Social Icons

Saturday, July 27, 2013

आई लभ यू'

 
माया अभिव्यक्त गर्न सहज अंग्रेजी शब्द हो 'आई लभ यू'। युवती हुने क्रममा स्वाभाविक रूपमा अरूलाई झैं मलाई पनि अनेकन प्रेमप्रस्ताव आए। त्यसलाई म नकारात्मक रूपमा लिन्न। कसैले मलाई मन पराउँछ वा माया गर्ने प्रस्ताव राख्छ भने म त्यसलाई नराम्रो भन्दिनँ, तर प्रस्ताव राख्नेले मेरो इच्छा पनि बुझ्नु आवश्यक हुन्छ। प्रेम जबरजस्ती हुने कुरा होइन, त्यसैले प्रस्ताव आउँदैमा स्वीकार गर्नैपर्छ भन्ने छैन। 



मलाई पहिलो पटक ६ कक्षा पढ्दा आठ कक्षा पढ्ने एउटा केटोले मनपराउँथ्यो र एकदिन मौका छोपेर उसले चिठी लेखेको थियो, जसमा अरु कुरा केही थिएन मात्र 'आई लभ यू निस्मा' लेखिएको थियो। मैले त्यो चिठी डर लागेर च्यातेर मिल्काएँ। पछिसम्म पनि त्यो केटो मेरो पछाडि लागिरह्यो, तर मैले वास्तै गरिनँ। नौ कक्षा पुग्ने बेलासम्म स्कुल र बाहिर गरेर धेरैले 'आई लभ यू' भनेका थिए। म भने लभको चक्करमा पर्न नचाहने भएकीले ती सबैलाई बेवास्ता गरेँ।

कक्षा नौमा एक जनाले अगाडि आएरै 'आई लभ यू' भन्यो। उसले बाटोमा चिठी छोड्ने, गिफ्ट पठाउने आदि गरिरह्यो। म ती गिफ्ट उसैलाई फिर्ता गरिदिन्थें र चिठी च्यातिदिन्थेँ। एकपटक स्कुलको सरस्वती पूजामा डान्स गर्दा डान्स सकिनेबित्तिकै बाहिरको एउटा केटाले प्रत्यक्ष 'आई लभ यू' भनेको थियो। कलेजमा पढ्दा पनि ११ मा कलेजकै अर्को सेक्सनको केटा मेरो सेक्सनमा आएर हेरिरहन्थ्यो र सहयोगी व्यवहार गथ्र्यो अनि चकलेट दिएर फकाउन खोज्थ्यो। केही पछि लभ लेटर पनि पठायो। त्यसमा ठूलो अक्षरमा आई लभ यू लेखिएको थियो। मैले उसलाई पनि 'रिजेक्ट' गरिदिएँ।

अहिले कलाकार साथीहरू धेरै छन्। सबैसँग सुमधुर सम्बन्ध छ। बिशेष गरी नाटकमा काम गर्ने भएकीले नाट्यकर्मी साथी अझ धेरै छन्। अहिले बरु कसैले प्रत्यक्ष 'आई लभ यू' भनेका छैनन् र भन्ने आँट पनि कसैसँग छैन जस्तो लाग्न थालेको छ। नाट्यकर्मी साथीहरूमा केही साथी भने जिस्कँदै 'आई लभ यु' भन्छन् र हाँस्छन्। म पनि उनीहरूलाई 'आई लभ यू टु' भनेर जिस्कन्छु, तर मलाई साँचो मनबाट 'आई लभ यु' भन्ने कोही न कोही त आउलान् भन्ने आशा छ। म त्यो दिनको प्रतीक्षामा छु। - nishma ghimire

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???