Social Icons

Monday, July 29, 2013

दिया मास्के, अभिनेत्री....

 

दिया मास्के, अभिनेत्री....

खान : सबै नेपालीलाई मनपर्ने दाल, भात, तरकारी मनपर्छ। तात्तातो खाना खान रुचाउँछु। म मांसाहारी हुँ। कुखुराको मासुको परिकार धेरै खान्छु। त्यसमा पनि चिकेन मन्चुरियन मिठो लाग्छ। चाइनिज पनि मनपर्ने खाना हो। तोमयाम सुप, मःमः त कसलाई मन पर्दैन र! नेवारी बारा, चटामरी मन पर्छन्। इटालियन पास्ता, मामाज पनि उत्तिकै मिठो लाग्छ। 







भ्याएसम्म म आफैं पकाउँछु। दालभात, तरकारी, चिकेन बिर्यानी पकाउँछु। आफूले भन्दा अरूले पकाएको मिठो लाग्छ। काममा बाहेक घरबाहिर धेरै खाने गरेको छैन।
घुम्न : म धेरै घुमिरहने त होइन। घुम्न भनेपछि पोखरा, मुस्ताङ रमाइलो दृश्य दिमागमा आइहाल्छन्। त्यहाँका हिमाल, ताल, पहाड निकै सुन्दर छन्। पोखरा, मुस्ताङ पुग्दा शरीरमा स्फुर्ति आएको महसुस हुन्छ। काठमाडौं बस्नेका लागि प्रदूषण नभएको ठाउँ स्वर्गजस्तै हो। त्यहाँको भू–बनोट अजीव लाग्छ, उत्तिकै रमाइलो पनि। नेपालका धेरै ठाउँ पुगेकी छु। सुदूरपश्चिमदेखि हिमाल, पहाड, तराई पुगेकी छु। नेपालबाहिर भारत जान मनपर्छ। त्यहाँका ठाउँ 'कलरफुल' लाग्छन्। नगएको देश स्विटजरल्यान्ड एकदमै जान मन छ।
पढ्न : पढ्नमा यस्तै भन्ने विशेष छैन। आफैं छानेरभन्दा अरूको सिफारिसमा पढ्न मन लाग्छ। आइरहेका भन्दा अलि फरक विषयवस्तु पढ्न रमाइलो मान्छु। लभ स्टोरी चाखलाग्दो हुग्छ। पढ्ने सवालमा निश्चित विषय भन्ने छैन।
सुन्न : म्युजिक मुडअनुसार सुन्न मन लाग्छ। छिटो, ढिलो, भावनात्मक खालका गीत सुन्छु। शरीरको अवस्था हेरेर। बोर लागेको, थाकेको, रोमान्टिक मुडमा फरक–फरक गीत सुन्छु। नेपाली, अंग्रेजी, हिन्दी बुझिने सबै भाषाका गीत सुनिन्छ। विशेष भन्ने छैन। तीजका गीत सुन्दा रमाइलो लाग्छ।
हेर्न : फुर्सदको समय सकेसम्म फिल्म नै हेर्छु। मनपर्ने विशेष फिल्म छैन। मुडअनुसार हेरिन्छ। मनपर्यों भने लगातार हेर्छु, नत्र बीचमै छाड्छु। हलमा चलेको जति आकर्षक नेपाली फिल्म छुटाउन्न। अन्तर्राष्ट्रिय मुभी जति पनि आएको छ प्रायः हेर्छु। समय हुँदा हलमै पुग्छु। नभए घरमा हेरिरहन्छु।

साउनमा : त्यस्तो विशेष छैन। अलि व्यस्त छु। हरियो चुरा, मेहन्दी यसपटक लगाएकी छैन। अरूले लगाएको देख्दा रमाइलै लाग्छ। लगाउनैपर्छ भन्ने छैन।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???