Social Icons

Thursday, August 29, 2013

रोमान्टिक किताब पढ्दै Priyanka Karki

 
रोमान्टिक किताब पढ्दै प्रियंका...

अभिनेत्री प्रियंका कार्की 'द बुक एन्ड द कभर' नामक सर्ट फिल्मको सुटिङमा व्यस्त छिन्। तीन मिनेटको सर्ट फिल्मको सुटिङ पोखरामा भइरहेको जानकारी उनले दिइन्। 'कलाकारको लागि सबै फिल्महरुको महत्व उस्तै हुने हुन्', प्रियंकाले भनिन्- 'सर्ट फिल्मको स्टोरीलाइन मन पर्‍यो। काम गरेँ।'

पुस्तकलाई कभरको आधारमा निर्णय गर्ने सोचलाई फिल्मले व्यंग्य गरेको छ। ब्रिटिस लेखक इएल जेम्स्को रोमान्टिक उपन्यास 'फिप्टी सेड्स अफ ग्रे' अध्ययन गरिरहेकी छिन्। 'कहिल्यै पनि पुस्तको कभर हेरेर जर्ज नगर्नु होला। बरु पुस्तक पठेपछि पुस्तकको कभरमाथि गहिरो अध्ययन गनुपर्छ भन्ने लाग्छ,' उनले भनिन्।

निर्देशक अनुप सापकोटाले 'द बुक एन्ड द कभर' नामक सर्ट फिल्म निर्देशन गरेका छन्। यस फिल्ममा प्रियंकालाई अनुपविक्रम शाहीले साथ दिएका छन्।

प्रियंका निर्देशक सुवास कोइरालाको 'आवरण' फिल्मको बाँकी सुटिङ सिध्याउने तरखरमा छिन् । 'त्यसपछि निर्देशक भाष्कर ढुंगानाको 'सुन्तली' को लागि बन्दीपुर जानु पर्नेछ। त्यसलगत्तै दशैमा दोहामा आयोजना हुने सांस्कृतिक कार्यक्रमको तयारीमा व्यस्त हुन्छु', उनले आफ्नो व्यस्त तालिक सुनाइन्।


No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???