शिवांगिनी
राणालाई मोडल भनेको मन पर्दैन। उनको आफ्नै तर्क छ। भारतीय टेलिभिजन च्यानल
एमटिभीको चर्चित कार्यक्रम 'एमटिभी रियालिटी स्टार'मा अभिनय देखाएरै टप
फाइभमा परेको दाबी गर्ने उनी आफूलाई अभिनेत्री भनिदिए खुसी लाग्ने
बताउँछिन्।
'र्याम्पमा हिँड्ने र कुनै उत्पादनको विज्ञापनमा खेल्ने मोडल हुन्, मैले त अभिनय पो देखाएकी हुँ,' अभिनेत्रीमा आदर देखेकी उनले भनिन्। त्यसैले यही विधामा जम्ने जमर्को गरिरहेकी छन्।
एमटिभीकै 'स्प्लिट भिल्ला'की सहभागी राणाले नेपाली फिल्म 'मधुमास'को अफर त्यसै स्विकार गरेकी होइनन्। फिल्मले उनलाई 'एक्टर'को मान्यता दिन्थ्यो, जुन उनको भाषामा ठूलो 'प्यासन' हो।
कात्तिक पहिलो सातालाई उनी
व्यग्रतासाथ पर्खिरहेकी छन्। 'पहिलो फिल्म देशभरका हलमा लाग्दैछ, लाखौं दर्शकमाझ पुग्छु, त्यो दिन नजिक आउँदै गर्दा निकै एक्साइटेड छु,' उनी भन्छिन्।
'मधुमास' अघि उनलाई 'होस्टल' फिल्मबाट अफर आएको थियो। त्यसमा पुरुष कलाकारको भूमिका बलियो देखेपछि छायामा पर्ने डरले खेलिनन्। 'मधुमास'ले उनलाई भारतीय आर्मीकी छोरीको भूमिका दियो। त्यसलाई न्याय गर्न सकेको उनको विश्वास छ। 'मेरो वास्तविकता पनि त्यही भूमिकाजस्तै त छ नि, आधा नेपाली आधा इन्डियन,' उनको भनाइ छ।
इङलिस र हिन्दी मिसिएको 'हिङलिस' लवजमा उनी नेपाली बोल्छिन्। '१२ वर्ष इन्डियामा पढेँ, मामाघर पनि उतै। उताको टोन आउनु स्वाभाविक हो,' राप्रपा नेपालका उपाध्यक्ष
धवलशमशेर राणाकी छोरी तीन चिजमा एकसाथ करिअर खोज्दैछिन्। अभिनयमा खुब लगाव छ भन्छिन्। बलिउडमा एक वर्ष एक्टिङ सिकेपछि उनी 'एमटिभी रियालिटी' स्टारमा छिरिन्।
त्यसको पनि आफ्नै कथा छ — दोस्रो रुचिको विषय होटल म्यानेजमेन्ट पढ्न स्विट्जरल्यान्ड गएकी उनी चारवर्षे पढाइ क्रममा 'इन्टर्नसिप' गर्न चीन, दुबई, इजिप्टलगायत देश पुग्छिन्। अन्तिम वर्ष भारतको व्यापारिक राजधानी मुम्बई पुगेपछि उनको रहरलाई फिल्म नगरीले खिच्छ। उनी सोच्छिन्– दोस्रो रुचिबारे सोच्दै गरौंला, पहिलो रहरको क्षेत्रमा ट्राई मारौं।
एक्ली छोरीबाट परिवारले नेपालगन्जको बाटिका होटल व्यवस्थापनको अपेक्षा राखेका हुन्छन्। उनी भने त्यो जिम्मेवारी थाती राख्दै अभिनयको कक्षामा भर्ना हुन्छिन्। उनको सपना झांगिदै जान्छ। मुम्बईमा उनको 'ब्रेक टाइम' विस्तारै लम्बिन्छ।
भारतीय म्यागेजिनहरूमा कभर फोटो छापिन थालेपछि उनले 'टिभी ९' मा एंकर बन्ने अवसर पाइन्। चारवटा शो गरिन्। कला क्षेत्रको सफलताले उनी हौसिँदै थिइन्। घर आउन मन लाग्यो। 'रियालिटी स्टार'की सहभागी भन्दै नेपाली मिडियाले 'रेस्पोन्स' गरे। उनी यSHivangani rana-3तै रत्तिइन्।
'लामो समयदेखि आमाबुबासँग बस्नै पाएकी थिइनँ। यतै केही गरौं र परिवारसँगै बसौं भनेर अभिनय र व्यापारमा हात बढाएँ,' उनले इभेन्ट म्यानेजमेन्टको अफिस खोलेकी छन्। 'लक्की एस इभेन्टस्' मार्फत भारतीय कलाकारलाई नेपाल झिकाएर कार्यक्रम गर्ने प्रयासमा उनी जुटेकी छन्।
'उता (मुम्बई) को रहर पुग्यो?'
'पुगेको छैन नि, आवतजावत चलिरहेको छ। यो वर्ष पनि तीन महिना शो गरेर आएँ,' उनी भन्छिन्।
यता उनलाई 'एमटिभीकी केटी' भन्छन्, मुम्बईमा नेपाली। उनी भने कला क्षेत्रमा दुई देशको सहकार्यको माध्यम बन्न चाहन्छिन्।
नेपालगन्जमा बाटिका होटल र बर्दियामा 'बर्दिया एडभेन्चर रिसोर्ट' उनका पारिवारिक व्यवसाय हुन्। एक्ली सन्तान भएकाले त्यो दायित्व आफैंले उठाउनुपर्नेमा उनी सचेत छिन्। 'मलाई धेरै काम गर्न सक्छु जस्तो लाग्छ। एउटा मात्र काम गरेर हुँदैन, जमाना मल्टिटास्कको छ,' अहिले भने उनी फिल्म र इभेन्ट म्यानेजमेन्टमै केन्द्रित हुन चाहन्छिन्।
छोटो समयमै पाएको चर्चाले उनी फुरुक्क छिन्। 'कसरी चर्चा मिल्यो?' उनी 'सक्रेट' खोल्न चाहन्नन्।
नेपाली फिल्म क्षेत्रबारे चल्ने टिप्पणी आफूलाई थाहा छैन भन्छिन्, शिवांगिना। 'सुटिङमा मलाई १०२ डिग्री ज्वरो आयो, सबैले केयर गरे। चिया पकाउनेदेखि निर्देशकसम्म सहयोगी थिए। यो क्षेत्र नराम्रो छ जस्तो मलाई लाग्दैन,' पहिलो फिल्मको अनुभवको आधारमा उनी भन्छिन्।
उनलाई नेपाली फिल्म नराम्रो छ जस्तो पनि लाग्दैन। 'मधुमास' खेल्ने बेला यसका निर्देशकको अघिल्लो फिल्म 'मेरो एउटा साथी छ' हेरिछन्। गज्जब लाग्यो रे। 'त्यो त कोरियन फिल्मको कपी हो नि,' भन्नेलाई उनले जवाफ दिइछन्, 'के भयो त? बलिउडले पनि साउथको, कोरियन र जापानी फिल्मको कपी गर्छ र सय करोड कमाउँछ। राम्ररी कपी गर्दा केही हुँदैन।'
मनोरञ्जनका लागि बनाइने फिल्मबाट दर्शक खुसी हुँदै निस्किए उद्देश्य पूरा हुने ठान्छिन् उनी। 'पैसा तिरेको सट्टा मनोरञ्जन पाए पुग्यो,' उनलाई लाग्छ।
कहिलेकाहीँ उनलाई नेपाली फिल्मको दृश्य बिझाउँछ। जब ६ इन्चको हिलमा मिनिस्कर्ट लगाएर हिरोइन गाउँमा नाच्छिन्। 'त्यस्तो दृश्य त परिवर्तन गर्नैपर्छ। क्यारेक्टरभित्र रहेर दृश्य निर्माण गर्नुपर्छ,' उनी भन्छिन्।
उनी आफू कुशल नर्तकी भएको दाबी गर्छिन्। तर, दुर्भाग्य 'मधुमास'मा नाच्न पाइनन्। उनको भागमा नृत्य परेन।
जीवनमा के गर्ने उनले नक्सा बनाएकी छैनन्। ढार्राभित्रको जिन्दगीमा मजा पनि देख्दिनन्। 'जीवन नक्सामा चल्दैन पनि। चाहेको कुरा पूरा नहुन सक्छ। आज जे मन लाग्यो त्यो गर्योद, आफूलाई खुला राखेर काम गर्दाको मज्जै बेग्लै हुन्छ,' उनको धारणा छ।
सायद त्यही भएर अभिनेत्री बन्ने धोको लिएकी शिवांगिनी एमटिभीको कार्यक्रमबाट पनि खुसी नै छिन्। र, त्यसैले भविष्यको मार्गचित्र कोर्नेमा विश्वस्त पनि।

No comments:
Post a Comment