Social Icons

Thursday, August 22, 2013

Nepali actress Usha Poudel in Hindi Film

 
नेपाली नायिका उषा पौडेल हिन्दी चलचित्रमा...

साढे तीन वर्षदेखि मुम्बईमा संघर्षरत नायिका उषा पौडेल अव बलिउडको चलचित्रमा देखिने भएकी छिन् । ओस्कार बिजेता चलचित्र ‘स्लमडग मिलेनियर’मा देखिएका एक अभिनेता अंकुर विकलको जोडीको भूमिकामा उनले भर्खरै छायांकन सेको चलचित्रको शीर्षक हो ‘सुन लड्की’ । चलचित्रमा नायक तथा नायिका नयाँ छन् । उषा पौडेल उक्त चलचित्रकी मुख्य सहअभिनेत्री हुन् । ‘मेरो वास्तविक नाम रुक्मणी हो, त्यसैले उता पासपोर्टमा भएको नामबाटै चिनिएकी छु । कसैले रुक्मणी भन्छन्, कसैले रुकु त कसैले रुक्मा ।’ उषाले नाम बदल्नु परेको प्रसंग सुनाईन कान्तिपुर साप्ताहिकमा खबर छ ।
विगत डेढ महिनादेखि काठमाण्डौंमा रहेकी रुक्मणी अर्थात उषाले भनिन् ‘मुम्बईमा साढे तीन बर्ष संघर्ष गरेर अहिले स्थापित हुने क्रममा छु । अहिले दुईमहिनाजति कामबाट फुर्सद भएकाले आफ्नो घर फर्किएकी हुँ । यसपटकको मेरो बसाई नितान्त पारिवारिक र व्यक्तिगत भएकाले मैले फेसबुकमा नेपाल आइसकेको स्ट्याटस मात्र लेखेकी थिए । त्यही स्ट्याटसका कारण केही साथीभाइले कन्ट्याक्ट गर्नुभयो । मैले पनि नजिकका साथीहरुलाई भेटेँ । भेटघाटमै बित्यो डेढ महिना ।’ उनी आज मुम्बई जाँदैछिन् ।



महाकवी लक्ष्मीप्रसाद देवकोटाको कृति मुनामदनमाथि बनेको चलचित्रमा मुना भएर चर्चामा आएकी उषाले यहाँ चालीसवटा चलचित्रमा नायिका भएर काम गरिन् । यता स्थापित भैसकेकी उषा अनायासै मुम्बई पलायन भईन् । ‘मुम्बई पलायन हुने सोच थिएन । हरेक कलाकारको सपनाको मुम्बई फिल्म नगरी, म त्यो नगरीमा भाग्य परीक्षा गर्न गएकी थिएँ । ‘ अहिले उषा यो भाग्य परीक्षामा धेरै हदसम्म अघि बढिसकेको अवस्था छ ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???