आगामी संविधानसभाको निर्वाचनका लागि उम्मेदवारी पाउने व्यापक चर्चा भए पनि
नायिका रेखा थापालाई एमाओवादीले समानुपातिकतर्फ भने अटाउन सकेन। सभासद्का
लागि एमाओवादीले गत सोमबार १४ जना कलाकारलाई उम्मेदवारका रूपमा सिफारिस गरे
पनि त्यसमा रेखा थापा पर्न सकिनन्। एमाओवादीको अखिल नेपाल जनसांस्कृतिक
महासंघले समानुपातिकतर्फ चलचित्र, संगीत तथा रंगमञ्चका कलाकारहरूको नाम
घोषणा गरेको हो। सभासद्का लागि सिफारिस गरिएका कलाकारहरूमा नायिका मौसमी
मल्ल -काठमाडौं), गणेश भण्डारी -सुर्खेत), द्वन्द्व निर्देशक राजेन्द्र
खड्गी -काठमाडौं), निर्देशक केपी पाठक -काठमाडौं), निर्माता शिवजी लामिछाने
-कास्की), निर्देशक उदय सुब्बा -झापा), निर्देशक दीपक श्रेष्ठ -सुनसरी),
निर्देशक विजय बस्नेत -महोत्तरी), निर्देशक राजु केसी -मकवानपुर), संगीतकार
लक्ष्मण शेष -मकवानपुर), संगीतकार चेतन सापकोटा -मकवानपुर) तथा धीरेन्द्र
प्रेमषिर् -सिरहा) सिफारिस भएका छन्। नायिका रेखा थापाको नाम समानुपातिकमा
नपरे पनि उनले प्रत्यक्षतर्फ उम्मेदवारीको टिकट पाउने सम्भावना भने टरेको
छैन।
Friday, September 20, 2013
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment