Social Icons

Monday, July 29, 2013

the rocking indira joshi

 
इन्दिराले तताए फेयर...

स्तरीय कलेज खोजी गर्न शनिबार बिहानैदेखि भृकुटीमण्डपस्थित हलमा विद्यार्थीहरूको भीड थियो । अमेरिका अध्ययन गर्न चाहने विद्यार्थीलाई भिसा प्रक्रियाबारे जानकारी दिने भएपछि स्टलका सञ्चालक नआउँदै विद्यार्थीको चहलपहल देखिन्थ्यो ।


 
indira joshi dancing babe

अमेरिकी दूतावासका भिसा सेन्टरका अधिकारीले अमेरिकी शिक्षा व्यवस्था, जानुअघि भिसा प्रक्रिया र पुगेपछि के गर्ने भन्ने जानकारी दिएका थिए । भिसाको पखाईमा रहेका विद्यार्थीले खुलेरै आफ्नो समस्याका बारेमा उनीहरूसँग छलफल गरे । फेयरको सभा हलमा भएको यो छलफलमा अध्ययनमा विदेश जान चाहनेले अधिकांश जानकारी पाए ।
दूतावासका अधिकारीसँग प्रत्यक्ष कुराकानीको अवसरबाट फुरुंग भएका फेयरका सहभागीलाई गायिका इन्दिरा जोशी र गायक सुगम पोखरेलका गीतले थप ततायो । 'चौबन्दी चोली...' गाएर सुरु गरेकी इन्दिराले फेयरका सहभागीलाई नचाइन् । सहभागीलाई आकषिर्त गर्न उनी कहिले नाच्थिन् भने कुनै बेला हात हल्लाउँथिन् । गाउँदै कम्मर मर्काएर स्टेजमै नाच्न थालेपछि सहभागी पनि उनलाई साथ दिइरहेका थिए । 'चौबन्दी चोली...' सक्नेबित्तिकै वान्स मोर भन्दै दर्शक चिच्याउन थाले । अनि इन्दिरालाई चर्चामा ल्याउने 'उध्रेको चोली....' सुरु गरिन् । यस गीतको ट्रयाक बज्न नपाउँदै दर्शकहरूको हुटिङले भृकटीमण्डप थर्कियो ।
इन्दिराको ड्रेसअपले पनि युवाहरू आकर्षित भए । उनी कालो चस्मा र मिनिस्कटमा सजिएकी थिइन् । कार्यक्रम सञ्चालक सुरज गिरीले केही दर्शकलाई मञ्चमै लगेर उनीसँग फोटोसमेत खिचाए । यसले पनि फेयरमा आउने दर्शकलाई थप आकर्षण दिएको थियो । दर्शकको भीडभाड बढेपछि इन्दिराले भनिन्, 'तपाईंहरूको मायाले बिरामी भएको समेत महसुस भएन ।'

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???