Social Icons

Wednesday, October 2, 2013

sexy Jyoti Magar

 
म हट पनि छु, सेक्सी पनि : ज्योती मगर

रोल्पामा जन्मिएकी ज्योती मगर पछिल्लो समय लोकदोहोरी संगीतकी लोकप्रिय अनुहार हुन् । प्रारम्भमा डान्सरको रुपमा करियर प्रारम्भ गर्ने ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरुमा अभिनय गरिन् । अभिनय गर्दा गर्दै उनी करिव पाँच वर्षअघिदेखि सांगीतिक क्षेत्रतर्फ आकर्षित भइन् । स्कुले जीवनमै नृत्यसंगै लोक गीत समेत गुन्गुनाउने ज्योतीले लोक गीत संगीतमा पाइला राखेदेखि पछाडि फर्किएर हेर्नु परेन । ‘उही मँलाको सिन्की, उही मँलाको चाना...’ गीत लोकप्रिय भएपछि उनले स्वदेशमा मात्र होइन विदेशमा समेत आफ्नो गायन प्रतिभा प्रदर्शन गर्ने अवसर पाइन् । प्रायः यौन भावना झल्कने दुई अर्थि गीत गाएर लोकप्रिय भएकी यी गायिका सांगीतिक कार्यक्रमको क्रममा सन् २००८ मै अष्ट्रेलिया पुगेकी थिइन् ।
त्यसअघि र पछि उनले युरोपका आधा दर्जन मुलुक सहित जापान, कोरिया, मलेशिया, कतार, दुबई, साउदी अरब आदि देशको सांगीतिक भ्रमण गरिसकेकी छिन् ।

sexy Jyoti  Magar

वर्ष २०१३ को तीजको अवसर पारेर तयार पारिएको गीति एल्बम ‘खिच्देउ एउटा फोटो’ कारण यतिबेला काठमाडौंका विभिन्न तीज विशेष कार्यक्रममा व्यस्त भैरहेकी ज्योती तीज लगत्तै विदेशका केही शहरमा कार्यक्रम प्रस्तुत गर्दैछन् । ज्योतीले यसअघि गत वर्ष पहिलो पटक तीज विशेष एल्बम ‘साडी किनियो’ श्रोतामाझ ल्याएकी थिइन् । उक्त एल्बमको शीर्षक गीत लोकप्रिय भएपछि उनले यो वर्ष पनि तीज गीतलाई निरन्तरता दिएकी हुन् । एउटा मगर चलचित्रमा नायिकाको भँमिका निर्वाह गरिसकेकी ज्योतीलाई लोकसंगीत क्षेत्रमा ‘सेक्सी’ गायिका पनि भनिन्छ । तीजको पँर्व सन्ध्यामा पशुपति क्षेत्रमा फोटोसेसन गरिरहेको अवस्थामा भेटिएकी ज्योतीसंग टकः
तीज कत्तिको लागेको छ ?


 
Jyoti magar in hot Dohori Video song
 

मगरकी छोरी भए पनि यसपटक मलाई राम्रै तीज लागेको छ । विगत केही वर्षदेखि हामी गायिकाहरुलाई तीजले अत्यन्त व्यस्त बनाएको छ ।
यसपटकको तीजमा के गर्दै हुनुहुन्छ ?
गत वर्षको तीजमा ‘साडी किनियो’ एल्बमका गीतहरु लोकप्रिय भएपछि यसपटकको तीजका लागि मैले ‘खिच्देउ एउटा फोटो’ शीर्षकको एल्बम तयार पारेकी छु । यो एल्बमका गीतहरु युट्युबमार्फत लोकप्रिय भैरहेका छन् ।
यो एल्बममा कति वटा गीत छन् ?
‘म कस्ती भैछु रे खिच्देउ एउटा फोटो’ र ‘चढाउँछु फँल देउतालाई...’ गरी दुई वटा तीज गीत समावेश गरेकी छु ।
तीज गीत र लोक गीतमा के अन्तर पाउनु हुन्छ ?
पहिला/पहिलाका तीज गीतहरु धार्मिक हुन्थे तर अहिले लोक गीत र तीज गीतमा खासै फरक पाउन छाडिएको छ । तीज गीतहरु लोक गीत जस्तै उत्ताउला हुन थालेका छन् ।
उत्ताउला लोक गीत गाउने तपाईं नै नम्बर एक गायिका भनिन्छ नि ?
(लामो हाँसो...) लोक गीत हल्का उत्ताउलो भएन भने कसले पो सुन्छ र उत्ताउलो भन्दा पनि दुई अर्थी शब्द राख्नै पर्ने बाध्यता चाहिँ छ ।
तपाईंलाई मन पर्ने आफ्नै पाँच वटा गीत के के हुन् ?
उही मुलाको सिन्की, चौबन्दीमा च्याट्टै, अँध्यारोमा लाको माया, साडी किनियो, देखाउ छोटो छोटो...
ज्योती मगरलाई ‘हट’ र ‘सेक्सी’ गायिका पनि भनिन्छ नि ?
मैलै गाउने गीत, अभिनय गर्ने म्युजिक भिडियो, मैले गर्ने फोटोसेसन तथा मेरो हाउभाउका कारण दर्शकहरुले मलाई हट र सेक्सी भन्नु भएको हो । वास्तवमा म ग्ल्यामरस युवती हुँ तर, भल्गर चाहिँ छैन ।
सेक्सी नै चाहिँ किन भनिएको होला ?
शायद हेर्ने मान्छेको नजर नै सेक्सी भएर हो कि ?
सेक्सलाई कसरी परिभाषित गर्नु हुन्छ ?
यो त प्रँकृतिक कुरा हो । उमेर पुगेका महिला र पुरुषबीच हुने एक प्रकारको आकर्षणको अन्तिम बिन्दु नै सेक्स हो । 

 
MOst wanted song of Jyoti



नेपाली समाज सेक्सका बारेमा किन उदार हुन नसकेको होला ?
मुख्य कुरा त यौन शिक्षाको अभावले गर्दा हो । यसबाहेक समाजमा यौन कुण्ठाले पिडित भएका मानिसहरुको संख्या बढि भएकाले हो । नेपाल र भारतमा यौन कुण्ठाकै कारण बलात्कारका घटनाहरु घटिरहेको हामीले समाचारमा पढिरहेकै छौं ।
यस्ता घटना कम गर्न के गर्नु पर्ला ?
यौन शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य गरिनु पर्दछ ।
अन्त्यमा, भविष्यमा कस्तो गीत गाउँदै हुनुहुन्छ ?
चाँडै नै एउटा नयाँ गीत रेकर्ड गर्दैछु, जँन गीत ‘पिरतीमा दम छ’ एल्बममार्फत बजारमा आउने छ । गीतको पहिलो हरफ यस्तो छः ‘पहिलो पल्ट जवानी भंग भो, सम्झि सम्झि पापी मन दंग भो, पिरतीमा दम छ, हाम्रै जोडी जम्छ’।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???