हिरोइनहरूमा बलिउडकी करिना कपुरझैँ जिरो फिगर बनाउने होडबाजी चलेका बेला ऋचा शर्मा भने करिना होइन, करिमापथमा हिँड्ने भएकी छन्। थप्पड काण्डबाट चर्चामा आएकी पूर्वमन्त्री करिमा बेगमको रूप लिएर उनी एउटा फिल्ममा देखिने छिन्। दासढुंगा बनाएका अपिल विष्टले बनाउने फिल्म प्रतापमा उनलाई त्यस्तो भूमिका दिइएको छ। अनुप बराल र दयाहाङ राईको पनि अभिनय रहने उक्त फिल्ममा एउटी महिला सभासद्को जीवन उतारिँदै छ। अब क-कसलाई चड्काउने हुन् ऋचाले !
No comments:
Post a Comment