Social Icons

Friday, September 20, 2013

शिवांगिनीको सक्रियता



शिवांगिनी राणा एमटिभीको स्प्लिट भिल्लाको टपटेनमा परेकी थिइन्। एमटिभी सम्बन्ध भिल्लाबाट आउट भएपनि एमटिभी डिभाले एमटिभीसँगको आफ्नो वर्चस्व कायमै रहेको देखाउन उनी अहिले लक्की एस इभेन्ट्स नामक संस्था खोलेर नेपालमा सक्रिय छिन्। बाबुराम दाहालको चलचित्र मधुमासमा नायिकाको भूमिकामा डेब्यु गरेकी  शिवांगिनीको संस्थाले नेपालका सेलिब्रेटीलाई मुम्बई पुर्‍याउने तथा उताका सेलिब्रेटीलाई यता ल्याउने काम गर्छ। शिवांगिनीका अनुसार उनकै सक्रियतामा एमटिभीका भिजे राजीव लक्ष्मीलाई गत महिना नेपाल बोलाइएको थियो। त्यतिबेला एमटिभीले नेपालका पर्यटकीय स्थलको दृश्य खिचेर प्रसारण गरेको थियो। अहिले उनी एमटिभी स्प्लिट भिल्ला- २ का विजेता सिद्धार्थ भारद्वाजलाई नेपाल ल्याउने तयारीमा छिन् । त्यसपछि करण जोहरलाई नेपाल ल्याउने उनको योजना छ। उनको यो प्रयासले कत्तिको सार्थक रूप लेला त्यो त समयले नै देखाउला तर उनको कामबाट प्रभावित हुनेहरूको संख्या भने कम छैन।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???