गाउँले केकीले जितिन् मन...
नेपाली फिल्म क्षेत्रमा एकको अर्कोसँग अनावश्यक नाम जोडिने कारण पनि कलाकारहरू बदनाम छन् । यस मानेमा नायिका केकी अधिकारी भने अहिलेसम्म कुनै लफडामा परेकी छैनन् । त्यसैले पनि कलाकार बद्रीकी छोरी केकीले बाबुको नाम जोगाइराखेकी छन् । सानो गाँठीका कारण हिरोइनमा जम्न नसकिरहेकी केकीले फिल्म 'महसुस' बाट भने अत्यधिक स्याबासी पाउँदा पुलकित बनेकी छन् ।
नवल नेपाल निर्देशित 'महसुस' मा उनी आर्यन सिग्देल र बेनिसा हमालसँगै फिल्ममा अटाएकी छन् । तर बिरामी आमाको उपचारका लागि गाउँदेखि सहर आएकी सोझी तर हक्की स्वभावकी गौरीको चरित्रमा रहेकी केकीले दर्शकको भावनालाई आफूतिर तान्न सफल भएकी छन् । यसअघि पनि नीर शाह निर्देशित फिल्म 'मसान' मा हेलेनको चरित्रमा दमदार देखिएकी केकीको गौरीको अभिनयलाई भने दर्शकले अहिलेसम्मकै राम्रो भनी तारिफ गरेको निर्देशक नवल नेपालले सुनाए । नायिका पनि कामको प्रशंसा बढ्दै गएपछि हल-हलमा गएर दर्शकसँगै फिल्म हेर्दै प्रतिक्रिया बटुलिरहेकी छन् ।

आखिर मान्छे सानै भए पनि केकीको कामलाई भने दर्शकले ठूलै मानिदिएका छन् । क्या बात गौरी उर्फ केकी !
No comments:
Post a Comment