सुदूरपूर्व ताप्लेजुङमा बग्ने काबेली नदीको छेवैमा पर्छ उनको घर,तर अहिले
उनी काठमाडौंको कोटेश्वरमा बस्छिन्। तीन वर्षअघि राजधानी आएकी सविता
भण्डारी -२०)को संघर्ष जारी छ। ग्लामरस हुन नसकेकीले अघि बढ्न नसकेको उनी
बताउँछिन्, तर हिम्मत भने हारेकी छैनन्। हाल उनी नृत्य एवं अभिनय सिकिरहेकी
छिन्। एक दर्जनजति म्युजिक भिडियोमा देखिइसकेकी सविता भविष्यप्रति ढुक्क
छिन्। उनी आफ्नो नाकलाई अरूले पनि मन पराउने भएकाले आफूलाई पनि मन पर्ने
बताउँछिन्। खुला स्वभावकी सविता आफ्नो केटा साथी अग्लो र गोरो हुनुपर्ने
बताउँछिन्। नेपाली चलचित्रको अवस्था खस्कँदै गएकोमा भने उनी दुखी छन्।
सविता भन्छिन्- वैकल्पिक व्यवस्थाम खोज्नुपर्ने अवस्था छ।
प्रेम गर्नुभएको छ? प्रेम गरेकी पनि छैन, परेको पनि छैन। प्रेम गर्न लायक केटो भेटेकी पनि छैन, तर गर्नचाहिँ जानेकी छु। प्रेमविवाह गर्ने कि भागी विवाह -फ्लाइङ म्यारिज) गर्ने? अनि हनिमुन कहाँ मनाउने इच्छा छ?
पहिले प्रेम गर्ने अनि म्यारिजका लागि भागेर जाने। मलाई लसएन्जल्समा
हनिमुन मनाउने इच्छा छ। त्यहाँ हनिमुन मनाउन पाए त कति मज्जा हुन्थ्यो
होला, है? हाहाहा.....
तपाईं ध्यान गर्नुहुन्छ र आफूलाई माता भन्नुहुन्छ। ध्यान र सेक्समा के सम्बन्ध छ, माताजी? ध्यान र सेक्सबीच कुनै सम्बन्ध छैन। सेक्स भौतिक सुखका लागि र ध्यान आन्तरिक सुखका लागि हो। यद्यपि दुवैमा उत्तिकै आनन्द हुन्छ।
प्रेमबिनाको सेक्स र सेक्सबिनाको प्रेम सम्भव छ?
प्रेममा सेक्स हुन्छ, सेक्समा प्रेम हुँदैन। सेक्स पैसाले पनि किन्न
पाइन्छ तर त्यसमा प्रेम हुँदैन, तर कसैलाई तपाईंले अथाह माया गर्नुर्भयो
भने सेक्स एक्सचेन्ज गर्न सकिन्छ।
त्यसो भए कस्तो केटा देख्नुभयो भने लठ्ठिनु हुन्छ र सबै थोक गर्न सक्नुहुन्छ? म लठ्ठिने एउटै केटो सलमान खानसँग हो। उसले जस्तो अरूले मलाई आकषिर्त गर्न सक्दैनन्। उसँग त म जे पनि गर्न सक्छु।
संख्यात्मक रूपमा कम चलचित्रमा अभिनय गरेर चर्चामा आउने नायिका हुन् शशि
खड्का। ओखलढुंगामा जन्मिएकी शशि लामो समयदेखि काठमाडौंका स्थायी बसोबास
गरिरहेकी छिन्। २२ वर्षीया शशिले उकेश दाहालको चलचित्र 'पलपलमा' बाट डेब्यू
गरेकी थिइन्। ५ फिट २ इन्च अग्ली यी नायिका अहिले बीबीएस तेस्रो वर्षमा
अध्ययरन छिन्। शशिले सानो पर्दाबाट अभिनय यात्रा प्रारम्भ गरेकी हुन्।
नेपाल टेलिभिजनबाट प्रसारण भएको 'थोरै भए
पुगीसरी' श्रृंखलाका करिब ३० भागमा अभिनय गरेपछि उनी दर्शकको नजरमा पर्न
सफल भएकी थिइन्। टेलिश्रृंखलापछि उनले गायक जबिकको 'आँखाभरि आँसु किन...'
गीतबाट म्युजिक भिडियोको यात्रा प्रारम्भ गरिन्। हेमन्त शर्माको आउँदै गर
मालती, मिङ्मा शेर्पाको के लेखौं हुँदै अनिल सिंहको 'घिन्ताङ' सम्म
आइपुग्दा शशिले आधुनिक, पप, लोक आदि विधाका गरी करिब दुई सयवटा म्युजिक
भिडियोमा अभिनय गरिसकेकी छिन्। राजु गिरीको 'चन्द्रावती' शशिले अभिनय गरेको
दोस्रो चलचित्र हो भने उकेश दाहालकै 'किन किन' उनले हालसम्म अभिनय गरेको
अन्तिम चलचित्र हो। नृत्यमा पारंगत शशिले दर्जनौं स्टेज कार्यक्रममा आफ्नो
कला प्रस्तुत गरिसकेकी छिन्। नेपालका अधिकांश सहरमा आफ्नो नृत्यमार्फत
दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेकी शशिले कतार, दुबई, बहराइन, भारत आदि
देशमा समेत प्रस्तुति दिइसकेकी छिन्। केही विज्ञापनमा मोडलिङ समेत गरेकी
शशिसँग कुराकानी:
शशि खड्कालाई 'चुजी’ नायिका भनिन्छ नि, किन होला ?
म चलचित्र छनौट गर्दा धेरै कुरामा ध्यान दिन्छु त्यसैले होला। प्रस्ताव
गरिएका सबै चलचित्रमा अभिनय गरेको भए दुई दर्जन पुग्थे होला, तर मैले आधा
दशकको अवधिमा तीनवटामा मात्र काम गरेकी छु।
सबैमा किन काम गर्नुभएन त ?
वास्तवमा म चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढी रमाउँछु। अध्ययनमा व्यस्त भएकाले चलचित्रमा लामो समय दिन भ्याउँदिनँ।
नायिकाहरू त भिडियोभन्दा चलचित्रमै बढी सक्रिय हुनुपर्ने होइन र ?
त्यो त हो, तर आफूलाई चित्तबुझ्दो भूमिका भएका चलचित्रबाट प्रस्ताव नआउँदा
अनि अध्ययन र म्युजिक भिडियोमा बढी व्यस्त रहँदा चलचित्र कम भएको हो।
यौन-विवाद सिर्जना हुने चलचित्रमा मात्र देखिनुभयो नि ?
यो
चाहिँ संयोगको कुरा हो तर मैले पृथक् भूमिकामा प्रस्तुत हुने प्रयास गरेकी
छु। चलचित्र पलपलमा पुरुष वेश्याहरूको कथा थियो, अर्थात यौनसँग प्रत्यक्ष
जोडिएको विषय। चन्द्रवतीमा म बलात्कृत युवतीको भूमिकामा प्रस्तुत भएकी
थिएँ। किनकिनमा भने मैले नचाहेरै चुम्बन दृश्य दिनुपरेको छ।
'टङ किस' दिँदा अप्ठ्यारो लागेन ?
किन नलाग्नु नि ! निर्देशकले मलाई 'लिप किस' मात्र गर्नुपर्छ भन्नुभएको
थियो, तर छायांकनस्थलमा टङ किस नगरी हुँदैन भन्नुभयो। विरोध गर्ने क्रममा म
रोएकी समेत थिएँ, तर पछि नाइँ भन्न सकिनँ।
त्यस्ता दृश्यमा अभिनय गरेपछि परिवार र समाजबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
परिवारका सदस्यहरूलाई पहिलो पटक अभिनयका रूपमा गरेको भनेर कन्भिन्स गरेँ,
दर्शक र समाजलाई म के भन्छु भने कलाकारले हरेक प्रकारको अभिनय गर्नुपर्छ।