Social Icons

Tuesday, August 13, 2013

Nepali actress Sashi khadka

 
♥♥शशि खड्का♥♥

संख्यात्मक रूपमा कम चलचित्रमा अभिनय गरेर चर्चामा आउने नायिका हुन् शशि खड्का। ओखलढुंगामा जन्मिएकी शशि लामो समयदेखि काठमाडौंका स्थायी बसोबास गरिरहेकी छिन्। २२ वर्षीया शशिले उकेश दाहालको चलचित्र 'पलपलमा' बाट डेब्यू गरेकी थिइन्। ५ फिट २ इन्च अग्ली यी नायिका अहिले बीबीएस तेस्रो वर्षमा अध्ययरन छिन्। शशिले सानो पर्दाबाट अभिनय यात्रा प्रारम्भ गरेकी हुन्। नेपाल टेलिभिजनबाट प्रसारण भएको 'थोरै भए पुगीसरी' श्रृंखलाका करिब ३० भागमा अभिनय गरेपछि उनी दर्शकको नजरमा पर्न सफल भएकी थिइन्। टेलिश्रृंखलापछि उनले गायक जबिकको 'आँखाभरि आँसु किन...' गीतबाट म्युजिक भिडियोको यात्रा प्रारम्भ गरिन्। हेमन्त शर्माको आउँदै गर मालती, मिङ्मा शेर्पाको के लेखौं हुँदै अनिल सिंहको 'घिन्ताङ' सम्म आइपुग्दा शशिले आधुनिक, पप, लोक आदि विधाका गरी करिब दुई सयवटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन्। राजु गिरीको 'चन्द्रावती' शशिले अभिनय गरेको दोस्रो चलचित्र हो भने उकेश दाहालकै 'किन किन' उनले हालसम्म अभिनय गरेको अन्तिम चलचित्र हो। नृत्यमा पारंगत शशिले दर्जनौं स्टेज कार्यक्रममा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन्। नेपालका अधिकांश सहरमा आफ्नो नृत्यमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिसकेकी शशिले कतार, दुबई, बहराइन, भारत आदि देशमा समेत प्रस्तुति दिइसकेकी छिन्। केही विज्ञापनमा मोडलिङ समेत गरेकी शशिसँग कुराकानी:

शशि खड्कालाई 'चुजी’ नायिका भनिन्छ नि, किन होला ?

म चलचित्र छनौट गर्दा धेरै कुरामा ध्यान दिन्छु त्यसैले होला। प्रस्ताव गरिएका सबै चलचित्रमा अभिनय गरेको भए दुई दर्जन पुग्थे होला, तर मैले आधा दशकको अवधिमा तीनवटामा मात्र काम गरेकी छु। 



सबैमा किन काम गर्नुभएन त ?

वास्तवमा म चलचित्रमा भन्दा म्युजिक भिडियोमा बढी रमाउँछु। अध्ययनमा व्यस्त भएकाले चलचित्रमा लामो समय दिन भ्याउँदिनँ।

नायिकाहरू त भिडियोभन्दा चलचित्रमै बढी सक्रिय हुनुपर्ने होइन र ?

त्यो त हो, तर आफूलाई चित्तबुझ्दो भूमिका भएका चलचित्रबाट प्रस्ताव नआउँदा अनि अध्ययन र म्युजिक भिडियोमा बढी व्यस्त रहँदा चलचित्र कम भएको हो।

यौन-विवाद सिर्जना हुने चलचित्रमा मात्र देखिनुभयो नि ? 


यो चाहिँ संयोगको कुरा हो तर मैले पृथक् भूमिकामा प्रस्तुत हुने प्रयास गरेकी छु। चलचित्र पलपलमा पुरुष वेश्याहरूको कथा थियो, अर्थात यौनसँग प्रत्यक्ष जोडिएको विषय। चन्द्रवतीमा म बलात्कृत युवतीको भूमिकामा प्रस्तुत भएकी थिएँ। किनकिनमा भने मैले नचाहेरै चुम्बन दृश्य दिनुपरेको छ।

'टङ किस' दिँदा अप्ठ्यारो लागेन ?

किन नलाग्नु नि ! निर्देशकले मलाई 'लिप किस' मात्र गर्नुपर्छ भन्नुभएको थियो, तर छायांकनस्थलमा टङ किस नगरी हुँदैन भन्नुभयो। विरोध गर्ने क्रममा म रोएकी समेत थिएँ, तर पछि नाइँ भन्न सकिनँ।

त्यस्ता दृश्यमा अभिनय गरेपछि परिवार र समाजबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

परिवारका सदस्यहरूलाई पहिलो पटक अभिनयका रूपमा गरेको भनेर कन्भिन्स गरेँ, दर्शक र समाजलाई म के भन्छु भने कलाकारले हरेक प्रकारको अभिनय गर्नुपर्छ।
 

No comments:

Post a Comment

Related Posts Plugin for WordPress, Blogger...

Recent Posts

Book this space

how do u find our Blog???