
२१ वर्षीया अन्तर्राष्ट्रिय मोडल नीना एजडलले आफू प्रेममा परेको घोषणा
गरेकी छिन्। डेनिस मोडल नीना पछिल्ला दिनहरूमा नयाँ प्रेमी म्याक्स जर्जसँग
देखिएकी छिन्। त्यसो त उनका प्रेमी जर्जले पनि नीनालाई संसारकै सबैभन्दा
सुन्दर महिला भएको दाबी गरिसकेका छन्। नीना र जर्जले सामाजिक सञ्जालमा
आफ्ना तस्बिरहरू पोस्ट गर्दै आफ्नो रोमान्सको समाचार सार्वजनिक गरेका हुन्।
विवाह गरेर सँगै बस्ने कि डेटिङमा मात्र सीमित रहने भन्ने विषयमा यो
सेलिब्रेटी जोडीले केही योजना नबनाएको बताइन्छ। नीना भन्छिन्— 'जर्जमा असल
प्रेमीमा हुनुपर्ने सबै गुण भएकाले मैले उसलाई रोजेको हुँ।' प्रेममा मात्र
रमाइरहँदा मोडलिङ करियरमा पर्ने प्रभावका बारेमा पनि नीना सचेत छिन्।
'त्यसो त म पहिले काम अनि मात्र प्रेममा विश्वास गर्छु,' नीना भन्छिन्—
'करियरलाई अघि बढाउन समेत प्रेमीको साथ चाहिने रहेछ।'
No comments:
Post a Comment