
नृत्यांगना संगीता लामा नेपाली चलचित्रकी नयाँ आईटम गर्ल हुन्। दर्जनौं
स्टेज कार्यक्रममा अत्याधुनिक नृत्य गरेर दर्शकको मन जितिसकेकी संगीताले
नेपाली तथा भोजपुरी भाषाको चलचित्र 'फेरि आउँदैन त्यो समय' तथा जादुगर
महादेव त्रिपाठीको नेपाली चलचित्र 'च...चमत्कार' मा आइटम नृत्य प्रस्तुत
गरिसकेकी छिन्। एक दर्जन म्युजिक भिडियोमा समेत नृत्य गरिसकेकी संगीताले
स्वदेशका महोत्सवदेखि विदेशका स्टेजसम्म आफ्नो प्रतिभा प्रदर्शन गरिसकेकी
छिन्। हालैमात्र ओमानमा सम्पन्न सांगीतिक कार्यक्रममा नृत्य प्रदर्शन गरेर
फर्किएकी संगीता केही सातामै मलेसिया पुगेर आफ्नो कला प्रदर्शन गर्दैछिन्।
'चलचित्रमा अभिनय गर्ने प्रस्तावसमेत पाउन थालेकी छु, साप्ताहिकसँगको एक
भेटमा संगीताले भनिन्— 'मलाई नायिकाभन्दा पनि नृत्यांगनाकै रूपमा स्थापित
हुनुछ।' नृत्यमा आधारित रियालिटी शो 'कोभन्दा को कम' मा विजयी भएपछि
प्रारम्भ भएको आफ्नो नृत्य-करियरको भविष्य उज्वल रहेको बताउँदै लामाले
थपिन्— 'हरेक चलचित्रमा आइटम गीत समावेश गर्ने हो भने हाम्रो भविष्य
उज्ज्वल छ।'
No comments:
Post a Comment