माया प्रितीका किर्तिमानहरू
थाइल्यान्डको पतायामा सम्पन्न म्याराथन चुम्बन प्रतियोगितामा थाइल्यान्डका इकाचाई तथा लक्सना तिरानात्रा दम्पतीले ४६ घन्टा २४ मिनेट लगातार चुम्बन गरेर आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा दर्ता गराए। यसअघि जर्मन दम्पती निकोला माटोभिक र क्रिष्टिना रेनहर्टले ३२ घन्टा ७ मिनेट १४ सेकेन्डसम्म लगातार चुम्बन गरेर सन् २००९ मा गिनिज बुकमा आफ्नो नाम दर्ता गरेका थिए।
सौभाग्यवती भवः
एकै दिन सर्वाधिक बन्धन
अडेस लागेरै चुम्बन
एक मिनेटमै १ सय १०
बेलायतका २८ वर्षीय डिजे पाउल विन्स्टेल्लीले एक मिनेटमा चुम्बनको नौलो कीर्तिमान कायम गरेका छन्। ब्ल्याकबर्नमा आयोजित एक चुम्बन प्रतियोगितामा उनलाई एक मिनेटमा १ सय १० युवतीले चुम्बन गरेपछि उनले एक मिनेटमा सर्वाधिक चुम्बन गरिने व्यक्तिका रूपमा आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डसमा दर्ता गराएका थिए।
सामाजिक सञ्जालमा
परेडमा दुलही
रोमानियाको राजधानी बुखारेष्टमा विवाहलाई व्यवस्थित गरेर लानुपर्छ भन्ने माग राख्दै दुलहीहरूले गरेको प्रदर्शन यस प्रकारको सर्वाधिक ठूलो प्रदर्शन मानिन्छ। सन् २००९ मा भएको उक्त प्रदर्शनमा १ सयभन्दा बढी दुलहीले दुलही पोसाकमै प्रदर्शन गरेका थिए। बढ्दो आधुनिकीकरणले परम्परागत विवाह संकटमा पर्दै गएको विषयमा जनचेतना जगाउन भएको उक्त प्रदर्शन पछि रोमानियाको संसदले परम्परागत विवाहलाई जोगाउने कानुन ल्याएको थियो।
कति धेरै अंकमाल
अमेरिकाको ओहायो राज्यका जेफ ओण्डास उमेरले ५१ वर्षको हुने बेलामा सबैभन्दा धेरै व्यक्तिलाई अंकमाल गर्ने व्यक्तिमा दरिए। अमेरिकाको हर्ट एसोसिएसनका लागि चन्दा संकलन गर्ने अभियानमा उनले २४ घन्टामा ७ हजार ७ सय ७७ व्यक्तिसँग अंकमाल गरेका थिए। उनको यो अभियानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले सर्वाधिक व्यक्तिसँग अंकमाल गर्ने कीर्तिमानका रूपमा दर्ता गरेको थियो।
लामो विवाह गाउन
चीनकी २५ वर्षीया लिन रोङले दुलही हुँदा लगाएको पहिरनलाई अहिलेसम्मकै सर्वाधिक लामो दुलही गाउन मानिन्छ। लिन रोङका लागि रेल सेवामा कार्यरत उनका दुलाहा झाओ पेङको परिवारले तयार पारेको उक्त गाउन २ हजार १ सय ६२ मिटर लामो थियो। त्यो गाउनलाई मिलाउन २ सयभन्दा बढी मानिसलाई ३ घन्टाभन्दा बढी समय लागेको थियो भने उक्त गाउनमा ९ हजार ९ सय ९९ वटा गुलाफको फुल जडिएको थियो।
No comments:
Post a Comment