Social Icons

Tuesday, February 25, 2014

झोले, झोला, झेली अनि झमेला

अर्थ फरक भए पनि सुन्दा उस्तै लाग्ने शीर्षक राखेर चलचित्र बनाउँदा तीनवटा चलचित्रलाई व्यवसाय गर्न गाह्रो पर्ने देखिएको छ। यतिबेला सहरमा कृष्ण धरावासीको कथामा आधारित चलचित्र 'झोला'को प्रशंसा सुनेर केही दर्शक हलमा पुगेछन्। हलमा उनीहरूले चलचित्र 'झोले' को पोस्टर देखेछन् र कन्फ्युज हुँदै हलका कर्मचारीसँग सोधेछन्। कर्मचारीले झोला चलिरहेको र झोले आउन बाँकी रहेको जानकारी दिएपछि मात्र उनीहरू ढुक्क भए। अब फेरि अर्को चलचित्र 'झेली' पनि आउनै लागेको छ। 'झोला' हेर्न जानेहरू पनि हलमा 'झोले' को ट्रेलर देखेर छक्क पर्छन्। त्यसमाथि 'झेली'को ट्रेलर पनि आउन थाल्यो भने त के गर्लान्? झोले, झोला, झेलीजस्ता झुक्याउने शीर्षक सुनेर एक जना चलचित्र वितरक टाउकोमा हात राख्दै भन्दै थिए- 'धन्य होस् भगवान्, कसैले झमेला शीर्षकमा चलचित्र बनाएनन्?'

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???