Social Icons

Tuesday, July 30, 2013

लुट फिल्मको पातली - सिर्जना सुब्बा...

 

मोडलिङ बाट रंगमञ्च रोजेकी मोरङ राजघाट आम्बारीकी सिर्जना सुब्बा अहिले रंगमञ्च मार्फत नै चिनिएकी छिन् । यहाँ सम्म आइपुग्दा दर्जन म्युजिक भिडियोमा मोडलिङ गरेको उनी बताउँछिन् । आवाज, दीपशिखा र लुट लगायतका आधादर्जन चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री सृजना अफर आयो भने फिल्ममा निरन्तरता दिने सुनाउँछिन् ।उनि भन्छिन्-’किनकी म कलाकार हुँ यो गर्छु, त्यो गर्दिन भन्दिन ।’ सुब्बाले आजसम्म मैना, कुमारजी आज्ञा गर्नुहुन्छ, चेरीको बगैंचा, माइला डटकम, साहुनीको पसलमा माइलाको व्यापार,चरणदास चोर, मिस जुली -जुली मैयाँ जस्ता नाटकमा अभिनय गरिसकेकी छिन् । 

 
most wanted nepali movie song of the year

आफूलाई श्रृजना भन्दा पनि लुट सिनेमाको पातली भनेर धेरैले चिनेको उनको तर्क छ । समयकोे माग अनुसार अंगप्रदर्शन गर्नु आफ्नो लागि ठूलो कुरा नभएको बताउने श्रृजना सिने नगरीमा महिलाहरु असुरक्षित हुने गरेको चर्चा चलेपनि आफूले त्यस्तो महशुश नगरेको बताउछिन् । प्रेम प्रस्ताव धेरै आएपनि आफूलाई रुमलिने समय नभएको उनको तर्क छ ।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???