
सुष्मा कार्कीको चर्चा अचेल त्यति हुँदैन। केही महिनायता गुप्तवास बसेकी
कार्की भ्यालेन्टाइन डेको साँझ ठमेलको एउटा रेस्टुराँमा प्रेमी नरेन
शाहीसँग देखा परिन्। साथमा थिए झरना थापा, सुनिल कुमार थापा, पुजना स्त्री,
सञ्चिता लुइँटेल, सुमन गैह्रे आदि। सुष्माले आफ्नो २७ औं बर्थ डे मनाउन
सबैलाई निम्तो गरेकी थिइन्। अन्डरग्राउन्ड ब्यान्ड अनुप्रस्थका लिड
भोकलिस्ट नरेनसँग सुष्माको चक्कर चलेको धेरै भैसकेको छ। बर्थ डे केक काटेर
प्रेमीलाई ख्वाएपछि सुष्माले ठमेलमा सञ्चालनमा आएको रेस्टुराँ उनी र नरेनले
संयुक्त रूपमा सञ्चालनमा ल्याएको रहस्य खोलिन्। त्यसका अतिरिक्त
मैतिदेवीमा खाद्यान्नको होलसेल व्यापार पनि थालेको उनले बताइन्। 'निर्माता
नै हिरो बन्न खोजेकाले मेरा केही चलचित्र चलेनन्, तर अब लिड भूमिकामा कसैले
अफर गर्नुहुन्छ भने मात्र चलचित्रमा काम गर्छु अन्यथा म व्यवसायी महिला
भएरै दिन बिताउँछु' -सुष्माले दन्तलहर देखाउँदै भनिन्।
No comments:
Post a Comment