Social Icons

Tuesday, July 9, 2013

यतै कि उतै?.... शशी खड्का

 
बजारमा उनले दिएको उत्तेजक चुम्बन दृश्य र कामुक नृत्यको विभिन्न कोणबाट चर्चा भइरहेको छ। फिल्मको प्रचार गर्न खप्पिस निर्देशक मानिने उकेश दाहाल अभिनेत्री शशी खड्काका प्रत्येक दृश्यका तस्बिर मिडियाबाजीका लागि पठाइरहेका छन्।

तर, यही फिल्म 'किन किन'को सुटिङ सकाएलगत्तै शशी सम्पर्कविहीन छिन्। त्यसैले निर्देशक दाहालले अचेल असाध्यै धेरै झेल्ने प्रश्न बनेको छ, 'शशी खोइ?' काठमाडौँस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस दोस्रो वर्षमा अध्ययनरत शशी परीक्षाका लागि होस्टलमा बसिरहेको भनेर केही समय टारे। शशीले उनलाई पनि त्यसै भनेकी थिइन्। तर, परीक्षा सकिएपछि पनि शशी सम्पर्कमा आइनन्। अचेल उकेश जवाफविहीनमात्रै छैनन्, तनावमा पनि छन्। फिल्म रिलिज हुन डेढ महिना पनि बाँकी नभएको अवस्थामा मुख्य हिरोइन बेखबर भएपछि प्रचारमा समस्या आउने देखिएको साथीभाइलाई भनिरहेका छन्। तनावग्रस्त निर्देशक दाहालका लागि खुशीको खबर छ, शशी १५ दिनमा सम्पर्कमा आउनेछिन्। फेसबुक सम्पर्कमा आएकी उनले 'यो फिल्म करिअरको सवाल' भएको बताउँदै अबको १५ दिनभित्र सम्पर्कमा आउने बताएकी छिन्। अनलाइनमा उनले भनिन्, 'यो फिल्म हिट भएन भने मेरो अन्तिम फिल्म हुनेछ।' कता हो त? भन्ने प्रश्नमा उनको उत्तर थियो, 'यतैउतै।' उनी उतै (विदेशतिर) रहेको हल्ला बजारमा बाक्लै छ। यतैउतै भन्ने ठाउँको नाम नभएकाले उनी यतै छिन् कि उतै, खुट्याउन मुस्किल पर्‍यो।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???