा नेपाली चेली मनिषा सहित बाबा राम देव, पुनम पाण्डे, एकता कपुर, करण जोहर, क्रिकेटर युवराज सिंह, हरबजन सिंह लगायतले सहभागीता जनाउने बताईएको छ । बिग बोसको यो संस्करणलाई बलिउड अभिनेता सलमान खानले सञ्चालन गर्नेछन् ।
पाठेघरको क्यान्सर पछि पुजापाठसँगै स्वास्थ्य लाभ गरिरहेकी मनिषा कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । क्यान्सर पश्चात एकान्त प्रेमी बनिरहेकी मनिषाले बिग बोसको घरलाई कस्तो पाउने छिन् ? शो सुरु भएपछि थाहा हुनेछ ।
पुजना स्त्री सँग प्रेम र रोमान्सका कुरा..
पुजना स्त्री सँग प्रेम र रोमान्सका कुरा..
प्रेम गर्नुभएको छ?
प्रेम गरेकी पनि छैन, परेको पनि छैन। प्रेम गर्न लायक केटो भेटेकी पनि छैन, तर गर्नचाहिँ जानेकी छु।
प्रेमविवाह गर्ने कि भागी विवाह -फ्लाइङ म्यारिज) गर्ने? अनि हनिमुन कहाँ मनाउने इच्छा छ?
पहिले प्रेम गर्ने अनि म्यारिजका लागि भागेर जाने। मलाई लसएन्जल्समा हनिमुन मनाउने इच्छा छ। त्यहाँ हनिमुन मनाउन पाए त कति मज्जा हुन्थ्यो होला, है? हाहाहा.....
तपाईं ध्यान गर्नुहुन्छ र आफूलाई माता भन्नुहुन्छ। ध्यान र सेक्समा के सम्बन्ध छ, माताजी?
ध्यान र सेक्सबीच कुनै सम्बन्ध छैन। सेक्स भौतिक सुखका लागि र ध्यान आन्तरिक सुखका लागि हो। यद्यपि दुवैमा उत्तिकै आनन्द हुन्छ।
प्रेमबिनाको सेक्स र सेक्सबिनाको प्रेम सम्भव छ?
प्रेममा सेक्स हुन्छ, सेक्समा प्रेम हुँदैन। सेक्स पैसाले पनि किन्न पाइन्छ तर त्यसमा प्रेम हुँदैन, तर कसैलाई तपाईंले अथाह माया गर्नुर्भयो भने सेक्स एक्सचेन्ज गर्न सकिन्छ।
त्यसो भए कस्तो केटा देख्नुभयो भने लठ्ठिनु हुन्छ र सबै थोक गर्न सक्नुहुन्छ?
म लठ्ठिने एउटै केटो सलमान खानसँग हो। उसले जस्तो अरूले मलाई आकषिर्त गर्न सक्दैनन्। उसँग त म जे पनि गर्न सक्छु।
Nepali actress Sashi khadka
♥♥शशि खड्का♥♥
संख्यात्मक रूपमा कम चलचित्रमा अभिनय गरेर चर्चामा आउने नायिका हुन् शशि खड्का। ओखलढुंगामा जन्मिएकी शशि लामो समयदेखि काठमाडौंका स्थायी बसोबास गरिरहेकी छिन्। २२ वर्षीया शशिले उकेश दाहालको चलचित्र 'पलपलमा' बाट डेब्यू गरेकी थिइन्। ५ फिट २ इन्च अग्ली यी नायिका अहिले बीबीएस तेस्रो वर्षमा अध्ययरन छिन्। शशिले सानो पर्दाबाट अभिनय यात्रा प्रारम्भ गरेकी हुन्। नेपाल टेलिभिजनबाट प्रसारण भएको 'थोरै भए पुगीसरी' श्रृंखलाका करिब ३० भागमा अभिनय गरेपछि उनी दर्शकको नजरमा पर्न सफल भएकी थिइन्। टेलिश्रृंखलापछि उनले गायक जबिकको 'आँखाभरि आँसु किन...' गीतबाट म्युजिक भिडियोको यात्रा प्रारम्भ गरिन्। हेमन्त शर्माको आउँदै गर मालती, मिङ्मा शेर्पाको के लेखौं हुँदै अनिल सिंहको 'घिन्ताङ' सम्म आइपुग्दा शशिले आधुनिक, पप, लोक आदि विधाका गरी करिब दुई सयवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। राजु गिरीको 'चन्द्रावती' शशिले अभिनय गरेको दोस्रो चलचित्र हो भने उकेश दाहालकै 'किन किन' उनले हालसम्म अभिनय गरेको अन्तिम चलचित्र हो। नृत्यमा पारंगत शशिले दर्जनौं स्टेज कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन्। नेपालका अधिकांश सहरमा आफ्नो नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेकी शशिले कतार, दुबई, बहराइन, भारत आदि देशमा समेत प्रस्तुति दिइसकेकी छिन्। केही विज्ञापनमा मोडलिङ समेत गरेकी शशिसँग कुराकानी:
शशि खड्कालाई 'चुजी’ नायिका भनिन्छ नि, किन होला ?
म चलचित्र छनौट गर्दा धेरै कुरामा ध्यान दिन्छु त्यसैले होला। प्रस्ताव गरिएका सबै चलचित्रमा अभिनय गरेको भए दुई दर्जन पुग्थे होला, तर मैले आधा दशकको अवधिमा तीनवटामा मात्र काम गरेकी छु।
सबैमा किन काम गर्नुभएन त ?
वास्तवमा म चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढी रमाउँछु। अध्ययनमा व्यस्त भएकाले चलचित्रमा लामो समय दिन भ्याउँदिनँ।
नायिकाहरू त भिडियोभन्दा चलचित्रमै बढी सक्रिय हुनुपर्ने होइन र ?
त्यो त हो, तर आफूलाई चित्तबुझ्दो भूमिका भएका चलचित्रबाट प्रस्ताव नआउँदा अनि अध्ययन र म्युजिक भिडियोमा बढी व्यस्त रहँदा चलचित्र कम भएको हो।
यौन-विवाद सिर्जना हुने चलचित्रमा मात्र देखिनुभयो नि ?
यो
चाहिँ संयोगको कुरा हो तर मैले पृथक् भूमिकामा प्रस्तुत हुने प्रयास गरेकी
छु। चलचित्र पलपलमा पुरुष वेश्याहरूको कथा थियो, अर्थात यौनसँग प्रत्यक्ष
जोडिएको विषय। चन्द्रवतीमा म बलात्कृत युवतीको भूमिकामा प्रस्तुत भएकी
थिएँ। किनकिनमा भने मैले नचाहेरै चुम्बन दृश्य दिनुपरेको छ।
'टङ किस' दिँदा अप्ठ्यारो लागेन ?
किन नलाग्नु नि ! निर्देशकले मलाई 'लिप किस' मात्र गर्नुपर्छ भन्नुभएको थियो, तर छायांकनस्थलमा टङ किस नगरी हुँदैन भन्नुभयो। विरोध गर्ने क्रममा म रोएकी समेत थिएँ, तर पछि नाइँ भन्न सकिनँ।
त्यस्ता दृश्यमा अभिनय गरेपछि परिवार र समाजबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
परिवारका सदस्यहरूलाई पहिलो पटक अभिनयका रूपमा गरेको भनेर कन्भिन्स गरेँ, दर्शक र समाजलाई म के भन्छु भने कलाकारले हरेक प्रकारको अभिनय गर्नुपर्छ।
'टङ किस' दिँदा अप्ठ्यारो लागेन ?
किन नलाग्नु नि ! निर्देशकले मलाई 'लिप किस' मात्र गर्नुपर्छ भन्नुभएको थियो, तर छायांकनस्थलमा टङ किस नगरी हुँदैन भन्नुभयो। विरोध गर्ने क्रममा म रोएकी समेत थिएँ, तर पछि नाइँ भन्न सकिनँ।
त्यस्ता दृश्यमा अभिनय गरेपछि परिवार र समाजबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
परिवारका सदस्यहरूलाई पहिलो पटक अभिनयका रूपमा गरेको भनेर कन्भिन्स गरेँ, दर्शक र समाजलाई म के भन्छु भने कलाकारले हरेक प्रकारको अभिनय गर्नुपर्छ।
नम्रता श्रेष्ठ फेसबुकमा हिट...
नम्रता श्रेष्ठ फेसबुकमा हिट...
फिल्ममा हिट नभए नि फेसबुकमा हिट रहिछिन्, नम्रता श्रेष्ठ। फेसबुक प्रयोगकर्ताबीच उनी नम्बर एक हिरोइनमै रहिछिन् त। नम्रताको फ्यान पेज 'लाइक' गर्नेहरूको संख्या १ लाख ७१ हजार छ। दोस्रोमा छिन्, पूर्वमिस नेपाल माल्भिका सुब्बा। नम्रता र माल्भिकाबीच २ हजार ४ सयको अन्तर छ। हिट भनिएकी रेखा थापा ५५ हजार लाइकसहित तेस्रो स्थानमा र नौ हजार लाइकसहित चौथो स्थानमा पि्रयंका कार्की छिन्। सगरमाथाको चुचुरो उक्लेकी निशा फेसबुकमा भने फेदतिरै छिन्। उनको फ्यान पेज लाइक गर्नेहरूको संख्या भर्खरै पाँच हजार पुगेको रहेछ।
Subscribe to:
Posts (Atom)




