Social Icons

Wednesday, September 3, 2014

Bhuwan KC with new Girl??? guess correct answer

नायक भुवन केसी संग कुन नायिका हो..??
गेस गर्नुस् ..!!



 Watch Bhuwan KC and this girl in PArty



The correct Answer is Jiya KC - The actress of ATM . Recently the news has been in the market that they are living together relationship after Bhuwan KC got divorced with her wife.

Tuesday, August 19, 2014

Sexy Sushma Karki Hot Interview



सुष्मा भन्छिन् -’मेरो छाती आकर्षक, घरमा विकिनीको भण्डार नै छ’

WATCH SUSMA KARKI HOT PHOTOSHOOT IN SWIMMING POOL 

नायिका सुष्मा कार्कीको नाम जब आउँछ, उनको हट अवतार पनि जोडिन्छ । चलचित्रमा आइटम गीतमा उत्तेजक नृत्य गर्न माहिर सुष्मा अहिले विकिनी फोटोसुटका कारण एकाएक चर्चामा छन् । हालै मात्र उनले विकिनी पहिरनमा फोटोसुट गरेकी छिन् । आखिर, विकिनीमा सुष्मा कार्कीको मोह के हो त, उनि सित गरिएको कुराकानी :

१. विकिनीमा तपाइको आकर्षण किन हो ?
मलाई विकिनी एकदमै मनपर्छ । अब स्विमिङ पुल जाँदा जसले पनि विकिनी लगाउँछ, मैले लगाउनै नहुने भन्ने त होइन नि ।

२. तपाइले विकिनी लगाउने कारण के हो त ?
मलाई मेरो फिगर असाध्यै मनपर्छ । फिगर विकिनी लगाउने खालको भएर नै मैले लगाएकी हुँ ।

३. तपाइको जन्मदिनमा पनि उपहार त धेरै विकिनी आउँछ रे हो ?
हो मलाई अधिकांश साथीहरुले विकिनी उपहार दिनुहुन्छ । मेरो घरमा त कलेक्शन नै भैसक्यो विकिनीको ।





४. कलेक्शन त भन्नुभयो, कती जम्मा गर्नुभएको छ अहिलेसम्म ?
मसँग ४० पिस भन्दा बढि विकिनी भैसक्यो होला । मसँग भिक्टोरिया ब्रान्डको विकिनी धेरै छ ।

५.कस्तो बेलामा तपाई विकिनी प्रयोग गर्नुहुन्छ ?
म विशेषगरी स्विमिङमा जाँदा यसको प्रयोग गर्छु । विदेशमा कार्यक्रमको सिलसिलामा जाँदा पनि विकिनी लगाएर समुन्द्रमा मस्ती गर्न रमाइलो लाग्छ ।

६. फिगर त राम्रो छ भन्नुभयो, कुन अंग आकर्षक लाग्छ त ?
मलाई मेरो छाती आकर्षक लाग्छ । छाती माथि खोपेको सूर्य अंकित ट्याटुले झनै आकर्षण थपेको धेरैले भन्नुहुन्छ ।

७. तपाई प्रेमी निरनसँग टाढा भएपछि अझ खुल्ला हुनुभयो पनि भनिन्छ नि ?
म अहिले खुल्ला पन्छी हुँ । आफूले चाहेको अनुसार उड्न सक्छु । त्यो एउटा विगत थियो, अब मलाई संझिनु नै छैन ।

८. टपलेसको बिषयमा के सोच्नु भएको छ ?
टपलेसका बारेमा मैले अहिले नै सोचेको छैन ।

९. पहिलो पटक विकिनी लगाएर हिडेको याद छ ?
मैले ८ बर्ष अगाडि विकिनी लगाएको थिए । यसपछि निरन्तर विकिनी लगाइरहेको छु । म विकिनीको सौखिन नै हुँ ।


Wednesday, July 30, 2014

Best Nepali movies to watch and enjoy

Well talking about nepali movies I don't watch much. Nepali movies are so boring and not so of quality. SO these days nepali fans are decreasing day by day instead they do watch Hindi and English movies with high standard.

But there are some Nepali movies which you should watch friends. They are very much entertaining if you are Nepali. I have found a blog about these Nepali movies. Its quite new blog but well made. So please read this blog and enjoy the movies. They are the best Nepali movies ever made.

Friday, July 18, 2014

Model Sonika Karki - Glamourous Photoshoot

 

मोडल सोनीकाको रेड हट लुक्स..!!
१) हट
२) सेक्सी
३) ताई न तुई


 

फोटोसुट सोनीका कार्कीको..  

Friday, April 18, 2014

Bree Olson status and pics


Today was hot.


Today is already gone.


Love my @VeggieGrill


<3 <3



Party starts here.


Which is your favorite?

Pretty morning glow coming into my room

Happy wife, happy life.



I just... really love my trainer.

Wednesday, April 16, 2014

Guess who model??

The pic is  of the Model.. Jebicca Karki  ;)  Thanks for guessing!!



Saturday, April 12, 2014

लभ बाईट बोकेर निशा पनि सार्वजनिक कार्यक्रममा !



लभ बाईट बोकेर निशा पनि सार्वजनिक कार्यक्रममा !

राजेश हमाल चिफ गेष्ट अनि एम.सी तर्फ निशा अधिकारी देखिदा बिहिबार बिहान निर्देशक समाजको वर्कसप उद्घाटन समारोह अन्य फिल्मी कार्यक्रम भन्दा केही भिन्न थियो ।

कार्यक्रम सामान्य शैलीमा उद्घाटन भएको थियो । एम.सी गर्दा निशाले पोखरामा हुन लागेको वर्कसपको बिषयमा निकै तारिफ पनि गरिन । उनले आफ्ना लागि काठमाण्डू भन्दा पोखरा बिशेष रोजाईको शहर रहेको पनि बताएकी छिन् ।

तर कार्यक्रम सम्पन्न गरे लगत्तै उनको घाटीमा लभ बाईट देख्यो । केही हद सम्म हटिसकेको उक्त दाग टाढाबाट हेर्दा ट्याटु जस्तो लाग्थ्यो तर क्यामेरा नजिक पुगेपछि चाहि दृश्य लभ बाईटनै रहेको प्रष्टीन्छ ।

निशा केही समय यता क्रिकेटर शरद भेषवाकरसंग नजिक रहेको खबर निकै चर्चित छ ।

Thursday, April 3, 2014

Guess Who??

The Guess Who Celebrity of the Day is: Kajal Agarwal

7c42f78a04b5b40b258ba125a6b387ff 

कस्तो लग्यो त कमेन्ट गर्नुस  ;)

Wednesday, April 2, 2014

पोर्नमेनिया





-     भक्तपुर बस्ने प्रवीण प्रजापति (२३) द्वारा निमा (२१) परिवर्तित नामसँग भएको यौनसम्पर्कको भिडियो तथा सिडी बनाई सार्वजनिक । अभियुक्त प्रवीण प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका लागि उजुरी । पुर्पक्षका लागि थुनामा ।

-    ललितपुर जिल्ला गोदामचौर गाविसको जंगलमा कृष्णचन्द्र श्रेष्ठ र ऋद्धिबहादुर महर्जनले एक युवतीलाई करणी गरी उक्त दृश्य खिचेर रामचन्द्र मगर र विनोद महर्जनको मोबाइलमा ब्लु टुथमार्फत पठाई सार्वजनिक गरे । उनीहरूविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीको माग ।

-    करिब एक दर्जन नेपाली किशोर-किशोरीले खोलाकिनारमा प्रतिस्पर्धात्मक रूपमा टङकिस र स्तनमर्दन गरेको दृश्य खिचेर सार्वजनिक गरेका थिए, सम्भवतः सबैभन्दा धेरै हेरिएको उक्त भिडियोमा युवायुवतीका क्रियाकलाप अस्वाभाविक लाग्छन् । उक्त भिडियोमा किशोर मात्र होइन, किशोरीहरू पनि सहज रूपमा यौन क्रियाकलाप गरिरहेका देखिन्छन् ।

पहिलो पृष्ठमा उल्लेख गरिएका घटनाले नेपाली समाजमा अश्लील गतिविधिका घटनाको बढ्दो क्रमलाई संकेत गर्छ। पूर्व-मेचीदेखि पश्चिम महाकालीसम्म सबै क्षेत्रमा यस प्रकारका उजुरी बढ्दै गएको प्रहरी एवं सामाजिक संघसंस्थाहरूको प्रतिवेदनमा उल्लेख छ। त्यसो त अश्लील भिडियो बनाएकै आधारमा नेपाली सेलिब्रेटीहरू पनि चर्चाको शिखरमा रहेको विगत छ। आपसी सहमति वा जबर्जस्ती यौन क्रियाकलाप गर्ने क्रममा मात्र सिमित नभै त्यसको दृश्य छायांकन गरी त्यसबाट मनोरञ्जन लिने प्रवृत्ति विकास भएकाले त्यो सार्वजनिक भैदिँदा क्रियाकलापमा संलग्नहरू सार्वजनिक बेइज्जती एवं कानुनी कारबाहीको भागेदार बनेका हुन्। 

विश्वमा यौनका आफ्नै विभिन्न किसिमका आयाम छन्। यौनलाई दर्शनका रूपमा विकास गरिनुले पनि यसको महत्त्व बुझ्न सकिन्छ। यद्यपि त्यही यौन विकसित एवं सभ्य मानवसभ्यताको खिल्ली उडाउने आधार पनि बनेको छ। यौन कुनै समुदाय, जात, भूगोल वा सम्प्रदायमा मात्र सीमित नभै सर्वव्यापी सत्य हो, तर यो विषयमा कोही सहज चर्चा गर्छन् भने कोही यसलाई प्राकृतिक र जैविक मान्दै गोप्य राख्छन्। यौनका भिन्न आयाम सार्वजनिक हुँदै जाँदा यौनका कुरालाई बर्जित गर्दै आएको पूर्वीय समाजले पनि अब यो विषयमा खुलेआम चर्चा गर्न थालिसकेको छ।

धर्मगुरुहरूका यौन क्रियाकलाप त भारतमा समाचार बनिरहेकै छन्। गाँस, बास र कपासझैं आधारभूत मानिएको यौनलाई भूमिगत राख्न चाहनेहरूका क्रियाकलाप उजागर हुँदै जानुले आगामी पुस्तासम्म आइपुग्दा हाम्रो समाजमा फरक यौनधारणा विकास हुने परिकल्पना गर्न सकिन्छ। यद्यपि नेपालमा राज्यले यो विषयलाई खुला गरिसकेको छैन। नेपालमा यौनव्यवसायलाई स्वतन्त्रता दिनुपर्छ कि पर्दैन भन्ने कुरामा लामो समयदेखि बहस चल्दै आए पनि प्रस्ट धारणा बन्न नसक्दा समाजका विभिन्न क्षेत्रमा यौन एवं सम्बन्धित अन्य विषयमा ढोंगी धारणा व्याप्त छ। आवरणमा यो विषयमा बोल्न नचाहनेहरू यही विषयमा कुण्ठित हुँदै भित्रभित्रै त्यही संसारमा हराउँछन्। अश्लील भिडियो बनाउने चाहनाको मनोवैज्ञानिक पक्ष पनि भएको मनोविज्ञहरू बताउँछन्। यौनका बारेमा अर्धसत्यमात्र बुझेकाहरूको हकमा त यौनमनोविज्ञानको भूत नै चढेको उनीहरूको भनाइ छ। सेक्स आफैंमा सत्य र स्वाभाविक क्रिया भए पनि यसमा अप्राकृतिक चाहना बढाउने विभिन्न पक्षले अश्लील भिडियो बनाउन उत्प्रेरित गर्ने उनीहरूले बताए।

गुगलको बेइमानी

यता गुगलको सर्च ट्रेन्डले देखाउँछ, विश्वभरमा यौनसँग सम्बन्धित सामग्री खोज्ने क्रममा नेपाल छैंटौं स्थानमा छ। सन् २००४ देखि अहिलेसम्ममा नेपाल छैंटौं स्थानमा देखिएको हो। गत वर्ष दसौं स्थानमा रहेको नेपाल यो वर्ष ४ खुडि्कलो नाघेर छैंटौं स्थानमा पुगेको छ। गुगलका अनुसार इन्टरनेट प्रयोगकर्तामध्ये ७२ प्रतिशत नेपालीले यौनसम्बन्धी सामग्री गुगलमा खोजी गर्ने गरेका थिए।  गुगलको सर्च इन्जिनको ट्रेन्डले प्रस्ट रूपमा देखाइदिएको यो उदाङ्गो चित्रले हाम्रो कुण्ठित मनोभाव प्रस्ट हुन्छ। यौन व्यवसायलाई पर्यटनका रूपमा अँगालेको थाइल्यान्डमा पनि इन्टरनेट प्रयोगकर्तामाझ ९ प्रतिशतले मात्र यौनसम्बन्धी सामग्री खोजी गर्ने गरिएको गुगलले देखाउँछ। नेपालीहरूको हकमा नेपाली सेक्स, फ्री सेक्स, सेक्स भिडियो, सेक्स भिडियोज, सेक्स पोर्न, पोर्न, ट्युब सेक्स, इन्डियन सेक्स, सेक्स हट, सेक्स स्टोरिज, पोर्नो क्रमश धेरै टाइप गरिएका शब्द हुन् भनेर गुगलले जानकारी दिएको छ।

सर्वेक्षणको डरलाग्दो तथ्यांक

तराईका ३२ जिल्लाका ९ सय यौन व्यवसायी महिलामा केही समयअघि एक संस्थाले गरेको सर्वेक्षण छापाहरूमा सार्वजनिक भएको थियो, जसअनुसार ४२ प्रतिशत यौनव्यवसायीले यो पेसा अँगालेको १ वर्ष पनि भएको छैन। दिनप्रतिदिन यौनव्यवसायमा संलग्न हुने महिलाहरूको संख्या बढ्दो छ। राजमार्ग वरपरका ती महिलामध्ये ६५ प्रतिशतले १५ वर्षभन्दा कम उमेरमा पहिलो यौनसम्पर्क भएको बताएको सर्वेक्षणले देखाएको थियो। यस्तै ३८ प्रतिशत २० वर्षभन्दा कम उमेरका थिए। आफ्नो मात्र नभै परिवारसमेत उनीहरूको यौनव्यवसायको आयमा निर्भर छ। ९ सयमा ५२ प्रतिशत निरक्षर रहेको देखिने तथ्यांकमा ६ प्रतिशतले एसएलसी उत्तीर्ण गरेको कुरा उल्लेख छ। अचम्म त के भने यौनकर्मीका रूपमा कार्यरत ६८ प्रतिशत महिला विवाहित छन्। १७ प्रतिशत यौनकर्मी महिलाले सम्बन्धविच्छेद वा लोग्नेबाट टाढा रहेको उल्लेख गरेको सर्वेक्षणले बताउँछ। १२ प्रतिशत एकल महिला पनि यौन व्यवसायमा छन्। ३४ प्रतिशत अविवाहित छन्। विवाहितमध्ये पनि करिब २९ प्रतिशतले उनीहरूका श्रीमान्को अर्की पनि श्रीमती भएको बताएका छन्। अध्ययनमा सहभागी ६ सयमध्ये २ दशमलव ३ प्रतिशतमा एचआईभी एड्सको संक्रमण देखिएको थियो। ६८ प्रतिशत यौनकर्मी महिलाका ग्राहक यातायात मजदुर हुन्। विवाहित यौनकर्मी महिलामध्ये करिब ८१ प्रतिशतले गर्भधारणबाट जोगिन परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन्। ३१ प्रतिशतले ९ वर्षदेखि १४ वर्षको उमेरमा पहिलोपटक यौनसम्पर्क गरेको बताएका थिए। १५ देखि १९ वर्षभित्र पहिलो यौनसम्पर्क गर्ने ६२ प्रतिशत रहेको अनुसन्धानले देखाएको छ। ३२ प्रतिशत यौनव्यवसायीको विवाह ६ देखि १४ वर्ष उमेरमा भएको छ।

इन्टरनेटमा बस्ने नेपालीहरू

नेपालमा अहिले इन्टरनेट र फेसबुक लगभग पर्याय भैसकेको अवस्था छ। नेपालमा इन्टरनेट भनेकै फेसबुक हो भनेर बुझ्नेहरू पनि छन्। इन्टरनेटमा फेसबुकका लागि पुग्नेहरू इन्टरनेटका अन्य सामग्रीमा पनि पुग्न सक्छन्। फेसबुकमै राखिएका लिंकहरूले उक्त कार्यमा सहयोग पुर्‍याइरहेका हुन्छन्। प्रयोगकर्ताहरूको तथ्यांकले नेपालमा फेसबुक सबैभन्दा बढी खोलिने साइट भएको देखाउँछ। फेसबुकपछि युट्युब, गुगल, अमेजिन, याहु, ब्लगस्पट आदि वेबसाइट धेरै हेरिनेमा पर्छन्। इन्टरनेट सहज हुँदै गएपछि, खासगरी मोबाइलमै चलाउन मिल्ने भएपछि प्रयोगकर्ताहरूको संख्या पनि ह्वात्तै बढेको छ। ई-कान्तिपुर, अनलाइन खबर, नागरिकन्युज, एनटिसी, सेतोपाटी, हाम्रोबजार, मेरोजब, हिमालयन टाइम्स, माइरिपब्लिका, उज्यालो, हाम्रा कुरा, माइसंसारजस्ता साइटहरू नेपाली इन्टरनेट प्रयोगकर्ताहरूको दोस्रो रोजाइका वेबसाइट हुन्। नेपालका साथै विदेशका समाचार पढ्न पाइने भएकाले यी साइट सयर गर्नेहरू प्रशस्त हुन्छन्। वेब साइटहरूको र्‍यांकिङ गर्ने एलेक्सा डटकमका अनुसार नेपालमा हेरिने १ सय साइटमा नेपाली साइटभन्दा बढी विदेशी वेबसाइट छन् अर्थात् २४ वटा नेपालबाट सञ्चालनमा छन् भने बाँकी बिदेशी। नेपालमा ७६ प्रतिशत विदेशी साइट हेरिन्छन्। इन्टरनेट प्रयोगकर्ता बढ्दै जाँदा पोर्न साइट हेर्ने नेपाली इन्टरनेट प्रयोगकर्ता पनि बढ्दै गएका छन्। नेपालभित्र रहेर इन्टरनेट चलाउनेहरूले त्यस्ता पोर्न वेबसाइटहरू हेर्ने, साथीहरूमाझ सेयर गर्ने, सर्च इन्जिन हुँदै सीधै साइट नै खोलेर रमाउने प्रवृत्ति बढ्दै गएको छ। धेरै हेरिने पोर्नसाइट ४ वटा छन्, जसमा हजारौं नेपालीहरू दैनिक हराउँछन्। इन्टरनेटमा पोर्न खोज्ने त्यसका बारेमा चासो राख्ने कुरा पुरानै भए पनि यसमा रमाउनेहरूको संख्या बढ्दै गएको कुराले यस विषयमा सचेतना आवश्यक भैसकेको सूचनाप्रविधि विज्ञहरू बताउँछन्।

अश्लीलता लागूपदार्थजस्तै

बेलायतस्थित क्याम्बि्रज विश्वविद्यालयका अनुसन्धाताहरूका अनुसार अश्लील भिडियो हेर्नु ड्रग्सजस्तै अम्मल हो। अनुसन्धानकर्ताहरूका अनुसार अश्लील चलचित्र हेर्दा मस्तिष्कबाट यस्तो प्रकारको रसायन उत्सर्जन हुन्छ जसले मस्तिष्क तथा शरीरका अन्य भागमा पार्ने प्रभाव लागूपदार्थ लिएको वा रक्सी पिएको बेलाजस्तै हुन्छ। उक्त रसायनको नाम इरोटोक्सिन भएको अनुसन्धानकर्ता जुडिट रिसम्यान बताउँछन्। जुडिटका अनुसार यौन गतिविधिका दौरान इरोटोक्सिनले मस्तिष्कमा प्रभाव पार्न थाल्छ जसले व्यक्तिमा नशाको अनुभूति हुन थाल्छ। नियमित रूपमा अश्लील सामग्री हेर्ने मानिसको मस्तिष्कमा यस्तो क्रियाकलापको लत नै बस्छ र उक्त व्यक्ति लागूऔषधका प्रयोगकर्ताले लागूपदार्थ खोजेझैं अश्लील चलचित्रको पारखी बन्छ।

धेरै हेरिने पाँच पोर्न साइट

इन्टरनेट विश्वको सबै सूचनाको वाहक अनि केन्द्रका रूपमा स्थापित भैसकेको छ। यसमा शिक्षादेखि व्यापार सबै गतिविधिकेन्दि्रत भएका छन्। दुनियाँको जनसंख्याको अधिकांश हिस्सा जोडिएको इन्टरनेटमा सबैभन्दा बढी मनोरञ्जनसम्बन्धी गतिविधि हुन्छ। त्यसो त दैनिक रूपमा बढिरहेको ट्राफिकमध्ये धेरै पोर्न तथा सेक्ससम्बन्धी साइटमा केन्दि्रत हुने गरेको छ। इन्टरनेट पोर्न तथा सेक्सका लागि सबै भन्दा सजिलो र सस्तो माध्यम भएको छ। निःशुल्क रूपमा उपलब्ध हुने भएकाले पनि इन्टरनेटमा पोर्न हेर्नेहरूको संख्या निरन्तर बढिरहेको छ। इन्टरनेटमा हुने कुल व्यापारमा पनि पोर्नको हिस्सा उल्लेख्य छ। यसमा यौन व्यापार गरेर करोडपति बन्नेदेखि यसमा उपलब्ध सामाजिक सञ्जालमा भेटिएर पतिपत्नि बन्नेसम्मका घटना थुप्रै छन्। त्यसो त फेसबुकजस्ता सामाजिक सञ्जालबाट यौनधन्दा गर्नेहरूको संख्या पनि कम छैन। सामाजिक सञ्जाल नै यौन गतिविधि गर्ने केन्द्रका रूपमा पनि देखिएका छन्। इन्टरनेटमा जोडिन आउने व्यक्तिका कारण विभिन्न वेबसाइटमा दैनिक रूपमा ट्राफिक बढ्ने वा घट्ने भैरहेको हुन्छ। दैनिक भिजिट हुने यस्ता साइटको वर्गीकरण तथा तिनको ट्राफिकका आधारमा एलेक्साडटकमले विभिन्न वेबसाइटलाई र्‍यांक गर्छ। एलेक्साको र्‍यांकमा सबैभन्दा बढी हेरिने पोर्न साइट ः

लाइभ जस्मिन

विश्वमा पोर्न एवं सेक्स भिडियो तथा तस्बिर हेर्ने प्रयोजनका लागि सबैभन्दा बढी हेरिने वेबसाइट हो- लाइभ जस्मिन। विश्वका अन्य ६६ वेबसाइट मात्र यसभन्दा अगाडि छन् इन्टरनेटमा हेरिने आधारमा। एलेक्साको लिस्टमा यो साइट सबैभन्दा बढी हेरिनेमा ६७ औं स्थानमा छ। अमेरिकामा यसको स्थान बढी हेरिनेमा ५४ औंमा छ। यसको लिंक पनि अन्य पोर्न साइट भन्दा धेरै वेबसाइटमा छ। यो वेबसाइटलाई १७ हजार ९ सय १६ वेबसाइटले लिंक गरेका छन्। यो वेबसाइट सुरु भएको ११ वर्ष भैसकेको छ। अमेरिकामा यसका २५ दशमलव ९ प्रतिशत भिजिटर छन् भने इटालीमा १६ दशमलव २ तथा जर्मनीमा ६ दशमलव ७ प्रतिशत भिजिटर छन्। यो अमेरिकापछि इटाली, बेल्जियम तथा स्वीट्जरल्यान्डमा बढी लोकप्रिय छ। यो इटालीमा सबैभन्दा बढी हेरिने ११ नम्बरको वेबसाइट हो।

युपोर्न

निःशुल्क पोर्न भिडियोका लागि समर्पित वेबसाइटका रूपमा सुरु भएको युपोर्नलाई एलेक्साले विश्वको दोस्रो सबैभन्दा बढी हेरिने पोर्न साइट मानेको छ। यसले आफू सबैभन्दा राम्रा पोर्न भिडियो उपलब्ध साइट भएको दाबी गर्छ। यसमा विभिन्न शैली र संस्कारबाट प्रभावित यौन गतिविधिका भिडियो पैसा तिरेर तथा लाइभ हेर्न सकिन्छ। यो विश्वको १ सय १४ नम्बरको वेबसाइट हो। यो अमेरिकामा ९१ नम्बरमा रहेको साइट हो। यसको लिंक ८ हजार ८ सय १२ वेबसाइटमा फेला पार्न सकिन्छ। यो वेबसाइट अमेरिकामा भन्दा पनि इटाली, जर्मनी तथा अस्ट्रियामा बढी लोकप्रिय छ। यसका भिजिटर अमेरिकामा २२ दशमलव ४ प्रतिशत छन् भने जर्मनीमा ९ दशमलव ४, भारतमा यसका भिजिटर ६ दशमलव ७ प्रतिशत छन्।

एक्सएनएक्सएक्स

२४ लाख ६९ हजार २ सय ६३ सेक्स भिडियो उपलब्ध गराउने यो वेबसाइट विश्वको तेस्रो सबैभन्दा बढी हेरिने पोर्न साइट हो। यसले आफ्नो वेबसाइटमै शतप्रतिशत पोर्न मुभिज र सेक्स सामग्री भन्ने नारा उल्लेख गरेको छ। निःशुल्क पोर्न, सेक्स, ट्युब भिडियो तथा तस्बिर भण्डारका रूपमा विकास भएको यो वेबसाइट विश्वको ११३ औं बढी हेरिने वेबसाइट हो। अमेरिकामा भने यो ९१ औं स्थानको वेबसाइट हो। यसका २५ प्रतिशत भिजिटर अमेरिकी हुन्। त्यसबाहेक यो इराक, मोरक्को तथा ट्युनिसियामा बढी लोकप्रिय छ। इराकमा यसको स्थान ७ औं छ। इजिप्टमा यसको स्थान १७ औं छ। एक दशकदेखि चलिरहेको यो वेबसाइटको लिंक ८ हजार ८ सय ९४ वेबसाइटमा छ। भारत यो वेबसाइटको अमेरिका पछिको दोस्रो ठूलो बजार हो जहाँबाट यसमा ८ दशमलव ६ प्रतिशत ट्राफिक जान्छ।

एडल्ट फ्रेन्ड फाइन्डर

एलेक्साले चौथो बढी हेरिने पोर्न साइटका रूपमा सूचीकृत गरेको एडल्ट फ्रेन्ड फाइन्डर सदस्यतासहितको वेबसाइट हो। नाम अनुसार नै यो वेबसाइट विभिन्न देश तथा क्षेत्रका युवा-युवतीसँग यौनका हिसाबले सम्पर्क बढाउन उपयोगी छ। यसमा यौनिकता बाँड्न चाहनेहरूका लागि भिडियो तथा फोटो अपलोड गर्ने सुविधा छ। यसमा फोटो एवं भिडियो सेयर गर्न तथा सेक्स च्याट गर्न सकिन्छ। एलेक्साले यसलाई विश्वको २ सय ४६ औं नम्बरमा राखेको छ। अमेरिकामा यसको स्थान २ सय २१ औं छ। यो वेबसाइटको खिंक२३ हजार ६ सय ५१ वेबसाइटसँग छ। सन् १९९७ देखि सञ्चालनमा आएको यो वेबसाइट ताइवान, मेक्सिको, स्वीटजरल्यान्ड, ब्रालिज, कोलम्बिया आदि मुलुकमा बढी लोकप्रिय छ। अमेरिकामा यसका २६ दशमलव ६ प्रतिशत भिजिटर छन् भने भारतबाट मात्र यसलाई ५ दशमलव ५ प्रतिशत ट्राफिक मिल्छ।

स्ट्रिममेट

यो लाइभ सेक्स, वेब क्याम भिडियो च्याट तथा लाइभ गर्ल सेक्ससम्बन्धी वेबसाइट हो। १८ वर्षभन्दा माथिकाहरूले मात्र हेर्न मिल्ने यो साइटमा भाषा, धर्मजस्ता आधारमा पोर्न चलचित्र तथा भिडियो राखिएका छन्। एलेक्साले स्ट्रिममेटलाई वयष्क वर्गको पाँचौं बढी हेरिने साइटका रूपमा सूचीकृत गरेको छ। हरेक वयष्क भिडियो लाइभ हेर्न सकिने यो साइटमा भिडियो हेर्न पैसा तिर्नुपर्छ। यो विश्वव्यापी रूपमा हेरिने ९ सय ८३ औं वेबसाइट हो भने अमेरिकामा यसको स्थान ४ सय ४४ मा छ। यो वेबसाइटलाई २ हजार ३ सय ४१ वेबसाइटले लिंक गरेका छन्। यसका दर्शकमध्ये ४५ प्रतिशत अमेरिकी हुन्। क्यानाडामा यसको स्थान ४ सय १६ औं नम्बरमा छ। सन् २०१३ मै प्रारम्भ भएको यो वेबसाइटका मुख्य दर्शक पुरुष हुन्।

पोर्नसँग जोडिएको इन्टरनेट तथ्यांक

पोर्नोग्राफीसँग जोडिएको वेबसाइटको कुल संख्या ४ दशमलव २ मिलियन छ। इन्टरनेटमा करिब ३ सय ७० मिलियन पोर्न पेज छन्। दैनिक तथ्याकलाई नियाल्ने हो भने हरेक दिन ६८ मिलियन पटक पोर्न शब्द सर्च भैरहेको हुन्छ। प्रतिदिन व्यक्तिको इमेल आइडीमा २ दशमलव ५ मिलियन स्पाम पोर्न इमेल आउँछ। विश्वमा करिब २० प्रतिशत व्यक्ति अफिसमा काम गरिरहेका बेला पनि पोर्न सामग्री हेरिरहेका हुन्छन्। जबकि कार्यालयमा पोर्न हेर्ने महिलाको संख्या १३ प्रतिशत छ।

आत्महत्या गर्ने १० पोर्नस्टार

केही वर्षअघिसम्म पश्चिमा देसहरूमा पोर्नस्टारहरूको माग र आम्दानी निकै थियो। प्रशस्त आम्दानी हुने भएकाले पनि धेरैको आकर्षण पोर्न चलचित्रहरूमा थियो, तर इन्टरनेटको विकाससँगै छ्याप्तछ्याप्ती भिडियो निःशुल्क हेर्न पाइने भएपछि पोर्नस्टारहरूको पेसा संकटमा परेको छ। सन् २०१० को डिसेम्बर १९ मा चर्चित पोर्नस्टार वायोलेट एडम्सनले ३५ बर्षको उमेरमा झुन्डिएर आत्महत्या गरेकी थिइन्।

त्यस्तै ४१ वषर्ीया पाउला याट्सको निधन १२ वर्षअघि हेरोइनको अत्यधिक सेवनबाट भएको थियो। ३१ जुलाई २००२ मा चर्चित पोर्नस्टार पालिन चानले २४ औं तलाबाट हामफालेर आत्महत्या गरेकी थिइन्। उनले डिप्रेसनका कारण आत्महत्या गरेको नोट प्रहरीले फेला पारेको थियो।

सन् २००९ मा लेइला लोप्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरिन्। अत्यधिक ड्रक्सको सेवनका कारण उनको निधन भएको प्रहरीले बताएको थियो। २९ डिसेम्बर २००२ मा विव नेव्स नाम गरेकी एक पोर्नस्टारले आत्महत्या गरेकी थिइन्, तर उनले आत्महत्या गर्नुको कारण प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन।

क्याथरिन सु जनस्टन नाम गरेकी एक पोर्नस्टारको मृत शरीर सन् २०११ को १३ अप्रिलमा उनकै कोठामा फेला पारिएको थियो। २००७ तिर आफ्नो करियर सुरु गरेकी क्याथरिनले ७१ वटा पोर्न चलचित्रमा अभिनय गरेकी थिइन्। डाना प्लाटो नाम गरेकी पोर्नस्टारको मृत शरिर उनकै घरको पार्किङमा फेला पारिएको थियो। उनको निधन ड्रक्सको अत्यधिक सेवनबाट भएको बताइन्छ।

१९ जुलाई सन् २००८ मा अनातासिया ब्लु नाम गरेकी पोर्नस्टारको टाइलेनल नामक ड्रक्स अत्यधिक मात्रामा सेवन गरेका कारण निधन भएको थियो। ड्रक्स सेवनका कारण उनलाई हर्टएट्याक भएको थियो। पोर्नस्टार एमी जनडनको सन् २०१० मा निद्राको औषधी धेरै खाएर निधन भएको थियो। पोर्न पेशाबाट दिक्क भएर उनले अत्यधिक मात्रामा निद्राको औषधी सेवन गरेको अनुमान गरिन्छ। सन् २००४ मा अर्की पोर्नस्टार सुसान साहको मृत शरिर एउटा लक्जरी अर्पाटमेन्टमा पाइएको थियो। उनले आत्महत्या गरेको उनका निकट मित्रहरूले बताएका थिए।

पोर्नसम्बन्धी केही रोचक तथ्य

भिक्टोरियान्सद्वारा सुरुवात

सभ्य समाजमा पनि मानिसका नग्नचित्र तथा मूर्ति प्रचलित थिए। भिक्टोरियान्सको समयदेखि पोर्नग्राफीका रूपमा यसले मान्यता पायो। १९ औं शताब्दी पहिले सेक्सुअल व्यवहारका लागि केही कानुन थियो, तर सेक्स प्रदर्शन गर्ने तस्बिरका सम्बन्धमा कुनै कानुन थिएन। भिक्टोरियान्सद्वारा अश्लील चित्रका सम्बन्धमा कानुन बनाइयो। यद्यपि पोर्नलाई सार्वजनिक रूपमा स्वीकार भने गरिदैनथ्यो।

होटलमा पोर्न

तथ्यांकअनुसार ५० प्रतिशत होटलले आफ्ना ग्राहकका लागि टेलिभिजन सेटमा पोर्न फिल्म उपलब्ध गराउँछन्। हिल्टन, म्यारियट, ह्यात, शेराटन तथा होलिडेजस्ता होटलमा गरिएको एक सर्वेक्षणअनुसार रुम सर्भिससँग जोडिएको कमाईंको ७० प्रतिशत हिस्सा पोर्न फिल्म उपलब्ध गराएबापत प्राप्त हुन्छ।

पोर्न स्टारको कमाइ

एक पुरुष पोर्न स्टारले औसतमा प्रतिदिन ५० देखि १ हजार ५ सय डलर कमाइ गर्छन्। उनीहरूले प्रतिसिनका हिसाबले पेमेन्ट लिन्छन्। महिला पोर्न स्टारले प्रतिवर्ष लाखौं डलर कमाइ गर्छन्। कतिपय महिला पोर्न स्टार त कम उमेरमै लाखौं मिलियन डलरको मालिक बनिसकेका छन्।

अस्ट्रेलियाको कडा कानुन

अस्टे्रेलिया लोकतान्त्रिक देश हो तर त्यहाँ सेक्ससँग सम्बन्धित सामग्री बेच्नु अपराध मानिन्छ। अस्ट्रेलियाका दुई राज्यलाई छाडेर पूरै मुलुकमा सेक्स सामग्रीको प्रयोग प्रतिबन्धित छ। एसीटी र उत्तरी क्षेत्रमा भने यो बन्देज छैन। कानुनमा अन्तर भएका कारण यी दुई राज्यमा एक्स रेटेड सामग्रीको प्रयोग नरोकिएको हो।

फ्लफर

पोर्न इन्डस्ट्रीमा 'फ्लफर' राखिन्थ्यो, जसले पुरुष कलाकारलाई उत्तेजित गर्ने काम गथ्र्यो। चलचित्र सुरु हुनुअघि 'फ्लफर' ले पुरुष कलाकारलाई उत्तेजित गथ्र्यो र सुटिङका क्रममा उसको सरसफाइको काम पनि गथ्र्यो, तर अहिले यसको प्रयोग हुन छाडेको छ। अहिलेको अवस्थामा ड्रग्स र भियाग्राले 'फ्लफर'को स्थान लिएको छ।

पत्रकार ऋषि धमला सम्बन्धी केही रोचक किस्सा !

 risi
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कासँग लिएको पछिल्लो अन्तरवार्ताका कारण रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमला यतिबेला चर्चामा छन् । खासगरि, क्रिकेट प्रेमीहरुले धमलाको धज्जी नै उडाएका छन् । नेपाली पत्रकारितामा धमलालाई एउटा ‘मार्का’को रुपमा समेत लिइन्छ । समाचारको पछाडि दैडिरहने धमलाका केही किस्साहरु छन् । जसलाई पत्रकार प्रकाश तिमिल्सिनाले आफ्नो ब्लगमा यसरी वर्णन गरेका छन् ।


ऋषि धमला रिपोर्टर्स क्लबका अध्यक्ष र पत्रकारको परिचय मात्रैमा सीमित छैनन् । उनी एक सेलिव्रेटी पनि हुन् । निरन्तर उही रफतारमा खटने सक्ने धमला जति अरु सायद नेपालमा कोही पत्रकार छैनन् । बिहान ५ बजे देखी बेलुका ११ बजेसम्म समाचारका लागि उनी निरन्तर खटिरहेका हुन्छन, अरु पत्रकारका लागि सवैभन्दा लोभलाग्दो पक्ष पनि यही नै हो ।
रिपोर्टर्स क्लब, बाणी बहस, न्युज २४, हिमालय टेलिभिजन, नेपाल टेलिभिजन, घटना र बिचार, साप्ताहिक बिमर्शजस्ता कयौं ठाउँमा उनका बाइलाइन पढन र अन्तरवार्ता हेर्न पाइन्छ, त्यो पनि एक हप्ता भित्रैमा । सिंहदरवार देखि शितल निवास, बालुवाटारदेखि बल्खु, सानेपा, पेरिसडाँडा जता पनि जान भ्याउने उनी नै हुन् ।



काठमाडौंमा एउटा तप्का छ, जो उनलाई मन पराउँदैन । तर नेपालमा उनका फ्यानहरु धेरै छन् । ऋषिलाई भेटन पाए मात्रै भाग्य चम्किन्छ भन्ने पनि यही नेपालमा छन् ।
यसरी निरन्तर खटिरहने उनै धमलालाई एक दिन प्रचण्डले ‘हुँदै नहुने माया बैगुनी’ भन्दै ब्यंग्य पनि गरे । उनले बोलाएपछि नआउने र उनले खोजेपछि नमिल्ने नेपालमा कुनै नेता छैनन् । उनी जसलाई पनि एउटा कुरा भन्छन, ‘तपाई पार्टीको प्रभावशाली नेता हुनुहुन्छ, तपाईंले एउटा कुरा बोल्दा देशले निकास पाउन सक्छ…. आदि / इत्यादि ।
बास्तवमा ऋषिको अर्को एउटा राम्रो गुण पनि छ, उनी हत्पति कसैसँग रिसाउँदैनन, न त कसैसँग पूर्वाग्राही नै हुन्छन् । यदि कसैले गाली गर्‍यो, आलोचना गर्‍यो भने मुसुक्क हाँसेर टारिदिन्छन् । तर, जवाफै भने फर्काउँदैनन । उनी सबैका लागि सहज पनि छन् ।
‘ठूलो मानिस भएपछि अर्थात सेलीब्रेटी भएपछि’ स्वाभाविक रुपमा आलोचना र समर्थन हुन्छ, किनकी ऊ सार्वजनिक मान्छे हो । त्यसैले होला, उनका बारेमा धेरै किस्साहरु बनेका छन, नेपालका पत्रकारिता क्षेत्रमा । जसले पनि उनी कति ब्याप्त छन् र कति चर्चित छन् भन्ने देखाउँछ । आज उनै धमलाका बारेमा बुनिएका किस्साहरु यहाँ उल्लेख गर्न चाहान्छु । यसमा सत्यता हुनै पर्छ भन्ने छैन किनकी किस्साहरु सबै सत्य हुँदैनन्, बनाइएका हुन्छन अर्थात त्यसमा थपथाप पारिएका हुन्छन ।
पहिलो किस्सा– हाल राष्ट्रपतिका प्रेस सल्लाहकार रहेका राजेन्द्र दाहाल दशैमा टिका लगाउन गाउँ गएका थिए रे । मुलुकका प्रमुख राष्ट्रपतिका प्रेस सल्लाहकार कम सानो पद होइन, र गर्बको कुरा पनि हो त्यो पद आफैमा । तर, दाहालकी आमाले टिका निधारमा लगाउँदै राजेन्द्र दाईलाई भनिन रे, ‘छोरा ऋषि धमला जस्तै ठूलो पत्रकार बन्नु र राम्रो गर्नु है !’ त्यसपछि राजेन्द्र दाई फ्ल्याट ।
दोस्रो किस्सा– एक दिन ऋषिजी चितवन नारायणगढ गएका थिए रे ! पुल्चोक भन्दा एक किलोमिटर परको होटेलमा बास बसेछन् । बिहान सातै बजे, पुल्चोक नजिक कार्यक्रम राखिएको थियो । तर, समयमा ऋषि आएनन् । उनलाई फोन गरियो, जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ मात्र आउने ।
आयोजकलाई हैरान !
एक छिन पछि ऋषिको ड्राइभरले गाडी ल्यायो । तर, गाडीमा भने ऋषि छैनन् ।
‘खोइ त ऋषि ?’ भनेर ड्राईभरलाई सोधियो । उनले जवाफ दिए, ‘मलाई जानु भन्नुभयो तर उहाँ आउनु भएन’
लौ फसाद !
दाह्री नकाटी हिँड्ने ऋषिको बानी छैन । यो कुरा थाहा पाएकाले दाह्री काटदै होलान भनेर चित्त पनि वुझाए ।
यता बाट फोन गएको गएकै, उतावाट जतिखेर पनि ‘आउँदैछु’ भन्ने जवाफ आएको आउँछ । तर, आउने चाँहि कहिल्यै होइन् ।
असाध्यै गर्यो भनेर एकजना मानिस ऋषिलाई लिन गए । तर, जब ऋषिलाई देखे, तब उ दंग मात्रै परेन, तीन छक नै खायो । कुरा के रहेछ भने, ऋषि त पैदलै होटल देखि नै हिँडेर कार्यक्रमस्थल तिर आइरहेका रहेछन् । बाटोमा त ‘नमस्कार ! नमस्कार !!’ गर्दै हिडिरहेका रहेछन । बाटोमा फलफुल बेच्ने, रिक्सा चलाउने, ठेला ठेल्ने मात्रै होइन, बाटोमा भेटिएका सबै ‘ओ हो ! ऋषि दाई’ भन्दै बोलाउँदा रहेछन, ऋषि मुसुक्क हाँसेर ‘ठीक ठीक छ’ भन्दै हात हल्लाउँदा पो रहेछन् । हे भगवान !!!
तेस्रो किस्सा– डिल्लीबजारमा रहेको ध्रुवको पुस्तक पसलमा ऋषि पत्रिका हेर्न जाने, सबै पत्रिका हेर्ने तर किन्ने बेला चाँही अंग्रेजी ‘न्युज विक’ किन्ने । अंग्रेजी जान्दै नजान्ने ऋषिले’ न्युज विक’ किनेको देखेर एकजना अंग्रेजीका धुरन्धर राजिब आचार्यले केही दिन त त्यो दृश्य हेरिरहे र चुपचाप नै बसे । तर, सद्यै न्युज विक, त्यो नभए अर्को अंग्रेजी पत्रिका किनेको देखेर उनलाई पनि झोंक चलेछ र एक दिन सोधेछन्– ‘ओहो ऋषि तँ एबीसीडी त जान्दछस् नि !’
ऋषिले पनि ‘न्युज विक’ पछाडि खल्तिमा हाल्दै भनेछन, ‘सानो एबिसीडी सोधेको कि ठूलो एबीसीडी ? जुन सोध त्यही फर्रर्र भनिदिन्छु !’
चौथो किस्सा– माधव नेपाल प्रधानमन्त्री भए लगत्तै भारत भ्रमणमा निस्किए । र, सँगसँगै ऋषि पनि गएका थिए । दिल्लीवाट पत्रकारलाई फोन गरेर समाचार दिने उनै थिए, उनी कसैलाई पनि भेदभाव पनि गर्दैनन् र मागे पछि दिन मिल्ने जति समाचार दिन्छन् । तर, उनको सर्त हुन्छ, ‘मेरो नाम चाँहि छुटनु हुदैन नि !’
उनले एकजना सम्पादकलाई फोन गरेर दिल्लीवाट भने– ‘दाई म त सुजाताको कोठामा नै रात बिताएँ नि ! भारतले मलाई यति धेरै ठूलो सम्मान गर्यो, अब यसलाई जसरी पनि न्युज बनाइ दिनुहोला ।’
लौ खत्तम ! उपप्रधानमन्त्री सुजाताा कोइरालाको कोठामा रातभर ऋषि धमला । यो कुरा सुनेर नेपालमा भने हल्ला खल्ला ।
पछि कुरा वुझ्दै जाँदा उनले सही नै कुरा दिएका हुन् तर यता भने अनर्थ लाग्यो । भएको के रहेछ भने, प्रधानमन्त्री माधव नेपालसँग सवारी मन्त्रीको रुपमा त्यो बेला उपप्रधान तथा परराष्ट्रमन्त्री रहेकी सुजाता गई दिइनन् । उनी नगएपछि उनका लागि तयार पारिएको कोठा स्वभाविक रुपमा खाली हुन गइहाल्यो । सोही खाली कोठा नै ऋषिलाई दिइएको पो रहेछ ।
पाँचौ किस्सा– धादिङ घर जाँदा लगनको समय भन्दा अन्य समयमा दमाहा, सनही बज्यो भने मानिसहरुले थाहा पाइहाल्छन कि आज गाउँमा ऋषि आएको छ भन्ने ।
कुरा के हुन्छ रे भने, ऋषि गाउँ पुग्नु भन्दा अघि नै गाउँमा रहेका दमाहा, सनाही बजाउनेहरुलाई बोलाउँदा रहेछन, उनी त्यही दमाहा र सनाहीको तालमा नाच्दै नाच्दै घर जान्छन रे !
यसरी दमाहा, सनाही बजाए पछि उनीहरुलाई मनग्गे खल्ती भरिदिन्छन रे पनि । त्यसैले पनि गाउँका दमाहा, सनही बजाउनेहरु ऋषि नआउँदा बिरानो मान्दा रहेछन । कतिखेर ऋषि गाउँ आउला भनेर उनीहरु अझै पनि बाटो ढुकेर बस्छन रे ।
छैटो किस्सा– भर्खरै भर्खरै रिपोर्टर्स क्लव खोलिएको थियो । एमालेमा महाकाली सन्धिको बिषयलाई लिएर तिब बिबाद भइरहेको थियो । ऋषिलाई तत्कालिन महासचिव माधव नेपाललाई बोलाउन मन लागेछ । अनि, कोटेश्वरस्थित नेपाल निबास पुगेछन र भनेछन– ‘हजुर भोलि रिपोर्टर्स क्लबमा आई दिनुपर्यो, नेपाली जनता महाकाली सन्धीका बारेमा वुझ्न चाहन्छन् ।’
छलफल र तनावमा रहेका माधव नेपालले ‘पछि कुरा गरौला, अहिले बाहिर बस्दै गर्नुहोला’ भनेपछि ऋषि बाहिर निस्केर कुरेर बसेछन् ।
बाहिर ऋषि कुर्ने र भित्रवाट नेपाल ननिस्कने । झमझम पानी परिरहेको थियो, त्यो दिन् ।
यता नेपालले पनि छलफल र कुरा सकेपछि खाना खाइवरी सुत्न लागेछन् । तर, सुत्नु अघि संयोगबश बार्दलीमा पुगेका नेपालले बाटोमा एउटा मानिस रुझ्दै बसेको देखे पछि को हो, त्यो रुझेर बस्ने भनी वुझ्न लाएछन । तर, त्यसरी राती ११ बजेसम्म रुझ्दै बस्ने त उनै ऋषि धमला पो रहेछन । अनि नेपालले ऋषिलाई बोलाएछन र सोधेछन्– ‘किन यति रातीसम्म बाहिर रुझेर बस्नु भएको ?’
ऋषिले भनेछन, ‘तपाईले भोली रिपोर्टर्स क्लबमा आउने समय फिक्स गर्छु भन्नु भएको थियो, त्यसैले तपाईको जवाफ कुरेर बसेको हुँ !’
नेपालले ‘लौ मैले त भुसुक्कै विर्सेछु’ भनेछन् ।
रातभरी रुझेर समय माग गर्नका लागि कष्टपुर्ण प्रतिक्षा गरेको दृश्य देखे पछि त्यो दिन देखी नेपालले ऋषिको कुरा कहिल्यै काटदैनन रे ! ऋषिले बोलाए पछि नेपाल जहाँ पनि जान्छन रे ।
त्यसैले पनि होला, पत्रकार महासंघले बरु शिर्ष नेता, कलाकार, राजनीतिक मानिसलाई बोलाउन सक्दैन, तर ऋषि एक्लैले भने सबैलाई बोलाउन सक्छन । नेताहरु अरुले बोलाएको कार्यक्रममा जादैनन तर रिपोर्टर्स क्लबमा गएर बोल्न पाउँदा संसारै जिते जति जस्तै गरी भाषण दिन्छन् । ऋषि पत्रकार, राजनीतिक खेलाडी सबै हुन । भलै, उनलाई मन नपराउनेहरुले उनका आलोचना गरिरहन्छन तर ‘काग कराउँदैछ, पीना सुक्दैछ’ भने झै गरी ऋषि भने खटिरहन्छन् । यो उनको सुन्दर पक्ष हो ।

Tuesday, February 25, 2014

सर्जरीपछि न्यूड

प्रचारप्रसार भनेपछि हुरुक्कै हुने हलिउड नायिका कर्ट्नी स्टोडनले हालै एउटा फोटोसेसन गराएकी छिन्। उक्त फोटोसेसनका क्रममा उनी निकै कामुक मुद्रामा प्रस्तुत भएकी थिइन्। यसपटकको फोटोसेसन उनले आफ्ना प्रशंसकहरूप्रति समर्पित गरेकी छिन्। आफ्नो ब्रेस्ट सर्जरी गरेपछि उनी पहिलो पटक फोटोसेसनमा प्रस्तुत भएकी हुन्। 'सर्जरीपछि मेरो शरीर हेर्न चाहने प्रशंसकहरूका लागि नै यो फोटोसेसन गरिएको हो,' कर्ट्नीले स्पष्ट पारेकी छिन्। ब्रेस्ट सर्जरीपछि कर्टनी अझ सुन्दर देखिएकी छिन्। फोटोसेसनका क्रममा कर्ट्नीले ग्ल्यामरस मुद्रा प्रस्तुत गरेकी छिन्। अंग प्रदर्शन गर्न नहिचकिचाउने कर्ट्नीले यो सेसनमा पनि खुलेर अंग प्रदर्शन गरेकी थिइन्।

मोडलको रोमान्स

२१ वर्षीया अन्तर्राष्ट्रिय मोडल नीना एजडलले आफू प्रेममा परेको घोषणा गरेकी छिन्। डेनिस मोडल नीना पछिल्ला दिनहरूमा नयाँ प्रेमी म्याक्स जर्जसँग देखिएकी छिन्। त्यसो त उनका प्रेमी जर्जले पनि नीनालाई संसारकै सबैभन्दा सुन्दर महिला भएको दाबी गरिसकेका छन्। नीना र जर्जले सामाजिक सञ्जालमा आफ्ना तस्बिरहरू पोस्ट गर्दै आफ्नो रोमान्सको समाचार सार्वजनिक गरेका हुन्। विवाह गरेर सँगै बस्ने कि डेटिङमा मात्र सीमित रहने भन्ने विषयमा यो सेलिब्रेटी जोडीले केही योजना नबनाएको बताइन्छ। नीना भन्छिन्— 'जर्जमा असल प्रेमीमा हुनुपर्ने सबै गुण भएकाले मैले उसलाई रोजेको हुँ।' प्रेममा मात्र रमाइरहँदा मोडलिङ करियरमा पर्ने प्रभावका बारेमा पनि नीना सचेत छिन्। 'त्यसो त म पहिले काम अनि मात्र प्रेममा विश्वास गर्छु,' नीना भन्छिन्— 'करियरलाई अघि बढाउन समेत प्रेमीको साथ चाहिने रहेछ।'

बियोन्सलाई प्रतिबन्ध - sexy Beyonce




अमेरिकी नायिका तथा गायिका बियोन्सका प्रशंसकहरू विश्वभरि नै छन्। अभिनय तथा गायनबाट करोडौं प्रशंसक कमाउन सफल यी सुन्दरीलाई एउटा देशले भने प्रतिबन्ध लगाएको छ। मिश्रका एक पूर्व मन्त्री जाही हवासले हालै एउटा अन्तर्वार्ताका क्रममा उक्त कुरा सार्वजनिक गरेकी हुन्। त्यसो त ३२ वर्षीया बियोन्सले भने उक्त कुरामा सत्यता नभएको दाबी गरेकी छिन्। वास्तवमा बियोन्सका श्रीमान् जे जेडलाई मिश्रको यात्राका क्रममै उनलाई सुप्रसिद्ध पर्यटनस्थलबाट निकालिएको थियो। बियोन्सले यस्तो हुनुमा मिश्र सरकार नै दोषी भएको बताएकी छिन्। समाचारअनुसार जे जेडले गरेको एउटा गल्तीका कारण मिश्रको पिरामिडमा उनलाई प्रतिबन्ध लगाइएको थियो जुन अहिलेसम्म जारी छ। घटनाक्रमलाई बियोन्सले गलत भनेकी छिन्। त्यसअघि बियोन्स सन् २००९ मा मिश्र पुग्दा त्यहाँका पूर्वमन्त्री हवाससँग भएको विवाद अहिलेसम्म कायम रहेको समाचारमा उल्लेख गरिएको छ।

गायिकाको तस्बिर चर्चा - Sexy Lady gaga



३१ वर्षीया गायिका निकी मिनाज आफ्ना नयाँ तस्बिरका कारण चर्चामा छिन्। गत सोमबार इन्स्टाग्राममार्फत उनले आफ्ना केही अन्तरंग तस्बिर सार्वजनिक गरेकी हुन्। तस्बिरमा उनले आफ्नो कामुक शरीर प्रदर्शन गरेकी छिन्। आकर्षक पहिरनमा सजिएकी निकी तस्बिरमा विशेष देखिएकी छिन्। तस्बिरका लागि उनले आफ्ना डिजाइनरलाई क्रेडिट दिएकी छिन्। सन् २००७ देखि सांगीतिक क्षेत्रमा व्यस्त मिनाज गीतकार तथा नायिकाका रूपमा समेत चिनिन्छिन्।

अझै अविवाहित



नेपाली कानुनले विवाह गर्न योग्य उमेर महिलाका लागि १८ तथा पुरुषका लागि २१ वर्ष तोकिदिएको छ। स्वेच्छाले गर्ने विवाहमा केटी १६ वर्ष तथा केटा १८ वर्ष पुग्नैपर्ने सामाजिक परम्परा छ। समाज आधुनिक हुँदै जाँदा विवाह गर्ने उमेर बिस्तारै पछाडि धकेलिँदैछ। अचेल युवकहरू ३० नपुगी विवाह गर्न अग्रसर भएको पाइँदैन भने युवतीहरू पनि २५ वर्ष पूरा भएपछि मात्र विवाहको योजना बनाउन थाल्छन्।

केही समयअघि साप्ताहिकले महानायक राजेश हमालसँग विवाहसम्बन्धी एउटा जिज्ञासा राख्ने क्रममा सोधेको थियो, 'अविवाहित हुनुको सबैभन्दा ठूलो फाइदा के हो?' उनको जवाफ थियो— 'मेरो विचारमा अविवाहित हुनुको एउटा मुख्य फाइदा एक्लोपन हो। म अविवाहित भएकैले धेरै पटक एक्लोपन महसुस गरेको छु तर मलाई कहिल्यै पनि विवाह नगरेर म एक्लो भएँ भन्ने पछुतो लागेन। एक्लोपन पनि जीवनको एउटा पाटो  हो। एक्लो हुनुको मीठो अनुभूति सायद अरू केहीमा नहोला।' त्यही प्रश्नको जवाफ दिने क्रममा अविवाहित गायक राजेशपायल राईले भनेका थिए— 'अविवाहित व्यक्तिलाई श्रीमती र छोराछोरीको चिन्ता हुँदैन। सबैभन्दा ठूलो फाइदा यही नै हो कि?' नेपाली समाजमा सामान्यतयाः ३० वर्ष पुग्दा-नपुग्दै विवाह गर्ने चलन छ। चर्चामा आइरहने यी दुई पुरुष सेलिब्रेटी विवाह गर्ने उमेरभन्दा माथि छन्। हमालभन्दा राजेशपायल उमेरले निकै कान्छा हुन् तर सञ्चारमाध्यममा यी दुईले हालसम्म विवाह नगरेको कुरा समाचार बनिरहन्छ।

नायिका गरिमा पन्त विवाहको उमेर पुगेर पनि विवाह नगर्ने चर्चित महिला सेलिब्रेटी हुन्। उनलाई पनि साप्ताहिकले अविवाहित रहनुको फाइदाका बारेमा जिज्ञासा राखेको थियो। जवाफमा उनले भनेकी थिइन्— 'अविवाहित रहनुका पाँचवटा फाइदा छन्। सबैभन्दा पहिलो त स्वतन्त्रता पाइन्छ। कसैको दवावमा जीवन बिताउनुपर्दैन। उत्तरदायित्व कम हुन्छ। आमाबुवासँग बस्न पाइन्छ।' नायिका निशा अधिकारीले भनेकी थिइन्— 'मेरो विचारमा अविवाहित हुनुको एउटा मात्र फाइदा छ, त्यो हो जिम्मेवारीबाट मुक्ति। विवाह हुनासाथ एक-अर्काको काँधमा पहाडभन्दा ठूलो जिम्मेवारी आइलाग्छ।' गरिमा र निशाले अविवाहित महिला सेलिब्रेटीको प्रतिनिधित्व मात्र गरेका हुन्। नेपाली समाजमा विवाह गर्ने उमेर कटिसकेका तथा विवाहका लागि योग्य यस्ता थुप्रै सेलिब्रेटी छन्।

केही चर्चित अविवाहित महिला तथा पुरुष

अशिष्मा नकर्मी

नेपाली चलचित्र क्षेत्रमा राम्रो संभावना बोकेकी नायिका हुन् अशिष्मा नकर्मी। नेवार भाषाका चलचित्रमा अभिनय गर्दै अघि बढेकी अशिष्मा यतिबेला नेपाली चलचित्रमा रमाइरहेकी छिन्। म्युजिक भिडियोहरूमा समेत अभिनय गरिरहेकी अशिष्माले हालसम्म आधा दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेकी छिन्। उनले अभिनय गरेका केही चलचित्र प्रदर्शन भैसकेका छन् भने केही प्रदर्शनको क्रममा छन्।

कला सुब्बा

मिस नेपालको एउटा प्रतियोगितामा मिस ट्यालेन्टको उपाधि जितेपछि ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी कला सुब्बालाई बहुप्रतिभाशाली मान्नेहरू धेरै छन्। उनी स्थापित रेडियो जक्की तथा भिडियो जक्की त हुन् नै, साथै उनले मोडलिङ क्षेत्रमा पनि आफूलाई स्थापित गराइसकेकी छिन्। दर्जनौं फेसन शोमा क्याटवाक गर्दै अघि बढेको उनको मोडलिङ करियर यतिबेला कोरियोग्राफीमा केन्दि्रत छ। थुप्रै रियालिटी शो तथा सुन्दरी प्रतियोगितामा निर्णायक तथा उद्घोषिकाका रूपमा काम गरिसकेकी कला हालसम्म अविवाहित छन्। 'सँगै करियर प्रारम्भ गरेका साथीहरूले घरजम गरिसके, कला भन्छिन्—'म चाहिँ अहिलेसम्म करियरकैपछि लागें तर अब विवाहका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ।'

मलिना जोशी

पूर्व मिस नेपाल मलिना जोशी अब चलचित्रमा समेत देखिने छिन्। उनको डेब्यु चलचित्र 'ऋतु' प्रदर्शनको तयारीमा छ। मिस नेपालका रूपमा आर्जन गरेको ख्यातिलाई उनले चलचित्रमा कसरी सदुपयोग गरेकी छिन्, हेर्न बाँकी नै छ तर चलचित्रमा राजबल्लभ कोइरालासँगको उनको केमेस्ट्री आकर्षक देखिएको बताइन्छ। यतिबेला मलिना प्रेममा भएको दाबी पनि गरिन्छ।

आस्था बी

गायिका आस्था बीको स्वरमा जति मिठास छ, त्योभन्दा बढी उनको सुन्दरताको प्रशंसा गर्नेहरू छन्। पछिल्लो समय 'मलाई पुगेन यो बैंसले...' गीतको लोकप्रियतासँगै उनको सांगीतिक व्यस्तता पनि बढेको छ। यही गीतले उनलाई केही म्युजिक एवार्डमा मनोनीतसमेत गराएको छ। कन्सर्टमा समेत सहभागिता जनाइरहने यी गायिका केही अघिसम्म प्रेममा परेको चर्चा थियो, यतिबेला त्यो चर्चा पनि सेलाएको छ।

आस्था राउत

'खै त मलाई झुम्के बुलाकी...' गीत लोकप्रिय भएपछि गायिका आस्था राउतको क्रेज ह्वात्तै बढेको छ। त्यसो त चलचित्र 'मायाज बार' को 'माया यो माया...' गीतले पनि उनलाई कन्सर्टहरूमा व्यस्त नबनाएको होइन। 'सालको पात टपरी गाँसेर....' गीतको रिमिक्स गाउँदै सांगीतिक क्षेत्रमा सक्रिय भएकी आस्था यतिबेला सांगीतिक कार्यक्रमहरूमा नछु्ट्ने नाम बनेको छ। लोकगायक हरिबहादुर राउतकी यी अविवाहित छोरीले प्रेमका बारेमा अहिलेसम्म सोच्नसमेत नभ्याएको बताउँदै आएकी छिन्।

अनु शाह

म्युजिक भिडियोमा अभिनय गर्दै मनोरञ्जन क्षेत्रमा प्रवेश गर्ने नायिका हुन्— अनु शाह। थुप्रै नेपाली चलचित्रमा अभिनय गरे पनि उनी अहिलेसम्म आफूलाई स्थापित गराउने चलचित्रकै खोजीमा छिन्। आगामी चलचित्र 'आधीबाटो' बाट आशावादी शाहको नाम पछिल्लो समय नायक सविन श्रेष्ठसँग नजोडिएको होइन तर अनुले त्यसको खण्डन गरिसकेेकी छिन्। अविवाहित यी नायिकाले भविष्यमा प्रेम विवाह गर्ने योजना बनाइएकी छिन् ।

साहाना बज्राचार्य

मिस नेपालकी फस्ट रनर्सअप साहाना बज्राचार्य स्थापित भिडियो जक्की समेत हुन्। मोडलका रूपमा पनि उनले उत्तिकै ख्याती आर्जन गरेकी छिन्। कान्तिपुर टेलिभिजनको चलचित्रसँग सम्बन्धित कार्यक्रम 'फ्रेम बाई फ्रेम' की प्रस्तोता साहाना ट्रेन्डसेटर्स शीर्षकको फेसन शोकी एक मोडलसमेत हुन्। साहानाको क्याटवाक र कार्यक्रम प्रस्तुती जति आकर्षक छ, उनको फिगर र सुन्दरता त्योभन्दा बढी आकर्षक मानिन्छ।

गरिमा पन्त

नायिका गरिमा पन्तलाई वर्ष २०७० भाग्यमानी सावित भएको छ। गरिमा आफ्नो करियरलाई लिएर 'झोला' ले व्यावसायिक सफलताका साथै उनको अभिनयले प्रशंसा पाएपछि गरिमा चलचित्र क्षेत्रप्रति उत्साहितसमेत छिन्। चलचित्र क्षेत्रमा लामो समय बिताइसकेकी गरिमाले यसअघि पनि दर्जनौं चलचित्रमा अभिनय गरिसकेकी थिइन् तर झोलाको जस्तो लोकप्रियता उनले कुनै पनि चलचित्रबाट पाएकी थिइन्।

अकेशा विष्ट

मिस नेपालकी पूर्वप्रतिस्पर्धी अकेशा विष्ट यतिबेला भिडियो जक्कीका रूपमा सक्रिय छिन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम 'कल कान्तिपुर' की यी भिजे म्युजिक भिडियोहरूमा समेत उत्तिकै व्यस्त छिन्। अग्लो कदकी यी सुन्दर भिजे तथा मोडललाई मन पराउनेहरू प्रसस्त छन्। करियरमै व्यस्त रहेकाले अकेशाले अहिले नै प्रेम र विवाहका बारेमा सोच्ने हतार देखाएकी छैनन्।

यी पनि अविवाहित

कोमल वली (गायिका), ऋचा शर्मा (नायिका), दीपाश्री निरौला (हास्यअभिनेत्री), केकी अधिकारी (नायिका), रेजिना उप्रेती (नायिका), नन्दिता केसी (नायिका), श्वेता खड्का (नायिका), जेनिसा मोक्तान (नायिका), निरुता सिंह (नायिका), निशा अधिकारी (नायिका), नम्रता श्रेष्ठ (नायिका), बेनिशा हमाल (नायिका), रीमा विश्वकर्मा (नायिका), हषिर्का श्रेष्ठ (नायिका), सुष्मा कार्की (नायिका), नीता ढुंगाना (नायिका), इन्दिरा जोशी (गायिका), सुनिता दुलाल (गायिका), सुमिना घिमिरे (नायिका), साहाना बज्राचार्य (भिजे), कला सुब्बा (आरजे), बिनिता बराल (नायिका), दिया मास्के (नायिका), समुना केसी (नायिका), अनिता आचार्य (नायिका) ।



अनमोल केसी

अभिनेता भुवन केसीका छोरा अनमोल केसी पनि नायकका रूपमा स्थापित भैसकेका छन्। 'होस्टल' का यी हेन्डसम नायकले त्यसअघि आफ्नै बुवाको चलचित्र 'साथी म तिम्रो' मा अभिनय गरेका थिए। अग्लो कदका अनमोल आफ्ना पिता जस्तै युवतीहरूमाझ प्रिय छन्। लजालु स्वभावका यी नायकले आफ्नो प्रेम जीवनका बारेमा कुनै पनि कुरा सार्वजनिक गरेका छैनन्। विवाहको प्रसंगमा उनी आफूलाई केटाकेटी नै मान्छन्।

फुपू तेन्जिङ शेर्पा

५ फिट १० इन्च अग्ला फुपू तेन्जिङ शेर्पाले यही वर्ष नेपाली चलचित्रमा नायकका रूपमा डेब्यु गरेका छन्। सञ्चारकर्मी डब्बू क्षेत्रीको चलचित्र 'राहदानी' बाट डेब्यु गर्दै उनी शेर्पा समुदायको पहिलो नायक समेत बनेका छन्। इभेन्ट म्यानेजरका रूपमा समेत स्थापित भैसकेका तेन्जिङ मार्शल आर्ट्सका खेलाडी समेत हुन्। आकर्षक व्यक्तित्वका धनी यी नायक युवतीहरूमाझ प्रिय मानिन्छन्। उनी यतिबेला एउटी युवतीसँगको प्रेममा त छन् तर विवाह गर्ने मिति तय भैनसकेको बताउँछन्।

गौरव पहारी

गौरव पहारीले नेपाली चलचित्र क्षेत्रमा दोस्रो पुस्ताको अभिनेताको प्रतिनिधित्व गरेका छन्। पुराना अभिनेता टीका पहारीका जेठा छोरा गौरवले यसै वर्षको प्रारम्भमा चलचित्र 'मञ्जरी' मा नायकका रूपमा डेब्यु गरेका हुन्। मुम्बईमा चार वर्ष बसेर अभिनयलगायत हरेक किसिमका प्रशिक्षण प्राप्त गरेका गौरवलाई 'होस्टल' चलचित्रले थप चर्चा दियो। यतिबेला बिकाउ अभिनेताका रूपमा स्थापित भैसकेका गौरव अविवाहित छन्। अभिनयमा स्थापित भैसकेपछि मात्र प्रेम र विवाहका बारेमा योजना बनाउने तयारी उनको छ।

अशुसेन लामा

साउथ एसियन स्टारको उपाधि पाएका आकर्षक व्यक्तित्वका धनी गायक हुन् अशुसेन लामा। आधुनिक, पप, सेलो, लोकपपसहित हरेक विधाका गीत गायन सिपालु अशुसेन कुशल संगीतकारसमेत हुन्। उनले सहभागिता जनाउने कन्सर्टमा युवाभन्दा युवतीको संख्या बढी देखिन्छ। युवती प्रशंसकहरू धेरै कमाएका यी गायकले प्रेम गर्न भने समय नै पाएका छैनन्। लामा भन्छन्- 'गीत-संगीतका कारण विवाह त के प्रेमका बारेमा समेत योजना बनाउन पाएको छैन।'

पृथु बास्कोटा

नेपाली क्रिकेटको राष्ट्रिय टिमका हेन्डसम खेलाडी हुन्- पृथु बास्कोटा। उनी दायाँहाते ब्याट्सम्यान हुन् भने अफ ब्रेक बलर। २२ वर्ष नपुग्दै यी खेलाडीले नेपाली दर्शकहरूको मन जितिसकेका छन्। यू-१६ देखि नै नेपाली राष्ट्रिय टिमका लागि खेल्दै आएका बास्कोटा युवतीमाझ पनि उत्तिकै प्रिय मानिन्छन्। भनिन्छ, पछिल्लो समय उनी प्रेममा पनि छन्। प्रेममा भए पनि आफ्नी प्रेमिकासँग लगनगाँठो बाँध्ने विषयमा पृथुले अहिले नै कुनै योजना बनाएका छैनन्।

संयम पुरी

चलचित्र 'शायद' का नायक संयम पुरी चलचित्र निर्देशक नारायण पुरीका छोरा पनि हुन्। पहिलो चलचित्रबाटै अभिनयमा स्थापित भएका संयम त्यसपछिका केही समय खाली बसे। यतिबेला उनी चलचित्र 'पुन्टे परेड' मा अभिनय गरिरहेका छन्। 'सायद' को सफलतासँगै युवतीहरूका प्रिय बनेका संयम यतिबेला प्रेममा त छन् तर विवाहका बारेमा अहिले नै केही निर्णय गरिसकेका छैनन्।

सलोन बस्नेत

निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेत चकलेटी नायकका रूपमा लोकप्रिय छन्। सलोनले सुनिल रावलको चलचित्र 'होस्टल' बाट डेब्यु गरेका हुन्। उक्त चलचित्रको व्यावसायिक सफलतापछि सलोन पनि अभिनय क्षेत्रमा स्थापित भए। यतिबेला उनी दोस्रो चलचित्र 'एउटा साथी' मा व्यस्त छन्। युवतीहरूमाझ राम्रो छवि बनाएका सलोनलाई मन पराएर प्रेम प्रस्ताव राख्ने युवतीहरूको संख्या एक दर्जन नाघिसकेको बताइन्छ।

कोसिस क्षेत्री

गायक तथा संगीतकार कोसिस क्षेत्रीलाई २०७० सुख र दुःखले भरिएको वर्ष सावित भएको छ। यो वर्ष उनले आफ्ना संगीतकर्मी बुवा ज्ञानवीर क्षेत्रीलाई गुमाए। बुवालाई गुमाएकै वर्ष उनी नेपाली चलचित्रमा नायकका रूपमा उदाए। गत माघ २४ गते प्रदर्शन भएको चलचित्र 'मोक्ष' मा नायकका रूपमा डेब्यु गर्दै उनले प्रशस्त प्रशंसा बटुले। यसअघि गायक तथा संगीतकारका साथै म्युजिक भिडियोका मोडलका रूपमा समेत स्थापित भैसकेका कोसिस अविवाहित छन्।

कमल खत्री

'आत्मामा...' गीतका गायक कमल खत्री युवापुस्ताका लोकप्रिय गायक हुन्। उनी प्रायः रोमान्टिक गीत गाउन रुचाउँछन्। चकलेटी अनुहारका यी गायकले पनि युवकभन्दा युवती प्रशंसक बढी कमाएका छन्। उनका म्युजिक भिडियोहरूका दर्शकमात्र होइन, कन्सर्टका दर्शकमा पनि युवतीहरूकै संख्या बढी हुन्छ। यी अविवाहित गायकले जीवनसाथीका रूपमा कुन क्षेत्रकी युवती रोज्ने हुन्, प्रतीक्षाकै विषय छ।

यी पनि अविवाहित

राजेश हमाल (नायक), राजेशपायल राई (गायक), आर्यन सिग्देल (नायक), राजबल्लभ कोइराला (नायक), श्रीकृष्ण श्रेष्ठ (नायक), बिमलेश अधिकारी (मोडल), सुमन सिंह (नायक), आयुष रिजाल (नायक), सौगात मल्ल (नायक), कर्मा (नायक),राज घिमिरे (नायक), अविनाश घिसिङ (गायक), यूवराज चौलागाईँ (गायक), किरण खनाल (भिजे), विल्सन विक्रम राई (हास्यअभिनेता), सुरज गिरी (भिजे), बादल प्रसाई (गायक), रेमन दास श्रेष्ठ (नायक), हेमन्त राना(गायक), पारस खड्का (क्रिकेटर)।



जो अविवाहित छन्

क्रिस्टियानो रोनाल्डो

क्रिस्टियानो रोनाल्डो अहिले रूसी मोडल इरिना शायकसँग प्रेम-रोमान्सको चक्करमा छन्। पोर्चुगलका यी फुटबल स्टारसँग गर्लफ्रेन्ड र अफेयरको लामो सूची छ। आकर्षक व्याक्तित्वका रोनाल्डोलाई थुप्रै सुन्दरीले पछ्याएका छन्। यद्यपि यी २९ वर्षीय फुटबलरले विवाहको साइत जुराएका छैनन्। उनले हलिउडका चर्चित अभिनेत्री तथा मोडलसँग प्रेमसम्बन्ध गाँसिसकेका छन्। पेरिस हिल्टनदेखि किम कार्दशियनसम्म रोनाल्डोका गर्लफ्रेन्ड भए। रमाइलो कुरा, अविवाहित भए पनि उनी एउटा छोराका बुबा भैसकेका छन्। उनका गर्लफ्रेन्डमध्ये नुरिया बर्मुडेज सवैभन्दा विवादित थिइन्। नुरियाको रोनाल्डोबाहेक रियल म्याडि्रडका अन्य ६ जना फुटबलरसँग अफेयर थियो। कतिसम्म भने, रोनाल्डोसँग डेटिङमा भएका बेला पनि उनी डेभिड वेकह्यामलाई लभ म्यासेज पठाउँथिन्।

   लेडी गागा

स्टेजमा अनेकौं हर्कत गरेर चर्चा र विवादको घेरामा आइरहने गायिका लेडी गागाले विवाह गरेकी छैनन्। २७ वर्षीया यी गायिका अभिनेता टेलर किन्नेसँग डेटिङ गर्छिन्। २०१२ मा 'यू एन्ड आई' भिडियोको छायांकनका क्रममा उनीहरूको भेट भएको थियो। भिडियो तयार भैसकेपछि उनीहरू नियमितजसो एकसाथ देखिन थाले। लेडी गागा र टेलरको प्रेम-रोमान्सले वेलावेला हलचल ल्याउने गरेको छ।

  रिहान्ना

गायिका रिहान्नाले एक अन्तर्वार्तामा भनेकी थिइन्- 'म १६ वर्षसम्म आमाको कडा निगरानीमा थिएँ। त्यतिबेलासम्म मलाई डेटिङमा जान कुनै अनुमति थिएन।' अहिले भने उनी ठूली भैसकेकी छिन् र घरपरिवारको बन्धनवाट मुक्त पनि। त्यसैले त २६ वर्षीया यी काली सुन्दरी कामुक रूप धारण गरेर बेपर्वाह रोमान्स गर्दै हिँड्छिन्। २००५ मा 'म्युजिक अफ द सन' सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा चर्चा वटुलेकी रिहान्ना र्‍यापर एएसएपी रकीसँग लभ अफेयरका कारण पनि चर्चामा आउने गरेकी छिन्। यसअघि उनको सम्बन्ध क्रिस ब्राउनसँग गासिएको थियो। क्रिससँगको सम्बन्ध नटुट्दै रिहान्नाले र्‍यापर एएसएपीलाई आफ्नो ब्वाइफ्रेन्ड बनाएकी हुन्। अहिले भने उनको कुनै ब्वाइफ्रेन्ड छैन।

  रोबर्ट पेटिन्सन

टि्वलाइट शृंखलाका जोडी क्रिस्टिन स्टेवार्डसँग लामो समयदेखि प्रेममा रहे पनि रोबर्ट पेटिन्सनले विवाहको निर्णय गरेका छैनन्। टि्वलाइटमा सँगै काम गरेपछि उनीहरू प्रेमी-प्रेमीका भएका थिए। यसबीच निर्देशक रुपट स्यान्डर्ससँग क्रिस्टिनको डेटिङ तस्बिर प्रकाशित भएपछि रोबर्ट र क्रिस्टिनको सम्बन्ध चिसिँदै गयो। अन्ततः उनीहरूको तीन वर्ष लामो प्रेमसम्बन्धमा पूर्णविराम लाग्यो। त्यही बेला रोबर्टको एलोपन मेट्न आइपुगिन्, केटी पेरी। केटी पनि कमेडियन रसेल ब्रान्डसँग छुट्टिएकी थिइन्। पछि, माफी मागेपछि रोवर्टले पुनः क्रिस्टिनालाई गर्लफ्रेन्ड बनाए।

   सान्ड्रा वुलक

ओस्कार पुरस्कार विजेता अमेरिकी अभिनेत्री एवं निर्माता सान्ड्रा वुलक अहिले एक्लै छिन्। पति जेम्ससँग सम्बन्धविच्छेद गरेपछि उनी एक्लिएकी हुन्। जेम्सले चार जना महिलासँग मस्ती गरेको चर्चा मिडियामा आएपछि सान्ड्राले उक्त सम्बन्धबाट बिट मार्ने निर्णय गरेकी थिइन्। ४९ वर्षीया सान्ड्राले १९९० को दशकमा डेमोलिशन म्यान, स्पिड, द नेट, अ टाइम टु किलजस्ता चलचित्रमा अभिनय गरेकी छिन्।

   रासेल विल्सन

'द लास्ट किस' की अभिनेत्री रासेल विल्सन पनि अविवाहितकै सूचीमा छिन्। सुरुमा उनको अभिनेता एडम ब्रोडीसँग चक्कर थियो। यद्यपि त्यो सम्बन्ध लामो समय टिक्न सकेन। त्यसपछि उनी ह्याडेन्स क्रिस्टिनसँग नजिकिइन्। क्रिस्टिनसँग उनको भेट साइन्स फिक्सन फिल्म 'जम्पर'को सेटमा भएको थियो। उनीहरूले २००८ मा इंगेन्जमेन्ट गरे पनि २०१० को मध्यतिर आएर त्यसलाई तोडे।

माइली साइरस

एक अन्तर्वार्तामा माइली साइरसले भनेकी थिइन्- 'म एक्लोपनमै रमाउन सक्छु। यस्तै जिन्दगी मस्ती हुन्छ।' उमेरले २१ वर्ष काटेकी यी गायिका प्रेम गर्छिन्, रोमान्स गर्छिन्। स्टेजमा कामुक हाउभाउ साथ प्रस्तुत हुने साइरसको निक जोनसँग सम्बन्ध रहेको चर्चा छ।
Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???