Social Icons

Friday, September 27, 2013

डिजाइनर कुराकानी


 


रोजिना श्रेष्ठले डेढ वर्षदेखि कुपन्डोलमा कायरा बुटिक सञ्चालन गरिरहेकी छिन्। ब्लु बर्ड आईएक्सआईमा फेसन डिजाइनको कोर्स पूरा गरेकी रोजिनाले सिटी सेन्टरमा पनि आफ्नो शाखा खोलेकी छिन्। यति बेला दसैंको परिहन तयार पार्न जुटेकी रोजिनासँग साप्ताहिकले गरेको कुराकानी ः

दसैंका लागि कस्तो पहिरन तयार गर्दै हुनुहुन्छ ?

नेपाली संस्कृति झल्कने पहिरन मेरो प्राथमिकतामा परेको छ। विभिन्न जातिको पहिरनलाई अलिकति फरक तरिकाले बनाउने प्रयासमा छु। दसैंका लागि विदेशी परिहनभन्दा पनि नेपालकै विभिन्न पहिरनमा जोड दिएकी छु।

बुटिकले तयार पारेका यस्ता पहिरन सामान्य नेपालीले प्रयोग गर्न सक्लान् र ?

सक्छन्, किन नसक्नु ? बुटिक भन्नेबित्तिकै महँगो भन्ने मानसिकता राख्नु हुँदैन। हामी पनि ग्राहकको क्षमताअनुसार पहिरन तयार गर्छौं। उनीहरूको सन्तुष्टि नै हाम्रो उपलब्धि हो।

तर बुटिकहरूले चाडपर्वमा अनावश्यक मूल्य असुल्छन् भन्ने गुनासो छ नि ?

यो पनि सत्य हो। कतिपयले त्यसो पनि गर्छन्। अर्को कुरा कामको चटारो हुन्छ, छोटो समयमै पहिरन तयार गर्नुपर्ने हुन्छ। कामदारको श्रम र आफ्नो खर्च पनि छुट्याउनुपर्छ।

ग्राहकहरु तपाई कै बुटिकमा किन आउने ?

म ग्राहकलाई भगवान समान मान्छु।  हरेक पहिरन तयार गर्दा फरक डिजाइन दिने प्रयास गर्छु। चाडपर्वमा त झन् सबैलाई फरक देखिने चाहना हुन्छ। त्यसका लागि म कुनै पनि कुरामा सम्झौता गर्दिनँ। सबैले प्रयोग गर्न सक्ने मूल्यमा पहिरन तयार पार्छु।

बुटिकहरूले त पैसावाल ग्राहकको अगाडि सामान्यलाई त वास्तै गर्दैनन् रे नि ?

हो, यो कुरा मैले पनि सुनेको छु। एउटा राम्रो डिजाइनरले सबै ग्राहकलाई समान सम्झनुपर्छ।

चाडपर्वका लागि तपाईंको बुटिकले दिने विशेष सुविधा ?

हामीले सकेसम्म सबै ग्राहकले राम्रो पहिरन लगाउन पाउन भनेर छुटको व्यवस्था गरेका छौं। सस्तोमा राम्रो पहिरन तयार गरिदिन्छौं। ग्राहकहरूलाई चाडपर्वमा विशेष देखाउने प्रयास गर्नेछौं।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???