Social Icons

Tuesday, July 9, 2013

निशाले फेसबुक स्ट्याटस डिलिट गरिन्...


 

हिरोइन निशा अधिकारीले नेपाली सेनाको हेलिकोप्टर चढ्दा रमाउँदै लेखेको फेसबुक स्ट्याट्स सोमबार डिलिट गरेकी छन्। र सेनाको हेलिकोप्टरमा खिचेका पाँच वटा तस्विर पनि फेसबुकबाट हटाएकी छन्। एउटा तस्विर भने हटाइएको छैन। डडेलधुरास्थित आर्मी क्याम्पदेखि कोहलपुरसम्मको यात्रा रोमाञ्चक रहेको स्ट्याट्स निशाले लेखेकी थिइन्। तस्विर र स्ट्याट्स डिलिट गरेसँगै निशाले आफ्नो फेसबुकमा पोष्ट गरिएका फोटो प्रयोग गर्नुअघि अनुमती लिनुपर्ने बताएकी छन्।

सार्वजनिक रुपमा हेर्न मिल्ने गरी बनाइएको निशाको फेसबुक अकाउन्टमा राखिएका तस्विर प्रयोग गरी नागरिकले यससम्बन्धी समाचार लेखेको थियो। 'प्रिय पत्रकार साथी यहाँहरुलाई फ्रेण्ड लिष्टमा एड गरेर विश्वास गरेपछि फोटो प्रयोग गर्नुअघि एक पटक सोध्नु यहाँहरुको जिम्मेवारी हैन र?', फेसबुकमा नयाँ स्ट्याटस लेख्दै उनले भनेकी छिन्- 'ती पत्रकारले यस विषयमा मलाई फोन गरेका थिए तर नेटवर्क कभरेज झुर हुँदा कुरा हुन पाएन।'

फिल्म भीमदत्तको सुटिङका लागि निशा अधिकारी सहितको टोली डडेलधुरा पुगेको थियो। निर्माता नवल खड्काले कर्नेल प्रकाश थापाले निशा अधिकारी सहितको टोलीलाई हेलिकोप्टर चढाएको बारे केही बताउन चाहेनन्। 'उहाँहरु सुटिङ हेर्न आउनु भएको थियो', खड्काले भने- 'हेलिकोप्टर भाडामा लिएको पनि हैन र सुटिङमा प्रयोग गरिएको पनि हैन।'

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???