निर्देशकः सुरज भुसाल
कलाकारः अर्पण थापा, नम्रता श्रेष्ठ,
संगीतकारः सुगम पोखरेल र स्वप्निल शर्मा
आज शुक्रवारदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्र 'मौन' लाई नेपालको पहिलो सांकेतिक भाषाको चलचित्रका रूपमा प्रचार गरिएको छ। चलचित्रका मुख्य कलाकार अर्पण थापा तथा नम्रता श्रेष्ठले बोल्न नसक्ने तथा कान सुन्न नसक्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन्। नायिका नम्रता श्रेष्ठले लामो समयपछि कमब्याक गर्न लागेको यो चलचित्रमा नम्रता र अर्पणको रोमान्स देखाइएको छ। नायक अर्पण थापाकै कथामा निर्माण गरिएको यो चलचित्रका दुई मुख्य पात्र जो बोल्न र सुन्न सक्दैनन्, उनीहरूबीचको आकर्षण तथा प्रेम नै यसको मुख्य कथा हो। यसअछि ब्याच नं. १६ तथा धन्दा जस्ता चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका सुरज भुषालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन्। चलचित्रको कथाअनुसार एउटा अस्वाभाविक दुर्घटनापछि बोल्न र सुन्न नसक्ने अवस्थामा पुगेको युवकको भूमिकामा नायक अर्पण थापा प्रस्तुत भएका छन् भने नम्रताले बोल्नै नसक्ने भूमिका निर्वाह गरेकी छिन्। यो चलचित्र करिब ५५ लाखको लागतमा निर्माण भएको हो। काठमाडौं, ललितपुर तथा भक्ततपुरमा छायांकन गरिएको यो चलचित्रको निर्माण नवीन गुरुङले गरेका हुन्। चलचित्रमा तीनवटा गीत छन्।
चलचित्र 'बर्बाद'
निर्देशक ः रिम विश्वकर्मा
कलाकार ः जिया केसी, जिके शर्मा, गणेश गिरी
संगीतकार ः दीपक शर्मा
No comments:
Post a Comment