
अन्ततः विराटनगरकी मोडल शिल्पा पोखरेल चलचित्रमा नायिका बन्ने पक्का भएको
छ। करिब डेढ सय म्युजिक भिडियोकी यी मोडललाई छवि ओझाले चलचित्रमा ब्रेक दिन
लागेका हुन्। छविराज फिल्म्सको तेस्रो चलचित्र 'लज्जा' मा शिल्पाले मुख्य
नायिकाको भूमिका निर्वाह गर्ने छिन्। उक्त चलचित्रमा शिल्पाले आर्यन
सिग्देलसँग अनस्क्रिन रोमान्स गर्ने अवसर पाउनेछिन्। नवल नेपालले निर्देशन
गर्ने यो चलचित्र आफ्नो अभिनय यात्राको टर्निङ प्वाइन्ट हुने शिल्पाले
बताएकी छिन्। यही चलचित्रमा अभिनय गर्न विगत दुई महिनादेखि कुनै पनि
म्युजिक भिडियोमा काम नगरी अभिनय तथा नृत्यको प्रशिक्षणमा व्यस्त शिल्पा
नायिका बन्न विशेष तयारी गरिरहेको स्पष्ट पार्छिन्।
No comments:
Post a Comment