Social Icons

Thursday, August 1, 2013

म राजाबादी, अनपढ नेताले देश बिगारे : माल्भिका सुब्बा..


नेपाल गणतन्त्रात्मक मुलुक भएको पाँच वर्ष भैसकेको छ । तर, कतिपयको मनबाट भने राजा र राजतन्त्र अझै बाहिरिन सकेको छैन । पूर्वमिस नेपाल माल्भिका सुब्बा पनि यस्तै कोटीमा पर्छिन् । माल्भिकाले आफू राजावादी भएको बताउँदै आफूलाई ‘राजाको गुनगान गाएर हुर्किएकी’ बताएकी छिन् । माल्भिकाले सानैबाट राजाको गुनगान गाएर हुर्केको मानिसले एक्कासी गणतन्त्र आयो भन्दैमा त्यसलाई स्वीकार गर्न नसक्ने बताएकी हुन् । उनलाई नेपालमा पुनः राजतन्त्र र्फकन्छ भन्ने कुरामा भने विश्वास छैन । तर, उनी राजा आउने या नआउनेभन्दा पनि जनताले आधारभूत आवश्यकता पुरा गर्न पाउनुपर्ने बताउँछिन् । राजतन्त्रको समाप्तिपछि आएको माओवादीबाट धेरैले राम्रो भन्दा पनि नराम्रो कुरा सिकेको उनको तर्क छ । सबैलाई अगाडि बढ्न सक्छु, प्रधानमन्त्री हुन सक्छु भन्ने लाग्यो तर त्यो नै देशका लागि हानिकार भयो, माल्भिकाले भनिन् ।









आफूले माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईबाट धेरै आशा गरे पनि सबै निराशामा बदलिएको उनको तर्क छ । उहाँहरुलाई काम नै गर्न दिइएन, यसैले पदबाट राजीनामा दिनुभयो । नेपालमा ५ वर्षसम्म स्थायित्व पाउने र काम गर्न सक्ने सरकार चाहिएको छ, माल्भिकाले भनिन् । बेला बेलामा पूर्व नेपाल सुन्दरीले फेसबुकमा देशको राजनीतिक अवस्थाको बिषयमा पनि आक्रोश व्यक्त गर्दै आएकी छन् ।
‘नेपालमा दैनिकी चलाउन नै गाह्रो हुने अवस्था आइसकेको छ’, माल्भिकाले भनिन्,-अब त झन बढी बिजुली जान थाल्छ, काम गर्न गाह्रो हुन्छ, अब तपाई नै भन्नुहोस् कस्तो छ देशको अवस्था ?‘मेरो विचारमा देशको समस्या समाधानका लागि ५ वर्ष एउटै व्यक्तिलाई देश चलाउन दिनुपर्छ, जसले राष्ट्रलाई कानुनको दायरामा राखोस्’, माल्भिकाले भनिन् । उनलाई जनमत संग्रह भएको खण्डमा राजा आउने कुरामा खासै चाँसो छैन । चुनाव भएपछि जनताले फेरि कुन पार्टीलाई चुन्ने भन्ने कुराको फैसला गर्ने भन्दै माल्भिकाले आफू पनि त्यही दिनको प्रतिक्षामा रहेको बताइन् ।
मेरो पनि राजनीति गर्ने योजना थियो
पूर्व मिस नेपाल माल्भिकाले आफ्नो पनि राजनीति गर्ने योजना रहेको खुलासा गरेकी छन् । एउटा महिला समुह खोलेर राजनीति गर्ने र चुनाव लड्ने योजना आफ्नो पनि भएको भन्दै उनले पछि आफू यो क्षेत्रमा आउन नसक्ने सोचेर पछि हटेको उनको तर्क छ । ‘न त मैले राजनीतिशास्त्र नै पढेको छु, न मलाई अन्तरराष्ट्रिय कानुनको बारेमा नै केही थाहा छ, यसैले मैले राजनीतिक यात्रा सुरु गर्नु गलत हो भन्ने लाग्यो र छोडें’ माल्भिकाले भनिन्, मैले युवाहरुका समस्यालाई अगाडि ल्याउन सक्छु, देशको भूमण्डलको बिषयलाई उठाउन सक्छु, तर यसका लागि राजनीति नै गर्नु पर्दैन ।
नेपालका नेताहरुले देशको र विश्वको कानुनको बिषयमा केही पनि नबुझेकाले यस्तो अवस्था आएको उनको तर्क छ । अशिक्षित नेताहरुले गर्दा देश बिगि्रएको आरोप माल्भिकाले लगाइन् । भारत र अमेरिकामा नै हेर्ने हो भने केन्द्रमा आउनुअघि प्रान्तको चुनाव जित्नुपर्छ तर, नेपालमा जो पनि नेता बन्ने, नपढेकाले पनि पद चलाउने गर्दा देश बिग्रियो, माल्भिकाले विश्लेषण गर्दै भनिन् । देशकै नीति थाहा नहुनेले कसरी जनताको पीर र मर्का बुझ्छ ? माल्भिकाले नेताहरुलाई प्रश्न गरिन् ।

नायिका अनु शाह तीजको गीतमा...




नायिका अनु शाह तीजको गीतमा...


नायिका नम्रता श्रेष्ठको न्यु फिल्म "मौन'मा नायक अर्पण थापा संग..


नायिका नम्रता श्रेष्ठको न्यु फिल्म "मौन'मा नायक अर्पण थापा संग..


 
cool nepali film song of the year

If You Look Closely, It's Not What it Looks Like!



If You Look Closely, It's Not What it Looks Like!



She Could Be The Hottest Catwoman Cosplay Of This Year!








































She Could Be The Hottest Catwoman Cosplay Of This Year!



This is How a Woman Can Make You a Millionaire!

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???