Social Icons

Tuesday, August 13, 2013

पुजना स्त्री सँग प्रेम र रोमान्सका कुरा..

 

पुजना स्त्री सँग प्रेम र रोमान्सका कुरा..

प्रेम गर्नुभएको छ?
प्रेम गरेकी पनि छैन, परेको पनि छैन। प्रेम गर्न लायक केटो भेटेकी पनि छैन, तर गर्नचाहिँ जानेकी छु।

प्रेमविवाह गर्ने कि भागी विवाह -फ्लाइङ म्यारिज) गर्ने? अनि हनिमुन कहाँ मनाउने इच्छा छ?
पहिले प्रेम गर्ने अनि म्यारिजका लागि भागेर जाने। मलाई लसएन्जल्समा हनिमुन मनाउने इच्छा छ। त्यहाँ हनिमुन मनाउन पाए त कति मज्जा हुन्थ्यो होला, है? हाहाहा.....

तपाईं ध्यान गर्नुहुन्छ र आफूलाई माता भन्नुहुन्छ। ध्यान र सेक्समा के सम्बन्ध छ, माताजी?
ध्यान र सेक्सबीच कुनै सम्बन्ध छैन। सेक्स भौतिक सुखका लागि र ध्यान आन्तरिक सुखका लागि हो। यद्यपि दुवैमा उत्तिकै आनन्द हुन्छ।

प्रेमबिनाको सेक्स र सेक्सबिनाको प्रेम सम्भव छ?
प्रेममा सेक्स हुन्छ, सेक्समा प्रेम हुँदैन। सेक्स पैसाले पनि किन्न पाइन्छ तर त्यसमा प्रेम हुँदैन, तर कसैलाई तपाईंले अथाह माया गर्नुर्भयो भने सेक्स एक्सचेन्ज गर्न सकिन्छ।

त्यसो भए कस्तो केटा देख्नुभयो भने लठ्ठिनु हुन्छ र सबै थोक गर्न सक्नुहुन्छ?
म लठ्ठिने एउटै केटो सलमान खानसँग हो। उसले जस्तो अरूले मलाई आकषिर्त गर्न सक्दैनन्। उसँग त म जे पनि गर्न सक्छु।


No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???