Social Icons

Friday, September 27, 2013

बेड सिन सजिलो




नेपाली चलचित्रमा अहिले बेड सिन आम भैसकेको छ। बेड सिन र अश्लील दृश्य नेपाली चलचित्रका आधार बन्न थालेको छ भन्दा फरक पर्दैन। भर्खरै चलचित्रमा आएका नायिकाहरू खुलेर यस्ता दृश्य दिन तयार हुन्छन्। पुराना नायिकाहरू यो प्रसंगमा केही सचेत भए पनि नायिका अरुणिमा लम्सालले भने एउटा विपरीति किसिमको प्रतिक्रिया दिएकी छिन्। विवाह गरेर एक सन्तानकी आमा भैसकेकी अरुणिमाले पुनः चलचित्रमा कमब्याक गरेकी छिन्। उनका दुई चलचित्र 'उर्वशी' तथा 'पीपल' प्रदर्शनको क्रममा छन्। विवाहपछि नायिकाहरू बेड सिन दिन अग्रसर भैरहेको प्रसंगमा अरुणिमाले 'विवाहपछि बेड सिनमा अभिनय गर्न अझ सहज हुने' धारणा व्यक्त गरेकी छिन्। प्रदर्शनको तयारीमा रहेका उनका चलचित्रमा उनले के कस्तो सिन दिएकी छिन्, त्यो त खुलाएकी छैनन् तर भविष्यमा बेड सिन भएका चलचित्रबाट प्रस्ताव राखियो भने उनले 'नाइँ' नभन्ने स्पष्ट संकेत भने दिएकी छिन्।

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???