Social Icons

Thursday, July 25, 2013

अमेरिकाबाट गौरीले यसरी सम्झिईन् गुरूलाई...

 
अमेरिकाबाट गौरीले यसरी सम्झिईन् गुरूलाई...

आफ्ना गुरूहरूलाई कस्ले कसरी सम्झे त्यो बुझ्न नसकेपनि अभिनेत्री गौरी मल्लले भने आफ्ना शब्दलाई कविताको रूप दिएर सम्झिएकी छिन् । हाल अमेरिकामा रहेकी गौरीले गुरू पूर्णिमाको अवसर पारेर आफ्ना सात गुरूहरूलाई सम्बोधन गर्दै कविता तयार पारेकी छिन् । उनले जन्मदिने आमा, कर्म दिने पिता, अध्ययन गर्न सिकाउने शिक्षक, फिल्म निर्देशक प्रकाश थापा, नृत्यनिर्देशक बसन्त श्रेष्ठ, साहित्यकार तथा निर्देशक चेतन कार्की र स्वामी विकासानन्दलाई आफ्नो गुरू मानेकी छिन् । गौरीले तयार पारेको कविता यस्तो छ -


                                              most beautiful nepali music video song

मेरो जीवनका सात गुरुहरुमा सभक्ति समर्पण !!!
जसरी जनकले सितालाई
अँगाले धर्तीको छाती चिरी ,
मेरी आमा , तिमीले आँफैलाई समर्पण गरी
ल्याउ मलाई यस धर्तीमा फूल सरी !
तिमीबाटै फुट्यो पहिलो वाक्य
सिकायौ पहिलो अक्षर आमा भनी,
तिमीबाटै सिकेँ टिप्न पहिलो गाँस
सिकायौ बामे सर्ने कला पनि !
मेरो जीवनको पहिलो अध्याय..
मेरी आमा, मात्र आमा नभै
मेरो जीवनदर्शनको प्रथम गुरू पनि तिमी !!

मेरो पहिलो पाइला तिमीले,
आफ्नो खुट्टा माथी टेकायौ,
बामे सरिरहेका हातहरुको
औँला थामी उठायौ !
खम्बा बनी चारै तिर
हरेक दुर्घटनाहरुबाट बचायौ !
सहि, गलत, राम्रो, नराम्रो,
जीवन संघर्षको पाठ सिकायौ !
केवल जन्मको माध्यम मात्र नभै
मेरो जीवनको दोस्रो गुरू तिमी ,
मेरो जीवनको दोस्रो अध्याय...
मेरो पिता, मात्र पिता नभै
मेरो गुरू पिता पनि तिमी !!

विद्या जीवनको आमुल्य धरोहर,
विद्या मै छ भविष्यको मानसरोवर,
विद्या नभय हुन्थेँ म कँगाल ।।
जसरी हुन्थ्यो होला त्रिशंकुको हाल !
मेरा गुरूवर, मेरो शिक्षालय,
जीवनको संघर्षको मैदानमा
त्यही उर्जा भयो बिद्यालय !
जीवनद्रश्टा, अनी मार्गदर्शक
मेरो अन्योलताको पथप्रदर्शक,
मेरो जीवनको तेस्रो अध्याय...
मेरा शिक्षक, मात्र शिक्षक नभै
मेरो जीवनदर्पण पनि तिमी !!

कुन्ठाग्रस्त रहन्थे प्रतिभा
निभ्दै जान्थ्यो शायद बल्दै नबली,
दिंदैन थियौ यदि झिल्का तिमीले नभने
म भित्रको आगोले पाउँथ्यो राप कसरी ?
थिएन कुनै पहिचान मेरो,
परिचय यो दुनियाँलाई गरायौ !
गौरी मात्र केवल गौरी थिई,
तिमीले गौरी मल्ल बनायौ !
जीवनको आधार प्रकाश तिमी,
प्रकाश थापा बनी उभिन आयौ !
मेरो जीवनको चौँथो अध्याय ...
मेरो दोस्रो पिता, मात्र नामको नभै
मेरो जीवन परिचायक पनि तिमी !!

शब्द बिना आवाज जसरी अधुरो,
साज बिना ताल जसरी अपुरो,
तिमी बिना मेरो त्यस्तै हुन्थ्यो हाल,
जसरी बिजुली बिना हुन्थ्यो होला मयुरको ताल !
मेरो पाउहरुलाई सुरतालमा चलायौ
शिर देखी पाउसम्म नवरस ओढायौ,
राग बसन्ती भै आयौ गुरू बसन्त तिमी ..
न्रुत्य जीवनको अमुल्य मुद्रा , देखायौ तिमी !
मेरो जीवनको पञ्चम अध्याय ..
मेरो नृत्यको भावहरु मात्र नभै
मेरो अभिव्यक्तिको उदाहरण पनि तिमी !!

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???