Social Icons

Wednesday, September 11, 2013

BIndass 2- Poster Gossip

 
नायिकाले कपडा लगाएर खिचेको तस्बिरलाई पोष्टरमा नङ्ग्याएपछि

केही दिन अघि मात्र अनलाइनखबर मार्फत चलचित्र ‘विन्दास २’ को पोष्टर सार्वजनिक भयो । भारतिय सेक्सी नायिका पूनम पाण्डेको झल्को दिने गरी नव कलाकार अनिशा गुरुङ उक्त पोष्टरमा नाङ्गीएकी थिइन् । पोष्टरमा उनको संवेदनशिल अंगलाई चलचित्रको प्रदर्शन मिति र नामले छोपिएको थियो । पोष्टर सार्वजनिक भएलगतै यसले चर्चा र आलोचना दुबै भोग्यो । पारिवारिक रुपमा समेत चर्को दबाब परेपछि कलाकार गुरुङले निर्देशक राजु गिरीले सहमती विपरित पोष्टर बनाएको आरोप लगाइन् । उनी गिरीसँगै वादविवादमा पनि उत्रिइन् ।
कलाकार अनिशा गुरुङले अनलाइनखबरसँग कुरा गर्दै निर्देशक गिरीले कपडा लगाएर तयार पारेको तस्बिरलाई नांगो बनाइदिएको भन्दै गुनासो गरिन् । कलाकार गुरुङसँग अनलाइनखबरले फोटोसुटका क्रममा खिचिएको वास्तविक तस्बिर पठाइदिन आग्रह गर्‍यो । कलाकार गुरुङले अनलाइनखबरलाई उपलब्ध गराएको तस्बिर यस्तो छ चलचित्रको प्रचारका लागि मात्र निर्देशक गिरीले यो फण्डा अपनाएको देखिन्छ । सुष्मा कार्की, जीवन लुइटेल, सुशांक कार्की लगायतका कलाकारले समेत अभियन गरेको यो चलचित्रलाई मधुकुमार श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्र कात्तिक १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।
निर्देशक गिरीले यसअघि पनि पोष्टरकै कारणले नायिका सुष्मा कार्की, शशी खड्का र पुजना स्त्रिसँग लफडा बेहोरीसकेका छन् ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???